यिर्मिया 11:20

अनलक शाब्दिक बाइबल

तापनि सर्वशक्तिमान् परमप्रभु धार्मिक न्यायाधीश हुनुहुन्छ जसले हृदय र मनको जाँच गर्नहुन्छ । तिनीहरूको विरुद्धमा तपाईंको बदलाको म साक्षी बन्‍नेछु किनकि मैले मेरो विषय तपाईंको सामु पेस गरेको छु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 7:9 : 9 दुष्‍टका खराब कामहरूको अन्त होस्, तर हे धर्मी परमेश्‍वर, तपाईं जसले हृदय र मन जाँच्नुहुन्छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् ।
  • यिर्मि 20:12 : 12 तर हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले धर्मीहरूको जाँच गर्नुहुन्छ, अनि मन र हृदय देख्‍नुहुन्छ । मैले आफ्‍नो मामला तपाईंमा सुम्‍पेको हुनाले तिनीहरूमाथि तपाईंले लिनुहुने बदला मलाई देखाउनुहोस् ।
  • यिर्मि 17:10 : 10 मनको खोजी गर्ने, हृदयको जाँच गर्ने परमप्रभु म नै हुँ । हरेक व्यक्तिको आफ्नो चालअनुसार, त्यसका कामहरूको फलअनुसार म त्यसलाई इनाम दिन्छु ।
  • १ शमू 16:7 : 7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्यसको बाह्य स्वरूप वा त्यसको कदको उचाइलाई नहेर्, किनभने मैले त्यसलाई इन्कार गरेको छु । किनभने परमप्रभुले मानिसले झैं हे्र्नुहुन्‍न । मानिसले बाहिरी स्वरूपलाई हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ ।”
  • १ इति 29:17 : 17 हे मेरा परमेश्‍वर, म यो पनि जान्‍दछु कि तपाईंले हृदयको जाँच गर्नुहुन्‍छ, र सोझोपनामा खुशी हुनुहुन्‍छ । मेरो बारेमा,मेरो हृदयको सोझोपनामा मैले स्‍वइच्‍छाले यी सबै कुराहरू तपाईंमा चढाएको छु, र यहाँ उपस्‍थित तपाईंका मानिसहरूले स्‍वइच्‍छाले चढाएको कुरा देखेर म आनन्दित भएको छु ।
  • भजन 10:14-15 : 14 तपाईंले ध्यान दिनुभएको छ, किनकि विपद र दुःख ल्याउनेलाई तपाईंले सदासर्वदा हेर्नुहुन्छ । बेसाहाराले आफैलाई तपाईंमा सुम्पन्छ । तपाईंले अनाथहरूलाई छुटकारा दिनुहुन्छ । 15 दुष्‍ट र खराब मानिसहरूको पाखुरा भाँच्नुहोस् । त्यसलाई आफ्‍नो दुष्‍ट कामहरूको लेखा लिनुहोस्, जुन तपाईंले पत्ता लगाउनु हुन्‍न भनी त्यसले सोच्यो ।
  • यिर्मि 17:18 : 18 मेरो पिछा गर्नेहरू लाजमा परून्, तर मलाई लज्‍जित हुन नदिनुहोस् । तिनीहरू त्रासमा परून्, तर मलाई त्रासमा पर्न नदिनुहोस् । तिनीहरूको विरुद्धमा विपत्तिको दिन पठाउनुहोस्, र तिनीहरूलाई विनाशको दोब्बर भागले टुक्रा-टुक्रा पार्नुहोस् ।”
  • उत्प 18:25 : 25 धर्मीलाई पनि दुष्‍टलाई जस्तै व्यवहार गरेर दुष्‍टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्‍वीका न्‍यायकर्ताले न्यायोचित काम गर्नुहुन्‍न र?
  • यिर्मि 15:15 : 15 हे परमप्रभु, तपाईं जान्‍नुहुन्छ । मलाई सम्झनुहोस्, र सहायता गर्नुहोस् । मलाई सतावट गर्नेहरूको विरुद्धमा मेरो पक्षमा बदला लिनुहोस् । तपाईं धैर्यवान् हुनुहुन्छ, तर मलाई टाढा लाने अनुमति तिनीहरूलाई नदिनुहोस् । तपाईंको निम्‍ति मैले निन्दा भोग्छु भनी जान्‍नुहोस् ।
  • प्रका 2:23 : 23 म त्यसका छोराछोरीहरूलाई रुढीले मारिदिनेछु, अनि म नै हुँ जसले विचार र हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीले जान्‍नेछन् । म प्रत्येकलाई त्यसको कामअनुसारको प्रतिफल दिनेछु ।
  • प्रका 6:9-9 : 9 जब थुमाले पाँचौ छापलाई खोल्‍नुभयो, तब वेदीको मुनि परमेश्‍वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ । 10 तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्‍न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्‍न?”
  • प्रका 18:20 : 20 स्वर्ग, त्यसमाथि आनन्द गर, विश्‍वासीहरू, प्रेरितहरू र अगमवक्‍ताहरू, किनकि परमेश्‍वरले तिमीहरूमाथिको न्‍याय त्यसमाथि ल्याउनुभएको छ ।”
