हबक्कूक 1:11

अनलक शाब्दिक बाइबल

अनि बतास आउनेछ र दोषी मानिसहरूबाट त्यो जानेछ, ती मनिसहरू जसको सामर्थ्य तिनीहरूको देवता हो ।” हबकूकले परमप्रभुलाई अर्को प्रश्न गर्छन्,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 4:11-12 : 11 त्यस बेला यरूशलेम र यस जातिको विषयमा यसो भनिनेछ, “मरुभूमिका मैदानहरूबाट आएको एउटा पोल्ने बतासले मेरो मानिसहरूका छोरीकहाँ आफ्नो मार्ग बनाउँछ । यसले तिनीहरूलाई निफन्‍ने वा शुद्ध पार्ने छैन । 12 मेरो आज्ञामा त्योभन्दा अझै प्रचण्ड बतास आउनेछ, र अब म तिनीहरूको विरुद्धमा दण्डाज्ञा ल्याउनेछु ।
  • दानी 4:30-34 : 30 अनि तिनले भने, “के यो महान् बेबिलोन होइन, जुन मैले आफ्‍नो राजकीय निवास, र आफ्‍नो ऐश्‍वर्यको महिमाको निम्ति निर्माण गरें?”. 31 राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै, स्वर्गबाट यस्तो आवाज आयो, “राजा नबूकदनेसर, तँलाई यो घोषणा गरिन्छ, कि तँबाट यो राज्य खोसिएको छ । 32 तँ मानिसहरूबाट निकालिनेछस्, र तेरो वासस्थान खेतमा वन-पशुहरूसँग हुनेछ । तैंले गोरुले झैं घाँस खानेछस् । सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा तैंले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ ।” 33 नबूकदनेसरको विरुद्धमा भएको यो आदेश तुरुन्‍तै पुरा भयो । तिनी मानिसहरूबाट निकालिए । तिनले गोरुले झैँ घाँस खाए, र तिनको शरीर आकाशको शीतले भिज्यो । तिनको केस चीलका प्वाँखहरूझैँ लामो भयो, र तिनको नङहरू चराका नङ्ग्राझैं भयो । 34 ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ ।
  • दानी 5:3-4 : 3 यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्‍याइएका सुनका भाँडाहरूलाई सेवकहरूले ल्याए । राजा, तिनका भारदारहरू, र तिनकी पत्‍नीहरू र उप-पत्‍नीहरूले ती भाँडाहरूबाट पिए । 4 तिनीहरूले दाखमद्य पिएपछि सुन र चाँदी, काँसा, फलाम, काठ, र ढुङ्गाले बनेका आफ्‍ना मूर्तिहरूको प्रशंसा गरे ।
  • दानी 5:20 : 20 तर जब उहाँको हृदयमा अहंकारी र उहाँको आत्मा कठोर भयो, जसको कारण उहाँले हठपूर्ण किसिमले काम गर्नुभयो, तब उहाँको आफ्नो राजकीय सिंहासनबाट उहाँलाई तल खसालियो, र तिनीहरूले उहाँको सबै ऐश्‍वर्य हटाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 10यसैकारण तिनीहरूले राजाहरूलाई जिस्काउँछन्, र शासकहरू तिनीहरूका निम्ति हाँसोका पात्र मात्र हुन् । हरेक किल्लाहरू देखेर तिनीहरू हाँस्‍छन्, किनभने तिनीहरूले माटोको ढिस्को बनाएर ती लैजान्छन् ।

  • भजन 10:5-6
    2 पदहरू
    74%

    5त्यो हर समय ढुक्‍क हुन्छ, तर तपाईंका धार्मिक आदेशहरू त्यसको निम्ति अति उच्‍च छन् । त्यसले आफ्‍ना सबै शत्रुलाई घृणा गर्छ ।

    6त्यसले आफ्‍नो मनमा भन्छ, “म कहिल्यै असफल हुन्‍नँ । सारा पुस्ताभरि नै मैले दुर्दिन देख्‍नेछैन ।”

  • 19परमेश्‍वर, जसले अनन्‍तदेखि राज्‍य गर्नुहुन्‍छ उहाँले तिनीहरूका कुरा सुन्‍नुहुनेछ र तिनीहरूको अपमान गर्नुहुनेछ । सेला तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूले परमेश्‍वरको भय मान्दैनन् ।

  • 20तपाईंले सधैं उसलाई हराउनुहुन्छ, र ऊ मर्छ । तपाईंले उसको अनुहारको बद्लनुहुन्छ, र उसलाई मर्न दिनुहुन्छ ।

  • 2तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।

  • 5तब उहाँ तिनीहरूसँग आफ्नो रिसमा बोल्नुहुन्छ र तिनीहरूलाई आफ्नो क्रोधमा यसो भनेर त्रसित पार्नुहुन्छ,

  • 13परमेश्‍वरले आफ्नो रिस रोक्‍नुहुन्‍न । राहाबका सहयोगीहरू उहाँको मुनि झुक्छन् ।

