यिर्मिया 12:1

अनलक शाब्दिक बाइबल

¶ हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ । मैले गुनासो गर्नुपर्ने कारण निश्‍चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्‍टका मार्गहरू सफल हुन्छन्? सबै विश्‍वासहीन मानिस सफल छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 12:6 : 6 डाँकुहरूका पालको उन्‍नति हुन्छ, र परमेश्‍वरलाई रिस उठाउनेहरूले सुरक्षित महसुस गर्छन् । तिनीहरूका आफ्नै हात तिनीहरूका ईश्‍वर हुन् ।
  • मल 3:15 : 15 यसैकारण अब हामी हठीहरूलाई नै आशिषित् भन्छौँ । दुष्‍ट काम गर्नेहरू सफल मात्र हुँदैनन्, तर तिनीहरूले परमेश्‍वरलाई जाँच गरेर उम्कन्छन् ।’”
  • भजन 37:1 : 1 ¶ खराबी गर्नेहरूको कारण झर्को नमान । अधार्मिक किसिमले काम गर्नेहरूका इर्ष्या नगर ।
  • भजन 51:4 : 4 तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्‍टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठिक हुनुहुन्छ ।
  • भजन 92:7 : 7 जब दुष्‍टहरू घाँसझैं उम्रिन्‍छन्, र दुष्‍ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्‍छन् ।
  • भजन 94:3-4 : 3 हे परमप्रभु, दुष्‍टहरू कहिलेसम्म खुसी हुनेछन्, दुष्‍टहरू कहिलेसम्म आनन्‍दित हुनेछन्? 4 तिनीहरू आफ्‍ना घमण्‍डका शब्‍दहरू पोखाउँछन् । खराब गर्नेहरू सबै जना अहङ्कार गर्छन् ।
  • भजन 37:35 : 35 दुष्‍ट र डरलाग्‍दा व्यक्‍ति आफ्नो माटोमा हरियो रूखझैं फैलिएको मैले देखेको छु ।
  • अय्यू 13:3 : 3 तापनि, बरु म सर्वशक्तिमान्‌सित बोल्‍छु । म परमेश्‍वरसित तर्क गर्ने इच्छा गर्छु ।
  • अय्यू 21:7-9 : 7 दुष्‍ट मानिसहरू किन निरन्‍तर बाँच्‍छन्, बुढा हुन्छन् र सामर्थ्‍यमा शक्तिशाली हुन्छन्? 8 तिनीहरूका सन्तानहरू तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन्, र तिनीहरूका छोराछोरी तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन् । 9 तिनीहरूका घरहरू डरबाट सुरक्षित हुन्‍छन् । न त परमेश्‍वरको छडी नै तिनीहरूमाथि परेको हुन्‍छ । 10 तिनीहरूका बहर मिसिन्छन् । त्‍यसो गर्न चुक्‍दैनन् । तिनीहरूको गाई बियाउँछ, र तुहिंदैन । 11 तिनीहरूले आफ्ना केटाकेटीलाई बगालझैं बाहिर पठाउँछन्, र तिनीहरूका छोराछोरी नाच्छन् । 12 तिनीहरूले खैँजडी र वीणाको धुनमा गाउँछन्, र बाँसुरीको सङ्गीतमा रमाउँछन् । 13 तिनीहरूले आफ्नो समय समृद्धिमा बिताउँछन्, र तिनीहरू शान्‍त बएर तल चिहानमा जान्छन् । 14 तिनीहरूले परमेश्‍वरलाई भन्छन्, 'हामीबाट जानुहोस्, किनकि तपाईंका मार्गहरूका कुनै ज्ञान हामी चाहँदैनौं । 15 सर्वशक्तिमान् को हो र हामीले उहाँको आराधना गर्नू? हामीले उहाँमा प्रार्थना चढायौं भने हामीले के लाभ पाउँछौं र?'