  • यिर्मि 18:20-23 : 20 म तिनीहरूका लागि असल भएको हुनाले के साँच्‍चै तिनीहरूबाट आउने विपत्ति मेरो इनाम हुनेछ? किनकि तिनीहरूले मेरो लागि एउटा खाडल खनेका छन् । तिनीहरूबाट तपाईंको क्रोध हटाउन तिनीहरूको कल्याणको पक्षमा म कसरी तपाईंको सामु खडा भएको थिएँ भनी सम्झनुहोस् । 21 त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् । 22 तपाईंले तिनीहरूको विरुद्धमा एक्‍कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको सोर सुनियोस् । किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन्, र मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन् । 23 तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले मेरो विरुद्धमा बनाएका तिनीहरूका सबै योजना तपाईंलाई थाहा छ । तिनीहरूका अधर्म र पाप क्षमा नगर्नुहोस् । तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस् । बरु, तिनीहरू तपाईंकै सामु पराजित होऊन् । तपाईंको क्रोधको समयमा तिनीहरूको विरुद्धमा उत्रनुहोस् ।
  • प्रेरि 17:31 : 31 किनभने उहाँले एक दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले चुन्‍नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।”
  • फिलि 4:6 : 6 कुनै कुरामा चिन्तित नहोओ । बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्‍वरमा जाहेर होऊन् ।
  • २ तिमो 4:14 : 14 तमौटे अलेक्जेन्डरले मप्रति खराब व्यवहार गरेको छ । प्रभुले त्यसलाई त्यसको कामअनुसारको इनाम दिनुहुनेछ ।
  • १ पत्रु 2:23 : 23 उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन । उहाँले दुःख भोग्‍नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो ।
  • भजन 35:2 : 2 तपाईंको साना ढाल र ठुला ढाल लिनुहोस्। उठ्नुहोस् र मलाई सहायता गर्नुहोस् ।
  • भजन 43:1 : 1 ¶ हे परमेश्‍वर, मलाई न्याय दिनुहोस् र अधर्मी जातिको विरुद्धमा मेरो पक्षमा बोल्‍नुहोस् ।
  • भजन 57:1 : 1 ¶ हे परमेश्‍वर, मप्रति दयालु हुनुहोस्, मप्रति दयालु हुनुहोस्, किनकि यी कष्‍टहरू अन्त नभएसम्म म तपाईंमा शरण लिन्छु । यो विनाश अन्त नभएसम्म सुरक्षाको निम्ति म तपाईंका पखेटामुनि बस्‍छु ।
  • भजन 98:9 : 9 परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्‍छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।
  • यिर्मि 12:1 : 1 ¶ हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ । मैले गुनासो गर्नुपर्ने कारण निश्‍चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्‍टका मार्गहरू सफल हुन्छन्? सबै विश्‍वासहीन मानिस सफल छन् ।
  • अय्यू 5:8 : 8 तर मेरो बारेमा, स्‍वयम् परमेश्‍वरकहाँ नै म फर्कन्छु । उहाँमा नै म आफ्‍नो गुनासो समर्पित गर्छु—
  • १ शमू 24:15 : 15 परमप्रभु नै न्यायकर्ता हुनुभएको होस् र तपाईं र मेरो बिचमा फैसला गर्नुभएको होस्, र यो हेर्नुभएको होस्, मेरो पक्षमा वहस गर्नुभएको होस् र तपाईंको हातबाट उम्कन मलाई अनुमति दिनुभएको होस् ।
  • १ इति 28:9 : 9 ए मेरा छोरा सोलोमन, आफ्‍ना बुबाका परमेश्‍वरको आज्ञा पालन गर, र आफ्‍ना सारा हृदय र राजीखुशीले उहाँको सेवा गर । यसो गर, किनभने परमप्रभुले सबै हृदयलाई खोतल्‍नुहुन्‍छ र हरेक व्‍यक्‍तिको विचारहरूका हरेक उदेश्‍य बुझ्‍नुहुन्‍छ । तिमीले उहाँलाई खोज्‍यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्‍याग्‍यौ भने, उहाँले तिमीलाई सधैंको निम्‍ति इन्‍कार गर्नुहुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 93%

