अय्यूब 9:32

अनलक शाब्दिक बाइबल

किनकि परमेश्‍वर मजस्तै मानिस हुनुहुन्‍न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौं ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उप 6:10 : 10 जे अस्तित्वमा रहेको छ, त्यसको पहिले नै नाउँ राखिएको छ, र मानव-जाति के हो भनी पहिले नै जानिएको छ । सबैका शक्तिशाली न्यायाधीशसित बहस गर्नु अर्थहीन भएको छ ।
  • रोमी 9:20 : 20 त्यसको विपरीत, हे मानिस, परमेश्‍वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनाएको? ”
  • गिन 23:19 : 19 परमेश्‍वर मानिस वा मानव हुनुहुन्‍न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस् । के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र?
  • भजन 143:2 : 2 तपाईंको सेवकलाई इन्‍साफमा नपार्नुहोस्, किनकि तपाईंको दृष्‍टिमा कोही पनि धर्मी छैन ।
  • १ शमू 16:7 : 7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्यसको बाह्य स्वरूप वा त्यसको कदको उचाइलाई नहेर्, किनभने मैले त्यसलाई इन्कार गरेको छु । किनभने परमप्रभुले मानिसले झैं हे्र्नुहुन्‍न । मानिसले बाहिरी स्वरूपलाई हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ ।”
  • अय्यू 13:18-23 : 18 हेर्नुहोस्, आफ्‍नो बचाउ मेलै गरेको छु । म निर्दोष छु भनी म जान्‍दछु । 19 मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्‍छु, र आफ्‍नो जीवन दिन्‍छु । 20 हे परमेश्‍वर, मेरो निम्‍ति दुईवटा कुरा मात्र गर्नुहोस्, अनि म आफूलाई तपाईंको सामुबाट लुकाउनेछैनँ । 21 आफ्‍नो अत्याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस् । 22 तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस् । 23 मेरा अधर्म र पाप कति धेरै छन्? मेरो अपराध र मेरो पापको जानकारी मलाई दिनुहोस् ।
  • अय्यू 23:3-7 : 3 ओहो, उहाँलाई मैले कहाँ भेट्न सक्‍छु भनी मैले जानेको भए! ओहो, म उहाँको बासस्थानमा गएको भए! 4 उहाँको सामु म आफ्‍नो मुद्दालाई क्रमैसित राख्‍नेथिएँ, अनि मेरो मुखलाई तर्कले भर्नेथिएँ । 5 उहाँले मलाई जवाफ दिएर भन्‍नुहुने वचनहरू म सिक्‍नेथिएँ, र उहाँले मलाई भन्‍नुहुने कुरा बुझ्नेथिएँ । 6 उहाँले आफ्नो शक्तिको महान्‌तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्छ? अहँ, बरु उहाँले मेरो कुरामा ध्यान दिनुहुन्छ । 7 त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्‍थ्‍यो ।
  • अय्यू 33:12 : 12 हेर्नुहोस्, यो कुरोमा तपाईं ठिक हुनुहुन्‍न— म तपाईंलाई जवाफ दिन्छु, किनकि परमेश्‍वर मानिसभन्दा महान् हुनुहुन्छ ।
  • अय्यू 35:5-7 : 5 माथि आकाशमा हेर्नुहोस् र विचार गर्नुहोस् । आकाशलाई हेर्नुहोस्, जुन तपाईंभन्दा माथि छ । 6 तपाईंले पाप गर्नुभयो भने, परमेश्‍वरको के नोक्‍सान हुन्छ र? तपाईंका अपराधहरूको थुप्रो लाग्‍यो भने, तपाईंले उहाँलाई के गर्नुहुन्छ र? 7 तपाईं धर्मी हुनुहुन्छ भने, तपाईंले उहाँलाई के दिन सक्‍नुहुन्छ र? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्‍छ र?
  • १ यूह 3:20 : 20 किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्‍नुहुन्छ ।
  • यशा 45:9 : 9 त्यसलाई धिक्‍कार जसले आफूलाई बनाउनेसँग बहस गर्छ, जो जमिनमा भएका सबै माटोका भाँडाका माझमा अरू कुनै माटोको भाँडाजस्तै छ! के माटोले कुमालेलाई यसो भन्‍छ, 'तैंले के बनाउँदैछस्' वा तैंले बनाएको भाँडोमा हत्ता नै छैन?’
  • यिर्मि 49:19 : 19 हेर्, यर्दनका जङ्गलहरूबाट हरिया खर्कहरूमा सिंहझैं ऊ माथितिर उक्लनेछ । किनकि म एदोमलाई त्‍यहाँबाट तुरुन्‍तै भाग्‍ने बनाउने छु, र चुनिएको कुनै व्‍यक्‍तिलाई म त्‍यसको जिम्मा लगाउनेछु । किनकि मजस्तो को छ र कसले मलाई बोलाउनेछ? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 9:33-35
    3 पदहरू
    85%

