यिर्मिया 18:23

अनलक शाब्दिक बाइबल

तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले मेरो विरुद्धमा बनाएका तिनीहरूका सबै योजना तपाईंलाई थाहा छ । तिनीहरूका अधर्म र पाप क्षमा नगर्नुहोस् । तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस् । बरु, तिनीहरू तपाईंकै सामु पराजित होऊन् । तपाईंको क्रोधको समयमा तिनीहरूको विरुद्धमा उत्रनुहोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 2:9 : 9 मानिहरूलाई झुकाइनेछन् र व्‍यक्‍तिहरू घोप्‍टिनेछन् । त्‍यसकारण तिनीहरूलाई नउठाउनुहोस्।
  • नहे 4:4-5 : 4 हे हाम्रा परमेश्‍वर, सुन्‍नुहोस्, किनकि हामीलाई अपमान गरिएको छ । तिनीहरूका गिल्ला तिनीहरूकै शिरमाथि फर्काइदिनुहोस्, र तिनीहरू कैदीहरूको देशमा लुटका माल बनून् । 5 तपाईंको सामुबाट तिनीहरूको अपराध नढाक्‍नुहोस्, र तिनीहरूको पाप नमेटिदिनुहोस्, किनकि तिनीहरूले निर्माणकर्ताहरूलाई रिस उठाएका छन् ।
  • भजन 35:4 : 4 मेरो ज्याल लिन खोज्‍नेहरू लज‍जित र अपमानित होऊन् । मेरो हानि गर्न योजना रच्‍नेहरू पछि हटून् र व्‍याकुल होऊन् ।
  • भजन 69:22-28 : 22 तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् । तिनीहरू सुरक्षित छन् भनी तिनीहरूले विचार गर्दा, त्‍यो नै पासो बनोस् । 23 तिनीहरूका आँखाहरू धमिला होऊन्, ताकि तिनीहरूले देख्‍न नसकून् । अनि तिनीहरूका कम्मर सधैं दुर्बल बनाउनुहोस् । 24 तिनीहरूमाथि आफ्‍नो क्रोध खन्याउनुहोस् र तपाईंको रिसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस् । 25 तिनीहरूको ठाउँ उजाड होस् । तिनीहरूको पालमा कोही नबसोस् । 26 किनकि तपाईंले प्रहार गर्नुभएको व्यक्‍तिलाई तिनीहरूले सताए । तपाईंले घाइते बनाउनुभएकाहरूका पीडा विवरण तिनीहरूले दोहोर्‍याए । 27 अधर्ममाथि अधर्म गरेको दोष तिनीहरूलाई लगाउनुहोस् । तिनीहरू तपाईंको धार्मिक विजयमा आउन नसकून् । 28 तिनीहरूलाई जीवनको पुस्तकबाट हटाइयोस् र धर्मीहरूसँगै नलेखियोस् ।
  • भजन 109:14-15 : 14 त्यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस् । अनि त्यसकी आमाकी पाप नबिर्सियोस् । 15 तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्‍झना पृथ्वीबाट मेटाइदेऊन् ।
  • भजन 37:32-33 : 32 दुष्‍ट व्‍यक्‍तिले धर्मी व्‍यक्‍तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ । 33 परमप्रभुले त्यसलाई दुष्‍ट व्‍यक्‍तिको हातमा छोड्‍नुहुन्‍न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्‍न ।
