हबक्कूक 1:3

अनलक शाब्दिक बाइबल

मलाई किन अपराध र दुष्कर्म देखाउनुहुन्छ? सर्वनाश र हिंसा मेरो सामुन्‍ने छन् । त्यहाँ झैँ-झगडा छ, र विवाद चर्किंदै छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 55:9-9 : 9 हे परमप्रभु, तिनीहरूलाई भस्म पार्नुहोस् । तिनीहरूको भाषा खल्बल्‍याउनुहोस्! किनकि मैले सहरमा हिंसा र कलह देखेको छु । 10 दिनरात तिनीहरू पर्खालहरूमा चढेर घुम्‍छन् । अधर्म र हानि यसको माझमा छन् । 11 यसको बिचमा दुष्‍टता छ । थिचोमिचो र छलले यसका गल्‍लीहरूलाई छोड्दैनन् ।
  • भजन 73:3-9 : 3 किनभने जब मैले दुष्‍टहरूका फलिफाप देखें, तब मैले अहङ्कारीहरूको डाह गरें । 4 किनकि मृत्युसम्म नै तिनीहरूलाई कुनै पीडा नै हुँछैन, तर तिनीहरू बलिया र स्वस्थ्य हुन्‍छन् । 5 अरू मानिसहरूका बोझहरूबाट तिनीहरू मुक्‍त छन् । अरू मानिसहरूलाई झैं तिनीहरूलाई कष्‍ट हुँदैन । 6 तिनीहरूका घाँटीमा सिक्रीझैं तिनीहरू घमण्डले सजिछन् । वस्‍त्रले ढाकेझैं तिनीहरूलाई हिंसाले ढाक्‍नेछ । 7 यस्ता अन्धोपनबाट नै पाप आउँछ । तिनीहरूका हृदयहरूबाट दुष्‍ट विचारहरू जान्छन् । 8 तिनीहरू दुष्‍टतापूर्वक गिल्ला गर्छन् र बोल्छन् । आफ्‍नो अहङ्कारमा तिनीहरूले अत्यचारको धम्की दिन्छन् । 9 आफ्नो मुखले तिनीहरू स्वर्गको विरुद्धमा बोल्‍छन् र तिनीहरूका जिब्रोहरूले पृथ्वीको अधिकार गर्छन् ।
  • भजन 120:5-6 : 5 मलाई धिक्‍कार होस्, किनभने म मेशेकमा अस्थायी रूपमा मात्र बस्छु । पहिले केदारका पालहरूका माझमा म बस्थें । 6 किनकि शान्तिलाई घृणा गर्नेहरूसँग म धेरै लामो समय बसेको छु ।
  • उप 4:1 : 1 ¶ फेरि एक पटक मैले सूर्यमूनि भएका सबै थिचोमिचोको विषयमा विचार गरेँ । मैले थिचोमिचोमा परेकाहरूको आँसु देखेँ, र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन । शक्ति तिनीहरूलाई थिचोमिचो गर्नेहरूको हातमा थियो, र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन ।
  • उप 5:8 : 8 जब तैँले तेरो प्रान्तमा गरिबहरूलाई थिचोमिचो गरिएको र तिनीहरूबाट न्याय र असल व्यवहार खोसिएको देख्छस्, तब कसैलाई थाहै नभएजस्तै गरी चकित नहो, किनकि तिनीहरूको रेखदेख गर्ने मानिसहरू शक्तिमा छन्, र तिनीहरूभन्दा अझै उच्‍च पदमा रहेर तिनीहरूको रेखदेख गर्ने मानिसहरू पनि हुन्छन् ।
  • यिर्मि 9:2-6 : 2 उजाड-स्थानमा यात्रुहरू बस्‍नका निम्ति कसैले मलाई एउटा ठाउँ दिए हुन्‍थ्‍यो, म आफ्‍ना मानिसहरूलाई त्‍याग्‍न त्यहाँ जान सक्‍थे । तिनीहरूलाई मैले छोड्‍न सके हुन्‍थ्‍यो, किनकि सबै व्यभिचारी, विश्‍वासघातीको जमात हुन्! 3 परमप्रभु घोषणा गर्नुहुन्छ, “आफ्‍ना झूटका धनुहरूलाई तिनीहरूले आफ्ना जिब्राले दबाउँछन्, तर तिनीहरूको विश्‍वसनीयताको कारणले तिनीहरू पृथ्वीमा बलिया भएर बढ्ने होइनन् । तिनीहरू एउटा दुष्‍ट कामदेखि अर्को दुष्‍ट काम गर्छन् । तिनीहरूले मलाई चिन्दैनन् ।” 