अय्यूब 36:23

अनलक शाब्दिक बाइबल

उहाँको चालको विषयमा कसले उहाँलाई कदापि निर्देशन दिएको छ र? कसले उहाँलाई कदापि यसो भन्‍न सक्छ र, 'तपाईंले अधर्मको काम गर्नुभएको छ?'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 8:3 : 3 के परमेश्‍वरले न्यायमा रोक लगाउनुहुन्‍छ र? के सर्वशक्तिमान्‌ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?
  • १ कोरि 2:16 : 16 किनाकि “कसले परमेश्‍वरको मनलाई जान्दछ? र कसले उहाँलाई अर्ती दिन सक्छ?” तर हामीसँग ख्रीष्‍टको मन छ ।
  • एफिसी 1:11 : 11 येशू ख्रीष्‍टमा हामी परमेश्‍वरका सन्तानको रूपमा चुनिएका थियौँ । सबै कुरा आफ्नो इच्छा अनुसार गर्नुहुनेको योजनामा हामी अगिबाटै चुनिएका थियौँ ।
  • रोमी 11:34 : 34 “किनकि परमेश्‍वरको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्लाहकार को भएको छ र?
  • अय्यू 34:10 : 10 त्यसैले हे सुझबुझ भएका मानिसहरू हो, मेरो कुरा सुन्‍नुहोस् । परमेश्‍वरले कदापि दुष्‍ट काम गर्नुहुन्‍न । सर्वशक्तिमान्‌ले कदापि पाप गर्नुहुन्‍न ।
  • यशा 40:13-14 : 13 परमप्रभुको मनलाई कसले बुझेको छ, वा उहाँको सल्लाहकार भएर उहाँलाई कसले सिकाएको छ? 14 कसबाट उहाँले कुन बेला सुझाव पाउनुभयो? उहाँलाई कुराहरू गर्ने ठिक तरिका कसले सिकाएको छ, अनि उहालाई कसले ज्ञान सिकाएको वा उहाँलाई कसले समझको बाटो देखाएको छ?
  • रोमी 2:5 : 5 तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।
  • रोमी 3:5 : 5 तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्‍न सक्छौ र? परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्‍न, के अधर्मी ठहरिनुहुन्छ त? म मानवीय तर्कअनुसार बोलिरहेको छु ।
  • रोमी 9:14 : 14 त्यसो हो भने, हामी के भनौँ त? के परमेश्‍वरसित अधार्मिकता छ त? कहिल्यै यस्तो नहोस् ।
  • अय्यू 34:13-33 : 13 कसले उहाँलाई पृथ्वीको निरीक्षक तुल्याएको हो र? कसले सारा संसार उहाँको अधीनमा राखिदिएको हो र? 14 उहाँले आफ्ना मनसायहरू आफैमा मात्र राख्‍नुभएको भए, र उहाँले कहिलै आफ्ना आत्मा र सास आफैमा फर्काउनुभए, 15 तब सारा प्राणी एकसाथ नष्‍ट हुन्‍थे । मानव-जाति फेरि पनि माटोमा नै फर्कन्‍थ्‍यो । 16 अब तपाईंसित सुझबुझ छ भने, यो कुरा सुन्‍नुहोस् । मेरो वचनको आवाजलाई सुन्‍नुहोस् । 17 के न्यायलाई घृणा गर्नेले शासन गर्न सक्छ? के तपाईंले परमेश्‍वरलाई दोषी ठहराउनुहुन्‍छ जो धर्मी र शक्तिशाली हुनुहुन्छ? 18 परमेश्‍वरले राजालाई भन्‍नुहुन्छ, 'तँ निकम्मा होस्' वा कुलीनहरूलाई भन्‍नुहुन्छ, 'तिमीहरू दुष्‍ट हौ ।' 