अय्यूब 24:22

अनलक शाब्दिक बाइबल

तापनि परमेश्‍वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ । उहाँ खडा हुनुहुन्छ, तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्‍न ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • दानी 6:4-9 : 4 अनि अरू प्रमुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूले त्यस राज्यको निम्ति दानिएलले गर्ने काममा त्रुटी खोज्न थाले, तर तिनीहरूले उनको काममा कुनै पनि भ्रष्‍टचार वा उनको जिम्मेवारीमा असफलता भेट्टाउन सकेनन्, किनभने उनी विश्‍वासयोग्य थिए । उनमा कुनै त्रुटी वा हेलचेक्र्याइँ भेट्टाइएन । 5 अनि यी मानिसहरूले भने, “आफ्‍नो परमेश्‍वरको व्यवस्थासँगको दानिएलको सम्बन्धको कुरामा तिनको विरुद्ध केही खोट नदेखाएसम्म हामीले तिनको विरुद्ध अरू कुनै अभियोग लगाउन सक्दैनौं ।” 6 अनि यी मुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूले राजाको सामु एउटा योजना ल्याए । तिनीहरूले उनलाई भने, “महाराजा दारा, हजुर दिर्घायु हुनुहोस्! 7 राज्यका सबै प्रमुख प्रशासकहरू र क्षेत्रीय गभर्नरहरू र प्रदेशीय गभर्नरहरू, सल्लाहकारहरू, र अन्य गभर्नरहरूले एकसाथ सल्लाह गरी यो निर्णय गरेका छौं, कि राजाले एउटा यस्तो उर्दि निकाली त्यसलाई लागु गर्नुहोस्, र भन्‍नुहोस्, तिस दिनसम्म हजुरबाहेक अरू कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गर्‍यो भने, त्यो मानिस सिंहको खोरमा फालिनुपर्छ । 8 अनि राजाले एउटा उर्दि निकाले र कागजातमा दस्तखत गरे, ताकि मादी र फारसीहरूका नियमअनुसार त्यो परिवर्तन नहोस्, यसरी त्‍यसलाई हेरफेर गर्न सकिन्‍न ।” 9 यसरी राजा दाराले कागजातमा दस्तखत गरेर त्यस उर्दिलाई ऐन बनाए ।
  • यूह 19:12-16 : 12 यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्‍नः जसले आफैँलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ ।” 13 जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” (हिब्रूमा “गब्बथा”) भनिने ठाउँको न्याय आसनमा बसे । 14 निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो । पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ!” 15 तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्‍नुपर्ने हो?” मुख्य पुजारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।” 16 तब पिलातसले क्रुसमा टाँग्‍नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे ।
  • प्रका 16:13-14 : 13 मैले अजिङ्गर, पशु र झुटो अगमवक्‍ताका मुखहरूबाट भ्यागुताजस्ता तिनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखेँ । 14 किनकि तिनीहरू दुष्‍टका आत्माहरू थिए जसले आश्‍चर्यपूर्ण चिह्नको प्रदर्शन गर्दछन् । तिनीहरू सारा संसारका राजाहरूकहाँ गएर सर्वशक्‍तिमान् परमेश्‍वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन् ।
  • प्रका 17:2 : 2 त्यससँग पृथ्वीका राजाहरूले यौन अनैतिकता गरेका छन् । पृथ्वीका बासिन्दाहरू त्यसको यौन अनैतिकताको मद्यले मातेका छन् ।”
  • एस्थ 3:8-9 : 8 तब हामानले राजा अहासूरसलाई भने, “एउटा कोही मानिसहरू छन् जुन हजुरको राज्यका सारा प्रान्तभिर छरिएर रहेका छन् । तिनीहरूको व्यवस्था अरू मानिसहरूको भन्दा फरक छ, र तिनीहरूले राजाको व्यवस्था पालन गर्दैनन् । त्यसैले तिनीहरूलाई छोडिदिनु राजाको लागि उचित होइन । 9 राजालाई खुसी लागेमा तिनीहरूलाई मार्ने आदेश दिनुहोस्, र यो काम गर्ने राजाका कर्मचारीहरूका निम्ति म राजकोषमा जम्मा गर्न तिन लाख किलो चाँदी दिनेछु ।” 10 तब राजाले आफ्नो हातबाट छाप-औँठी निकाले र यहूदीहरूका शत्रु अगागी हम्मदाताका छोरा हामानलाई त्‍यो दिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 23तिनीहरू सुरक्षित छन्, र तिनीहरू यसबारे खुसी छन् भनी परमेश्‍वरले तिनीहरूलाई सोच्न दिनुहुन्छ, तर उहाँका आँखा तिनीहरूका मार्गमा हुन्‍छन् ।

