अय्यूब 34:23

अनलक शाब्दिक बाइबल

किनकि परमेश्‍वरले व्‍यक्‍तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्‍साफको लागि उहाँको सामु जानु आवश्यक छैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 119:137 : 137 हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ र तपाईंका आदेशहरू निष्‍पक्ष छन् ।
  • दानी 9:7-9 : 7 हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्‍न ठाउँहरूमा छरपष्‍ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्‍छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्‍वासघातको कारणले नै यस्‍तो भएको हो । 8 हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् । 9 दया र क्षमा परमप्रभु हाम्रा परमेश्‍वरका हुन्, किनकि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौं ।
  • रोमी 9:20 : 20 त्यसको विपरीत, हे मानिस, परमेश्‍वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनाएको? ”
  • यशा 42:3 : 3 तिनले फुटेको निगालोलाई भाँच्‍नेछैनन्, अनि मधुरो बत्तीलाई तिनले निभाउनेछैनन्: तिनले विश्‍वस्‍ततासाथ न्याय गर्नेछन् ।
  • यिर्मि 2:5 : 5 परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए ।
  • एज्रा 9:13 : 13 तापनि हाम्रो दुष्‍ट अभ्यास र हाम्रो ठुलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्‍वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ,
  • अय्यू 9:32-33 : 32 किनकि परमेश्‍वर मजस्तै मानिस हुनुहुन्‍न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौं । 33 हाम्रा बिचमा कुनै न्यायधीश छैन, जसले हामी दुवैमाथि आफ्‍ना हात पसार्न सक्छ ।
  • अय्यू 11:6 : 6 उहाँले तपाईंलाई बुद्धिका रहस्यहरू देखाउनुहुन्‍थ्‍यो । किनकि समझशक्तिमा उहाँ महान् हुनुहुन्छ । तपाईंको अधर्मले पाउनेभन्दा थोरै दण्‍ड परमेश्‍वरले तपाईं दिनुहुन्छ भनी जान्‍नुहोस् ।
  • अय्यू 11:11 : 11 किनकि झुटा मानिसहरूलाई उहाँले चिन्‍नुहुन्छ । जब उहाँले अधर्म देख्‍नुहुन्‍छ, तब उहाँले त्‍यो ख्याल गर्नुहुन्‍न र?
  • अय्यू 16:21 : 21 मानिसले आफ्नो छिमेकीलाई गरेझैं, स्वर्गमा हुनुभएको त्यो साक्षीलाई यस मानिसको पक्षमा परमेश्‍वरसित बहस गरिदिन म बिन्‍ती गर्छु ।
  • अय्यू 23:7 : 7 त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्‍थ्‍यो ।
  • अय्यू 34:10-12 : 10 त्यसैले हे सुझबुझ भएका मानिसहरू हो, मेरो कुरा सुन्‍नुहोस् । परमेश्‍वरले कदापि दुष्‍ट काम गर्नुहुन्‍न । सर्वशक्तिमान्‌ले कदापि पाप गर्नुहुन्‍न । 11 किनकि उहाँले व्यक्तिको कामअनुसारको प्रतिफल दिनुहुन्छ । उहाँले हरेक मानिसलाई उसका आफ्नै चालअनुसारको इनाम दिनुहुन्छ । 12 वास्तवमा परमेश्‍वरले कुनै दुष्‍ट काम गर्नुहुन्‍न, न त सर्वशक्तिमान्‌ले कदापि न्यायलाई बङ्ग्याउनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 34:9-13
    5 पदहरू
    79%

    9किनकि तिनले भनेका छन्, 'परमेश्‍वरले जे इच्‍छा गर्नुहुन्‍छ त्‍यो गर्नमा मानिसलाई कुनै रमाहट हुँदैन ।'

    10त्यसैले हे सुझबुझ भएका मानिसहरू हो, मेरो कुरा सुन्‍नुहोस् । परमेश्‍वरले कदापि दुष्‍ट काम गर्नुहुन्‍न । सर्वशक्तिमान्‌ले कदापि पाप गर्नुहुन्‍न ।

    11किनकि उहाँले व्यक्तिको कामअनुसारको प्रतिफल दिनुहुन्छ । उहाँले हरेक मानिसलाई उसका आफ्नै चालअनुसारको इनाम दिनुहुन्छ ।

    12वास्तवमा परमेश्‍वरले कुनै दुष्‍ट काम गर्नुहुन्‍न, न त सर्वशक्तिमान्‌ले कदापि न्यायलाई बङ्ग्याउनुहुन्छ ।

    13कसले उहाँलाई पृथ्वीको निरीक्षक तुल्याएको हो र? कसले सारा संसार उहाँको अधीनमा राखिदिएको हो र?