    33हाम्रा बिचमा कुनै न्यायधीश छैन, जसले हामी दुवैमाथि आफ्‍ना हात पसार्न सक्छ ।

    34अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्‍वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्‍न सक्छ ।

    35तब म बोल्‍नेछु र उहाँदेखि डराउँदिनँ, तर अहिलेको जस्ता कुराहरू छन्, म त्यसो गर्न सक्दिनँ ।

  • अय्यू 33:12-13
    2 पदहरू
    81%

    12हेर्नुहोस्, यो कुरोमा तपाईं ठिक हुनुहुन्‍न— म तपाईंलाई जवाफ दिन्छु, किनकि परमेश्‍वर मानिसभन्दा महान् हुनुहुन्छ ।

    13उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ? उहाँले त आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन ।

  • अय्यू 9:14-16
    3 पदहरू
    80%

    14कति थोरै जवाफ मैले उहाँलाई दिन सक्छु, उहाँसित तर्क गर्न म शब्दहरू छान्‍न सक्छु र?

    15म धर्मी भए तापनि मैले उहाँलाई जवाफ दिन सक्‍दिन । मेरा न्यायकर्तासँत मैले कृपाको लागि बिन्ती मात्र चढाउन सक्‍छु ।

    16मैले उहाँलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो भने पनि, उहाँले मेरो आवाज सुन्‍नुभयो भनेर म विश्‍वास गर्दिनँ ।

  • अय्यू 32:13-14
    2 पदहरू
    80%

    13'हामीले बुद्धि भेट्टाएका छौं,' नभन्‍नलाई होसियार हुनुहोस् । अय्यूबलाई परमेश्‍वरले नै हराउनुपर्छ । मानिसले यसो गर्न सक्दैन ।

    14किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ ।

  • 19ताकतको विषय हो भने, उहाँ शक्तिशाली हुनुहुन्छ । न्यायको विषय हो भने, कसले उहाँलाई बोलाउन सक्छ?

  • अय्यू 9:1-3
    3 पदहरू
    78%

    1¶ तब अय्यूबले जवाफ दिए र भने,

    2“यो यस्‍तै हो भनी म साँच्‍चै जान्दछु । तर एक व्यक्ति कसरी परमेश्‍वसित ठिक हुन सक्छ?

    3उसले परमेश्‍वरसित तर्क गर्न चाह्यो भने, उसले हजारपल्टमा एकपल्ट पनि जवाफ दिन सक्दैन ।

  • अय्यू 23:5-7
    3 पदहरू
    77%

    5उहाँले मलाई जवाफ दिएर भन्‍नुहुने वचनहरू म सिक्‍नेथिएँ, र उहाँले मलाई भन्‍नुहुने कुरा बुझ्नेथिएँ ।

    6उहाँले आफ्नो शक्तिको महान्‌तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्छ? अहँ, बरु उहाँले मेरो कुरामा ध्यान दिनुहुन्छ ।

    7त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्‍थ्‍यो ।

  • 8के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?

  • 3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?

  • 23किनकि परमेश्‍वरले व्‍यक्‍तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्‍साफको लागि उहाँको सामु जानु आवश्यक छैन ।

  • 14जब मलाई दोष लगाउन परमेश्‍वर उठ्‍नुहुन्‍छ, तब म के गर्न सक्‍छु र? जब मेरो न्याय गर्न उहाँ आउनुहुन्‍छ, तब म उहाँलाई कसरी जवाफ दिन सक्‍छु र?

  • अय्यू 13:2-3
    2 पदहरू
    74%

    2तपाईंहरू जे जान्‍नुहुन्छ, म त्यो जान्दछु । म तपाईंहरूभन्दा कम छैनँ ।

    3तापनि, बरु म सर्वशक्तिमान्‌सित बोल्‍छु । म परमेश्‍वरसित तर्क गर्ने इच्छा गर्छु ।

  • 31परमेश्‍वरले मलाई हिलैमा फाल्नुहुन्छ, र मेरा आफ्नै लुगाहरूले मलाई घृणा गर्छन् ।

  • 19मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्‍छु, र आफ्‍नो जीवन दिन्‍छु ।

  • 2म परमेश्‍वरलाई भन्‍नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।

  • 7हेर्नुहोस्, “हिंसा” भनेर म कराउँछु, तर मैले जवाफ पाउँदिन । मदतको लागि म पुकार्छु, तर त्यहाँ निष्‍पक्ष व्‍यवहार हुँदैन ।

  • 21मानिसले आफ्नो छिमेकीलाई गरेझैं, स्वर्गमा हुनुभएको त्यो साक्षीलाई यस मानिसको पक्षमा परमेश्‍वरसित बहस गरिदिन म बिन्‍ती गर्छु ।

  • 17“के मरणशील मानिस परमेश्‍वरभन्दा बढी धर्मी हुन्छ र? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ?

