अय्यूब 7:10

अनलक शाब्दिक बाइबल

ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्‍नेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 8:18 : 18 तर यो व्यक्ति आफ्नो ठाउँ बाहिर नष्‍ट भयो भने, तब त्यो ठाउँले उसलाई इन्कार गर्नेछ र भन्‍नेछ, 'मैले तँलाई कहिल्यै देखिनँ ।'
  • अय्यू 20:9 : 9 उसलाई देखेका आँखाले फेरि उसलाई देख्‍नेछैन । उसको ठाउँले फेरि उसलाई देख्‍नेछैन ।
  • भजन 103:16 : 16 त्‍यसमाथि हावा चल्छ र त्‍यो लोप हुन्छ, र त्‍यो कहाँ उम्रेको थियो भनी कसैले भन्‍न पनि सक्‍दैन ।
  • अय्यू 27:21 : 21 पूर्वीय बतासले उसलाई उडाएर लानेछ, र उसले छोड्‍नेछ । त्‍यसले उसलाई आफ्नो बासस्थानबाट पुर्‍याउनेछ ।
  • अय्यू 27:23 : 23 उसको गिल्‍ला गरेर त्‍यसले आफ्‍नो ताली बजाउँछ । त्यसले आफ्नो ठाउँबाट उसको खिसी गर्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 7:7-9
    3 पदहरू
    87%

    7हे परमेश्‍वर, मेरो जीवनलाई केवल एक सास सम्झनुहोस् । मेरो आँखाले फेरि असल देख्‍न पाउनेछैन ।

    8मलाई हेर्ने परमेश्‍वरका आँखाले फेरि मलाई हेर्ने छैन । परमेश्‍वरका आँखा ममाथि हुनेछ, तर मेरो अस्‍तत्‍व हुनेछैन ।

    9जसरी बादल फट्छ र हराएर जान्‍छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउनेछैन ।

  • अय्यू 20:7-9
    3 पदहरू
    82%

    7त्‍यस्‍तो व्यक्ति आफ्नै मलमूत्रझैं स्थायी रूपमा नष्‍ट हुनेछ । उसलाई देखेकाहरूले सोध्‍नेछन्, 'ऊ कहाँ छ?'

    8ऊ सपनाझैं हराउनेछ, र भेट्टाइने छैन । वास्तवमा ऊ रातको दर्शनझैं लुप्‍त हुनेछ ।

    9उसलाई देखेका आँखाले फेरि उसलाई देख्‍नेछैन । उसको ठाउँले फेरि उसलाई देख्‍नेछैन ।

  • 78%

    10मृत्‍यु भएको व्यक्तिको निम्‍ति नरोओ वा त्यसको निम्तो शोक गर, तर टाढा लगिन लागेको व्यक्तिप्रति धुरुधुरु रोओ, किनकि त्यो फेरि कहिल्यै फर्किने अनि आफ्नो जन्मभूमि देख्‍नेछैन ।'

    11किनकि यहूदाका राजा योशियाहका छोरा यहोआहाज जसले आफ्ना पिता योशियाहको सट्टामा राजा भई सेवा गरे, तिनको बारेमा परमप्रभु भन्‍नुहुन्छ, 'ऊ यस ठाउँबाट गएको छ, र फर्केर आउनेछैन ।

    12जहाँ तिनीहरूले उसलाई कैद गरेर लगेका छन्, ऊ त्यहीं मर्नेछ, र उसले फेरि कहिल्यै यो देश देख्‍नेछैन ।'

  • अय्यू 15:28-30
    3 पदहरू
    77%

    28र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्‍ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए ।

    29ऊ धनी हुनेछैन । उसको धन-सम्पत्ति टिक्‍नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन ।

    30उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्‍वरको मुखको सासले ऊ मर्नेछ ।

  • अय्यू 18:14-20
    7 पदहरू
    76%

    14आफ्‍नो पालको सुरक्षाबाट उसलाई घिस्‍याइन्‍छ, र त्रासको राजाकहाँ लगिन्‍छ ।

    15अपरिचित मानिसहरूले उसको घरभित्र गन्धक छरेको देखेपछि, तिनीहरू उसको पालमा बस्‍ने छैनन् ।