  • एज्रा 9:15 : 15 हे इस्राएलका परमप्रभु परमेश्‍वर, तपाईं धर्मी हुनुहुन्छ, किनकि आजको दिनसम्म हामी केही बाँचेकाहरू अझै छौं । हाम्रो दोषको कारणले कोही पनि तपाईंको सामु खडा हुन नसक्‍ने भए तापनि हामी हाम्रा दोषमा तपाईंको सामु छौं ।
  • यिर्मि 5:11 : 11 किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन्, यो परमप्रभुको घोषणा हो ।
  • यिर्मि 5:27-28 : 27 चराहरूले भरिएका पिंजराजस्तै तिनीहरूका घरहरू छलले भरिएका छन् । त्यसैले तिनीहरू ठुला र धनी भएका छन् । 28 तिनीहरू मोटाएका छन् । तिनीहरू सकुसल चिल्ला भएका छन् । तिनीहरूले दुष्‍टताको सबै सीमा पार गरेका छन् । तिनीहरूले मानिसहरू वा अनाथहरूको भलाइको निम्ति बिन्ती गर्दैनन् । तिनीहरूले खाँचोमा परेकाहरूलाई न्याय नदिए तापनि तिनीहरूको उन्‍नति हुन्‍छ ।
  • यिर्मि 11:20 : 20 तापनि सर्वशक्तिमान् परमप्रभु धार्मिक न्यायाधीश हुनुहुन्छ जसले हृदय र मनको जाँच गर्नहुन्छ । तिनीहरूको विरुद्धमा तपाईंको बदलाको म साक्षी बन्‍नेछु किनकि मैले मेरो विषय तपाईंको सामु पेस गरेको छु ।
  • दानी 9:7 : 7 हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्‍न ठाउँहरूमा छरपष्‍ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्‍छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्‍वासघातको कारणले नै यस्‍तो भएको हो ।
  • हब 1:4 : 4 यसैकारण कानून-व्यवस्था कमजोर भएको छ, र न्याय अब छैन । किनकि दुष्‍टले धर्मीलाई घेर्दछ । यसैकारण इन्साफ झुटो भएको छ ।” परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्छ ।
  • हब 1:13-17 : 13 तपाईंका आँखा यति शुद्ध छन्, कि तपाईं दुष्‍टलाई हेर्नुहुन्‍न, र तपाईंले गलत काम गर्नेलाई कृपाले हेर्न सक्‍नुहुन्‍न । त्यसोभए किन तपाईंले धोका दिनेलाई कृपाले हेर्नुभएको छ? दुष्‍टहरूले तिनीहरूको आफ्नो सङ्ख्याभन्दा धेरै धर्मीहरूलाई निल्दा तपाईं किन चुप बस्‍नुभएको छ? 14 तपाईंले मानिसलाई समुद्रका माछाझैँ बनाउनुहुन्छ, घस्रने जीवहरूझैँ जसको कुनै शासक छैन । 15 त्यसले सबैलाई बल्छीले ल्याउँछ । त्यसले मानिसहरूलाई माछी-जालमा पारेर पर लैजान्छ । त्यसले महाजालमा सबैलाई थुपार्छ, अनि त्यो खुशी हुन्छ र रमाहट गर्दछ । 16 त्यसैकारण त्यसले आफ्नो माछी-जालमा बलि चढाउँछ र महाजालमा धूप बाल्छ, किनभने आफ्नो जालद्धारा त्यो विलासितामा जिउँछ, र त्यसको भोजन उत्तम हुन्छ । 17 के त्यसले यसैकारण आफ्नो जाल रित्त्याउँदै जान्छ, र जाति-जातिहरूलाई निर्दयतापूर्वक काटिरहन्छ?”
  • सप 3:5 : 5 त्यसको बिचमा परमप्रभु धार्मिक हुनुहुन्छ । उहाँले कुनै खराबी गर्नुहुन्‍न । हरेक बिहानी उहाँले आफ्नो न्याय प्रदान गर्नुहुन्छ । त्यो प्रकाशमा लुक्‍नेछैन, तर पनि अधर्मीहरूलाई कुनै शर्म छैन ।
