भजनसंग्रह 94:3

अनलक शाब्दिक बाइबल

हे परमप्रभु, दुष्‍टहरू कहिलेसम्म खुसी हुनेछन्, दुष्‍टहरू कहिलेसम्म आनन्‍दित हुनेछन्?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 20:5 : 5 दुष्‍ट मानिसको जित क्षणिक हुन्छ, र ईश्‍वरहीन मानिसको आनन्द क्षणभर मात्र रहन्‍छ ।
  • प्रका 6:10 : 10 तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्‍न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्‍न?”
  • एस्थ 5:11-12 : 11 हामानले तिनीहरूलाई आफ्नो धनदौलतको रवाफ, आफ्‍ना धेरै जना छोराहरू, राजाले तिनलाई दिएका सबै पदोन्‍नति अनि राजाका सबै अधिकारी र सेवकहरूभन्दा बढी तिनको प्रगति कसरी भयो भनेर बयान दिए । 12 हामानले भने, “रानी एस्तरले तयार पार्नुभएको भोजमा उहाँले राजासँगै आउन मबाहेक अरू कसैलाई निमन्त्रणा दिनुभएन । भोली पनि उहाँले राजासँगै मलाई निमन्त्रणा दिनुभएको छ ।
  • एस्थ 6:6-9 : 6 जब हामान भित्र आए, तब राजाले तिनलाई सोधे, “राजाले सम्मान दिन इच्छा गरेको मानिसलाई के गरिनुपर्छ?” हामानले आफ्नो हृदयमा भने, “मबाहेक अरू कसलाई राजाले सम्मान दिने इच्छा गर्नुहुन्छ र?” 7 हामानले राजालाई भने, “जुन मानिसलाई राजाले सम्मान दिन इच्छा गर्नुभएको छ, 8 राजाकीय पोशाक, राजाले पहिरिनुभएको वस्‍त्र अनि राजाले सवार गर्नुभएको शिरमा राजकीय चिन्ह लगाइएको घोडा ल्‍याइयोस् । 9 तब त्यो पोशाक र घोडा राजाका सबैभन्दा माननीय अधिकारीहरूमध्ये एक जनालाई दिइयोस् । राजाले सम्मान गर्न खोज्नुभएको मानिसलाई तिनीहरूले त्यो पोशाक पहिराऊन्, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरू घुमाऊन् । तिनीहरूले तिनको सामु घोषणा गरून्, 'राजाले सम्मान गर्ने इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ' ।” 10 तब राजाले हामानलाई भने, “छिटो गर, तिमीले भनेझैँ पोशाक र घोडा लिएर आऊ, अनि राजाको ढाकामा बस्‍ने यहूदी मोर्दकैलाई यसै गर । तिमीले भनेका एउटै कुरा गर्न पनि नचुक ।”
  • एस्थ 7:6 : 6 एस्तरले जवाई दिइन्, “त्यो विरोधी, शत्रु यही दुष्‍ट हामान हो ।” तब हामान राजा र रानीको सामु डरले थरथर काँपे ।
  • एस्थ 7:10 : 10 त्यसैले तिनीहरूले हामानले मोर्दकै को निम्ति तयार पारेको फाँसीको काठमा उसैलाई झुण्ड्याए । तब राजाको रिस मर्‍यो ।
  • भजन 43:2 : 2 किनकि तपाईं मेरो बलको परमेश्‍वर हुनुहुन्छ । तपाईंले मलाई किन तिरस्‍कार गर्नुभएको छ? मेरो शत्रुको अत्‍याचारको कारणले मैले किन विलाप गर्दै हिंड्नुपर्छ?
  • भजन 73:8 : 8 तिनीहरू दुष्‍टतापूर्वक गिल्ला गर्छन् र बोल्छन् । आफ्‍नो अहङ्कारमा तिनीहरूले अत्यचारको धम्की दिन्छन् ।
  • भजन 74:9-9 : 9 हामी अब कुनै चिन्हहरू देख्दैनौं । अब कोही अगमवक्‍ता छैनन् र यो कहिलेसम्म रहन्छ भनी हाम्रा बिचमा हुने कसैले पनि जान्‍दैन । 10 हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन्?
  • भजन 79:5 : 5 हे परमप्रभु कहिलेसम्म? के तपाईं सदासर्वदा रिसाउनुहुनेछ? कहिलेसम्म तपाईंको डाही रिस आगोझैं जलिरहनेछ?
  • भजन 80:4 : 4 हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका मानिसहरूले प्रार्थना गर्दा तपाईं कहिलेसम्म तिनीहरूसँग रिसाउनुहुनेछ?
  • भजन 89:46 : 46 हे परमप्रभु, कहिलेसम्म? तपाईंले सधैं आफूलाई लुकाउनुहुनेछ? तपाईंको रिस कहिलेसम्म आगोझैं दन्किनेछ?
  • यिर्मि 12:1-2 : 1 ¶ हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ । मैले गुनासो गर्नुपर्ने कारण निश्‍चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्‍टका मार्गहरू सफल हुन्छन्? सबै विश्‍वासहीन मानिस सफल छन् । 2 तपाईंले तिनीहरूलाई रोप्नुभयो, र तिनीहरूले जरा हाले । तिनीहरूले निरन्‍तर फल फलाउँछन् । तिनीहरूका मुखमा तपाईं तिनीहरूको नजिक हुनुहुन्छ, तर तिनीहरूका हृदयबाट धेरै टाढा हुनुहुन्छ ।
  • यिर्मि 47:6 : 6 हाय परमप्रभुको तरवार! तँ मौन हुनलाई कति लामो समय लाग्‍नेछ? तेरो म्यानमा फर्केर जा । रोकी र मौन हो ।
  • प्रेरि 12:22-23 : 22 मानिसहरूले यसो भन्दै चिच्‍च्‍याए “यो त ईश्‍वरको अवाज हो, मानिसको होइन ।” 23 तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे, अनि किरा परेर तिनी तिनी मरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 94:4-5
    2 पदहरू
    83%

