अय्यूब 27:21

अनलक शाब्दिक बाइबल

पूर्वीय बतासले उसलाई उडाएर लानेछ, र उसले छोड्‍नेछ । त्‍यसले उसलाई आफ्नो बासस्थानबाट पुर्‍याउनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 9:23-25 : 23 मोशाले आफ्नो लट्ठी आकाशतिर पसारे र परमप्रभुले जमिनमा गर्जन, असिना र बिजुली पठाइदिनुभयो । उहाँले मिश्र देशमा असिना बर्साइदिनुभयो । बिजुलीसँगै असिना मिसिएर आएको थियो । 24 यो यति डरलाग्दो थियो कि मिश्र राज्य भएदेखि त्यस देशमा यस्तो कहिल्यै भएको थिएन । 25 मिश्र देशभरि असिनाले खेतमा भएका हरेक कुरासाथै मानिस र पशुहरू दुवैलाई प्रहार गर्‍यो । यसले खेतहरूमा भएको हरेक बोट-बिरुवालाई प्रहार गर्नुका साथै हरेक रुख भाँचिदियो ।
  • अय्यू 7:10 : 10 ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्‍नेछ ।
  • अय्यू 21:18 : 18 कतिपल्‍ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन्?
  • भजन 11:6 : 6 दुष्‍टहरूमाथि उहाँले भुङ्‍ग्रो र गन्धक बर्साउनुहुन्छ । उहाँको कचौराबाट बहने तातो हावा तिनीहरूको हिस्‍सा हुनेछ ।
  • भजन 58:9 : 9 तिम्रा भाँडाहरूले काँढाको आगोको राप थाहा पाउनअगि नै हरिया काँढाहरू र जलिरहेका काँढाहरूजस्तै त्यसले तिनीहरूलाई भुमरीसँगै उठाइ लानेछ ।
  • भजन 83:15 : 15 तपाईंको शक्तिसाली हावाले तिनीहरूलाई लखेट्नुहोस् र तपाईंको हुरीबतासले तिनीहरूलाई त्रसित पार्नुहोस् ।
  • यिर्मि 18:17 : 17 तिनीहरूका शत्रुहरूकै सामु म तिनीहरूलाई पुर्वीय बतासझैं तितर-बितर पार्नेछु । तिनीहरूको विपत्तिको दिनमा म तिनीहरूलाई मेरो पिठिउँ फर्काउनेछु, मेरो मुहार होइन ।”
  • हो 13:15 : 15 एफ्राइम आफ्ना दाजुभाइका बिचमा समृद्ध भए पनि, पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड-स्‍थानबाट बहनेछ । एफ्राइमको मुहान सुक्‍नेछ, र त्यसको इनारमा पानी हुनेछैन । त्यसका हरेक बहुमुल्य थोकको भण्डारलाई त्यसको शत्रुले लुट्‍नेछ ।
  • नहू 1:3-8 : 3 परमप्रभु रिसाउनमा ढिला र शक्तिमा महान् हुनुहुन्छ । उहाँले दुष्‍टलाई दण्डबाट उम्कन दिनुहुन्‍न । परमप्रभुले भुमरी र आँधीमा आफ्नो मार्ग तयार गर्नुहुन्छ, र बादलहरू उहाँका पाउका धुलो हुन् । 4 उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुक्खा बनाउनुहुन्छ । उहाँले सबै नदीहरूलाई सुकाइदिनुहुन्छ । बाशान र कर्मेल कमजोर छन् । लेबनानका फूलहरू कमजोर छन् । 5 पर्वतहरू उहाँको उपस्थितिमा काँप्छन्, र पहाडहरू पग्लिन्‍छन् । उहाँको उपस्थितिमा पृथ्वी, सारा संसार र त्यसमा बसोबास गर्ने सबै मानिस नष्‍ट हुन्छन् । 6 उहाँको क्रोधको अगाडि को खडा हुन सक्छ? उहाँको क्रोधको प्रचण्डता कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्‍छ, र उहाँद्धारा चट्टानहरू टुक्रा-टुक्रा पारिन्छन् । 7 परमप्रभु असल हुनुहुन्छ, र कष्‍टको समयमा उहाँ बलियो गढ हुनुहुन्छ, र उहाँमा शरण लिनेको निम्ति उहाँ विश्‍वसनीय हुनुहुन्छ । 8 तर उहाँले महान् बाढीले आफ्ना शत्रुहरूको अन्त गर्नुहुनेछ, र उहाँले तिनीहरूलाई अन्धकारमा लानुहुनेछ ।
  • मत्त 7:27 : 27 पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो । र त्यो ढल्यो र पूर्ण रूपमा नष्‍ट भयो ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 20पानीले झैं त्रासले उसलाई डुबाउनेछ । रातमा एउटा आँधीले उसलाई टाढा पुर्‍याउनेछ ।

