यशैया 38:11

अनलक शाब्दिक बाइबल

मैले भनें परमप्रभुलाई म देख्‍नेछैन, जीवितहरूको देशमा म परमप्रभुलाई कदापि देख्‍नेछैन । मानवजाति वा संसारको बासिन्दालाई म फेरि देख्‍नेछैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 27:13 : 13 मैले जीवितहरूको देशमा परमप्रभुको भलाइ देख्‍नेछु भनी मैले विश्‍वास नगरेको भए मलाई के हुन्थ्यो होला?
  • भजन 31:22 : 22 मैले हतारमा यसो भनें, “तपाईंको दृष्‍टिबाट म हटाइएको छु,” तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्‍नुभयो ।
  • भजन 116:8-9 : 8 किनकि मेरो जीवनलाई मृत्‍युबाट, मेरा आँखाहरूबाट आँशु झर्नबाट र मेरा खुट्टाहरूलाई ठेस खानबाट तपाईंले बचाउनुभयो । 9 म जीवितहरूको देशमा परमप्रभुको सेवा गर्नेछु ।
  • उप 9:5-6 : 5 किनकि बाँचेकाहरू मर्ने छन् भनी तिनीहरूलाई थाहा छ, तर मरेकाहरूलाई केही पनि थाहा हुँदैन । तिनीहरूको स्मरणशक्ति गइसकेकोले तिनीहरूले कुनै इनाम पाउँदैन । 6 तिनीहरूका प्रेम, घृणा र ईर्ष्या धेरै पहिलै नै गाएब भएर गइसकेका छन् । सूर्यमूनि गरिने कुनै पनि कुराको लागि तिनीहरूले फेरि कुनै ठाउँ पाउने छैनन् ।
  • अय्यू 35:14-15 : 14 तपाईं भन्‍नुहुन्‍छ, तपाईंले उहाँलाई देक्‍नुहुन्‍न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला! 15 अब तपाईं भन्‍नुहुन्छ, उहाँको क्रोधले दण्ड दिंदैन, र उहाँले अपराधलाई अलिकति पनि ध्‍यान दिनुहुन्‍न ।
  • भजन 6:4-5 : 4 हे परमप्रभु फर्कनुहोस्, मलाई बचाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तताको कारणले मलाई बचाउनुहोस् । 5 किनकि मृत्युमा तपाईंको कुनै सम्झना हुँदैन । चिहानमा तपाईंलाई कसले धन्यवाद दिनेछ?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 10“मैले भनें मेरो आधा जीवनमा नै म चिहानको ढोकाभित्र जानेछु । मेरो बाँकी वर्षहरूका निम्ति मलाई त्यहाँ पठाइन्छ ।

  • अय्यू 7:7-11
    5 पदहरू
    81%

    7हे परमेश्‍वर, मेरो जीवनलाई केवल एक सास सम्झनुहोस् । मेरो आँखाले फेरि असल देख्‍न पाउनेछैन ।

    8मलाई हेर्ने परमेश्‍वरका आँखाले फेरि मलाई हेर्ने छैन । परमेश्‍वरका आँखा ममाथि हुनेछ, तर मेरो अस्‍तत्‍व हुनेछैन ।

    9जसरी बादल फट्छ र हराएर जान्‍छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउनेछैन ।

    10ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्‍नेछ ।

    11त्यसकारण म आफ्‍नो मुख बन्‍द गर्दिन । म आफ्‍नो आत्माको वेदनामा बोल्नेछु । म आफ्‍नो प्राणको तिक्ततामा गनगन गर्नेछु ।

  • यशा 38:12-13
    2 पदहरू
    80%

    12मेरो जीवन मबाट गोठालोको पालझैं बोकेर लगिएको छ र हटाइएको छ । मेरो जीवनलाई मैले एउटा जुलाहाले जस्तो बेह्रेको छु । तपाईंले मलाई तानबाट काट्दै हुनुहुन्‍छ । तपाईंले मेरो जीवनलाई दिन र रातको बीचमा अन्‍त गर्दै हुनुहुन्‍छ ।