4 तिमीकरू हरेक आ-आफ्नो छिमेकीदेखि होसियार बस, र आफ्नो कुनै भाइमाथि भरोसा नगर । किनकि हरेक भाइ निश्‍चय नै छली हो, र हरेक छिमेकी बदख्याइँ गर्दै हिंड्छ । 5 हरेक मानिसले आफ्नो छिमेकीको ठट्टा गर्छ, र साँचो बोल्दैन । तिनीहरूका जिब्राले छली कुराहरू सिकाउँछन् । तिनीहरू अपराध गर्दा-गर्दा थाकेका छन् । 6 तेरो बासस्थान छलको बिचमा छ । आफ्‍नो छलमा तिनीहरूले मलाई इन्कार गर्छन्, यो परमप्रभुको घोषणा हो ।
  • यिर्मि 20:8 : 8 किनकि मैले जहिले बोले पनि मैले यसो भनेको र घोषणा गरेको छु, 'हिंसा र विनास ।' तब परमप्रभुको वचन मेरो लागि हरेक दिन निन्दा र ठट्टाको कारण भएको छ ।
  • यहे 2:6 : 6 ए मानिसको छोरो, तँचाहिं तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा । तँ सिउँडी र काँढा भए, अथवा तँ बिच्‍छीहरूका बिचमा बसे तापनि तँ नडरा । तिनीहरूका वचनहरूदेखि नडरा वा तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो, किनकि तिनीहरू विद्रोही घराना हुन्‌ ।
  • मीका 7:1-4 : 1 ¶ हाय म! म ग्रीष्म ऋतुमा बटुलिएको फलझैँ भएको छु, र रस निकालिएको दाखझैँ भएको छु । त्यहाँ खानलाई दाखको झुप्पा छैन, र मेरो प्राणले इच्छा गरेकोजस्तो पहिले नै पाकेको अन्जीर पनि छैन । 2 भुमिबाट विश्‍वसनीय मानिसहरू बिलिन भएका छन् । सारा मानवजातिमा कोही सोझो मानिस छैन । तिनीहरू सबै रक्तपातको निम्ति पर्खिरहन्छन् । हरेकले आफ्नो दाजुभाइलाई जालले शिकार गर्दछ । 3 तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्‍त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् । 4 तिनीहरूमध्येको उत्कृष्‍टचाहिँ काँडाझैँ छ, सबैभन्दा सोझोचाहिँ काँडाको झाँगभन्दा पनि खराब छ । तिमीहरूका पहरेदारहरूले पहिले नै बताएको दिन, तिमीहरूको दण्डको दिन यही हो । अब यो तिनीहरूको भ्रमको समय हो ।
  • मत्त 10:16 : 16 हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु । यसकारण, सर्पझैँ चनाखो र ढुकुरझैँ सोझो होओ ।
  • २ पत्रु 2:8 : 8 किनकि तिनीहरूसँग दिनदिनै बस्दा, तिनीहरूका बिचमा देखेका र सुनेका कुराहरूको कारण ती धर्मी मानिस आत्मामा व्याकुल भएका थिए ।
  • भजन 12:1-2 : 1 ¶ हे परमप्रभु, मदत गर्नुहोस्, किनकि धर्मीहरू लोप भएका छन् । विश्‍वासीचाहिं हराएको छ । 2 हरेकले आफ्ना छिमेकीलाई फोस्रा कुरा भन्छ । हरेकले चाप्लुसी ओठहरू र झुट मनले बोल्छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 4यसैकारण कानून-व्यवस्था कमजोर भएको छ, र न्याय अब छैन । किनकि दुष्‍टले धर्मीलाई घेर्दछ । यसैकारण इन्साफ झुटो भएको छ ।” परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्छ ।

