अय्यूब 11:10
उहाँ आउनुहुन्छ र कसैलाई थुन्नुहुन्छ, र कसैलाई इन्साफको लागि बोलाउनुहुन्छ भने, कसले उहाँलाई रोक्न सक्छ र?
उहाँ आउनुहुन्छ र कसैलाई थुन्नुहुन्छ, र कसैलाई इन्साफको लागि बोलाउनुहुन्छ भने, कसले उहाँलाई रोक्न सक्छ र?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10उहाँले महान् र अगम्य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।
11हेर, उहाँ मेरो छेउबाट जानुहुन्छ, र पनि म उहाँलाई देख्दिनँ । उहाँ आफ्नो बाटो हिंड्नुहुँदा मलाई पत्तै हुँदैन ।
12उहाँले कुनै कुरो खोस्नुभयो भने कसले उहाँलाई रोक्न सक्छ? कसले उहाँलाई भन्न सक्छ, 'तपाईं के गर्दै हुनुहुन्छ?'
13परमेश्वरले आफ्नो रिस रोक्नुहुन्न । राहाबका सहयोगीहरू उहाँको मुनि झुक्छन् ।
7परमेश्वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्न सक्नुहुन्छ? सर्वशक्तिमान्लाई तपाईं सिद्ध रूपमा बुझ्न सक्नुहुन्छ?
8यो विषय स्वर्गजत्तिकै अग्लो छ । तपाईंले के गर्न सक्नुहुन्छ? यो पातालभन्दा गहिरो छ । तपाईंले के जान्न सक्नुहुन्छ?
9यसको नाप पृथ्वीभन्दा लामो छ, र समुद्रभन्दा चौडा छ ।
14हेर्नुहोस्, उहाँले तोड्नुहुन्छ, त्यसलाई फेरि निर्माण गर्न सकिँदैन । उहाँले कसैलाई कैद गर्नुहुन्छ भने, त्यहाँ छुटकारा हुँदैन ।
15हेर्नुहोस्, उहाँले पानीलाई रोक्नुभयो भने, ती सुक्छन् । अनि उहाँले त्यसलाई पठाउनुहुन्छ भने, तिनले जमिनलाई डुबाउँछ ।
29जब उहाँ चुप लाग्नुहुन्छ, तब कसले उहाँलाई दोषी ठहराउन सक्छ र? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्छ भने कसले उहाँलाई भेट्न सक्छ र? उहाँले जाति र व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ,
11किनकि झुटा मानिसहरूलाई उहाँले चिन्नुहुन्छ । जब उहाँले अधर्म देख्नुहुन्छ, तब उहाँले त्यो ख्याल गर्नुहुन्न र?
3उसले परमेश्वरसित तर्क गर्न चाह्यो भने, उसले हजारपल्टमा एकपल्ट पनि जवाफ दिन सक्दैन ।
4परमेश्वर हृदयमा बुद्धिमान् र बलमा शक्तिशाली हुनुहुन्छ । उहाँको विरुद्धमा कसले आफूलाई कहिलै कठोर पारेको अनि सफल भएको छ र?
5जब उहाँले आफ्नो क्रोधमा पर्वतहरूलाई पल्टाउनुहुन्छ, तब उहाँले कसैलाई चेताउनी नदिइएर ती हटाउनुहुन्छ ।
13तर उहाँ बेग्लै किसिमको हुनुहुन्छ, कसले उहाँलाई फर्काउन सक्छ र? उहाँले जे इच्छा गर्नुहुन्छ, सो गर्नुहुन्छ ।
14किनकि मेरो विरुद्धमा भएको उहाँको आदेशलाई उहाँले पूरा गर्नुहुन्छ । त्यस्ता कुराहरू त्यहाँ धेरै छन् ।
13कसले उहाँलाई पृथ्वीको निरीक्षक तुल्याएको हो र? कसले सारा संसार उहाँको अधीनमा राखिदिएको हो र?
14उहाँले आफ्ना मनसायहरू आफैमा मात्र राख्नुभएको भए, र उहाँले कहिलै आफ्ना आत्मा र सास आफैमा फर्काउनुभए,
10उसले चट्टानहरूका बिचमा सुरुङहरू बनाउँछ । उसका आँखाले त्यहाँ हरेक बहुमूल्य वस्तु देख्छ ।
11उसले खोलाहरू थुन्छ जसको कारणले ती बग्दैनन् । त्यहाँ जे लुकेको छ, त्यो उसले बाहिर प्रकाशमा ल्याउँछ ।
23जब कोर्राले अकस्मात् मार्छ, तब उहाँले निर्दोषहरूको निराशाको उपहास गर्नुहुन्छ ।
24पृथ्वी दुष्ट मानिसको हातमा दिइएको छ । परमेश्वरले यसका न्यायकर्ताहरूका मुहार ढाक्नुहन्छ । यसो गर्ने उहाँ हुनुहुन्न भने त्यो को हो त?