  • अय्यू 27:22-23
    2 पदहरू
    82%

    22उसमाथि त्‍यो हुत्तिन्‍छ, र रोकिन्‍न । त्‍यसको पन्जाबाट ऊ भाग्‍न खोज्‍छ ।

    23उसको गिल्‍ला गरेर त्‍यसले आफ्‍नो ताली बजाउँछ । त्यसले आफ्नो ठाउँबाट उसको खिसी गर्छ ।

  • 8याकूब र इस्राएललाई टाढा पठाउनुभएर तपाईंले ठिक त्‍यस्‍तै किसिमले व्‍यवहार गर्नुभएको छ । पुर्वीय बतासका दिनमा झैं आफ्‍नो डरलाग्‍दो सासले उहाँले तिनीहरूलाई लखेट्नुभएको छ ।

  • 18कतिपल्‍ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन्?

  • 22तपाईंले मलाई बतासमा उचाल्‍नुहुन्छ र त्‍यसले मलाई उडाउने बनाउनुहुन्छ । तपाईंले मलाई आँधीमा यताउता हुत्‍याउनुहुन्छ ।

  • अय्यू 37:21-22
    2 पदहरू
    75%

    21आकाशमा बतास चलेपछि र त्‍यसले त्‍यहाँको बादललाई उडाएर सफा गरेपछि, जब त्‍यहाँ सूर्य चम्‍किन्‍छ, तब मानिसहरूले त्‍यो हेर्न सक्दैनन् ।

    22उत्तरबाट सुनौलो वैभवको आगमन हुन्छ— परमेश्‍वर भययोग्य महिमा हुनुहुन्छ ।

  • 30उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्‍वरको मुखको सासले ऊ मर्नेछ ।

  • 1¶ समुद्र नजिकको मरुभूमिको बारेमा एउटा घोषणा । नेगेवमा चल्ने आँधीहुरी जस्तै मरुभूमि र डरलाग्‍दो देशबाट यो आउँछ ।

  • 24बिजुली चम्केर जाने बाटो कुन हो, अथवा पूर्वीय बतास कहाँबाट पृथ्वीको चारैतिर जान्‍छ?

  • 8आँधी र हुरीबाट बच्‍न हतार गरेर म शरणस्थाणमा जाने थिएँ ।”

  • 26उहाँले आकाशमा पूर्वी बतास चलाउनुभयो र दक्षिणी बतासलाई आफ्‍नो शक्तिले उहाँले डोर्‍याउनुभयो ।

  • 19हेर, परमप्रभुबाट आँधी-बेहरी आउँदैछ । उहाँको क्रोध बाहिर निस्केको छ, र तुफान वरिपरि चक्‍कर मार्दैछ । दुष्‍टहरूका शिरवरिपरि त्‍यसले चक्‍कर मार्दैछ ।

  • 9आँधी-बेहरी दक्षिणको आफ्नो बासस्थानबाट आउँछ, र उत्तरको प्रचण्ड बतासबाट जाडो आउँछ ।

  • 18उसलाई उज्यालोबाट अँध्यारोमा धपाइनेछ, र यस संसारबाट लखेटिनेछ ।

  • 8ऊ सपनाझैं हराउनेछ, र भेट्टाइने छैन । वास्तवमा ऊ रातको दर्शनझैं लुप्‍त हुनेछ ।

  • 25किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो ।

  • 16त्‍यसमाथि हावा चल्छ र त्‍यो लोप हुन्छ, र त्‍यो कहाँ उम्रेको थियो भनी कसैले भन्‍न पनि सक्‍दैन ।