  • अय्यू 15:24-25
    2 पदहरू
    75%

    24निराशा र पीडाले त्यसलाई भयभीत पार्छ । युद्धको लागि तयार राजाझैं उसको विरुद्धमा तिनीहरूले प्रभुत्‍व जमाउँछन् ।

    25परमेश्‍वरको विरुद्धमा उसले आफ्नो हात पसारेको छ, र सर्वशक्तिमान्‌को विरुद्धमा अहङ्कारले व्यवहार गरेको छ,

  • अय्यू 36:5-6
    2 पदहरू
    75%

    5हेर्नुहोस्, परमेश्‍वर शक्तिशाली हुनुहुन्छ, र उहाँले कसैलाई तिरस्कार गर्नुहुन्‍न । समझशक्तिको ताकतमा उहाँ शक्तिशाली हुनुहुन्छ ।

    6दुष्‍ट मानिसहरूका जीवनलाई उहाँले जोगाउनुहुन्‍न, बरु, दुःख भोग्‍नेहरूका लागि जे ठिक हुन्‍छ, त्यही गर्नुहुन्छ ।

  • अय्यू 9:12-13
    2 पदहरू
    75%

    12उहाँले कुनै कुरो खोस्‍नुभयो भने कसले उहाँलाई रोक्‍न सक्छ? कसले उहाँलाई भन्‍न सक्छ, 'तपाईं के गर्दै हुनुहुन्छ?'

    13परमेश्‍वरले आफ्नो रिस रोक्‍नुहुन्‍न । राहाबका सहयोगीहरू उहाँको मुनि झुक्छन् ।

  • 24तापनि जब कोही लड्छ, तब के त्यसले मदतको लागि आफ्नो हात उठाउँदैन र? के सङ्कष्‍टमा भएको कसैले पनि मदतको लागि पुकार्दैन र?

  • 4परमेश्‍वर हृदयमा बुद्धिमान् र बलमा शक्तिशाली हुनुहुन्छ । उहाँको विरुद्धमा कसले आफूलाई कहिलै कठोर पारेको अनि सफल भएको छ र?

  • 25त्यो खडा हुँदा देवताहरू पनि डराउँछन् । डरको कारण ती पछि हट्छन् ।

  • 10कोही पनि यति हिंस्रक छैन त्यसले लिव्यातन्‌लाई उत्तेजित पार्ने आँट गर्छ । त्यसो हो भने, मेरो सामु को खडा हुन सक्छ?

  • अय्यू 34:20-21
    2 पदहरू
    73%

    20एकै क्षणमा तिनीहरू मर्नेछन् । मध्यरातमा मानिसहरू हल्लिन्‍छन् र बितेर जान्‍छन् । शक्तिशाली मानिसहरू लगिन्‍छन्, तर मानवीय हातले होइन ।

    21किनकि परमेश्‍वरको दृष्‍टि मानिसको चालमा हुन्‍छ । उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ ।

  • 21बच्‍चा नजन्माएकी बाँझी स्‍त्रीलाई दुष्‍टले निलिहाल्‍छ । उसले विधवाको निम्‍ति कुनै असल कुरा गर्दैन ।