  • हो 6:7 : 7 आदमले झैं तिनीहरूले करार तोडेका छन्, तिनीहरू मप्रति विश्‍वासहीन भएका छन् ।
  • यिर्मि 12:6 : 6 किनकि तेरै दाजुभाइ र तेरै बुबाको परिवारले तँलाई धोका दिएका अनि खुलेआम कराएर तँलाई इन्‍कार गरेका छन् । तिनीहरूले तँलाई राम्रा कुराहरू गरे तापनि तिनीहरूमाथि भरोसा नगर् ।
  • रोमी 3:5-6 : 5 तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्‍न सक्छौ र? परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्‍न, के अधर्मी ठहरिनुहुन्छ त? म मानवीय तर्कअनुसार बोलिरहेको छु । 6 कहिल्यै यस्तो नहोस्! किनकि त्यसो भए त परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ?
  • उत्प 18:25 : 25 धर्मीलाई पनि दुष्‍टलाई जस्तै व्यवहार गरेर दुष्‍टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्‍वीका न्‍यायकर्ताले न्यायोचित काम गर्नुहुन्‍न र?
  • व्यव 32:4 : 4 उहाँ चट्टान हुनुहुन्छ, उहाँको काम सिद्ध छ । किनकि उहाँका सबै मार्ग न्यायोचित छन् । उहाँ अधर्म नभएको विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ । उहाँ न्यायी र सत्य हुनुहुन्छ ।
  • भजन 73:3-9 : 3 किनभने जब मैले दुष्‍टहरूका फलिफाप देखें, तब मैले अहङ्कारीहरूको डाह गरें । 4 किनकि मृत्युसम्म नै तिनीहरूलाई कुनै पीडा नै हुँछैन, तर तिनीहरू बलिया र स्वस्थ्य हुन्‍छन् । 5 अरू मानिसहरूका बोझहरूबाट तिनीहरू मुक्‍त छन् । अरू मानिसहरूलाई झैं तिनीहरूलाई कष्‍ट हुँदैन । 6 तिनीहरूका घाँटीमा सिक्रीझैं तिनीहरू घमण्डले सजिछन् । वस्‍त्रले ढाकेझैं तिनीहरूलाई हिंसाले ढाक्‍नेछ । 7 यस्ता अन्धोपनबाट नै पाप आउँछ । तिनीहरूका हृदयहरूबाट दुष्‍ट विचारहरू जान्छन् । 8 तिनीहरू दुष्‍टतापूर्वक गिल्ला गर्छन् र बोल्छन् । आफ्‍नो अहङ्कारमा तिनीहरूले अत्यचारको धम्की दिन्छन् । 9 आफ्नो मुखले तिनीहरू स्वर्गको विरुद्धमा बोल्‍छन् र तिनीहरूका जिब्रोहरूले पृथ्वीको अधिकार गर्छन् । 10 यसकारण तिनका मानिसहरू तिनीहरूतिर फर्कन्छन् र प्रशस्‍त पानी बगाइन्छ । 11 तिनीहरू भन्छन्, “परमेश्‍वरले कसरी जान्‍नुहुन्छ? के सर्वोच्‍चसँग ज्ञान छ र?” 12 हेर्नुहोस्ः यी मानिसहरू दुष्‍टहरू हुन् । तिनीहरू निश्‍चिन्त छन् र झन्-झन् धनी हुँदैछन् । 13 निश्‍चय नै मैले व्यार्थमा मेरो हृदयलाई सुरक्षित राखेको छु र निर्दोषतामा मेरा हातहरू धोएको छु । 14 किनकि म दिनभरि कष्‍टमा परेको छु र हरेक बिहान ताड्ना पाएको छु । 15 “म यी कुराहरू भन्‍नेछु,” भनी मैले भनेको भए, तपाईंका छोराछोरीका यो पुस्तालाई मैले धोका दिनेथिएँ । 16 मैले यी कुराहरू बुझ्‍ने कोसिस गरे तापनि, मेरो निम्ति यो धेरै कठिन थियो । 