19 परमेश्‍वरले अगुवाहरूको पक्ष लिनुहुन्‍न, र गरिबहरूलाई भन्दा बढी मान धनीहरूलाई गर्नुहुन्‍न, किनकि तिनीहरू सबै उहाँका हातका काम हुन् । 20 एकै क्षणमा तिनीहरू मर्नेछन् । मध्यरातमा मानिसहरू हल्लिन्‍छन् र बितेर जान्‍छन् । शक्तिशाली मानिसहरू लगिन्‍छन्, तर मानवीय हातले होइन । 21 किनकि परमेश्‍वरको दृष्‍टि मानिसको चालमा हुन्‍छ । उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ । 22 यस्तो कुनै अन्धकार वा बाक्लो अँध्यारो छैन, जहाँ अधर्म गर्नेहरूले आफैलाई लुकाउन सक्छन् । 23 किनकि परमेश्‍वरले व्‍यक्‍तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्‍साफको लागि उहाँको सामु जानु आवश्यक छैन । 24 उहाँले शक्तिशाली मानिसहरूलाई तिनीहरूका चालको कारणले टुक्रा-टुक्रा पार्नुहुन्छ जसको थप अनुसन्धान आवश्यक नै हुँदैन । उहाँले तिनीहरूका ठाउँमा अरूलाई राख्‍नुहुन्छ । 25 यसरी तिनीहरूका कामहरूका जानकारी उहाँलाई हुन्‍छ । उहाँले यी मानिसहरूलाई रातमा पल्टाउनुहुन्छ । तिनीहरू नष्‍ट हुन्छन् । 26 अरूले देख्‍नेगरी खुला ठाउँमा, उहाँले तिनीहरूका दुष्‍ट कामहरूको लागि अपराधीहरूलाई झैं तिनीहरूलाई मार्नुहुन्छ, 27 किनकि उहाँको अनुसरण गर्नबाट तिनीहरू तर्के, र उहाँका कुनै पनि मार्गको अनुसरण गर्न इन्कार गरे । 28 यसरी गरिब मानिसहरूको रोदन उहाँको कानले सुन्‍ने तिनीहरूले बनाए । कष्‍टमा परेका मानिसहरूको रोदन उहाँले सुन्‍नुभयो । 29 जब उहाँ चुप लाग्‍नुहुन्‍छ, तब कसले उहाँलाई दोषी ठहराउन सक्छ र? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्‍छ भने कसले उहाँलाई भेट्‍न सक्छ र? उहाँले जाति र व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ, 30 जसको कारणले पापी मानिसले शासन गर्न नपाओस्, यसरी मानिसहरूलाई पासोमा पार्ने कोही नहोस् । 31 मानौँ, कसैले परमेश्‍वरलाई भन्छ, 'म निश्‍चय नै दोषी छु, तर म फेरि पाप गर्नेछैनँ । 32 मैले देख्‍न नसक्‍ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्‍यो काम म फेरि गर्नेछैनँ ।' 33 तपाईंको विचारमा, परमेश्‍वरले गर्नुहुने कुरा तपाईंलाई मन पर्दैन भन्‍दैमा, के परमेश्‍वरले त्यो व्यक्तिको पापलाई दण्ड दिनैपर्छ र? तपाईंले नै चुन्‍ने हो, मैल होइन । त्यसैले आफूले जानेका कुरा भन्‍नुहोस् ।
  • अय्यू 40:8 : 8 के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 13कसले उहाँलाई पृथ्वीको निरीक्षक तुल्याएको हो र? कसले सारा संसार उहाँको अधीनमा राखिदिएको हो र?