  • 3तर तपाईंहरूसित भएझैं मसित पनि समझशक्ति छ । म तपाईंहरूभन्दा कम छैनँ । वास्तवमा यस्ता कुराहरू कसले जान्दैन र?

  • 22तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस् ।

  • अय्यू 33:5-6
    2 पदहरू
    73%

    5तपाईं सक्‍नुहुन्छ भने मलाई जवाफ दिनुहोस् । आफ्‍ना बहसहरू मेरो सामु क्रमैसित राख्‍नुहोस्, र खडा हुनुहोस् ।

    6हेर्नुहोस्, परमेश्‍वरको दृष्‍टिमा तपाईं जस्तो हुनुहुन्‍छ म पनि त्‍यस्‍तै हुँ । म पनि माटैबाट रचना गरिएको हुँ ।

  • 3अब एक जना मानिसले झैं आफ्‍नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्‍नेछु, र तैंले जवाफ दिनुपर्छ ।

  • 2तपाईंको सेवकलाई इन्‍साफमा नपार्नुहोस्, किनकि तपाईंको दृष्‍टिमा कोही पनि धर्मी छैन ।

  • 4मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र? म किन अधैर्य नहुनू?

  • 4तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र?

  • अय्यू 40:2-3
    2 पदहरू
    72%

    2“आलोचना गर्न चाहनेले सर्वशक्तिमान्‌लाई सुधार्ने कोसिस गर्नुपर्छ र? जसले परमेश्‍वरसित विवाद गर्छ, त्‍यसले जवाफ देओस् ।”

    3तब अय्यूबले परमेश्‍वरलाई जवाफ दिए र यसो भने,

  • 5किनकि अय्यूबले भनेका छन्, 'म धर्मी छु, तर परमेश्‍वरले मेरा अधिकारहरू हटाउनुभएको छ ।

  • 23सर्वशक्तिमान्‌को बारेमा, हामी उहाँलाई भेट्टाउन सक्दैनौं । शक्तिमा उहाँ महान् हुनुहुन्छ । उहाँले न्यायलाई दबाउनुहुन्‍न र धार्मिकता प्रसस्‍त पार्नुहुन्‍छ ।

  • 11हेर, उहाँ मेरो छेउबाट जानुहुन्छ, र पनि म उहाँलाई देख्दिनँ । उहाँ आफ्नो बाटो हिंड्नुहुँदा मलाई पत्तै हुँदैन ।

  • 10कोही पनि यति हिंस्रक छैन त्यसले लिव्यातन्‌लाई उत्तेजित पार्ने आँट गर्छ । त्यसो हो भने, मेरो सामु को खडा हुन सक्छ?

  • 8मलाई निर्दोष ठहराउनुहुने नजिकै हुनुहुन्छ । कसले मेरो विरोध गर्छ र? हामी खडा हौं र एक-अर्कासँग भिडौं । मलाई दोष लगाउने को हो? त्यो मेरो नजिक आओस् ।

  • 5तपाईंहरूले आफूलाई मभन्दा माथि उचाल्नुहुन्‍छ, र मेरो तुच्‍छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्‍छ भने,

  • 9'म शुद्ध र अपराधरहित छु । म निर्दोष छु, र ममा कुनै पाप छैन ।

  • 7म दोषी छैनँ भनी तपाईं जान्‍नुहुन्‍छ, र कोही पनि छैन जसले मलाई तपाईंको हातबाट बचाउन सक्‍छ?

  • 21किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्‍न र मेरो अधर्म हटाउनुहुन्‍न? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्‍यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्‍तित्‍व रहनेछैन ।”

  • 17मानिस के हो र तपाईंले उसको ख्याल राख्‍नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने,

  • 12तपाईं र मेरो बिचमा परमप्रभुले नै न्याय गर्नुभएको होस् र तपाईंको विरुद्धमा म भए परमप्रभुले नै बद्‍ला लिनुभएको होस्, तर मेरो हात तपाईंको विरुद्ध हुनेछैन ।