अय्यूब 40:8

अनलक शाब्दिक बाइबल

के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 32:2 : 2 त्यसपछि रामको परिवारको बुजी बारकेलका छोरा एलीहूलाई रिस उठ्यो । तिनलाई अय्यूबको विरुद्धमा रिस उठेको थियो, किनकि तिनले परमेश्‍वरभन्दा पनि आफैलाई धर्मी ठहराएका थिए ।
  • अय्यू 34:5-6 : 5 किनकि अय्यूबले भनेका छन्, 'म धर्मी छु, तर परमेश्‍वरले मेरा अधिकारहरू हटाउनुभएको छ । 6 मेरा अधिकारहरू भए पनि मलाई झुटो ठानिएको छ । म पापी नभए पनि मेरो घाउ निको हुँदैन ।'
  • रोमी 3:4 : 4 कहिल्यै यस्तो नहोस् । यसको सट्टा, सबै मानिस झुटा ठहरिए तापनि परमेश्‍वर नै सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि न्यायको दिनमा आउनुहुँदा तपाईं विजय हुनसक्‍नुभएको होस् ।”
  • अय्यू 10:3 : 3 आफ्ना हातको कामलाई तुच्छ ठान्‍नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्‍काउनुहुन्‍छ?
  • अय्यू 27:2-6 : 2 “परमप्रभु जीवित हुनुभएझैं, जसले मेरो न्याय हटाउनुभएको छ, सर्वशक्तिमान्‌ जसले मेरो जीवन तितो बनाउनुभएको छ । 3 जबसम्‍म मेरो जीवन ममा रहन्‍छ, अनि परमेश्‍वरको सास मेरो नाकमा रहन्‍छ, तबसम्‍म म यही कुरा गर्नेछु । 4 मेरो ओठले दुष्‍ट कुरा बोल्नेछैन, न त मेरो जिब्रोले छलको कुरा बोल्नेछ । 5 तपाईंहरू तिन जनाले ठिक बोल्‍नुहुन्‍छ भनी म कदापि स्वीकार गर्दिन । मेरो मृत्‍यु नभएसम्म म आफ्‍नो निष्ठालाई कदापि इन्कार गर्ने छैनँ । 6 म आफ्‍नो धार्मिकतालाई बलियो गरी समाउँछु, र त्‍यसलाई जान दिन्‍नँ । म बाँचुञ्जेलसम्म मेरा विचारहरूले मलाई निन्‍दित पार्नेछैनन् ।
  • गलाती 3:15 : 15 भाइहरू हो, म मानवीय शब्दहरूमा बोल्दछु । एक पटक पक्‍का भइसकेको मानिसले बनाएको इच्छा-पत्र त न कसैले रद्द गर्छ न त त्यसमा केही थपिन्छ ।
  • गलाती 3:17 : 17 अब म यो भन्दछु । परमेश्‍वरले पहिले नै स्थापना गर्नुभएको करारलाई ४३० वर्षपछि आएको व्यवस्थाले रद्द गर्दैन ।
  • इब्रा 7:18 : 18 किनभने पहिलेको आज्ञा रद्द भएको छ, कारण त्यो कमजोर र काम नलाग्‍ने थियो ।
  • अय्यू 35:2-3 : 2 “जब तपाईं भन्‍नुहुन्‍छ, 'परमेश्‍वरको सामु मेरो अधिकार' तब त्‍यो न्‍यायोचित नै हो भन्‍ने विचार तपाईंलाई हुन्छ? 3 किनकि तपाईं सोध्‍नुहुन्छ, 'यसबाट मलाई के फाइदा हुन्‍छ?' अनि 'मैले पाप गर्दा मलाई के असल हुन्‍छ र?’
  • भजन 51:4 : 4 तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्‍टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठिक हुनुहुन्छ ।
  • यशा 14:27 : 27 किनकि सर्वशक्तिमान् परमप्रभुले नै यो योजना गर्नुभएको छ । उहाँलाई कसले रोक्‍न सक्छ र? उहाँको हात उचालिएको छ र त्‍यसलाई कसले फर्काउने छ र?
  • यशा 28:18 : 18 मृत्युसँग गरेको तिमीहरूको करार खारेज हुनेछ र चिहानसँगको तिमीहरूको सहमति रहनेछैन । जब उर्लंदो बाढी आउँछ, त्‍यसले तिमीहरूलाई डुबाउनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 9के तँसँग परमेश्‍वरको जस्तो पाखुरा छ? के तँ उहाँको जस्तो आवाजले गर्जन सक्छस्?

  • 3के परमेश्‍वरले न्यायमा रोक लगाउनुहुन्‍छ र? के सर्वशक्तिमान्‌ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?