  • 7उहाँले बादललाई टाढाबाट, चट्याङलाई वर्षाको साथी बनाएर ल्याउनुहुन्छ, र आफ्‍नो भण्डारबाट हुरीबतास निकाल्‍नुहुन्छ ।

  • अय्यू 20:26-28
    3 पदहरू
    72%

    26उसको धनको लागि निस्पट्ट अन्धकार साँचिएको छ । प्रचण्ड आगोले उसलाई भस्म पार्नेछ । उसको पालमा छोडिएका सबै कुरालाई त्‍यसले भष्‍म पार्नेछ ।

    27स्वर्गले उसको अधर्म प्रकट गर्नेछ, र साक्षीको रूपमा पृथ्वी नै उसको विरुद्धमा खडा हुनेछ ।

    28उसको घरको धन लुप्‍त हुनेछ । परमेश्‍वरको क्रोधको दिनमा उसका सामानहरू टाढा बग्‍नेछन् ।

  • 22तापनि परमेश्‍वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ । उहाँ खडा हुनुहुन्छ, तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्‍न ।

  • 23हेर, परमप्रभुको आँधी, उहाँको क्रोध बाहिर निस्केको छ । यो आइरहने आँधी हो । यसले दुष्‍ट मानिसहरूका शिरमा चक्‍कर लगाउनेछ ।

  • 15एफ्राइम आफ्ना दाजुभाइका बिचमा समृद्ध भए पनि, पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड-स्‍थानबाट बहनेछ । एफ्राइमको मुहान सुक्‍नेछ, र त्यसको इनारमा पानी हुनेछैन । त्यसका हरेक बहुमुल्य थोकको भण्डारलाई त्यसको शत्रुले लुट्‍नेछ ।

  • 19उजाड-स्थानबाट एउटा प्रचण्ड आँधी आयो र घरका चारै कुनालाई प्रहार गर्‍यो । ती युवायुवतीमाथि त्‍यो ढल्यो, र तिनीहरूको मृत्‍यु भयो । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”

  • 15त्रासहरू ममाथि परेका छन् । बतासले उडाएर लगेझैं मेरो आदरलाई लगिएको छ । मेरो समृद्धि बादलझैं बितेर जान्छ ।

  • 16उहाँ गर्जनुहुँदा आकाशमा पानीको गड्याङगुडुङ हुन्छ, किनकि उहाँले पृथ्वीको छेउबाट तुवाँलो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि बिजुली चम्काउनुहुन्छ, र आफ्नो भण्डारहरूबाट बतास पठाउनुहुन्छ ।

  • 27जब तिमीहरूमाथि आँधीबेहरीझैँ डरलाग्दो त्रास आउने छ, र भुमरीझैँ विपत्ति तिमीहरूमाथि मडारिन्छ, र सङ्कष्‍ट र पीडा तिमीहरूमाथि आउँछन् ।

  • 13उहाँको आवाजले आकाशमा पानीको गर्जन ल्याउँछ, र उहाँले पृथ्वीको कुनाबाट तुसारो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि चट्याङ पार्नुहुन्छ, र आफ्नो भण्डारबाट बतास पठाउनुहुन्छ ।

  • 16अर्कोचाहिँ खराबी यही हो, कि मानिस जसरी आउँछ, त्यसरी नै फर्केर जान्छ । त्यसैले बतासको लागि काम गर्ने मानिसलाई केचाहिँ लाभ छ र?