  • अय्यू 27:21-22
    2 पदहरू
    73%

    21पूर्वीय बतासले उसलाई उडाएर लानेछ, र उसले छोड्‍नेछ । त्‍यसले उसलाई आफ्नो बासस्थानबाट पुर्‍याउनेछ ।

    22उसमाथि त्‍यो हुत्तिन्‍छ, र रोकिन्‍न । त्‍यसको पन्जाबाट ऊ भाग्‍न खोज्‍छ ।

  • 5जब उहाँले आफ्नो क्रोधमा पर्वतहरूलाई पल्टाउनुहुन्‍छ, तब उहाँले कसैलाई चेताउनी नदिइएर ती हटाउनुहुन्छ ।

  • अय्यू 12:19-21
    3 पदहरू
    72%

    19उहाँले पुजारीहरूलाई शोकमा नाङ्गै खुट्टा हिंडाउनुहुन्छ, र शक्तिशाली मानिसहरूलाई फाल्‍नुहुन्छ ।

    20उहाँले भरोसायोग्य बोलीलाई हटाउनुहुन्छ, र समझशक्तिलाई धर्म-गुरुहरूबाट टाढा पुर्‍याउनुहुन्छ ।

    21उहाँले राजकुमारहरूमाथि निन्दा खन्याउनुहुन्छ, र बलिया मानिसहरूको पेटी फुकाल्‍नुहुन्छ ।

  • 11त्यसले आफ्नो मनमा भन्छ, “परमेश्‍वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्‍नुहुन्‍छ । उहाँले हेर्ने कष्‍ट गर्नुहुनेछैन ।”

  • नहू 1:8-9
    2 पदहरू
    72%

    8तर उहाँले महान् बाढीले आफ्ना शत्रुहरूको अन्त गर्नुहुनेछ, र उहाँले तिनीहरूलाई अन्धकारमा लानुहुनेछ ।

    9तिमीहरूले परमप्रभुको विरुद्ध के षड्यन्त्र गर्दैछौ? उहाँले पूर्णरूपमा त्यो अन्त गर्नुहुनेछ । समस्या दोस्रो पटक आइपर्नेछैन ।

  • 11के कुनै जातिले आफ्ना देवताहरू साटेका छन्? यद्यपि ती देवताहरू नै थिएनन् । तर जुन कुराले मेरो जातिलाई मदत गर्न सक्दैन, तिनै कुरासित तिनीहरूले आफ्‍नो महिमालाई साटेका छन् ।

  • 11त्यसको दुष्‍टताअनुसार त्यसलाई व्यवहार गरियोस् भनेर मैले त्यसलाई जातिहरूका बिचमा एउटा शक्तिशाली व्‍यक्‍तिको हातमा दिएको छु । मैले त्यसलाई बाहिर फालेको छु ।

  • 18कतिपल्‍ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन्?

  • 20एक दिन उसलाई जे हुन्छ, त्यसमा पश्‍चिममा बस्‍नेहरू मानिसहरू आतङ्कित हुनेछन् भने, पूर्वमा बस्‍नेहरू त्‍यसमा त्रसित हुनेछन् ।

  • अय्यू 11:10-11
    2 पदहरू
    72%

    10उहाँ आउनुहुन्‍छ र कसैलाई थुन्‍नुहुन्‍छ, र कसैलाई इन्‍साफको लागि बोलाउनुहुन्‍छ भने, कसले उहाँलाई रोक्‍न सक्छ र?

    11किनकि झुटा मानिसहरूलाई उहाँले चिन्‍नुहुन्छ । जब उहाँले अधर्म देख्‍नुहुन्‍छ, तब उहाँले त्‍यो ख्याल गर्नुहुन्‍न र?

  • भजन 52:6-7
    2 पदहरू
    71%

    6धर्मीहरूले यो देख्‍नेछन् र भय मान्‍नेछन् । तिनीहरूले त्यसलाई हाँसो उडाउनेछन् र यसो भन्‍नेछन्,

    7“हेर, यो मानिसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्‍ततामा भरोसा गर्‍यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”

  • 23जब कोर्राले अकस्मात् मार्छ, तब उहाँले निर्दोषहरूको निराशाको उपहास गर्नुहुन्छ ।

  • 3मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।

  • 12“परमप्रभु मेरा परमेश्‍वर, मेरा एक मात्र पवित्र परमेश्‍वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्‍न र? हामी मर्नेछैनौँ । परमप्रभुले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको छ, र हे चट्टान, तपाईंले तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ ।

  • 3परमप्रभु रिसाउनमा ढिला र शक्तिमा महान् हुनुहुन्छ । उहाँले दुष्‍टलाई दण्डबाट उम्कन दिनुहुन्‍न । परमप्रभुले भुमरी र आँधीमा आफ्नो मार्ग तयार गर्नुहुन्छ, र बादलहरू उहाँका पाउका धुलो हुन् ।

  • 11उहाँको वैभवले तपाईंहरूलाई आतङ्कित पार्दैन र? उहाँको डर तपाईंहरूमाथि पर्दैन र?