    10चारैतिर भएका धेरै जना मानिसबाट मैले त्रासको हल्ला सुनेको छु, 'खबर गर! हामीले यसबारे खबर गर्नुपर्छ!' मेरा नजिक हुनेहरू म पतन हुनेछु कि भनेर हेर्छन् । सायद त्‍यसलाई छल गर्न सकिन्‍छ । त्यसो भयो भने, हामीले त्यसलाई पराजित गर्न सक्छौं र त्यसमाथि हाम्रो बदला लिन सक्छौं ।'

    11तर शक्तिशाली योद्धाझैं परमप्रभु मसित हुनुहुन्छ । त्यसैले मेरो पिछा गर्नेहरू ठेस खाएर लड्नेछन् । तिनीहरूले मलाई पराजित गर्नेछैनन् । तिनीहरू अत्यन्तै लज्‍जित हुनेछन्, किनकि तिनीहरू सफल हुनेछैनन् । तिनीहरूको लाजको अन्त्य हुनेछैन, त्‍यो कहिल्यै बिर्सिनेछैन ।

    12तर हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले धर्मीहरूको जाँच गर्नुहुन्छ, अनि मन र हृदय देख्‍नुहुन्छ । मैले आफ्‍नो मामला तपाईंमा सुम्‍पेको हुनाले तिनीहरूमाथि तपाईंले लिनुहुने बदला मलाई देखाउनुहोस् ।

  • 3तापनि हे परमप्रभु, तपाईंले मलाई जान्‍नुहुन्छ । तपाईंले मलाई देख्‍नुहुन्छ, र तपाईंप्रतिको मेरो हृदयलाई जाँच गर्नहुन्छ । मारिनलाई लगिने भेडाजस्तै तिनीहरूलाई लैजानुहोस्, र मारिने दिनको लागि तिनीहरूलाई अलग गर्नुहोस् ।

  • विलाप 3:59-60
    2 पदहरू
    78%

    59हे परमप्रभु, तिनीहरूले मलाई गरेका खराबी तपाईंले देख्‍नुभएको छ । मेरो मुद्दाको इन्साफ गरिदिनुहोस् ।

    60तिनीहरूले मलाई गरेका अपमान, मेरो विरुद्धमा रचेका सबै षड्यन्त्र तपाईंले देख्‍नुभएको छ ।