  • भजन 59:5 : 5 हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, तपाई जाग्‍नुहोस् र जातिहरूलाई दण्ड दिनुहहोस् । कुनै पनि दुष्‍ट अपराधीहरूप्रति दयालु नहुनुहोस् । सेला
  • यशा 10:3 : 3 इन्‍साफको दिनमा टाढाबाट विनाश आउँदा तिमीहरू के गर्नेछौ? सहायताको निम्ति तिमीहरू कसकहाँ भागरे जानेछौ र आफ्नो सम्पत्तिलाई तिमीहरू कहाँ छोड्नेछौ?
  • यिर्मि 8:12 : 12 तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए? तिनीहरू लज्‍जित भएनन् । कसरी शर्म मान्‍ने भन्‍ने कुरा पनि तिनीहरूलाई थाहा भएन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिइँदा तिनीहरू तल खसालिने छन्, परमप्रभु भन्‍नुहुन्छ ।
  • यिर्मि 11:18-20 : 18 परमप्रभुले मलाई यी कुराहरू अवगत गराउनुभयो, त्‍यसैले म यी जान्‍दछु । हे परमप्रभु, तपाईंले नै मलाई तिनीहरूका कामहरू देखाउनुभयो । 19 म त कसाइकहाँ लगिंदै गरेको अवोध थुमाजस्तै थिएँ । तिनीहरूले मेरो विरुद्धमा यस्तो योजना रचेका थिए भनी मलाई थाहा थिएन, “रुखलाई त्‍यसको फलसमेत नष्‍ट पारौं । फेरि त्यसको नाउँ नै नसम्झने गरी त्यसलाई जीवितहरूको देशबाट निष्काशित गरौं ।” 20 तापनि सर्वशक्तिमान् परमप्रभु धार्मिक न्यायाधीश हुनुहुन्छ जसले हृदय र मनको जाँच गर्नहुन्छ । तिनीहरूको विरुद्धमा तपाईंको बदलाको म साक्षी बन्‍नेछु किनकि मैले मेरो विषय तपाईंको सामु पेस गरेको छु ।
  • यिर्मि 11:23 : 23 तिनीहरूमध्‍ये कोही पनि छाडिनेछैन, किनकि म अनातोतका मानिसहरूको विरुद्धमा विपत्ति ल्याउँदैछु, जुन तिनीहरूको दण्डको वर्ष हुनेछ' ।”
  • यिर्मि 15:15 : 15 हे परमप्रभु, तपाईं जान्‍नुहुन्छ । मलाई सम्झनुहोस्, र सहायता गर्नुहोस् । मलाई सतावट गर्नेहरूको विरुद्धमा मेरो पक्षमा बदला लिनुहोस् । तपाईं धैर्यवान् हुनुहुन्छ, तर मलाई टाढा लाने अनुमति तिनीहरूलाई नदिनुहोस् । तपाईंको निम्‍ति मैले निन्दा भोग्छु भनी जान्‍नुहोस् ।
  • यिर्मि 18:18 : 18 त्यसैले मानिसहरूले भने, “आओ, हामी यर्मियाको विरुद्धमा षड्यन्त्रहरू रचौं, किनकि पुजारीहरूबाट व्यवस्था वा बुद्धिमान् मानिसहरूबाट सरसल्लाह वा अगमवक्ताहरूबाट वचन कहिल्यै नष्‍ट हुने छैनन् । आओ, हाम्रा वचनहरूले त्यसलाई आक्रमण गरौं, अनि अब फेरि त्यसले घोषणा गरेका कुराहरूमा हामी ध्यान नदिऊँ ।”
  • लू 21:22 : 22 यी दिनहरू बदला लिने दिनहरू हुनेछन्, यसैले लेखिएका सबै कुराहरू पुरा हुनेछन् ।
  • रोमी 2:5 : 5 तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 83%