  • 13तपाईंका आँखा यति शुद्ध छन्, कि तपाईं दुष्‍टलाई हेर्नुहुन्‍न, र तपाईंले गलत काम गर्नेलाई कृपाले हेर्न सक्‍नुहुन्‍न । त्यसोभए किन तपाईंले धोका दिनेलाई कृपाले हेर्नुभएको छ? दुष्‍टहरूले तिनीहरूको आफ्नो सङ्ख्याभन्दा धेरै धर्मीहरूलाई निल्दा तपाईं किन चुप बस्‍नुभएको छ?

  • 2“परमप्रभु, म कति समय अझै सहायताको निम्ति पुकारूँ, तर तपाईंले सुन्‍नुहुन्‍न? म ‘हिंसा’ भनेर तपाईंलाई पुकार्दछु, तर तपाईंले बचाउनुहुन्‍न ।

  • 1¶ हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ । मैले गुनासो गर्नुपर्ने कारण निश्‍चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्‍टका मार्गहरू सफल हुन्छन्? सबै विश्‍वासहीन मानिस सफल छन् ।

  • 3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?

  • अय्यू 10:2-3
    2 पदहरू
    75%

    2म परमेश्‍वरलाई भन्‍नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।

    3आफ्ना हातको कामलाई तुच्छ ठान्‍नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्‍काउनुहुन्‍छ?

  • 20तापनि सर्वशक्तिमान् परमप्रभु धार्मिक न्यायाधीश हुनुहुन्छ जसले हृदय र मनको जाँच गर्नहुन्छ । तिनीहरूको विरुद्धमा तपाईंको बदलाको म साक्षी बन्‍नेछु किनकि मैले मेरो विषय तपाईंको सामु पेस गरेको छु ।

  • 59हे परमप्रभु, तिनीहरूले मलाई गरेका खराबी तपाईंले देख्‍नुभएको छ । मेरो मुद्दाको इन्साफ गरिदिनुहोस् ।

  • 24आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ?

  • 7हेर्नुहोस्, “हिंसा” भनेर म कराउँछु, तर मैले जवाफ पाउँदिन । मदतको लागि म पुकार्छु, तर त्यहाँ निष्‍पक्ष व्‍यवहार हुँदैन ।

  • 12तर हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले धर्मीहरूको जाँच गर्नुहुन्छ, अनि मन र हृदय देख्‍नुहुन्छ । मैले आफ्‍नो मामला तपाईंमा सुम्‍पेको हुनाले तिनीहरूमाथि तपाईंले लिनुहुने बदला मलाई देखाउनुहोस् ।

  • 3विपत्ति अधर्मी मानिसहरूका लागि हो, अनि विनाशचाहिं दुष्‍ट काम गर्नेहरूका लागि हो भनी मैले विचार गर्थें ।

  • 1¶ हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्‍टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ?

  • 3के परमेश्‍वरले न्यायमा रोक लगाउनुहुन्‍छ र? के सर्वशक्तिमान्‌ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?

  • 5के तपाईंको दुष्‍टता विशाल छैन र? के तपाईंको अधर्मको असीमित छैन र?