  • 15हे परमप्रभु, तपाईं जान्‍नुहुन्छ । मलाई सम्झनुहोस्, र सहायता गर्नुहोस् । मलाई सतावट गर्नेहरूको विरुद्धमा मेरो पक्षमा बदला लिनुहोस् । तपाईं धैर्यवान् हुनुहुन्छ, तर मलाई टाढा लाने अनुमति तिनीहरूलाई नदिनुहोस् । तपाईंको निम्‍ति मैले निन्दा भोग्छु भनी जान्‍नुहोस् ।

  • 78%

    18परमप्रभुले मलाई यी कुराहरू अवगत गराउनुभयो, त्‍यसैले म यी जान्‍दछु । हे परमप्रभु, तपाईंले नै मलाई तिनीहरूका कामहरू देखाउनुभयो ।

    19म त कसाइकहाँ लगिंदै गरेको अवोध थुमाजस्तै थिएँ । तिनीहरूले मेरो विरुद्धमा यस्तो योजना रचेका थिए भनी मलाई थाहा थिएन, “रुखलाई त्‍यसको फलसमेत नष्‍ट पारौं । फेरि त्यसको नाउँ नै नसम्झने गरी त्यसलाई जीवितहरूको देशबाट निष्काशित गरौं ।”

  • 21त्यसकारण परमप्रभु तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको सम्बन्धमा यसो भन्‍नुहुन्छ, “तिनीहरू भन्छन्, 'तैंले परमप्रभुको नाउँमा अगमवाणी बोल्‍नुहँदैन, नत्रता तँ हाम्रा हातबाट मर्नेछस् ।'

  • 1¶ हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ । मैले गुनासो गर्नुपर्ने कारण निश्‍चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्‍टका मार्गहरू सफल हुन्छन्? सबै विश्‍वासहीन मानिस सफल छन् ।

  • भजन 35:23-24
    2 पदहरू
    77%

    23आफैलाई जाग्‍नुहोस् र मेरो रक्षा गर्न जाग्‍नुहोस् । हे मेरो परमेश्‍वर, मेरा प्रभु, मेरो रक्षा गर्नुहोस् ।

    24हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंको धार्मिकताको कारणले मेरो रक्षा गर्नुहोस् । तिनीहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् ।

  • भजन 7:8-9
    2 पदहरू
    77%

    8हे परमप्रभु, जातिहरूको न्याय गर्नुहोस् । हे परमप्रभु, मेरो सुरक्षा गर्नुहोस्, किनभने हे सर्वोच्‍च, म धर्मी र निर्दोष छु ।

    9दुष्‍टका खराब कामहरूको अन्त होस्, तर हे धर्मी परमेश्‍वर, तपाईं जसले हृदय र मन जाँच्नुहुन्छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् ।

  • 9मैले परमप्रभुको विरुद्ध पाप गरेको कारणले, उहाँले मेरो विषयमा वकालत नगर्नुभएसम्म, र मेरो निम्ति इन्साफ नगर्नुभएसम्म मैले उहाँको क्रोध सहनेछु ।

  • विलाप 1:20-22
    3 पदहरू
    76%

    20हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु । मेरो पेट हुँडल्छ । मेरो हृदय मभित्रै छटपटिन्छ, किनकि म ज्यादै विद्रोही भएको छु । बाहिर तरवारले आमालाई नष्‍ट पार्छ, घरभित्र केवल मृत्यु छ ।

    21तिनीहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही छैन । मेरा सबै शत्रुले मेरो कष्‍टको विषयमा सुनेका छन्, र तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुसी छन् । तपाईंले प्रतिज्ञा गर्नुभएको दिन तपाईंले ल्याउनुभएको छ । अब तिनीहरू मजस्तै होऊन् ।

    22तिनीहरूका सबै दुष्‍टता तपाईंको सामु आऊन् । मेरा सबै आज्ञा उल्लङ्घनको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस् । मेरा सुस्केरा धेरै छन्, र मेरो हृदय मुर्छा परेको छ ।