17 तब म परमेश्‍वरको पवित्रस्थानभित्र गएँ र तिनीहरूका अन्‍तिम अवस्‍थालाई बुझें । 18 निश्‍चय नै तपाईंले तिनीहरूलाई चिप्‍लो ठाउँहरूमा राख्‍नुहुन्‍छ । तपाईंले तिनीहरूलाई सर्वनाश लानुहुन्‍छ । 19 तिनीहरू कसरी क्षणभरमा नै उजाडस्‍थान बने! तिनीहरूको अन्‍त भयो र भयानक त्रासहरूले समाप्‍त पारिए । 20 कोही ब्युँझँदा, ती सपनामा भएजस्तो हुन्‍छन् । हे परमप्रभु, जब तपाई खडा हुनुहुन्छ, तब तपाईंले ती सपनाहरूका बारेमा केही विचार गर्नुहुन्‍न । 21 किनकि मेरो हृदय शोकमा परेको थियो र म गहिरो चोटमा परेको थिएँ । 22 म मूर्ख थिएँ र अन्तरदृष्‍टिको कमी थियो । तपाईंको सामु म मूर्ख पशुजस्तै थिएँ । 23 तापनि म सधैं तपाईंसँगै छु । तपाईंले मेरो दाहिने हात समात्‍नुहुन्‍छ । 24 तपाईंले मलाई आफ्‍नो सल्लाहले मार्गदर्शन गर्नुहुनेछ र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ । 25 स्वर्गमा तपाईंबाहेक मेरो को छ र? पृथ्‍वीमा मैले इच्‍छा गर्ने तपाईंबाहेक अरू कोही छैन । 26 मेरो शरीर र मेरो मुटु कमजोर हुन्छन्, तर परमेश्‍वर नै सदासर्वदा मेरो हृदयको बल हुनुहुन्छ । 27 तपाईंदेखि टाढा हुनेहरू नष्‍ट हुनेछन् । तपाईंप्रति विश्‍वासयोग्‍य नहुनेहरूलाई तपाईंले नष्‍ट पार्नुहुनेछ । 28 तर मेरो बारेमा, मैले गर्नुपर्ने कुराचाहिं परमेश्‍वरको नजिक जाने हो । परमप्रभु परमेश्‍वरलाई मैले आफ्‍नो शरणस्थान बनाएको छु । तपाईंका सबै कामहरू म घोषणा गर्नेछु ।
  • भजन 119:75 : 75 हे परमप्रभु, तपाईंका आदेशहरू निष्‍पक्ष छन् र विश्‍वस्‍ततामा तपाईंले मलाई कष्‍ट दिनुभयो भनी म जान्दछु ।
  • भजन 119:137 : 137 हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ र तपाईंका आदेशहरू निष्‍पक्ष छन् ।
  • भजन 145:17 : 17 परमप्रभु आफ्‍ना सबै मार्गमा धर्मी र उहाँले गर्ने सबै काममा अनुग्रही हुनुहुन्छ ।
  • नीति 1:32 : 32 किनकि निर्बुद्धिहरू फर्कंदा तिनीहरू मारिन्छन्, र मूर्खहरूको तटस्थताले तिनीहरूलाई नष्‍ट गर्ने छन् ।
  • यशा 41:21 : 21 परमप्रभु भन्‍नुहुन्छ, “तेरो मुद्दा पेस गर् ।” याकूबका राजा भन्‍नुहुन्छ, “तेरा मूर्तीहरूका निम्ति तेरा उत्तम बहसहरू पेस गर् ।”
  • यशा 48:8 : 8 तिमीहरूले कहिल्यै सुनेनौ । तिमीहरूले जानेनौ । यी कुराहरू तिमीहरूका कानमा यसअघि भनिएको थिएन । किनकि तिमीहरू धेरै छली भएका छौ र जन्मैदेखि तिमीहरू विद्रोही भएका छौ भनी मलाई थाहा थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 12तर हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले धर्मीहरूको जाँच गर्नुहुन्छ, अनि मन र हृदय देख्‍नुहुन्छ । मैले आफ्‍नो मामला तपाईंमा सुम्‍पेको हुनाले तिनीहरूमाथि तपाईंले लिनुहुने बदला मलाई देखाउनुहोस् ।