  • 2तपाईंको सेवकलाई इन्‍साफमा नपार्नुहोस्, किनकि तपाईंको दृष्‍टिमा कोही पनि धर्मी छैन ।

  • अय्यू 33:12-13
    2 पदहरू
    77%

    12हेर्नुहोस्, यो कुरोमा तपाईं ठिक हुनुहुन्‍न— म तपाईंलाई जवाफ दिन्छु, किनकि परमेश्‍वर मानिसभन्दा महान् हुनुहुन्छ ।

    13उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ? उहाँले त आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन ।

  • 4तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र?

  • अय्यू 9:32-33
    2 पदहरू
    76%

    32किनकि परमेश्‍वर मजस्तै मानिस हुनुहुन्‍न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौं ।

    33हाम्रा बिचमा कुनै न्यायधीश छैन, जसले हामी दुवैमाथि आफ्‍ना हात पसार्न सक्छ ।

  • 33परमप्रभुले त्यसलाई दुष्‍ट व्‍यक्‍तिको हातमा छोड्‍नुहुन्‍न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्‍न ।

  • अय्यू 37:23-24
    2 पदहरू
    75%

    23सर्वशक्तिमान्‌को बारेमा, हामी उहाँलाई भेट्टाउन सक्दैनौं । शक्तिमा उहाँ महान् हुनुहुन्छ । उहाँले न्यायलाई दबाउनुहुन्‍न र धार्मिकता प्रसस्‍त पार्नुहुन्‍छ ।

    24त्यसकारण मानिसहरू उहाँदेखि डराउँछन् । आफ्नै मनले बुद्धिमान् सम्‍झनेहरूलाई उहाँले ध्यान दिनुहुन्‍न ।”

  • अय्यू 23:6-7
    2 पदहरू
    75%

    6उहाँले आफ्नो शक्तिको महान्‌तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्छ? अहँ, बरु उहाँले मेरो कुरामा ध्यान दिनुहुन्छ ।

    7त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्‍थ्‍यो ।

  • 17“के मरणशील मानिस परमेश्‍वरभन्दा बढी धर्मी हुन्छ र? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ?

  • 24उहाँले शक्तिशाली मानिसहरूलाई तिनीहरूका चालको कारणले टुक्रा-टुक्रा पार्नुहुन्छ जसको थप अनुसन्धान आवश्यक नै हुँदैन । उहाँले तिनीहरूका ठाउँमा अरूलाई राख्‍नुहुन्छ ।

  • अय्यू 34:21-22
    2 पदहरू
    74%

    21किनकि परमेश्‍वरको दृष्‍टि मानिसको चालमा हुन्‍छ । उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ ।

    22यस्तो कुनै अन्धकार वा बाक्लो अँध्यारो छैन, जहाँ अधर्म गर्नेहरूले आफैलाई लुकाउन सक्छन् ।

  • 33किनकि उहाँले हृदयबाट नै मानव-जातिका सन्तानलाई यातना दिनुहुन्‍न वा कष्‍ट दिनुहुन्‍न ।

  • अय्यू 33:26-28
    3 पदहरू
    73%

    26उसले परमेश्‍वरलाई प्रार्थना चढाउनेछ, र परमेश्‍वर ऊप्रति दयालु बन्‍नुहुनेछ, ताकि उसले आनन्दले परमेश्‍वरको मुहार हेर्छ । परमेश्‍वरले त्यो व्यक्तिलाई विजय दिनुहुन्‍छ ।

    27तब त्यो व्यक्तिले अरू मानिसहरूको सामु गाउनेछ र यसो भन्‍नेछ, 'मैले पाप गरें, र ठिक कुरालाई बङ्ग्याएँ, तर मेरो पापको दण्ड दिइएन ।

    28परमेश्‍वरले मेरो प्राणलाई मृत्‍युको खाडलमा जानबाट छुटकारा दिनुभएको छ । मेरो जीवनले निरन्‍तर ज्योति देख्‍नेछ ।'

  • 3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?

  • 13'हामीले बुद्धि भेट्टाएका छौं,' नभन्‍नलाई होसियार हुनुहोस् । अय्यूबलाई परमेश्‍वरले नै हराउनुपर्छ । मानिसले यसो गर्न सक्दैन ।

  • 20हेर्नुहोस्, परमेश्‍वरले निर्दोष मानिसलाई फाल्‍नुहुन्‍न, न त उहाँले दुष्‍ट काम गर्नेहरूका हातलाई मदत गर्नुहुन्छ ।

  • 22तापनि परमेश्‍वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ । उहाँ खडा हुनुहुन्छ, तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्‍न ।

  • 8के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?

