अय्यूब 8:20
हेर्नुहोस्, परमेश्वरले निर्दोष मानिसलाई फाल्नुहुन्न, न त उहाँले दुष्ट काम गर्नेहरूका हातलाई मदत गर्नुहुन्छ ।
हेर्नुहोस्, परमेश्वरले निर्दोष मानिसलाई फाल्नुहुन्न, न त उहाँले दुष्ट काम गर्नेहरूका हातलाई मदत गर्नुहुन्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
12वास्तवमा परमेश्वरले कुनै दुष्ट काम गर्नुहुन्न, न त सर्वशक्तिमान्ले कदापि न्यायलाई बङ्ग्याउनुहुन्छ ।
19हेर्नुहोस्, त्यस्तो व्यक्तिको व्यवहारको 'आनन्द' यही हो । त्यसको ठाउँमा उही माटोबाट अन्य बिरुवाहरू उम्रनेछन् ।
21तर पनि उहाँले तपाईंको मुखमा हाँसो, र तपाईंको ओठमा आनन्दको सोरले भर्नुहुनेछ ।
21किनकि परमेश्वरको दृष्टि मानिसको चालमा हुन्छ । उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ ।
22यस्तो कुनै अन्धकार वा बाक्लो अँध्यारो छैन, जहाँ अधर्म गर्नेहरूले आफैलाई लुकाउन सक्छन् ।
23किनकि परमेश्वरले व्यक्तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्साफको लागि उहाँको सामु जानु आवश्यक छैन ।
21किनकि ती ठिक गर्नेहरूले देशमा घर बनाउने छन्, र निष्ठावान्हरू यसमा रहने छन् ।
20पृथ्वीमा भलाइ गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस छैन ।
33परमप्रभुले त्यसलाई दुष्ट व्यक्तिको हातमा छोड्नुहुन्न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्न ।
31किनकि परमप्रभुले हामीलाई सदासर्वदा त्याग्नुहुने छैन,
10त्यसैले हे सुझबुझ भएका मानिसहरू हो, मेरो कुरा सुन्नुहोस् । परमेश्वरले कदापि दुष्ट काम गर्नुहुन्न । सर्वशक्तिमान्ले कदापि पाप गर्नुहुन्न ।
22यसले मलाई केही फरक पार्दैन । त्यसैले म भन्छु, उहाँले दोषरहित र दुष्ट मानिसलाई सँगसँगै नष्ट गर्नुहुन्छ ।
13तर दुष्ट मानिसको लागि राम्रो हुने छैन । त्यसको आयु लामो हुने छैन । त्यसले परमेश्वरलाई आदर नगर्ने भएकोले त्यसका दिनहरू एकै क्षण देखा पर्ने छायाजस्तै हुन्छन् ।
21धर्मात्मामाथि कुनै हानि आइपर्दैन, तर दुष्टचाहिँ कठिनाइहरूले भरिएको हुन्छ ।
30धर्मात्मा कहिल्यै उखेलिने छैन, तर दुष्टचाहिँ पृथ्वी रहने छैन ।
4किनकि वास्तवमा नै मेरा शब्दहरू झुटा हुनेछैनन् । ज्ञानमा परिपक्व कोही एक जना तपाईंहरूसँग हुनुहुन्छ ।
5हेर्नुहोस्, परमेश्वर शक्तिशाली हुनुहुन्छ, र उहाँले कसैलाई तिरस्कार गर्नुहुन्न । समझशक्तिको ताकतमा उहाँ शक्तिशाली हुनुहुन्छ ।
6दुष्ट मानिसहरूका जीवनलाई उहाँले जोगाउनुहुन्न, बरु, दुःख भोग्नेहरूका लागि जे ठिक हुन्छ, त्यही गर्नुहुन्छ ।
7उहाँले धर्मी मानिसहरूबाट आफ्नो दृष्टि हटाउनुहुन्न, तर त्यसको साटोमा राजालाई झैं तिनीहरूलाई सधैंभरि सिंहासनमा राख्नुहुन्छ, र तिनीहरू माथि उचालिन्छन् ।
2तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्नो वचनबाट उहाँ पछि हट्नुहुनेछैन । उहाँ दुष्ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।
5खोटरहित व्यक्तिको ठिक आचरणले उसको मार्ग सिधा बनाउँछ, तर दुष्टहरूको दुष्टताको कारण तिनीहरूको पतन हुने छ ।
37इमान्दार मानिसलाई हेर र सझोलाई ध्यान देऊ । मिलापको मानिसको निम्ति असल भविष्य छ ।
17“के मरणशील मानिस परमेश्वरभन्दा बढी धर्मी हुन्छ र? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ?