    16उसका जराहरू तलतिरका नै सुक्‍नेछन् । माथिको उसको हाँगा काटिनेछ ।

    17पृथ्वीबाट उसको सम्झना लुप्‍त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन ।

    18उसलाई उज्यालोबाट अँध्यारोमा धपाइनेछ, र यस संसारबाट लखेटिनेछ ।

    19उसका मानिसका बिचमा उसको छोरो वा नाति हुनेछैन, न त ऊ बसेको ठाउँमा कुनै आफन्त हुनेछ ।

    20एक दिन उसलाई जे हुन्छ, त्यसमा पश्‍चिममा बस्‍नेहरू मानिसहरू आतङ्कित हुनेछन् भने, पूर्वमा बस्‍नेहरू त्‍यसमा त्रसित हुनेछन् ।

  • 21जहाँबाट म कहिलै फर्कन्‍न त्‍यहाँ जानुअगि, अन्धकारको देश र मृत्युको छायामा,

  • 19त्यो आफ्नो पुर्खाहरूका पुस्तामा जानेछ र तिनीहरूले फेरि कहिल्यै त्‍योति देख्‍नेछैनन् ।

  • 12त्यसरी नै मानिसहरू ढल्‍किन्छन्, र फेरि उठ्दैनन् । आकाशहरू लोप नभएसम्म तिनीहरू ब्युँझने छैनन्, न त तिनीहरू आफ्‍ना निद्राबाट उठ्नेछन् ।

  • 17किनकि जब त्यो मर्नेछ, तब त्यसले कुनै कुरा पनि लानेछैन । त्यसको गौरव त्यसको पछिपछि जानेछैन ।

  • 32तापनि उसलाई चिहानमा लगिनेछ । मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन् ।

  • 19ऊ धनी भएर ओछ्यानमा पल्टन्छ, तर उसले त्यसो गरिरहने छैन । उसले आफ्ना आँखा खोल्‍छ, अनि हरेक कुरा सिद्धिएको हुनेछ ।

  • 22किनकि जब केही वर्ष बितेर जान्‍छ, तब म त्यस्तो ठाउँमा जानेछु, जहाँबाट म फर्कनेछैनँ ।

  • 4जब मानिसको जीवनको सास रोकिन्छ, तब त्यो जमिनमा फर्किन्छ । त्यो दिन त्यसका योजना सिद्धिन्‍छ ।

  • 10तर मानिसचाहिं मर्छ । त्यो कमजोर हुन्छ । वास्तवमा मानिसले सास फेर्न छोड्छ र फेरि ऊ कहाँ हुन्छ?

  • 2ऊ फुलझैं जमिनबाट उम्रिन्‍छ र काटिन्छ । ऊ छायाझैं भाग्छ, र रहँदैन ।

  • 11त्यसकारण म आफ्‍नो मुख बन्‍द गर्दिन । म आफ्‍नो आत्माको वेदनामा बोल्नेछु । म आफ्‍नो प्राणको तिक्ततामा गनगन गर्नेछु ।

  • 11मैले भनें परमप्रभुलाई म देख्‍नेछैन, जीवितहरूको देशमा म परमप्रभुलाई कदापि देख्‍नेछैन । मानवजाति वा संसारको बासिन्दालाई म फेरि देख्‍नेछैन ।

  • 7जमिनबाट आएको धूलो जमिनमा फर्कनुअगि र आत्मा दिनुहुने परमेश्‍वरकहाँ आत्मा जानुअगि उहाँको सम्झना गर् ।

  • 16त्‍यसमाथि हावा चल्छ र त्‍यो लोप हुन्छ, र त्‍यो कहाँ उम्रेको थियो भनी कसैले भन्‍न पनि सक्‍दैन ।

  • 21किनकि उसको आफ्नै आयु सकिएपछि, उसले आफ्नो परिवारको के वास्ता गर्छ र?