  • हब 1:3-4
    2 पदहरू
    77%

    3मलाई किन अपराध र दुष्कर्म देखाउनुहुन्छ? सर्वनाश र हिंसा मेरो सामुन्‍ने छन् । त्यहाँ झैँ-झगडा छ, र विवाद चर्किंदै छ ।

    4यसैकारण कानून-व्यवस्था कमजोर भएको छ, र न्याय अब छैन । किनकि दुष्‍टले धर्मीलाई घेर्दछ । यसैकारण इन्साफ झुटो भएको छ ।” परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्छ ।

  • 20तापनि सर्वशक्तिमान् परमप्रभु धार्मिक न्यायाधीश हुनुहुन्छ जसले हृदय र मनको जाँच गर्नहुन्छ । तिनीहरूको विरुद्धमा तपाईंको बदलाको म साक्षी बन्‍नेछु किनकि मैले मेरो विषय तपाईंको सामु पेस गरेको छु ।

  • 1¶ हे परमेश्‍वर, मलाई न्याय दिनुहोस् र अधर्मी जातिको विरुद्धमा मेरो पक्षमा बोल्‍नुहोस् ।

  • 3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?

  • 8के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?

  • यिर्मि 12:2-4
    3 पदहरू
    75%

    2तपाईंले तिनीहरूलाई रोप्नुभयो, र तिनीहरूले जरा हाले । तिनीहरूले निरन्‍तर फल फलाउँछन् । तिनीहरूका मुखमा तपाईं तिनीहरूको नजिक हुनुहुन्छ, तर तिनीहरूका हृदयबाट धेरै टाढा हुनुहुन्छ ।

    3तापनि हे परमप्रभु, तपाईंले मलाई जान्‍नुहुन्छ । तपाईंले मलाई देख्‍नुहुन्छ, र तपाईंप्रतिको मेरो हृदयलाई जाँच गर्नहुन्छ । मारिनलाई लगिने भेडाजस्तै तिनीहरूलाई लैजानुहोस्, र मारिने दिनको लागि तिनीहरूलाई अलग गर्नुहोस् ।

    4देश कहिलेसम्म सुक्खा भइरहन्‍छ, यसका बासिन्दाहरूको दुष्‍टताको कारणले हरेक खेतका बोटबिरुवा ओइलाउँछन्? पशुहरू र चराहरू लगिएका छन् । वास्तवमा मानिसहरू भन्छन्, “हामीमाथि के भएको छ, सो परमेश्‍वरले देख्‍नुहुन्‍न ।”

  • 137हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ र तपाईंका आदेशहरू निष्‍पक्ष छन् ।

  • 24हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंको धार्मिकताको कारणले मेरो रक्षा गर्नुहोस् । तिनीहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् ।

  • 7त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्‍थ्‍यो ।

  • हब 1:12-13
    2 पदहरू
    75%

    12“परमप्रभु मेरा परमेश्‍वर, मेरा एक मात्र पवित्र परमेश्‍वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्‍न र? हामी मर्नेछैनौँ । परमप्रभुले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको छ, र हे चट्टान, तपाईंले तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ ।

    13तपाईंका आँखा यति शुद्ध छन्, कि तपाईं दुष्‍टलाई हेर्नुहुन्‍न, र तपाईंले गलत काम गर्नेलाई कृपाले हेर्न सक्‍नुहुन्‍न । त्यसोभए किन तपाईंले धोका दिनेलाई कृपाले हेर्नुभएको छ? दुष्‍टहरूले तिनीहरूको आफ्नो सङ्ख्याभन्दा धेरै धर्मीहरूलाई निल्दा तपाईं किन चुप बस्‍नुभएको छ?