  • अय्यू 10:2-3
    2 पदहरू
    79%

    2म परमेश्‍वरलाई भन्‍नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।

    3आफ्ना हातको कामलाई तुच्छ ठान्‍नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्‍काउनुहुन्‍छ?

  • अय्यू 23:6-7
    2 पदहरू
    79%

    6उहाँले आफ्नो शक्तिको महान्‌तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्छ? अहँ, बरु उहाँले मेरो कुरामा ध्यान दिनुहुन्छ ।

    7त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्‍थ्‍यो ।

  • 3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?

  • अय्यू 22:3-4
    2 पदहरू
    78%

    3तपाईं धर्मी हुनुहुन्छ भने, सर्वशक्तिमान्‌लाई के आनन्द मिल्छ र? तपाईंले आफ्ना मार्गहरू दोषरहित बनाउनुहुन्‍छ भने, त्यो उहाँको लाभ हो र?

    4तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र?

  • 2“जब तपाईं भन्‍नुहुन्‍छ, 'परमेश्‍वरको सामु मेरो अधिकार' तब त्‍यो न्‍यायोचित नै हो भन्‍ने विचार तपाईंलाई हुन्छ?

  • 7“अब एक जना मानिसले झैं आफ्नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्‍नेछु, र तैंले मलाई जवाफ दिनैपर्छ ।

  • 17के न्यायलाई घृणा गर्नेले शासन गर्न सक्छ? के तपाईंले परमेश्‍वरलाई दोषी ठहराउनुहुन्‍छ जो धर्मी र शक्तिशाली हुनुहुन्छ?

  • 17“के मरणशील मानिस परमेश्‍वरभन्दा बढी धर्मी हुन्छ र? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ?

  • अय्यू 38:3-4
    2 पदहरू
    78%

    3अब एक जना मानिसले झैं आफ्‍नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्‍नेछु, र तैंले जवाफ दिनुपर्छ ।

    4मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् ।

  • 5किनकि अय्यूबले भनेका छन्, 'म धर्मी छु, तर परमेश्‍वरले मेरा अधिकारहरू हटाउनुभएको छ ।

  • अय्यू 9:19-20
    2 पदहरू
    77%

    19ताकतको विषय हो भने, उहाँ शक्तिशाली हुनुहुन्छ । न्यायको विषय हो भने, कसले उहाँलाई बोलाउन सक्छ?

    20म ठिक भए पनि मेरो आफ्नै मुखले मलाई दोषी ठहराउँछ । र म दोषरहित भए पनि मेरा वचनले मलाई दोषी प्रमाणित गर्छन् ।

  • 5तपाईंहरूले आफूलाई मभन्दा माथि उचाल्नुहुन्‍छ, र मेरो तुच्‍छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्‍छ भने,

  • 32किनकि परमेश्‍वर मजस्तै मानिस हुनुहुन्‍न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौं ।

  • 8मलाई निर्दोष ठहराउनुहुने नजिकै हुनुहुन्छ । कसले मेरो विरोध गर्छ र? हामी खडा हौं र एक-अर्कासँग भिडौं । मलाई दोष लगाउने को हो? त्यो मेरो नजिक आओस् ।

  • 6तपाईंले मेरो अधर्मको जाँचबूझ गर्नुहुन्छ, र मेरो पाप खोज्न गर्नुहुन्छ,

  • अय्यू 13:18-19
    2 पदहरू
    76%

    18हेर्नुहोस्, आफ्‍नो बचाउ मेलै गरेको छु । म निर्दोष छु भनी म जान्‍दछु ।

    19मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्‍छु, र आफ्‍नो जीवन दिन्‍छु ।

  • 32तपाईंसित भन्‍नुपर्ने कुनै कुरा छ भने मलाई जवाफ दिनुहोस् । बोल्नुहोस्, किनकि तपाईं ठिक हुनुहुन्छ भनी म प्रमाणित गर्न चाहान्‍छु ।

  • 8हे परमप्रभु, जातिहरूको न्याय गर्नुहोस् । हे परमप्रभु, मेरो सुरक्षा गर्नुहोस्, किनभने हे सर्वोच्‍च, म धर्मी र निर्दोष छु ।

  • अय्यू 33:12-13
    2 पदहरू
    76%

    12हेर्नुहोस्, यो कुरोमा तपाईं ठिक हुनुहुन्‍न— म तपाईंलाई जवाफ दिन्छु, किनकि परमेश्‍वर मानिसभन्दा महान् हुनुहुन्छ ।

    13उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ? उहाँले त आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन ।

  • 2“आलोचना गर्न चाहनेले सर्वशक्तिमान्‌लाई सुधार्ने कोसिस गर्नुपर्छ र? जसले परमेश्‍वरसित विवाद गर्छ, त्‍यसले जवाफ देओस् ।”

  • अय्यू 13:7-8
    2 पदहरू
    76%

    7परमेश्‍वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र?