  • 22हेर्नुहोस्, परमेश्‍वर आफ्नो शक्तिमा उचालिनुभएको छ । उहाँजस्तै शिक्षक को छ र?

  • 31दुष्‍ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र? उसको गरेको कामको बदला कसले लिन सक्‍छ र?

  • 12उहाँले कुनै कुरो खोस्‍नुभयो भने कसले उहाँलाई रोक्‍न सक्छ? कसले उहाँलाई भन्‍न सक्छ, 'तपाईं के गर्दै हुनुहुन्छ?'

  • अय्यू 35:6-7
    2 पदहरू
    77%

    6तपाईंले पाप गर्नुभयो भने, परमेश्‍वरको के नोक्‍सान हुन्छ र? तपाईंका अपराधहरूको थुप्रो लाग्‍यो भने, तपाईंले उहाँलाई के गर्नुहुन्छ र?

    7तपाईं धर्मी हुनुहुन्छ भने, तपाईंले उहाँलाई के दिन सक्‍नुहुन्छ र? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्‍छ र?

  • 24उहाँका कामहरूको प्रशंसा गर्न नबिर्सिनुहोस् जसको बारेमा मानिसहरूले गाएका छन् ।

  • 13उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ? उहाँले त आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन ।

  • अय्यू 40:8-9
    2 पदहरू
    75%

    8के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?

    9के तँसँग परमेश्‍वरको जस्तो पाखुरा छ? के तँ उहाँको जस्तो आवाजले गर्जन सक्छस्?

  • 3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?

  • 22परमेश्‍वरले त उच्‍चमा हुनेहरूको पनि न्याय गर्नुहुन्‍छ, तब के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ र?

  • 17“के मरणशील मानिस परमेश्‍वरभन्दा बढी धर्मी हुन्छ र? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ?

  • अय्यू 34:17-18
    2 पदहरू
    74%

    17के न्यायलाई घृणा गर्नेले शासन गर्न सक्छ? के तपाईंले परमेश्‍वरलाई दोषी ठहराउनुहुन्‍छ जो धर्मी र शक्तिशाली हुनुहुन्छ?

    18परमेश्‍वरले राजालाई भन्‍नुहुन्छ, 'तँ निकम्मा होस्' वा कुलीनहरूलाई भन्‍नुहुन्छ, 'तिमीहरू दुष्‍ट हौ ।'

  • 3के परमेश्‍वरले न्यायमा रोक लगाउनुहुन्‍छ र? के सर्वशक्तिमान्‌ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?

  • 37परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पुरा भएको छ?

  • अय्यू 22:3-5
    3 पदहरू
    74%

    3तपाईं धर्मी हुनुहुन्छ भने, सर्वशक्तिमान्‌लाई के आनन्द मिल्छ र? तपाईंले आफ्ना मार्गहरू दोषरहित बनाउनुहुन्‍छ भने, त्यो उहाँको लाभ हो र?

    4तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र?

    5के तपाईंको दुष्‍टता विशाल छैन र? के तपाईंको अधर्मको असीमित छैन र?

  • 2“जब तपाईं भन्‍नुहुन्‍छ, 'परमेश्‍वरको सामु मेरो अधिकार' तब त्‍यो न्‍यायोचित नै हो भन्‍ने विचार तपाईंलाई हुन्छ?

  • यशा 40:13-14
    2 पदहरू
    74%

    13परमप्रभुको मनलाई कसले बुझेको छ, वा उहाँको सल्लाहकार भएर उहाँलाई कसले सिकाएको छ?

    14कसबाट उहाँले कुन बेला सुझाव पाउनुभयो? उहाँलाई कुराहरू गर्ने ठिक तरिका कसले सिकाएको छ, अनि उहालाई कसले ज्ञान सिकाएको वा उहाँलाई कसले समझको बाटो देखाएको छ?

  • अय्यू 26:3-4
    2 पदहरू
    73%

    3बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ!

    4कसको सहायताद्वारा तपाईंले यी वचनहरू बोल्नुभएको छ? तपाईंबाट बाहिर निस्केको आत्मा कसको थियो?

  • 6तपाईंले मेरो अधर्मको जाँचबूझ गर्नुहुन्छ, र मेरो पाप खोज्न गर्नुहुन्छ,

  • 29जब उहाँ चुप लाग्‍नुहुन्‍छ, तब कसले उहाँलाई दोषी ठहराउन सक्छ र? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्‍छ भने कसले उहाँलाई भेट्‍न सक्छ र? उहाँले जाति र व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ,

  • अय्यू 38:4-5
    2 पदहरू
    73%

    4मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् ।

    5यसको नाप कसले निधो गर्‍यो? तँलाई थाहा भए मलाई भन् । यसमाथि कसले नाप्ने धागो टाँग्यो?

  • 13तर उहाँ बेग्‍लै किसिमको हुनुहुन्छ, कसले उहाँलाई फर्काउन सक्छ र? उहाँले जे इच्छा गर्नुहुन्छ, सो गर्नुहुन्छ ।

  • 13परमेश्‍वरका कामहरूलाई विचार गर्: उहाँले बाङ्गो बनाउनुभएकोलाई कसले सिधा पार्न सक्छ?