10कोही पनि यति हिंस्रक छैन त्यसले लिव्यातन्लाई उत्तेजित पार्ने आँट गर्छ । त्यसो हो भने, मेरो सामु को खडा हुन सक्छ?
11मैले तिर्नुपर्ने गरी कसले मलाई कुनै कुरो दिएको छ र? सम्पूर्ण आकाशमुनि भएका सबै थोक मेरै हुन् ।
19ताकतको विषय हो भने, उहाँ शक्तिशाली हुनुहुन्छ । न्यायको विषय हो भने, कसले उहाँलाई बोलाउन सक्छ?
23उहाँको चालको विषयमा कसले उहाँलाई कदापि निर्देशन दिएको छ र? कसले उहाँलाई कदापि यसो भन्न सक्छ र, 'तपाईंले अधर्मको काम गर्नुभएको छ?'
22तापनि परमेश्वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ । उहाँ खडा हुनुहुन्छ, तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्न ।
3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?
5मानिसको दिनहरू निर्धारित छन् । उसका महिनाहरूका सङ्ख्या तपाईंसितै छन् । तपाईंले उसका सिमाहरू तोक्नुभएको छ, जसलाई उसले नाघ्न सक्दैन ।
11अनि बतास आउनेछ र दोषी मानिसहरूबाट त्यो जानेछ, ती मनिसहरू जसको सामर्थ्य तिनीहरूको देवता हो ।” हबकूकले परमप्रभुलाई अर्को प्रश्न गर्छन्,
31दुष्ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र? उसको गरेको कामको बदला कसले लिन सक्छ र?
18तर यो व्यक्ति आफ्नो ठाउँ बाहिर नष्ट भयो भने, तब त्यो ठाउँले उसलाई इन्कार गर्नेछ र भन्नेछ, 'मैले तँलाई कहिल्यै देखिनँ ।'
22परमेश्वरले त उच्चमा हुनेहरूको पनि न्याय गर्नुहुन्छ, तब के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ र?
13परमेश्वरका कामहरूलाई विचार गर्: उहाँले बाङ्गो बनाउनुभएकोलाई कसले सिधा पार्न सक्छ?
23जसको मार्ग लुकाइएको छ, र जुन मानिसलाई परमेश्वरले छेक्नुभएको छ, त्यस मानिसलाई ज्योति किन दिइन्छ?
12उहाँले आफ्नो निर्देशनद्वारा बादलहरूलाई चारैतिर घुमाउनुहुन्छ, ताकि उहाँले तिनलाई जे आज्ञा गर्नुहुन्छ, त्यो तिनले सारा संसारको सतहको माथि गर्न सकून् ।
7पछि के हुँदै छ भनी कसैलाई थाहा छैन । के हुँदै छ भनी त्यसलाई कसले बताउन सक्छ र?
13उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ? उहाँले त आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन ।
37कसले आफ्नो सिपद्वारा बादललाई गन्न सक्छ? कसले आकाशको पानीको भण्डारबाट खन्याउन सक्छ,
5यसको नाप कसले निधो गर्यो? तँलाई थाहा भए मलाई भन् । यसमाथि कसले नाप्ने धागो टाँग्यो?
11अन्धकार हुन्छ जसले गर्दा तपाईंले देख्न सक्नुहुन्न । पानीको भलले तपाईंलाई डुबाउँछ ।
14हेर्नुहोस्, यी त उहाँको शक्तिको किनाराहरू मात्र हुन् । हामीले उहाँको बारेमा एउटा मधुर सोर मात्रै सुन्छौँ । उहाँको शक्तिको गर्जनलाई कसले बुझ्न सक्छ र?”
10जे अस्तित्वमा रहेको छ, त्यसको पहिले नै नाउँ राखिएको छ, र मानव-जाति के हो भनी पहिले नै जानिएको छ । सबैका शक्तिशाली न्यायाधीशसित बहस गर्नु अर्थहीन भएको छ ।
10उज्यालो र अँध्यारोको बिचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सिमारेखा बनाउनुभएको छ ।
10त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ, र यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ,
19मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्छु, र आफ्नो जीवन दिन्छु ।
25झरीको बाडीको लागि कसले नहरहरू खनेको छ, अथवा गर्जनको लागि कसले बाटो बनाएको छ,
20म उहाँसित बोल्न चाहन्छु भनेर उहाँलाई भन्नुपर्छ र? कुनै व्यक्तिले आफूलाई निलियोस् भन्ने इच्छा गर्छ र?
14उहाँले हामीलाई देख्न नसकून् भनेर बाक्ला बादलहरूले उहाँलाई घेरेका छन् । उहाँ आकाशको चक्रमा हिंड्नुहुन्छ ।'
13जसको कारणले त्यसले पृथ्वीको छेउ समातोस्, अनि दुष्टहरूलाई त्यहाँबाट हटाउनलाई हल्लाओस्?