19खराबी गर्नेहरूको कारण चिन्ता नमान्, र दुष्ट मानिसहरूको ईर्ष्या नगर् ।
20किनभने दुष्ट मानिसको कुनै भविष्य छैन, र दुष्ट मानिसको बत्ती निभाइने छ ।
17हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्को ताडनालाई इन्कार नगर ।
2परमप्रभुले असल मानिसलाई स्नेह देखाउनुहुन्छ, तर दुष्ट योजनाहरू रच्ने मानिसलाई उहाँले दोषी ठहराउनुहुन्छ ।
8परमप्रभुले त्यसलाई भन्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्वरको भय मान्छ र खराबीबाट अलग बस्छ ।”
14किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई त्यग्नुहुन्न वा आफ्ना उत्तराधिकारलाई छोड्नुहुन्न ।
5त्यसैले दुष्टहरू न्यायमा खडा हुनेछैनन् न त पापीहरू धर्मीको सभामा हुनेछन् ।
3परमप्रभुले धर्मी व्यक्तिको प्राणलाई भोकै रहन दिनुहुन्न, तर उहाँले दुष्टको इच्छालाई निराश तुल्याइदिनुहुन्छ ।
36कुनै मानिसलाई न्यायबाट वञ्चित गर्नेजस्ता कुराहरू परमप्रभुले अनुमोदन गर्नुहुन्न ।
10केही क्षणमा नै दुष्ट मानिस लोप हुनेछन् । तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ ।
4निश्चय नै तपाईं खराबी ग्रहण गर्ने परमेश्वर हुनुहुन्न । दुष्ट मानिसहरू तपाईंका पाहुनाहरू हुनेछैनन् ।
3तिनको उपस्थितिबाट बाहिरिन हतार नगर्, र कुनै पनि गलत कुराको समर्थनमा खडा नहोओ, किनकि राजाले इच्छा गरेअनुसार काम गर्छन् ।
20म ठिक भए पनि मेरो आफ्नै मुखले मलाई दोषी ठहराउँछ । र म दोषरहित भए पनि मेरा वचनले मलाई दोषी प्रमाणित गर्छन् ।
3के परमेश्वरले न्यायमा रोक लगाउनुहुन्छ र? के सर्वशक्तिमान्ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?
28किनकि परमप्रभुले न्यायलाई प्रेम गर्नुहुन्छ र उहाँका विश्वासयोग्य अनुयायीहरूलाई त्याग्नुहुन्न । तिनीहरू सधैं सुरक्षित राखिन्छन्, तर दुष्टका सन्तानहरू बहिष्कृत हुनेछन् ।
8यसले सोझा मानिसहरूलाई अलमलमा पार्नेछन् । निर्दोष मानिसले आफैलाई ईश्वरहीन मानिसहरूको विरुद्धमा सुर्याउनेछ ।
22उसमाथि त्यो हुत्तिन्छ, र रोकिन्न । त्यसको पन्जाबाट ऊ भाग्न खोज्छ ।
24त्यसले ठेस खान्छ, तापनि त्यो ढल्नेछैन, किनकि परमप्रभुले त्यसलाई आफ्नो बाहुलिले समात्नुहुन्छ ।
8दोषी मानिसको बाटो टेडो हुन्छ, तर निर्दोषले ठिक काम गर्छ ।
5दुष्ट मानिसको पक्ष लिनु राम्रो होइन, न त धर्मी मानिसको न्यायलाई इन्कार गर्नु राम्रो हो ।
38के सर्वोच्च परमेश्वरको मुखबाट नै विपत्ति र राम्रा कुराहरू दुवै आउँदैनन् र?
13परमेश्वरले निश्चय नै दुष्टको पुकारा सुन्नुहुन्न । सर्वशक्तिमान्ले त्यसलाई ध्यानै दिनुहुन्न ।
13परमेश्वरले आफ्नो रिस रोक्नुहुन्न । राहाबका सहयोगीहरू उहाँको मुनि झुक्छन् ।
19परमेश्वर मानिस वा मानव हुनुहुन्न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस् । के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र?
10दुष्ट व्यक्तिलाई कृपा गरियोस्, तर त्यसले धार्मिकता जान्नेछैन । सोझाको देशमा उसले दुष्टतासाथ काम गर्छ र परमप्रभुको ऐश्वर्यलाई देख्दैन ।
32कम्मर पेटीझैं परमेश्वरले नै मलाई बल दिनुहुन्छ, जसले निर्दोष व्यक्तिलाई आफ्नो मार्गमा राख्नुहुन्छ ।
24तापनि जब कोही लड्छ, तब के त्यसले मदतको लागि आफ्नो हात उठाउँदैन र? के सङ्कष्टमा भएको कसैले पनि मदतको लागि पुकार्दैन र?