    20म तिनीहरूका लागि असल भएको हुनाले के साँच्‍चै तिनीहरूबाट आउने विपत्ति मेरो इनाम हुनेछ? किनकि तिनीहरूले मेरो लागि एउटा खाडल खनेका छन् । तिनीहरूबाट तपाईंको क्रोध हटाउन तिनीहरूको कल्याणको पक्षमा म कसरी तपाईंको सामु खडा भएको थिएँ भनी सम्झनुहोस् ।

    21त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।

    22तपाईंले तिनीहरूको विरुद्धमा एक्‍कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको सोर सुनियोस् । किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन्, र मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन् ।

  • विलाप 1:21-22
    2 पदहरू
    79%

    21तिनीहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही छैन । मेरा सबै शत्रुले मेरो कष्‍टको विषयमा सुनेका छन्, र तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुसी छन् । तपाईंले प्रतिज्ञा गर्नुभएको दिन तपाईंले ल्याउनुभएको छ । अब तिनीहरू मजस्तै होऊन् ।

    22तिनीहरूका सबै दुष्‍टता तपाईंको सामु आऊन् । मेरा सबै आज्ञा उल्लङ्घनको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस् । मेरा सुस्केरा धेरै छन्, र मेरो हृदय मुर्छा परेको छ ।

  • भजन 25:18-19
    2 पदहरू
    77%

    18मेरो कष्‍ट र मेरो परिश्रमहरू हेर्नुहोस् । मेरा सबै पाप क्षमा गर्नुहोस् ।

    19मेरा शत्रुहरूलाई हेर्नुहोस्, किनकि तिनीहरू धेरै जना छन् । तिनीहरूले मलाई क्रूर घृणाले घृणा गर्छन् ।

  • 15तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्‍झना पृथ्वीबाट मेटाइदेऊन् ।

  • 10हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस् । तिनीहरूको षड्यान्त्र नै तिनीहरूको पतन बनोस् । तिनीहरूका धेरै अपराधहरूका कारणले तिनीहरूलाई खेद्‍नुहोस् किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन् ।

  • 3तापनि हे परमप्रभु, तपाईंले मलाई जान्‍नुहुन्छ । तपाईंले मलाई देख्‍नुहुन्छ, र तपाईंप्रतिको मेरो हृदयलाई जाँच गर्नहुन्छ । मारिनलाई लगिने भेडाजस्तै तिनीहरूलाई लैजानुहोस्, र मारिने दिनको लागि तिनीहरूलाई अलग गर्नुहोस् ।

  • 15हे परमप्रभु, तपाईं जान्‍नुहुन्छ । मलाई सम्झनुहोस्, र सहायता गर्नुहोस् । मलाई सतावट गर्नेहरूको विरुद्धमा मेरो पक्षमा बदला लिनुहोस् । तपाईं धैर्यवान् हुनुहुन्छ, तर मलाई टाढा लाने अनुमति तिनीहरूलाई नदिनुहोस् । तपाईंको निम्‍ति मैले निन्दा भोग्छु भनी जान्‍नुहोस् ।

  • 18मेरो पिछा गर्नेहरू लाजमा परून्, तर मलाई लज्‍जित हुन नदिनुहोस् । तिनीहरू त्रासमा परून्, तर मलाई त्रासमा पर्न नदिनुहोस् । तिनीहरूको विरुद्धमा विपत्तिको दिन पठाउनुहोस्, र तिनीहरूलाई विनाशको दोब्बर भागले टुक्रा-टुक्रा पार्नुहोस् ।”

  • विलाप 3:60-61
    2 पदहरू
    76%

    60तिनीहरूले मलाई गरेका अपमान, मेरो विरुद्धमा रचेका सबै षड्यन्त्र तपाईंले देख्‍नुभएको छ ।

    61हे परमप्रभु, तिनीहरूले गरेका निन्दा र मेरो बारेमा भएका तिनीहरूका सबै योजना तपाईंले देख्‍नुभएको छ ।

  • 24तिनीहरूमाथि आफ्‍नो क्रोध खन्याउनुहोस् र तपाईंको रिसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस् ।

  • भजन 69:27-28
    2 पदहरू
    76%

    27अधर्ममाथि अधर्म गरेको दोष तिनीहरूलाई लगाउनुहोस् । तिनीहरू तपाईंको धार्मिक विजयमा आउन नसकून् ।

    28तिनीहरूलाई जीवनको पुस्तकबाट हटाइयोस् र धर्मीहरूसँगै नलेखियोस् ।

  • 24हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंको धार्मिकताको कारणले मेरो रक्षा गर्नुहोस् । तिनीहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् ।