    4तिनीहरू आफ्‍ना घमण्‍डका शब्‍दहरू पोखाउँछन् । खराब गर्नेहरू सबै जना अहङ्कार गर्छन् ।

    5हे परमप्रभु, तिनीहरूले तपाईंका मानिसहरूलाई कुल्‍चिन्‍छन् । तिनीहरूले तपाईंका जातिलाई कष्‍ट दिन्‍छन् ।

  • 10हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन्?

  • 2कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्‍टको पक्षलाई कृपा गर्छौ? सेला

  • भजन 94:1-2
    2 पदहरू
    77%

    1¶ हे परमप्रभु, परमेश्‍वर जसले बदला लिनुहुन्छ । हे बदला लिनुहुने परमेश्‍वर, हामीमाथि चम्‍किनुहोस् ।

    2हे पृथ्वीका न्यायकर्ता, उठ्नुहोस् । घमण्‍डीहरूलाई जे सुहाउँदो हुन्‍छ, त्‍यो तिनीहरूलाई दिनुहोस् ।

  • 16खराब गर्नेहरूका विरुद्धमा मेरो सुरक्षा गर्न को उठ्नेछ? दुष्‍टको विरुद्धमा मेरो समर्थनमा को खडा हुनेछ?

  • 46हे परमप्रभु, कहिलेसम्म? तपाईंले सधैं आफूलाई लुकाउनुहुनेछ? तपाईंको रिस कहिलेसम्म आगोझैं दन्किनेछ?

  • भजन 13:1-2
    2 पदहरू
    75%

    1¶ हे परमप्रभु, तपाईंले कहिलेसम्म मलाई बिर्सिरहनुहुन्‍छ? कहिलेसम्म तपाईं आफ्‍नो मुहार मबाट लुकाउनुहुनेछ?

    2कहिलेसम्म मैले चिन्‍ता गर्ने र दिनभरि मेरो हृदयमा शोक लिने? कहिलेसम्म मेरो शत्रुले ममाथि विजय पाउने?