  • 12यताबाट भएर जाने तिमीहरू सबैलाई के यसको वास्ता छैन? मलाई दिइएको शोकजस्तै कसैको शोक छ कि छैन भनेर हेर र विचार गर, किनकि परमप्रभुले आफ्नो भयङ्कर क्रोधको दिनमा मलाई यातना दिनुभएको छ ।

  • 6तपाईंले मेरो अधर्मको जाँचबूझ गर्नुहुन्छ, र मेरो पाप खोज्न गर्नुहुन्छ,

  • 29के यी कुराको लागि मैले तिनीहरूलाई दण्ड नदिने त, के यस्तो जातिलाई मैले बदला नलिते त? यो परमप्रभुको घोषणा हो ।

  • 20के विनाशको सिंहासन, जसले नियमद्वारा अन्यायको सृजना गर्छ सो तपाईंसँग मिल्न सक्छ र?

  • 3अधर्महरूले हामीलाई जितेका छन् । हाम्रा अपराधहरूको बारेमा तपाईंले ती क्षमा गर्नुहुनेछ ।

  • 3मेरा शत्रुहरूका आवाजको कारणले, दुष्‍टहरूका थिचोमिचोका कारणले । किनकि तिनीहरूले ममाथि कष्‍ट ल्‍याउँछन् र रिसमा मलाई सताउँछन् ।

  • 20हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु । मेरो पेट हुँडल्छ । मेरो हृदय मभित्रै छटपटिन्छ, किनकि म ज्यादै विद्रोही भएको छु । बाहिर तरवारले आमालाई नष्‍ट पार्छ, घरभित्र केवल मृत्यु छ ।

  • 22तिनीहरूका सबै दुष्‍टता तपाईंको सामु आऊन् । मेरा सबै आज्ञा उल्लङ्घनको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस् । मेरा सुस्केरा धेरै छन्, र मेरो हृदय मुर्छा परेको छ ।

  • 3तपाईंको दृष्‍टिमा हामीलाई किन जङ्गली पशुहरू जस्‍तै मूर्ख छौं?

  • 1¶ हे परमेश्‍वर, मलाई न्याय दिनुहोस् र अधर्मी जातिको विरुद्धमा मेरो पक्षमा बोल्‍नुहोस् ।

  • 17तर तेरो दृष्‍टि र हृदयमा बेइमान नाफा कमाउनु, निर्दोषहरूको रगत बगाउनु, अरूहरूलाई थिचोमिचो र अत्याचार गरेर कमाउनुबाहेक अरू केही छैन ।

  • 2मेरो निर्दोषता तपाईंको उपस्थितिबाट आओस् । तपाईंको आँखाले जे ठिक छ सो देखून् ।

  • 17तपाईंले मेरो विरुद्धमा नयाँ साक्षीहरू ल्याउनुहुन्छ, र मेरो विरुद्धमा आफ्नो रिस बढाउनुहुन्छ । तपाईंले मलाई नयाँ फौजले आक्रमण गर्नुहुन्छ ।

  • 26किनकि मेरो विरुद्धमा तपाईंले तिक्‍त कुराहरू लेख्‍नुहुन्छ । मेरो युवावस्थाका अधर्म प्राप्‍त गर्ने तपाईंले मलाई बनाउनुहुन्छ ।

  • 2कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्‍टको पक्षलाई कृपा गर्छौ? सेला

  • 29त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस्? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ, यो परमप्रभुको घोषणा हो ।

  • 28तपाईंहरूले यसो भन्‍नुहुन्‍छ भने, 'हामी उसलाई कसरी सताउँ! उसको सङ्कष्‍टको जड ऊ आफै हो,'

  • 17तिमीहरूले आफ्ना बोलीले परमप्रभुलाई थकित तुल्याका छौ । तर तिमीहरू भन्छौ, “हामीले उहाँलाई कसरी थकित तुल्याएका छौँ?” यसो भनेर, “दुष्‍ट काम गर्ने सबै परमप्रभुको दृष्‍टिमा असल छ, र उहाँ तिनीहरूमा खुशी हुनुहुन्छ,” वा “न्यायका परमेश्‍वर कहाँ हुनुहुन्छ?”