  • 76%

    19म त कसाइकहाँ लगिंदै गरेको अवोध थुमाजस्तै थिएँ । तिनीहरूले मेरो विरुद्धमा यस्तो योजना रचेका थिए भनी मलाई थाहा थिएन, “रुखलाई त्‍यसको फलसमेत नष्‍ट पारौं । फेरि त्यसको नाउँ नै नसम्झने गरी त्यसलाई जीवितहरूको देशबाट निष्काशित गरौं ।”

    20तापनि सर्वशक्तिमान् परमप्रभु धार्मिक न्यायाधीश हुनुहुन्छ जसले हृदय र मनको जाँच गर्नहुन्छ । तिनीहरूको विरुद्धमा तपाईंको बदलाको म साक्षी बन्‍नेछु किनकि मैले मेरो विषय तपाईंको सामु पेस गरेको छु ।

  • 9मलाई घेर्नेहरूले आफ्‍ना शिर उठाउँछन् । आफ्‍नै ओठहरूका उपद्रवले तिनीहरूलाई ढाकोस् ।

  • भजन 59:11-12
    2 पदहरू
    76%

    11तिनीहरूलाई नमार्नुहोस्, नत्र मेरा मानिसहरूले बिर्सनेछन् । हे परमप्रभु, हाम्रो ढाल, तिनीहरूलाई तपाईंको शक्तिले तितरबितर पार्नुहोस् र तिनीहरूलाई ढाल्नुहोस् ।

    12तिनीहरूका मुखका पापहरू र तिनीहरूका ओठहरूका शब्दहरूका निम्ति, तिनीहरूलाई आफ्‍नै घमण्डमा कब्जा गरियोस् र तिनीहरूलले व्यक्‍त गरेका सराप र झूटको निम्ति ।

  • 76%

    11तर शक्तिशाली योद्धाझैं परमप्रभु मसित हुनुहुन्छ । त्यसैले मेरो पिछा गर्नेहरू ठेस खाएर लड्नेछन् । तिनीहरूले मलाई पराजित गर्नेछैनन् । तिनीहरू अत्यन्तै लज्‍जित हुनेछन्, किनकि तिनीहरू सफल हुनेछैनन् । तिनीहरूको लाजको अन्त्य हुनेछैन, त्‍यो कहिल्यै बिर्सिनेछैन ।

    12तर हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले धर्मीहरूको जाँच गर्नुहुन्छ, अनि मन र हृदय देख्‍नुहुन्छ । मैले आफ्‍नो मामला तपाईंमा सुम्‍पेको हुनाले तिनीहरूमाथि तपाईंले लिनुहुने बदला मलाई देखाउनुहोस् ।

  • 7अधर्म गरेर तिनीहरूलाई उम्कन नदिनुहोस् । हे परमेश्‍वर, तपाईंको क्रोधमा मानिसहरूलाई तल झार्नुहोस् ।

  • 19मेरा छली शत्रुहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् । तिनीहरूका दुष्‍ट योजनाहरू पुरा गर्न तिनीहरूलाई नदिनुहोस् ।

  • 27हे परमप्रभु, यो तपाईंको काम हो, जुन तपाईंले नै गर्नुभएको छ भनी तिनीहरूले जानून् ।

  • 24हे परमप्रभु, मलाई न्यायले अनुशासित गर्नुहोस्, तपाईंको रिसमा होइन, नत्रता तपाईंले मलाई नष्‍ट गर्नुहुनेछ ।

  • 20मलाई दोष लगाउने, अर्थात् मेरो बारेमा खरब कुराहरू भन्‍नेलाई परमप्रभुबाट यो इनाम होस् ।

  • 3अधर्म गर्ने दुष्‍टहरूसँगै मलाई टाढा नलानुहोस्, जसले आफ्‍ना छिमेकीहरूसँग शान्तिका कुरा गर्छन् तर आफ्‍ना हृदयहरूमा खराबी हुन्छ ।

  • 24आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ?