    8उहाँलाई तपाईंहरू पक्षपात गर्नुहुनेछ र? परमेश्‍वरको लागि तपाईंहरू मुद्दाको बहस गर्नुहुनेछ र?

  • 17तर दुष्‍ट मानिसहरूलाई तपाईं न्‍याय गर्न पूर्ण हुनुहुन्छ । इन्साफ र न्यायले तपाईंलाई समातेका छन् ।

  • 1¶ हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ । मैले गुनासो गर्नुपर्ने कारण निश्‍चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्‍टका मार्गहरू सफल हुन्छन्? सबै विश्‍वासहीन मानिस सफल छन् ।

  • 23उहाँको चालको विषयमा कसले उहाँलाई कदापि निर्देशन दिएको छ र? कसले उहाँलाई कदापि यसो भन्‍न सक्छ र, 'तपाईंले अधर्मको काम गर्नुभएको छ?'

  • 4तपाईंले मलाई भन्‍नुभयो, 'अब सुन्, र म बोल्नेछु । म तँलाई सोध्‍नेछु, र तैंले मलाई जवाफ दिनेछस् ।'

  • 15म धर्मी भए तापनि मैले उहाँलाई जवाफ दिन सक्‍दिन । मेरा न्यायकर्तासँत मैले कृपाको लागि बिन्ती मात्र चढाउन सक्‍छु ।

  • 4किनकि तपाईंले मेरो न्‍यायोचित मामलाको रक्षा गर्नुभएको छ । हे धार्मी न्यायकर्ता, तपाईं आफ्नो सिंहासनमा बस्‍नुहोस्!

  • 5तपाईं सक्‍नुहुन्छ भने मलाई जवाफ दिनुहोस् । आफ्‍ना बहसहरू मेरो सामु क्रमैसित राख्‍नुहोस्, र खडा हुनुहोस् ।

  • 7तपाईं धर्मी हुनुहुन्छ भने, तपाईंले उहाँलाई के दिन सक्‍नुहुन्छ र? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्‍छ र?

  • 22तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस् ।

  • 1¶ हे परमेश्‍वर, मलाई न्याय दिनुहोस् र अधर्मी जातिको विरुद्धमा मेरो पक्षमा बोल्‍नुहोस् ।

  • 7हेर्नुहोस्, “हिंसा” भनेर म कराउँछु, तर मैले जवाफ पाउँदिन । मदतको लागि म पुकार्छु, तर त्यहाँ निष्‍पक्ष व्‍यवहार हुँदैन ।

  • 21किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्‍न र मेरो अधर्म हटाउनुहुन्‍न? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्‍यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्‍तित्‍व रहनेछैन ।”

  • 35तरै पनि तँ भन्छेस्, 'म निर्दोष छु । निश्‍चय नै उहाँको क्रोध मबाट तर्केर गएको छ ।' तर हेर! 'मैले पाप गरेको छैनँ' भनी तैंले भनेको हुनाले म तँमाथि इन्साफ ल्याउनेछु ।

  • 14जब मलाई दोष लगाउन परमेश्‍वर उठ्‍नुहुन्‍छ, तब म के गर्न सक्‍छु र? जब मेरो न्याय गर्न उहाँ आउनुहुन्‍छ, तब म उहाँलाई कसरी जवाफ दिन सक्‍छु र?

  • 14मैले पाप गरें भने तपाईंले त्‍यो ख्याल गर्नुहुन्‍छ । तपाईंले मलाई मेरो अधर्मबाट छोड्नुहुन्‍न ।

  • 33तपाईंको विचारमा, परमेश्‍वरले गर्नुहुने कुरा तपाईंलाई मन पर्दैन भन्‍दैमा, के परमेश्‍वरले त्यो व्यक्तिको पापलाई दण्ड दिनैपर्छ र? तपाईंले नै चुन्‍ने हो, मैल होइन । त्यसैले आफूले जानेका कुरा भन्‍नुहोस् ।

  • 8तपाईंले निश्‍चय पनि मैले सुन्‍ने गरी बोल्नुभएको छ । तपाईंका वचनहरूका आवाजले यसो भनेको मैले सुनेको छु,

  • 13जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ?

  • 2मेरो निर्दोषता तपाईंको उपस्थितिबाट आओस् । तपाईंको आँखाले जे ठिक छ सो देखून् ।