  • 23उहाँको चालको विषयमा कसले उहाँलाई कदापि निर्देशन दिएको छ र? कसले उहाँलाई कदापि यसो भन्‍न सक्छ र, 'तपाईंले अधर्मको काम गर्नुभएको छ?'

  • 5एक जना धर्मी र न्‍याय तथा धर्मिकता कायम राख्‍ने मानिसको बारेमा के भण्‍न सकिन्छ—

  • 22परमेश्‍वरले त उच्‍चमा हुनेहरूको पनि न्याय गर्नुहुन्‍छ, तब के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ र?

  • 25धर्मीलाई पनि दुष्‍टलाई जस्तै व्यवहार गरेर दुष्‍टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्‍वीका न्‍यायकर्ताले न्यायोचित काम गर्नुहुन्‍न र?

  • 14तपाईं भन्‍नुहुन्‍छ, तपाईंले उहाँलाई देक्‍नुहुन्‍न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला!

  • 5किनकि अय्यूबले भनेका छन्, 'म धर्मी छु, तर परमेश्‍वरले मेरा अधिकारहरू हटाउनुभएको छ ।

  • 6दुष्‍ट मानिसहरूका जीवनलाई उहाँले जोगाउनुहुन्‍न, बरु, दुःख भोग्‍नेहरूका लागि जे ठिक हुन्‍छ, त्यही गर्नुहुन्छ ।

  • 23यी पनि बुद्धिमान्‌का नीति-वचनहरू हुन् । मुद्दाको न्यायमा पक्षपात गर्नु राम्रो होइन ।

  • 17के न्यायलाई घृणा गर्नेले शासन गर्न सक्छ? के तपाईंले परमेश्‍वरलाई दोषी ठहराउनुहुन्‍छ जो धर्मी र शक्तिशाली हुनुहुन्छ?

  • 23तर के गर्नु ठिक हुन्‍छ भनेर उसलाई देखाउन, उसको निम्‍ति मध्‍यस्‍थकर्ता हुनलाई एउटा स्‍वर्गदूत छन्, हजारौँ स्वर्गदूतहरूका बिचबाट एउटा यस्तो मध्यस्थकर्ता छन्,

  • 19परमेश्‍वरले अगुवाहरूको पक्ष लिनुहुन्‍न, र गरिबहरूलाई भन्दा बढी मान धनीहरूलाई गर्नुहुन्‍न, किनकि तिनीहरू सबै उहाँका हातका काम हुन् ।

  • 16त्यसले गरेका कुनै पनि पापको सम्झना हुनेछैन । त्यसले न्यायपूर्ण र धार्मिक रूपमा काम गरेको छ र यसैले त्यो निश्‍चय नै जिउनेछ ।

  • 6उहाँले तपाईंलाई बुद्धिका रहस्यहरू देखाउनुहुन्‍थ्‍यो । किनकि समझशक्तिमा उहाँ महान् हुनुहुन्छ । तपाईंको अधर्मले पाउनेभन्दा थोरै दण्‍ड परमेश्‍वरले तपाईं दिनुहुन्छ भनी जान्‍नुहोस् ।

  • 3उसले परमेश्‍वरसित तर्क गर्न चाह्यो भने, उसले हजारपल्टमा एकपल्ट पनि जवाफ दिन सक्दैन ।

  • 23जब कोर्राले अकस्मात् मार्छ, तब उहाँले निर्दोषहरूको निराशाको उपहास गर्नुहुन्छ ।

  • 8उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र उहाँले जातिहरूका न्याय निश्‍पक्ष रूपले गर्नुहुनेछ ।

  • 6कहिल्यै यस्तो नहोस्! किनकि त्यसो भए त परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ?

  • 7तपाईं धर्मी हुनुहुन्छ भने, तपाईंले उहाँलाई के दिन सक्‍नुहुन्छ र? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्‍छ र?

  • 1¶ मानिसहरूका बिचमा झैझगडा भयो र तिनीहरू अदालतमा गए भने न्यायकर्ताहरूले तिनीहरूको न्याय गरून् अनि धर्मीलाई छाडिदिएर दुष्‍टलाई दोषी ठहराऊन् ।

  • 22उसमाथि त्‍यो हुत्तिन्‍छ, र रोकिन्‍न । त्‍यसको पन्जाबाट ऊ भाग्‍न खोज्‍छ ।