  • 36राजाले आफ्नो इच्छाहरूअनुसार काम गर्नेछ । उसले आफैंलाई उठाउनेछ र सारा देवहरूमाथि आफूलाई महान् बनाउनेछ । देवहरूका परमेश्‍वरको विरुद्धमा उसले आश्‍चर्यलाग्दा कुराहरू भन्‍नेछ, किनभने क्रोधको समय पूरा नभएसम्म ऊ सफल हुनेछ । किनभने जे आदेश दिइएको छ, त्यो पूरा भएरै छोड्‍नेछ ।

  • 13जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ?

  • 25यसरी तिनीहरूका कामहरूका जानकारी उहाँलाई हुन्‍छ । उहाँले यी मानिसहरूलाई रातमा पल्टाउनुहुन्छ । तिनीहरू नष्‍ट हुन्छन् ।

  • 13किन दुष्‍ट मानिसले परमेश्‍वरलाई इन्कार गर्छन् र आफ्नो हृदयमा यसो भन्‍छ, “तपाईंले मलाई जवाफदेही बनाउनु हुनेछैन”?

  • 30उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्‍वरको मुखको सासले ऊ मर्नेछ ।

  • 15हेर्नुहोस्, उहाँले पानीलाई रोक्‍नुभयो भने, ती सुक्छन् । अनि उहाँले त्यसलाई पठाउनुहुन्‍छ भने, तिनले जमिनलाई डुबाउँछ ।

  • 35सर्वोच्‍च परमेश्‍वरको उपस्थितिमा मानिसको न्यायलाई इन्कार गर्ने,

  • 20एकै क्षणमा तिनीहरू मर्नेछन् । मध्यरातमा मानिसहरू हल्लिन्‍छन् र बितेर जान्‍छन् । शक्तिशाली मानिसहरू लगिन्‍छन्, तर मानवीय हातले होइन ।

  • 27स्वर्गले उसको अधर्म प्रकट गर्नेछ, र साक्षीको रूपमा पृथ्वी नै उसको विरुद्धमा खडा हुनेछ ।

  • 7पुजारीहरूका सङ्ख्या जति धैरै वृद्धि भयो,त्‍यति नै धेरै तिनीहरूले मेरो विरूद्धमा पाप गरे । आफ्नो आदरलाई तिनीहरूले लाजसँग साटे ।

  • 4तपाईंका छोराछोरीले उहाँको विरुद्धमा पाप गरेका छन् । हामी यो जान्‍दछौं, किनकि उहाँले तिनीहरूलाई आफ्‍नै पापमा मर्न दिनुभयो ।

  • 17उहाँले सल्लाहकारहरूलाई शोकमा पारेर नाङ्गै खुट्टा हिंडाउनुहुन्छ । उहाँले न्यायाधीशहरूलाई मूर्ख बनाउनुहुन्छ ।

  • 10तिनीहरूको घमण्डको कारण मोआब र अम्मोनलाई यस्तो हुनेछ, किनभने तिनीहरूले सेनाहरूका परमप्रभुका मानिसहरूको उपहास र खिल्ली गरे ।

  • 21तिनीहरू अति व्याकूल भएर र भोकाएर देशमा हिंड्‍नेछन् । जब तिनीहरू भोकाउँछन्, तब तिनीहरू रिसाउनेछन्, र तिनीहरूले आफ्नो अनुहार माथि उचाल्‍दा, आफ्‍ना राजा र आफ्‍ना परमेश्‍वरलाई सराप्‍नेछन् ।

  • 22तापनि परमेश्‍वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ । उहाँ खडा हुनुहुन्छ, तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्‍न ।

  • 16तिनीहरूको देश त्रास बन्‍नेछ । सदासर्वदा गिल्लाको वस्तु बन्‍नेछ । त्यसबाट भएर जाने हरेक डराउनेछ, र टाउको हल्लाउनेछ ।

  • 25त्यो खडा हुँदा देवताहरू पनि डराउँछन् । डरको कारण ती पछि हट्छन् ।

  • 31दुष्‍ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र? उसको गरेको कामको बदला कसले लिन सक्‍छ र?

  • 39सबैभन्दा बलिया किल्लाहरूलाई उसले पराई देवको सहायताले आक्रमण गर्नेछ । उसका कुरा मान्‍ने हरेकलाई उसले धेरै सम्मान दिनेछ । उसले तिनीहरूलाई धेरै मानिसहरूका शासकहरू बनाउनेछ, र त्यो देशलाई उसले इनामको रूपमा विभाजन गर्नेछ ।

  • 15त्यसकारण त्यसको विपत्तिले त्यसलाई एकै क्षणमा आक्रमण गर्ने छ । क्षण भरमा नै निको नहुने गरी त्यो टुट्ने छ ।