  • 5हे परमप्रभु कहिलेसम्म? के तपाईं सदासर्वदा रिसाउनुहुनेछ? कहिलेसम्म तपाईंको डाही रिस आगोझैं जलिरहनेछ?

  • 84तपाईंको सेवकले यो कहिलेसम्म यो कुरा सहनु पर्ने हो? मेरो खेदो गर्नेहरूलाई तपाईंले कहिले न्याय गर्नुहुनेछ?

  • 1¶ हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ । मैले गुनासो गर्नुपर्ने कारण निश्‍चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्‍टका मार्गहरू सफल हुन्छन्? सबै विश्‍वासहीन मानिस सफल छन् ।

  • 7जब दुष्‍टहरू घाँसझैं उम्रिन्‍छन्, र दुष्‍ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्‍छन् ।

  • 7दुष्‍ट मानिसहरू किन निरन्‍तर बाँच्‍छन्, बुढा हुन्छन् र सामर्थ्‍यमा शक्तिशाली हुन्छन्?

  • 3मेरो प्राण पनि धेरै दुःखमा परेको छ । तर हे परमप्रभु, यो कहिलेसम्म निरन्‍तर रहन्‍छ?

  • 20के विनाशको सिंहासन, जसले नियमद्वारा अन्यायको सृजना गर्छ सो तपाईंसँग मिल्न सक्छ र?

  • 2ए मानिसहरू, मेरो इज्‍जतलाई तिमीहरू कहिलेसम्म लाजमा परिवर्तन गर्छौ? कहिलेसम्म तिमीहरू व्‍यर्थका कुरालाई प्रेम गर्छौ अनि झुटको पछि लग्छौ? सेला

  • 5दुष्‍ट मानिसको जित क्षणिक हुन्छ, र ईश्‍वरहीन मानिसको आनन्द क्षणभर मात्र रहन्‍छ ।

  • 13हे परमप्रभु, फर्कनुहोस्! यो कहिलेसम्म हुनेछ? आफ्नो सेवकमाथि दया गर्नुहोस् ।

  • 4देश कहिलेसम्म सुक्खा भइरहन्‍छ, यसका बासिन्दाहरूको दुष्‍टताको कारणले हरेक खेतका बोटबिरुवा ओइलाउँछन्? पशुहरू र चराहरू लगिएका छन् । वास्तवमा मानिसहरू भन्छन्, “हामीमाथि के भएको छ, सो परमेश्‍वरले देख्‍नुहुन्‍न ।”

  • 10केही क्षणमा नै दुष्‍ट मानिस लोप हुनेछन् । तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ ।

  • 1¶ हे वीर मानिस, दुःख दिनमा तिमी किन घमण्ड गर्छौ? परमेश्‍वरको करारको विश्‍वस्‍तता हरेक दिन आउँछ ।

  • 4हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका मानिसहरूले प्रार्थना गर्दा तपाईं कहिलेसम्म तिनीहरूसँग रिसाउनुहुनेछ?

  • 1¶ हे परमप्रभु, मेरा शत्रुहरू कति धैरै छन्! मेरो विरुद्ध धेरै जना खडा छन् ।

  • 13दुष्‍टहरूका निम्ति खाडल नखनेसम्म तपाईंले त्यसलाई कष्‍टको समयमा विश्राम दिनुहुन्छ ।

  • 3विपत्ति अधर्मी मानिसहरूका लागि हो, अनि विनाशचाहिं दुष्‍ट काम गर्नेहरूका लागि हो भनी मैले विचार गर्थें ।

  • 3आफ्ना हातको कामलाई तुच्छ ठान्‍नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्‍काउनुहुन्‍छ?

  • 1¶ हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्‍टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ?

  • 3के परमेश्‍वरले न्यायमा रोक लगाउनुहुन्‍छ र? के सर्वशक्तिमान्‌ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?