  • भजन 7:8-9
    2 पदहरू
    75%

    8हे परमप्रभु, जातिहरूको न्याय गर्नुहोस् । हे परमप्रभु, मेरो सुरक्षा गर्नुहोस्, किनभने हे सर्वोच्‍च, म धर्मी र निर्दोष छु ।

    9दुष्‍टका खराब कामहरूको अन्त होस्, तर हे धर्मी परमेश्‍वर, तपाईं जसले हृदय र मन जाँच्नुहुन्छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् ।

  • 1¶ ए शासकहरू हो, के तिमीहरू धर्मिकतामा बोल्छौ? ए मानिसहरू, के तिमीहरू ठिक किसमले न्याय गर्छौ?

  • 17तिमीहरूले आफ्ना बोलीले परमप्रभुलाई थकित तुल्याका छौ । तर तिमीहरू भन्छौ, “हामीले उहाँलाई कसरी थकित तुल्याएका छौँ?” यसो भनेर, “दुष्‍ट काम गर्ने सबै परमप्रभुको दृष्‍टिमा असल छ, र उहाँ तिनीहरूमा खुशी हुनुहुन्छ,” वा “न्यायका परमेश्‍वर कहाँ हुनुहुन्छ?”

  • 3के परमेश्‍वरले न्यायमा रोक लगाउनुहुन्‍छ र? के सर्वशक्तिमान्‌ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?

  • 2मेरो निर्दोषता तपाईंको उपस्थितिबाट आओस् । तपाईंको आँखाले जे ठिक छ सो देखून् ।

  • 2कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्‍टको पक्षलाई कृपा गर्छौ? सेला

  • अय्यू 10:2-3
    2 पदहरू
    74%

    2म परमेश्‍वरलाई भन्‍नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।

    3आफ्ना हातको कामलाई तुच्छ ठान्‍नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्‍काउनुहुन्‍छ?

  • भजन 143:1-2
    2 पदहरू
    74%

    1¶ हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस् । मेरो बिन्ती सुन्‍नुहोस् । तपाईंको विश्‍वस्‍तता र धार्मिकताको कारणले मलाई जवाफ दिनुहोस् ।

    2तपाईंको सेवकलाई इन्‍साफमा नपार्नुहोस्, किनकि तपाईंको दृष्‍टिमा कोही पनि धर्मी छैन ।

  • 3हे परमप्रभु, दुष्‍टहरू कहिलेसम्म खुसी हुनेछन्, दुष्‍टहरू कहिलेसम्म आनन्‍दित हुनेछन्?

  • 1¶ हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्‍टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ?

  • 1¶ हे वीर मानिस, दुःख दिनमा तिमी किन घमण्ड गर्छौ? परमेश्‍वरको करारको विश्‍वस्‍तता हरेक दिन आउँछ ।

  • 17के न्यायलाई घृणा गर्नेले शासन गर्न सक्छ? के तपाईंले परमेश्‍वरलाई दोषी ठहराउनुहुन्‍छ जो धर्मी र शक्तिशाली हुनुहुन्छ?

  • 17तर दुष्‍ट मानिसहरूलाई तपाईं न्‍याय गर्न पूर्ण हुनुहुन्छ । इन्साफ र न्यायले तपाईंलाई समातेका छन् ।

  • 33हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्‍वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्‍टतापूर्वक काम गरेका छौँ ।

  • 3तपाईं धर्मी हुनुहुन्छ भने, सर्वशक्तिमान्‌लाई के आनन्द मिल्छ र? तपाईंले आफ्ना मार्गहरू दोषरहित बनाउनुहुन्‍छ भने, त्यो उहाँको लाभ हो र?