  • 17हेर्, परमप्रभुले तँलाई फाल्‍न लाग्‍नुभएको छ, ए शक्तिशाली मानिस, तँलाई फाल्‍न लाग्‍नुभएको छ । उहाँले तँलाई कसेर समात्‍नुहुनेछ ।

  • 2ऊ फुलझैं जमिनबाट उम्रिन्‍छ र काटिन्छ । ऊ छायाझैं भाग्छ, र रहँदैन ।

  • 11अनि बतास आउनेछ र दोषी मानिसहरूबाट त्यो जानेछ, ती मनिसहरू जसको सामर्थ्य तिनीहरूको देवता हो ।” हबकूकले परमप्रभुलाई अर्को प्रश्न गर्छन्,

  • 9तिम्रा भाँडाहरूले काँढाको आगोको राप थाहा पाउनअगि नै हरिया काँढाहरू र जलिरहेका काँढाहरूजस्तै त्यसले तिनीहरूलाई भुमरीसँगै उठाइ लानेछ ।

  • 15हेर्नुहोस्, उहाँले पानीलाई रोक्‍नुभयो भने, ती सुक्छन् । अनि उहाँले त्यसलाई पठाउनुहुन्‍छ भने, तिनले जमिनलाई डुबाउँछ ।

  • 12उहाँले कुनै कुरो खोस्‍नुभयो भने कसले उहाँलाई रोक्‍न सक्छ? कसले उहाँलाई भन्‍न सक्छ, 'तपाईं के गर्दै हुनुहुन्छ?'

  • 6बतास दक्षिणतिर बहन्छ, र अनि सधैँ उत्तरतिर चक्‍कर मार्छ । त्यो सधैँ आफ्नो मार्गमा जाने र फर्कने गर्छ ।

  • 20तपाईंले सधैं उसलाई हराउनुहुन्छ, र ऊ मर्छ । तपाईंले उसको अनुहारको बद्लनुहुन्छ, र उसलाई मर्न दिनुहुन्छ ।

  • 12मेरो आज्ञामा त्योभन्दा अझै प्रचण्ड बतास आउनेछ, र अब म तिनीहरूको विरुद्धमा दण्डाज्ञा ल्याउनेछु ।

  • 18तापनि पानीको सतहमा देखा पर्ने फिँजझैं तिनीहरू चाँडै नै बितेर जान्‍छन् । तिनीहरूको खेतको हिस्सा श्रापित छ । तिनीहरूका दाखबारीहरूमा काम गर्न कोही पनि जाँदैन ।

  • 19परमप्रभुले निकै शक्तिशाली पश्‍चिमी बतास चलाइदिनुभयो जसले सलहहरूलाई उडाई लाल समुद्रमा लग्यो । मिश्रका इलाकाभित्र एउटै पनि सलह रहेन ।

  • 36किनकि आकाशका चार कुनाबाट म चारवटा बतास ल्याउनेछु, र एलामका मानिसहरूलाई म ती सबै हावामा तितरबितर पार्नेछु । त्‍यहाँ कुनै राज्‍य नै हुनेछैन जहाँ एलामबाट छरिएकाहरू नपुगेको होस् ।

  • 2हेर, परमप्रभुले शक्तिशाली र बलियो एक जनालाई, असिनाको हुरीबतासझैं अनि विनाशकारी आँधीझैं, मुसलधार झरी र बाडीको पानीझैं पठाउनुहुन्‍छ र उहाँले प्रत्‍येक फुलमालालाई जमिनमा फाल्‍नुहुनेछ ।

  • 17किनकि उहाँले मलाई आँधीले तोड्नुहुन्छ, र विनाकारण मेरा घाउहरू बढाउनुहुन्छ ।

  • 10ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्‍नेछ ।

  • 26तेरा नाविकहरूले तँलाई विशाल समुद्रमा लगेका छन् । पूर्वीय बतासले तँलाई समुद्रकै बिचमा ध्‍वंस पारेको छ ।

  • 11त्यसको दुष्‍टताअनुसार त्यसलाई व्यवहार गरियोस् भनेर मैले त्यसलाई जातिहरूका बिचमा एउटा शक्तिशाली व्‍यक्‍तिको हातमा दिएको छु । मैले त्यसलाई बाहिर फालेको छु ।

  • 18उहाँले आफ्नो आज्ञा पठाउनुहुन्छ र ती पग्‍लिन्‍छन् । उहाँले हावा चलाउनुहुन्छ र पानीलाई बगाउनुहुन्छ ।