  • 36तर जब म फेरि त्यो बाटो जाँदा, त्यो त्यहाँ थिएन । मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन ।

  • 15ऊसँग बाँच्नेहरू विपत्तिद्वारा गाडिनेछन्, अनि तिनीहरूका विधवाहरूले तिनीहरूका निम्‍ति विलाप गर्नेछैनन् ।

  • 19त्यसकहाँ जाने कोही पनि फेरि फर्केर आउने छैनन्, र तिनीहरूले जीवनका मार्गहरू भेट्टाउने छैनन् ।

  • 27यस देशको बारेमा जहाँ तिनीहरू फर्केर आउन इच्‍छा गर्नेछन्, तिनीहरू यहाँ फर्केर आउनेछैनन् ।

  • उप 6:4-6
    3 पदहरू
    72%

    4यस्तो बच्‍चा व्यर्थमा जन्मन्छ र अन्धकारमा लोप हुन्छ, अनि त्यसको नाउँ लुकेको अवस्थामा रहन्छ ।

    5त्यस बच्‍चाले घामलाई नदेखे तापनि र कुनै कुरा नजाने तापनि त्यस मानिसले भन्दा यसको विश्राम असल हुन्छ ।

    6मानिस दुई हजार वर्षसम्म बाँचेर पनि असल थोकहरूको आनन्द लिन पाउँदैन भने त्यो मानिस पनि त्यहीँ जान्छ, जहाँ हरेक मानिस जान्छ ।

  • 24तापनि जब कोही लड्छ, तब के त्यसले मदतको लागि आफ्नो हात उठाउँदैन र? के सङ्कष्‍टमा भएको कसैले पनि मदतको लागि पुकार्दैन र?

  • 20उसलाई जन्माउने गर्भले उसलाई बिर्सिनेछ । किराले त्यसलाई मिठो मानेर खानेछ । फेरि उसको सम्झना गरिनेछैन । यसरी एउटा रुखलाई झैं दुष्‍टतालाई टुक्राटुक्रा पारिनेछ ।

  • 13किनकि जहिलेसम्‍म ती दुवै बाँच्‍नेछन्, बेच्‍ने आफूले बेचेको जमिनमा फर्केर आउनेछैन, किनभने समस्‍त भीडको बारेमा यो दर्शन बद्‌लिनेछैन । अनि तिनीहरूका पापहरूका कारणले तिमध्ये कोही पनि बलियो पारिनेछैन!

  • 6त्यो अराबाको पोथ्रोझैं हुनेछ, र त्यसले कुनै असल कुरो आइरहेको देख्‍ने छैन । त्यो बासिन्दा नभएको उजाडस्थान, सुख्‍खा भूमिका चट्टानहरूमा बस्‍नेछ ।

  • 15मानिस आफ्नी आमाको कोखबाट नाङ्गै आएजस्तै त्यो पनि नाङ्गै छाडिने छ । त्यसले आफ्नो हातमा आफ्नो परिश्रमको कुनै फल लैजान सक्दैन ।

  • 7पछि के हुँदै छ भनी कसैलाई थाहा छैन । के हुँदै छ भनी त्यसलाई कसले बताउन सक्छ र?

  • 14किनकि हामी सबै नै मर्नुपर्छ र हामी जमिनमा पोखिएको पानीजस्तै छौं, जसलाई फेरि जम्‍मा पार्न सकिंदैन । तर परमेश्‍वरल जीवन लिनुहुने छैन । बरु, उहाँले धपाइएकाहरूलाई पुनर्स्थापना गर्ने कुनै उपाय खोज्नुहुन्छ ।

  • 15ऊ आफ्नो घरमा अडेल लग्‍छ, तर त्‍यसले उसलाई थाम्दैन । उसले त्‍यसमा समात्छ, तर यो अडिंदैन ।

  • 6उसको पालमा ज्योति नै अँध्यारो हुनेछ । ऊमाथि रहेको उसको बत्ती निभाइनेछ ।