    13मैले बिहानसम्म नै पुकारा गरें । उहाँले मेरा सबै हड्‍डीहरूलाई सिंहले झैं तोड्नुहुन्छ । तपाईंले मेरो जीवनलाई दिन रातको बीचमा अन्‍त गर्दै हुनुहुन्छ ।

  • अय्यू 19:26-27
    2 पदहरू
    78%

    26मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्‍वरलाई देख्‍नेछु ।

    27मेरा आफ्नै आँखाले— अरू कसैको होइन म आफैंले उहाँलाई देख्‍नेछु । मेरो हृदय मभित्रै विह्वल बन्छ ।

  • 9म जीवितहरूको देशमा परमप्रभुको सेवा गर्नेछु ।

  • 9उसलाई देखेका आँखाले फेरि उसलाई देख्‍नेछैन । उसको ठाउँले फेरि उसलाई देख्‍नेछैन ।

  • भजन 118:17-18
    2 पदहरू
    75%

    17म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु ।

    18परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन ।

  • भजन 89:47-48
    2 पदहरू
    75%

    47मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्‍टि गर्नुभएको छ भनी विचार गर्नुहोस् ।

    48को जीवित रहनेछ र मर्दैन, वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र? सेला

  • अय्यू 10:18-21
    4 पदहरू
    74%

    18त्यसो भए, तपाईंले मलाई किन गर्भबाट बाहिर ल्याउनुभएको छ? मैले आफ्‍नो आत्मा त्यागेको भए, अनि कसैले कहिल्यै मलाई नदेखेको भए हुन्‍थ्‍यो ।

    19म कहिल्यै अस्तित्वमा नभएजस्तो हुन्‍थें । म गर्भबाट नै चिहानमा लगिन्‍थें ।

    20के मेरा दिनहरू थोरै मात्र छैनन् र? त्यसो भए, रोक्‍नुहोस्, मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण म आराम गर्न सकूँ,

    21जहाँबाट म कहिलै फर्कन्‍न त्‍यहाँ जानुअगि, अन्धकारको देश र मृत्युको छायामा,

  • 16म मेरो जीवनलाई घृणा गर्छु । म सधैँ जिउने इच्छा गर्दिनँ । मलाई एक्‍लै छोडिदिनुहोस्, किनकि मेरा दिनहरू व्‍यर्थ छन् ।

  • यशा 38:15-16
    2 पदहरू
    74%

    15मैले के भन्‍न सक्‍छु र? उहाँ मसँग बोल्‍ने अनि त्‍यसलाई पुरा गर्ने दुवै गर्नुभएको छ । मेरा सबै वर्षहरूमा म बिस्तारै हिंड्नेछु किनभने म शोकले व्याकुल भएको छु ।

    16हे परमप्रभु, तपाईंले पठाउनुभएका दुःखकष्‍ट मेरो निम्ति असल छन् । मेरो जीवन मलाई फिर्ता दिइयोस् । तपाईंले मरो जीवन र स्वस्थ्यलाई पुनर्स्थापना गर्नुभएको छ ।

  • 13मबाट तपाईंको हेराइलाई हटाउनुहोस् ताकि म मर्नअघि म फेरि मुसुक्‍क हाँस्‍न सकौं।

  • 4मैले भनें, ‘तपाईंको नजरबाट म हटाइएको छु, अझै म फेरि तपाईंको पवित्र मन्दिरतिर आफ्ना आँखा लगाउनेछु ।’

  • 22किनकि जब केही वर्ष बितेर जान्‍छ, तब म त्यस्तो ठाउँमा जानेछु, जहाँबाट म फर्कनेछैनँ ।

  • अय्यू 14:12-14
    3 पदहरू
    73%

    12त्यसरी नै मानिसहरू ढल्‍किन्छन्, र फेरि उठ्दैनन् । आकाशहरू लोप नभएसम्म तिनीहरू ब्युँझने छैनन्, न त तिनीहरू आफ्‍ना निद्राबाट उठ्नेछन् ।

    13दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्‍छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्‍तमा राख्‍नुहुन्‍छ, र त्यहाँ म रहने समय तपाईंले तोक्‍नुहुन्‍छ, र मलाई याद गर्नुहुन्‍छ ।