  • 7दुष्‍ट मानिसहरू किन निरन्‍तर बाँच्‍छन्, बुढा हुन्छन् र सामर्थ्‍यमा शक्तिशाली हुन्छन्?

  • 7ए धर्मी जन, धर्मीको मार्ग सिधा हुन्छ । धर्मी जनको मार्गलाई तपाईंले सोझो बनाउनुहुन्छ ।

  • 7परमेश्‍वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र?

  • 20के विनाशको सिंहासन, जसले नियमद्वारा अन्यायको सृजना गर्छ सो तपाईंसँग मिल्न सक्छ र?

  • 7हेर्नुहोस्, “हिंसा” भनेर म कराउँछु, तर मैले जवाफ पाउँदिन । मदतको लागि म पुकार्छु, तर त्यहाँ निष्‍पक्ष व्‍यवहार हुँदैन ।

  • 11ताकि मानिसहरूले भन्‍नेछन्, “साँच्‍चै, धर्मी व्‍यक्‍तिको निम्ति इनाम छ । साँच्‍चै, परमेश्‍वर हुनुहुन्छ जसले पृथ्वीको न्याय गर्नुहुन्‍छ ।”

  • 1¶ हे परमप्रभु, मेरो न्याय गर्नुहोस्, किनकि म इमानदारीसँग हिंडेको छु । हलचल नगरी मैले परमप्रभुमा भरोसा गरेको छु ।

  • 4किनकि तपाईंले मेरो न्‍यायोचित मामलाको रक्षा गर्नुभएको छ । हे धार्मी न्यायकर्ता, तपाईं आफ्नो सिंहासनमा बस्‍नुहोस्!

  • 7तपाईं धर्मी हुनुहुन्छ भने, तपाईंले उहाँलाई के दिन सक्‍नुहुन्छ र? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्‍छ र?

  • 24आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ?

  • 35तरै पनि तँ भन्छेस्, 'म निर्दोष छु । निश्‍चय नै उहाँको क्रोध मबाट तर्केर गएको छ ।' तर हेर! 'मैले पाप गरेको छैनँ' भनी तैंले भनेको हुनाले म तँमाथि इन्साफ ल्याउनेछु ।

  • 6डाँकुहरूका पालको उन्‍नति हुन्छ, र परमेश्‍वरलाई रिस उठाउनेहरूले सुरक्षित महसुस गर्छन् । तिनीहरूका आफ्नै हात तिनीहरूका ईश्‍वर हुन् ।

  • 1¶ मानिसहरूका बिचमा झैझगडा भयो र तिनीहरू अदालतमा गए भने न्यायकर्ताहरूले तिनीहरूको न्याय गरून् अनि धर्मीलाई छाडिदिएर दुष्‍टलाई दोषी ठहराऊन् ।

  • 59हे परमप्रभु, तिनीहरूले मलाई गरेका खराबी तपाईंले देख्‍नुभएको छ । मेरो मुद्दाको इन्साफ गरिदिनुहोस् ।

  • 12के घोडाहरू ठाडो चट्टानहरूमा दौडन्‍छन् र? के कसैले त्यहाँ गोरू जोत्‍छ? तापनि तिमीहरूले न्यायलाई विष अनि धार्मिकताको फललाई तिक्‍ततामा परिणत गरेका छौ ।

  • 27ए याकूब, तँ किन यसो भन्‍छस्, ए इस्राएल, तँ किन घोषणा गर्छस्, “मेरो बाटो परमप्रभुबाट लुकाइएको छ र मेरो परमेश्‍वरले मेरो बदलाको वास्ता गर्नुहुन्‍न”?

  • 6तपाईंले मेरो अधर्मको जाँचबूझ गर्नुहुन्छ, र मेरो पाप खोज्न गर्नुहुन्छ,