  • अय्यू 27:20-22
    3 पदहरू
    73%

    20पानीले झैं त्रासले उसलाई डुबाउनेछ । रातमा एउटा आँधीले उसलाई टाढा पुर्‍याउनेछ ।

    21पूर्वीय बतासले उसलाई उडाएर लानेछ, र उसले छोड्‍नेछ । त्‍यसले उसलाई आफ्नो बासस्थानबाट पुर्‍याउनेछ ।

    22उसमाथि त्‍यो हुत्तिन्‍छ, र रोकिन्‍न । त्‍यसको पन्जाबाट ऊ भाग्‍न खोज्‍छ ।

  • अय्यू 12:21-22
    2 पदहरू
    73%

    21उहाँले राजकुमारहरूमाथि निन्दा खन्याउनुहुन्छ, र बलिया मानिसहरूको पेटी फुकाल्‍नुहुन्छ ।

    22उहाँले अन्धकारका गहिरा कुराहरू प्रकट गर्नुहुन्छ, र अँध्‍यारो छायामा ज्योति ल्याउनुहुन्छ ।

  • 22हेर्नुहोस्, परमेश्‍वर आफ्नो शक्तिमा उचालिनुभएको छ । उहाँजस्तै शिक्षक को छ र?

  • 8तपाईं, शक्तिशाली मानिससित जग्गाजमिन भए पनि, तपाईं, इज्‍जतदार मानिस त्‍यसमा बसोबास गर्नुभए पनि,

  • 6परमप्रभुले मार्नुहुन्छ र जीवन दिनुहुन्छ । उहाँले चिहानमा पुर्‍याउनुहुन्छ र उठाउनुहुन्छ ।

  • 10उहाँ आउनुहुन्‍छ र कसैलाई थुन्‍नुहुन्‍छ, र कसैलाई इन्‍साफको लागि बोलाउनुहुन्‍छ भने, कसले उहाँलाई रोक्‍न सक्छ र?

  • अय्यू 37:23-24
    2 पदहरू
    72%

    23सर्वशक्तिमान्‌को बारेमा, हामी उहाँलाई भेट्टाउन सक्दैनौं । शक्तिमा उहाँ महान् हुनुहुन्छ । उहाँले न्यायलाई दबाउनुहुन्‍न र धार्मिकता प्रसस्‍त पार्नुहुन्‍छ ।

    24त्यसकारण मानिसहरू उहाँदेखि डराउँछन् । आफ्नै मनले बुद्धिमान् सम्‍झनेहरूलाई उहाँले ध्यान दिनुहुन्‍न ।”

  • 19उहाँले पुजारीहरूलाई शोकमा नाङ्गै खुट्टा हिंडाउनुहुन्छ, र शक्तिशाली मानिसहरूलाई फाल्‍नुहुन्छ ।

  • अय्यू 23:13-14
    2 पदहरू
    72%

    13तर उहाँ बेग्‍लै किसिमको हुनुहुन्छ, कसले उहाँलाई फर्काउन सक्छ र? उहाँले जे इच्छा गर्नुहुन्छ, सो गर्नुहुन्छ ।

    14किनकि मेरो विरुद्धमा भएको उहाँको आदेशलाई उहाँले पूरा गर्नुहुन्छ । त्‍यस्ता कुराहरू त्‍यहाँ धेरै छन् ।

  • 5मानिसको दिनहरू निर्धारित छन् । उसका महिनाहरूका सङ्ख्या तपाईंसितै छन् । तपाईंले उसका सिमाहरू तोक्‍नुभएको छ, जसलाई उसले नाघ्न सक्दैन ।