  • 13जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ?

  • 10उहाँ आउनुहुन्‍छ र कसैलाई थुन्‍नुहुन्‍छ, र कसैलाई इन्‍साफको लागि बोलाउनुहुन्‍छ भने, कसले उहाँलाई रोक्‍न सक्छ र?

  • अय्यू 34:32-33
    2 पदहरू
    72%

    32मैले देख्‍न नसक्‍ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्‍यो काम म फेरि गर्नेछैनँ ।'

    33तपाईंको विचारमा, परमेश्‍वरले गर्नुहुने कुरा तपाईंलाई मन पर्दैन भन्‍दैमा, के परमेश्‍वरले त्यो व्यक्तिको पापलाई दण्ड दिनैपर्छ र? तपाईंले नै चुन्‍ने हो, मैल होइन । त्यसैले आफूले जानेका कुरा भन्‍नुहोस् ।

  • 2“आलोचना गर्न चाहनेले सर्वशक्तिमान्‌लाई सुधार्ने कोसिस गर्नुपर्छ र? जसले परमेश्‍वरसित विवाद गर्छ, त्‍यसले जवाफ देओस् ।”

  • 4परमेश्‍वर हृदयमा बुद्धिमान् र बलमा शक्तिशाली हुनुहुन्छ । उहाँको विरुद्धमा कसले आफूलाई कहिलै कठोर पारेको अनि सफल भएको छ र?

  • 23किनकि परमेश्‍वरले व्‍यक्‍तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्‍साफको लागि उहाँको सामु जानु आवश्यक छैन ।

  • 7कृपा गरी यस विषयमा सोच्नुहोस्: निर्दोष हुँदा पनि कुनै व्‍यक्‍ति कहिलै नष्‍ट भएको छ र? अर्थात् सोझा मानिसहरू कहिले मारिएका थिए र?

  • 23सर्वशक्तिमान्‌को बारेमा, हामी उहाँलाई भेट्टाउन सक्दैनौं । शक्तिमा उहाँ महान् हुनुहुन्छ । उहाँले न्यायलाई दबाउनुहुन्‍न र धार्मिकता प्रसस्‍त पार्नुहुन्‍छ ।

  • 33के तैंले आकाशको शासन गर्ने नियमहरूलाई जानेको छस्? के तैंले आकाशको नियमलाई पृथ्वीमाथि बसाउन सक्छस्?

  • 2“ज्ञानविनाका शब्‍दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो?

  • 3आफ्ना हातको कामलाई तुच्छ ठान्‍नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्‍काउनुहुन्‍छ?

  • 26यसलाई कसले सुरुदेखि नै घोषणा गर्‍यौ, ताकि हामीले जान्‍न सकौं? “उहाँ ठिक हुनुहुन्छ” भनी हामीले भन्‍नुभन्‍दा पहिले? वास्तवमा, तिनीहरू कसैले पनि यो घोषणा गरेनन्, हो, तिमीहरूले कुनै कुरा भनेको कसैले पनि सुनेन ।

  • 16तर दुष्‍टलाई परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मेरा आदेशहरूका घोषणा गर्ने कुरा तँलाई के मतलब छ । तैंले मेरो करार तेरो मुखमा लिएको छस्,

  • 36बादलमा कसले बुद्धि राखेको छ, अथवा तुवाँलोलाई समझशक्ति दिएको छ?

  • 7परमेश्‍वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्न सक्‍नुहुन्छ? सर्वशक्तिमान्‌लाई तपाईं सिद्ध रूपमा बुझ्‍न सक्‍नुहुन्छ?

  • 3तपाईंले सोध्‍नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्‍हो थियो, जसको बारेमा मलाई थाहा थिएन ।

  • 9कसले भन्‍न सक्छ, “मैले मेरो हृदय शुद्ध राखेको छु । म मेरो पापबाट सफा छु?”

  • 3विपत्ति अधर्मी मानिसहरूका लागि हो, अनि विनाशचाहिं दुष्‍ट काम गर्नेहरूका लागि हो भनी मैले विचार गर्थें ।