  • 3मेरा शत्रुहरूका आवाजको कारणले, दुष्‍टहरूका थिचोमिचोका कारणले । किनकि तिनीहरूले ममाथि कष्‍ट ल्‍याउँछन् र रिसमा मलाई सताउँछन् ।

  • 10किनकि मेरा शत्रुहरूले मेरो बारेमा कुरा गर्दैछन् । मेरो ज्‍यान लिन खोज्‍नेहरूले एकसाथ षड्यान्त्र गर्दैछन् ।

  • 3अधर्महरूले हामीलाई जितेका छन् । हाम्रा अपराधहरूको बारेमा तपाईंले ती क्षमा गर्नुहुनेछ ।

  • 23तर हे परमेश्‍वर, तपाईंले दुष्‍टलाई तल विनाशको खडलमा लानुहुनेछ । रक्‍तपात गर्नेहरू र छली मानिसहरू अरूभन्दा आधा आयुसम्म पनि बँच्दैनन्, तर म तपाईंमा नै भरोसा गर्छु ।

  • 15मेरा समयहरू तपाईंका हातमा छन् । मेरा शत्रुहरू र मलाई खेद्‍नेहरूका हातबाट मलाई बचाउनुहोस् ।

  • 43तपाईंले आफैलाई रिसले ढाक्‍नुभएको छ, र हाम्रो पिछा गर्नुभएको छ । तपाईंले मार्नुभएको छ, जोगाउनुभएको छैन ।

  • 10तर हे परमप्रभु, तपाईंले ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस् ताकि मैले तिनीहरूलाई बदला लिन सकूँ ।

  • भजन 139:19-20
    2 पदहरू
    74%

    19हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई मार्नुभएको भए असल हुन्‍थ्‍यो । ए हिंस्रक मानिसहरू हो, मबाट दूर होओ ।

    20तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गर्छन् र छलपूर्ण काम गर्छन् । तपाईंका शत्रुहरूले झुटा बोल्छन् ।

  • 28तर तेरो बसाइ, तँ बाहिर गएको, भित्र आएको र तँ मेरो विरुद्ध रिसाएको मलाई थाहा छ ।

  • 3तिमीहरू सबै जनाले एक जना मानिसलाई कहिलेसम्म आक्रमण गर्छौ, जसलाई तिमीहरूले ढल्न लागेको पर्खाल वा कमजोर बारजस्तै ढाल्‍न सक्छौ?

  • 3हेर्नुहोस्, तिनीहरूले मेरो ज्यान लिन ढुकेर बस्छन् । शक्तिशाली मानिसहरू मेरो विरुद्ध एकसाथ भेला हुन्छन्, तर हे परमप्रभु, मेरो पाप वा अपराधको कारणले होइन ।

  • 13तिनीहरू लाजमा परून् र नाश होऊन्, जसले मेरो जीवनसँग शत्रुता गर्छन् । तिनीहरू हप्की र अनादरले ढाकिऊन्, जसले मलाई चोट पुर्‍याउन खोज्‍छन् ।

  • 13हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्‍न सक्‍नुहुन्छ ।

  • 5हे परमेश्‍वर, तपाईंले मेरो मूर्खता जान्‍नुहुन्छ र मेरा पापहरू मबाट लुकेका छैनन् ।

  • 2तिनीहरूका सबै दुष्‍ट कामलाई मैले याद गर्छु, भनी तिनीहरूले आफ्नो हृदयहरूमा महसुस नै गर्दैनन् । अब तिनीहरूका कामहरूले तिनीहरूलाई नै घेर्छन् । ती मेरो अनुहारको सामु छन् ।

  • 2खराबी गर्नेहरूको गुप्‍त षड्यन्त्रबाट र अधर्म गर्नेहरूको कोलाहलबाट मलाई लुकाउनुहोस् ।

  • 14मेरो ज्यान लिन मलाई खेद्‍नेहरू लज्‍जित होऊन् र पूर्ण रूपमा निराश होऊन् । मलाई चोट पुर्‍याउन खुसी हुनेहरू, तिनीहरू फर्केर जाऊन् र अनादरमा परून् ।