  • 76%

    22तपाईंले तिनीहरूको विरुद्धमा एक्‍कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको सोर सुनियोस् । किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन्, र मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन् ।

    23तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले मेरो विरुद्धमा बनाएका तिनीहरूका सबै योजना तपाईंलाई थाहा छ । तिनीहरूका अधर्म र पाप क्षमा नगर्नुहोस् । तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस् । बरु, तिनीहरू तपाईंकै सामु पराजित होऊन् । तपाईंको क्रोधको समयमा तिनीहरूको विरुद्धमा उत्रनुहोस् ।

  • 2मेरो निर्दोषता तपाईंको उपस्थितिबाट आओस् । तपाईंको आँखाले जे ठिक छ सो देखून् ।

  • 75%

    19हे परमप्रभु, मेरो कुरा ध्यानसित सुन्‍नुहोस्, र मेरा शत्रुहरूका आवाज सुन्‍नुहोस् ।

    20म तिनीहरूका लागि असल भएको हुनाले के साँच्‍चै तिनीहरूबाट आउने विपत्ति मेरो इनाम हुनेछ? किनकि तिनीहरूले मेरो लागि एउटा खाडल खनेका छन् । तिनीहरूबाट तपाईंको क्रोध हटाउन तिनीहरूको कल्याणको पक्षमा म कसरी तपाईंको सामु खडा भएको थिएँ भनी सम्झनुहोस् ।

  • 24यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्‍कार! आफ्‍ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्‍ना शत्रुहरूसँग म टो फेर्नेछु ।

  • 1¶ हे परमप्रभु, परमेश्‍वर जसले बदला लिनुहुन्छ । हे बदला लिनुहुने परमेश्‍वर, हामीमाथि चम्‍किनुहोस् ।

  • 10तर हे परमप्रभु, तपाईंले ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस् ताकि मैले तिनीहरूलाई बदला लिन सकूँ ।

  • 3मलाई किन अपराध र दुष्कर्म देखाउनुहुन्छ? सर्वनाश र हिंसा मेरो सामुन्‍ने छन् । त्यहाँ झैँ-झगडा छ, र विवाद चर्किंदै छ ।

  • 20मलाई दोष लगाउने, अर्थात् मेरो बारेमा खरब कुराहरू भन्‍नेलाई परमप्रभुबाट यो इनाम होस् ।

  • 74%

    15हेर्नुहोस्, तिनीहरू मलाई यसो भन्दैछन्, 'परमप्रभुको वचन कहाँ छ? त्‍यो आओस् ।'

    16मेरो बारेमा, म तपाईंको अनुसरण गरेर गोठालो हुनदेखि भागेर म गइन । मैले विपत्तिको समयको प्रतीक्षा गरिनँ । मेरो जिब्रोबाट निस्केको घोषणाहरू तपाईं जान्‍नुहुन्छ । ती तपाईंकै उपस्थितिमा गरिएका थिए ।

  • 11हेर्नुहोस्, यिनीहरूले हामीलाई कस्तो प्रतिफल दिइरहेका छन् । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको ठाउँदेखि हामीलाई धपाउन तिनीहरू आउँदै छन्‌ ।

  • 1¶ हे परमेश्‍वर, मलाई न्याय दिनुहोस् र अधर्मी जातिको विरुद्धमा मेरो पक्षमा बोल्‍नुहोस् ।

  • 18परमप्रभु धर्मी हुनुहुन्छ, किनकि म उहाँको आज्ञाको विरुद्धमा बागी भएको छु । हे सबै मानिस हो, सुन र मेरो शोकलाई विचार गर । मेरा कन्याहरू र हट्टाकट्टा मानिसहरू निर्वासनमा गएका छन् ।

  • 29के यी कुराको लागि मैले तिनीहरूलाई दण्ड नदिने त, के यस्तो जातिलाई मैले बदला नलिते त? यो परमप्रभुको घोषणा हो ।