  • 24हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंको धार्मिकताको कारणले मेरो रक्षा गर्नुहोस् । तिनीहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् ।

  • 3मलाई किन अपराध र दुष्कर्म देखाउनुहुन्छ? सर्वनाश र हिंसा मेरो सामुन्‍ने छन् । त्यहाँ झैँ-झगडा छ, र विवाद चर्किंदै छ ।

  • 19हे परमप्रभु, उठ्नुहोस् । मानिसले तपाईंलाई जित्‍न नपाऊन् । तपाईंको दृष्‍टिमा जातिहरूको न्याय गरियोस् ।

  • 24पृथ्वी दुष्‍ट मानिसको हातमा दिइएको छ । परमेश्‍वरले यसका न्यायकर्ताहरूका मुहार ढाक्‍नुहन्छ । यसो गर्ने उहाँ हुनुहुन्‍न भने त्‍यो को हो त?

  • 8हे परमप्रभु, दुष्‍टहरूका इच्छाहरू पुरा नगर्नुहोस् । तिनीहरूका षड्यन्त्रहरू सफल नहोऊन् । सेला

  • 21मैले कहिलेसम्म शत्रुको यद्धको झण्डा हेर्ने? के मैले तुरहीको आवाजलाई सुन्‍नेछु?

  • 13किन दुष्‍ट मानिसले परमेश्‍वरलाई इन्कार गर्छन् र आफ्नो हृदयमा यसो भन्‍छ, “तपाईंले मलाई जवाफदेही बनाउनु हुनेछैन”?

  • 34परमप्रभुको आसा गर र उहाँको मार्ग कायम राख, अनि उहाँले देश अधिकार गर्न तिमीलाई उठाउनुहुनेछ । दुष्‍टहरू बहिष्‍कृत भएको तिमीले देख्‍नेछौ ।

  • 3किनभने जब मैले दुष्‍टहरूका फलिफाप देखें, तब मैले अहङ्कारीहरूको डाह गरें ।

  • 49हे परमप्रभु, तपाईंले आफ्नो सत्यतामा दाऊदसँग शपथ खानुभएको करारको विश्‍वस्‍तताका पहिलेका कामहरू कहाँ छन्?

  • 17के न्यायलाई घृणा गर्नेले शासन गर्न सक्छ? के तपाईंले परमेश्‍वरलाई दोषी ठहराउनुहुन्‍छ जो धर्मी र शक्तिशाली हुनुहुन्छ?

  • 30कि दुष्‍ट मानिस विपत्तिको दिनमा जोगिन्छ, र क्रोधको दिनमा उसलाई कतै सारेर जोगाइन्‍छ?

  • 3तिमीहरू सबै जनाले एक जना मानिसलाई कहिलेसम्म आक्रमण गर्छौ, जसलाई तिमीहरूले ढल्न लागेको पर्खाल वा कमजोर बारजस्तै ढाल्‍न सक्छौ?

  • 15हामीलाई विपत्तिमा पार्नुभएका दिनहरू र हामीले कष्‍ट भोगेका वर्षहरू जति थिए त्यति नै हामीलाई खुसी पार्नुहोस् ।

  • 12हे परमप्रभु, तपाईं कसरी अझै पछि हट्‍नुहुन्छ? तपाईं कसरी शान्‍त बस्‍न र हामीलाई निरन्तर अपमानित हुन हुन दिनुहुन्छ?”

  • 8मानवजातिका छोराछोरीका माझमा खराब कुराको प्रशंसा हुँदा दुष्‍टहरू चारैतिर हिंड्‍डुल गर्छन् ।

  • 12दुष्‍ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।

  • 10दुष्‍ट व्यक्‍तिले यो देख्‍नेछ र क्रुद्ध हुनेछ । त्यसले रिसले दाह्रा किट्नेछ र त्यो बिलेर जाने छ । दुष्‍ट मानिसहरूका इच्‍छा नष्‍ट हुनेछ ।

  • 3हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे पमरप्रभु, को खडा हुन सक्थ्यो र?

  • 13हे परमप्रभु, उठ्नुहोस् । तिनीहरूलाई आक्रमण गर्नुहोस् । तिनीहरूकै सामु तिनीहरूलाई पछार्नुहोस् । तपाईंको तरवारले मेरो जीवनलाई दुष्‍टबाट बचाउनुहोस् ।