  • 3अधर्म गर्ने दुष्‍टहरूसँगै मलाई टाढा नलानुहोस्, जसले आफ्‍ना छिमेकीहरूसँग शान्तिका कुरा गर्छन् तर आफ्‍ना हृदयहरूमा खराबी हुन्छ ।

  • 9मैले परमप्रभुको विरुद्ध पाप गरेको कारणले, उहाँले मेरो विषयमा वकालत नगर्नुभएसम्म, र मेरो निम्ति इन्साफ नगर्नुभएसम्म मैले उहाँको क्रोध सहनेछु ।

  • 12किनकि तिमीहरूका अपराधहरू कति छन् अनि तिमीहरूका पाप कति ठुला छन् भनी म जान्‍दछु— तिमीहरू जसले धर्मीलाई कष्‍ट दिन्छौ, घूस लिन्छौ, र सहरको मूलद्वारका दरिद्रहरूको न्‍यायहरण गर्छौ

  • 15भरोसा हराएको छ, र जो दुष्‍टताबाट फर्किन्‍छ उसले आफूलाई शिकार बनाउँछ । परमप्रभुले यो देख्‍नुभयो र त्‍यहाँ न्याय नदेखेर अप्रशन्‍न हुनुभयो ।

  • 8के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?

  • 14तपाईंले ध्यान दिनुभएको छ, किनकि विपद र दुःख ल्याउनेलाई तपाईंले सदासर्वदा हेर्नुहुन्छ । बेसाहाराले आफैलाई तपाईंमा सुम्पन्छ । तपाईंले अनाथहरूलाई छुटकारा दिनुहुन्छ ।

  • 17हिंसाले लिएको फाइदाको कारणले, म रिसाएँ, र मैले त्यसलाई दण्ड दिएँ । मैले आफ्‍नो मुख लुकाएँ र रिसाएँ, तर ऊ आफ्नो हृदयको मार्गमा पछाडितिर गयो ।

  • 1¶ मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र?

  • 16सूर्यमूनिको दुष्‍टतालाई मैले देखेको छु, जहाँ न्याय हुनुपर्थ्यो, र धार्मिकताको सट्टामा दुष्‍टता थियो ।

  • 15तिमीहरूले मेरा मानिसहरूलाई किन कुल्चन्छौ र गरिबहरूको अनुहारहरू किन पिस्‍छौ?” यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।

  • 1¶ हे परमप्रभु, मेरा शत्रुहरू कति धैरै छन्! मेरो विरुद्ध धेरै जना खडा छन् ।

  • 9उहाँले मलाई भन्‍नुभयो, “इस्राएल र यहूदाका घरानाको पाप असाध्‍य ठुलो छ । देश रक्तपातले भरिएको छ, र सहरचाहिं विकृतिले भरिपूर्ण छ, किनकि तिनीहरू भन्‍छन्, 'परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ, र ‘परमप्रभुले देख्‍नुहुन्‍न' ।

  • 18किन मेरो पिडा निरन्‍तर छ, र मेरो चोट निको हुन नमान्‍ने, निको नहुने भएको छ? के तपाईं मेरो लागि झुक्‍किने खोला, सुकेर जाने खोलाजस्तो बन्‍नुहुने छ र?

  • 2निश्‍चय नै गिल्ला गर्नेहरू मसितै छन् । मेरो आँखाले सधैं तिनीहरूको रिसलाई हेर्नुपर्छ ।

  • 3हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे पमरप्रभु, को खडा हुन सक्थ्यो र?

  • 3हे परमप्रभु, दुष्‍टहरू कहिलेसम्म खुसी हुनेछन्, दुष्‍टहरू कहिलेसम्म आनन्‍दित हुनेछन्?