  • 8किनकि मैले जहिले बोले पनि मैले यसो भनेको र घोषणा गरेको छु, 'हिंसा र विनास ।' तब परमप्रभुको वचन मेरो लागि हरेक दिन निन्दा र ठट्टाको कारण भएको छ ।

  • भजन 26:1-2
    2 पदहरू
    74%

    1¶ हे परमप्रभु, मेरो न्याय गर्नुहोस्, किनकि म इमानदारीसँग हिंडेको छु । हलचल नगरी मैले परमप्रभुमा भरोसा गरेको छु ।

    2हे परमप्रभु, मलाई जाँच्नुहोस् र मलाई परिक्षण गर्नुहोस् । मेरो अन्तस्करण र मेरो हृदयको जाँच गर्नुहोस् ।

  • 24हे परमप्रभु, मलाई न्यायले अनुशासित गर्नुहोस्, तपाईंको रिसमा होइन, नत्रता तपाईंले मलाई नष्‍ट गर्नुहुनेछ ।

  • 10यसैले मेरा आँखामा दया हुनेछैनँ, र म तिनीहरूलाई छोड्‌नेछैनँ । बरु म ती सबै तिनीहरूकै शिरमा खन्‍याइदिनेछु ।”

  • 28तपाईंहरूले यसो भन्‍नुहुन्‍छ भने, 'हामी उसलाई कसरी सताउँ! उसको सङ्कष्‍टको जड ऊ आफै हो,'

  • 9के यी कुराको काणले मैले तिनीहरूलाई दण्ड नदिने? यो परमप्रभुको घोषणा हो, र के यस्तो जातिलाई म आफैले बदला नलिने त?

  • 15परमप्रभु नै न्यायकर्ता हुनुभएको होस् र तपाईं र मेरो बिचमा फैसला गर्नुभएको होस्, र यो हेर्नुभएको होस्, मेरो पक्षमा वहस गर्नुभएको होस् र तपाईंको हातबाट उम्कन मलाई अनुमति दिनुभएको होस् ।

  • 14मेरो आफ्‍नै बारेमा, मलाई हेर्नुहोस्, म आफै तपाईंहरूकै हातमा छु । तपाईंहरूको दृष्‍टिमा जे ठिक र उचित लाग्छ, मलाई त्यही गर्नुहोस् ।

  • 6हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस् । मेरा शत्रुहरूका विरुद्ध खडा हुनुहोस् । मेरो खातिर जाग्‍नुहोस् र तपाईंले तिनीहरूलाई दिनुभएका धार्मिक आदेशहरू पुरा गर्नुहोस्

  • 4मसँग मिलापमा हुनेलाई मैले खराबीको गरेको छु भने, वा बिनाकारण मैले आफ्‍ना शत्रुलाई हानि गरेको छु भने, मेरा शब्दहरू सुन्‍नुहोस् ।

  • 17तर तेरो दृष्‍टि र हृदयमा बेइमान नाफा कमाउनु, निर्दोषहरूको रगत बगाउनु, अरूहरूलाई थिचोमिचो र अत्याचार गरेर कमाउनुबाहेक अरू केही छैन ।

  • 4किनकि तपाईंले मेरो न्‍यायोचित मामलाको रक्षा गर्नुभएको छ । हे धार्मी न्यायकर्ता, तपाईं आफ्नो सिंहासनमा बस्‍नुहोस्!

  • 18मेरो पिछा गर्नेहरू लाजमा परून्, तर मलाई लज्‍जित हुन नदिनुहोस् । तिनीहरू त्रासमा परून्, तर मलाई त्रासमा पर्न नदिनुहोस् । तिनीहरूको विरुद्धमा विपत्तिको दिन पठाउनुहोस्, र तिनीहरूलाई विनाशको दोब्बर भागले टुक्रा-टुक्रा पार्नुहोस् ।”

  • 24यसकारण मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई पुनर्स्थापना गर्नुभएको छ, किनभने मेरा हातहरू उहाँको आँखाका समु शुद्ध थिए ।