    14एक जना मानिस मर्‍यो भने, के ऊ फेरि बाँच्‍नेछ र? त्यसो हो भने, मेरो छुटकारा नआएसम्म, मेरा सबै दुखको समयमा म त्‍यहाँ पर्खेर बिताउन चाहान्‍छु ।

  • 10मेरो मुटु धड्किन्छ, मेरो बल घट्छ र मेरा आँखा धमिला हुन्छन् ।

  • 13मैले जीवितहरूको देशमा परमप्रभुको भलाइ देख्‍नेछु भनी मैले विश्‍वास नगरेको भए मलाई के हुन्थ्यो होला?

  • 11मेरा दिन बितिसके । मेरा योजनाहरू चकनाचूर भए, अनि मेरो हृदयको इच्छा पनि त्‍यस्‍तै भयो ।

  • 1¶ मेरो आत्मा नाश पारिएको छ, र मेरो आयु सकिएको छ । चिहान मेरो लागि तयार छ ।

  • 20तर परप्रभुले भन्‍नुभयो, “तैँले मेरो अनुहार देख्‍न सक्दैनस् किनकि मेरो अनुहार देखेर कोही पनि जीवित रहन सक्दैन ।”

  • 22मैले हतारमा यसो भनें, “तपाईंको दृष्‍टिबाट म हटाइएको छु,” तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्‍नुभयो ।

  • 11हेर, उहाँ मेरो छेउबाट जानुहुन्छ, र पनि म उहाँलाई देख्दिनँ । उहाँ आफ्नो बाटो हिंड्नुहुँदा मलाई पत्तै हुँदैन ।

  • 23किनकि म जान्‍दछु, कि तपाईंले मलाई मृत्युमा पुर्‍याउनुहुन्‍छ, सबै जीवितहरूका लागि नियुक्त गरिएको घरमा लानुहुन्‍छ ।

  • 10किनकि मेरो जीवन कष्‍टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्‍छ र मेरा हाडहरू खिइन्‍छन् ।

  • 4मानिसहरूले मलाई तल खाडलमा जानेहरूलाई झैं व्यवहार गर्छन् । म कुनै बल नै नभएको मानिस हुँ ।

  • 14म जीवित रहें भने के तपाईंले मलाई परमप्रभुको करारको विश्‍वस्‍तता देखाउनुहुनेछैन र ताकि म मर्नेछैन?

  • 18त्यसैले म भन्छु, “मेरो धैर्य नष्‍ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ ।”

  • 36तर जब म फेरि त्यो बाटो जाँदा, त्यो त्यहाँ थिएन । मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन ।

  • 15तब मेरो आशा खोइ त? कसले मेरो निम्ति कुनै आशा देख्‍न सक्‍छ र?

  • 5हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें । मैले भनें, “तपाईं नै मेरो शरण, जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ ।

  • 3शत्रुले मेरो ज्यान लिनलाई खेदेका छ । त्‍यसले मलाई जमिनमा कुल्चेको छ । त्‍यसले मलाई उहिले नै मरेकाहरूझैं अँध्यारोमा बस्‍न लगाएको छ ।

  • 7तिनीहरू भन्छन्, “परमप्रभुले देख्‍नुहुन्‍न । याकूबका परमेश्‍वरले यो कुरामा ध्‍यान दिनुहुन्‍न ।”

  • 24मैले भनें, “हे मेरो परमेश्‍वर, मेरो जीवनको बिचैमा मलाई नलानुहोस् । तपाईं सबै पुस्ताभरि यहाँ हुनुहुन्छ ।

  • 17किन मैले ठेस खान लागेको छु र म निरन्‍तर पीडामा छु ।

  • 14हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्‍छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ?

  • 19म त कसाइकहाँ लगिंदै गरेको अवोध थुमाजस्तै थिएँ । तिनीहरूले मेरो विरुद्धमा यस्तो योजना रचेका थिए भनी मलाई थाहा थिएन, “रुखलाई त्‍यसको फलसमेत नष्‍ट पारौं । फेरि त्यसको नाउँ नै नसम्झने गरी त्यसलाई जीवितहरूको देशबाट निष्काशित गरौं ।”