  • अय्यू 12:13-15
    3 पदहरू
    72%

    13परमेश्‍वरसित बुद्धि र शक्ति छन् । उहाँसित सल्लाह र समझशक्ति छन् ।

    14हेर्नुहोस्, उहाँले तोड्नुहुन्‍छ, त्‍यसलाई फेरि निर्माण गर्न सकिँदैन । उहाँले कसैलाई कैद गर्नुहुन्‍छ भने, त्यहाँ छुटकारा हुँदैन ।

    15हेर्नुहोस्, उहाँले पानीलाई रोक्‍नुभयो भने, ती सुक्छन् । अनि उहाँले त्यसलाई पठाउनुहुन्‍छ भने, तिनले जमिनलाई डुबाउँछ ।

  • अय्यू 34:23-24
    2 पदहरू
    72%

    23किनकि परमेश्‍वरले व्‍यक्‍तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्‍साफको लागि उहाँको सामु जानु आवश्यक छैन ।

    24उहाँले शक्तिशाली मानिसहरूलाई तिनीहरूका चालको कारणले टुक्रा-टुक्रा पार्नुहुन्छ जसको थप अनुसन्धान आवश्यक नै हुँदैन । उहाँले तिनीहरूका ठाउँमा अरूलाई राख्‍नुहुन्छ ।

  • 2तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।

  • 13'हामीले बुद्धि भेट्टाएका छौं,' नभन्‍नलाई होसियार हुनुहोस् । अय्यूबलाई परमेश्‍वरले नै हराउनुपर्छ । मानिसले यसो गर्न सक्दैन ।

  • अय्यू 14:2-3
    2 पदहरू
    72%

    2ऊ फुलझैं जमिनबाट उम्रिन्‍छ र काटिन्छ । ऊ छायाझैं भाग्छ, र रहँदैन ।

    3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?

  • 23एक जना मानिस पूरा बलियो अवस्‍थामा, बिलकुल शान्ति र चैनमा मर्छ ।

  • 22आफ्नो धनको प्रचुरतामा ऊ सङ्कष्‍टमा पर्नेछ । गरिबीमा रहेकाहरू हरेकको हात उसको विरुद्धमा आइलाग्‍नेछ ।

  • 6उहाँले आफ्नो शक्तिको महान्‌तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्छ? अहँ, बरु उहाँले मेरो कुरामा ध्यान दिनुहुन्छ ।

  • 7दुष्‍ट मानिसहरू किन निरन्‍तर बाँच्‍छन्, बुढा हुन्छन् र सामर्थ्‍यमा शक्तिशाली हुन्छन्?

  • 19तपाईंको धन-सम्पत्तिले तपाईंलाई यति फाइदा दिन्‍छ जसले गर्दा तपाईं निराशामा पर्नुहुन्‍न? अर्थात् तपाईंको ताकतको सबै शक्तिले तपाईंलाई मदत गर्न सक्छ?

  • 7“हेर, यो मानिसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्‍ततामा भरोसा गर्‍यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”

  • 14आफ्‍नो पालको सुरक्षाबाट उसलाई घिस्‍याइन्‍छ, र त्रासको राजाकहाँ लगिन्‍छ ।

  • 29जब उहाँ चुप लाग्‍नुहुन्‍छ, तब कसले उहाँलाई दोषी ठहराउन सक्छ र? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्‍छ भने कसले उहाँलाई भेट्‍न सक्छ र? उहाँले जाति र व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ,

  • 33पृथ्वीमा त्यसको बराबरी कोही छैन, जसलाई बिनाडर बाँच्न बनाइएको छ ।

  • 22वास्तवमा उसको प्राण मृत्‍युको खाडल नजिक, उसको जीवन उसलाई नष्‍ट गर्न चाहनेहरूकहाँ पुग्छ ।

  • 18परमेश्‍वरले मानिसको जीवनलाई खाडल पर्नबाट, उसको जीवनलाई मृत्युमा जानबाट बचाउनुहुन्छ ।

  • 23जब कोर्राले अकस्मात् मार्छ, तब उहाँले निर्दोषहरूको निराशाको उपहास गर्नुहुन्छ ।