अय्यूब 20:9
उसलाई देखेका आँखाले फेरि उसलाई देख्नेछैन । उसको ठाउँले फेरि उसलाई देख्नेछैन ।
उसलाई देखेका आँखाले फेरि उसलाई देख्नेछैन । उसको ठाउँले फेरि उसलाई देख्नेछैन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
7त्यस्तो व्यक्ति आफ्नै मलमूत्रझैं स्थायी रूपमा नष्ट हुनेछ । उसलाई देखेकाहरूले सोध्नेछन्, 'ऊ कहाँ छ?'
8ऊ सपनाझैं हराउनेछ, र भेट्टाइने छैन । वास्तवमा ऊ रातको दर्शनझैं लुप्त हुनेछ ।
7हे परमेश्वर, मेरो जीवनलाई केवल एक सास सम्झनुहोस् । मेरो आँखाले फेरि असल देख्न पाउनेछैन ।
8मलाई हेर्ने परमेश्वरका आँखाले फेरि मलाई हेर्ने छैन । परमेश्वरका आँखा ममाथि हुनेछ, तर मेरो अस्तत्व हुनेछैन ।
9जसरी बादल फट्छ र हराएर जान्छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउनेछैन ।
10ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्नेछ ।
10उसका छोराछोरीले गरिब मानिसहरू सँग क्षमा माग्नेछन् । उसको धन-सम्पत्ति उसकै हातले फिर्ता गर्नुपर्नेछ ।
19त्यो आफ्नो पुर्खाहरूका पुस्तामा जानेछ र तिनीहरूले फेरि कहिल्यै त्योति देख्नेछैनन् ।
27मेरा आफ्नै आँखाले— अरू कसैको होइन म आफैंले उहाँलाई देख्नेछु । मेरो हृदय मभित्रै विह्वल बन्छ ।
28र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए ।
29ऊ धनी हुनेछैन । उसको धन-सम्पत्ति टिक्नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन ।
30उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्वरको मुखको सासले ऊ मर्नेछ ।
19ऊ धनी भएर ओछ्यानमा पल्टन्छ, तर उसले त्यसो गरिरहने छैन । उसले आफ्ना आँखा खोल्छ, अनि हरेक कुरा सिद्धिएको हुनेछ ।
17पृथ्वीबाट उसको सम्झना लुप्त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन ।
18उसलाई उज्यालोबाट अँध्यारोमा धपाइनेछ, र यस संसारबाट लखेटिनेछ ।
19उसका मानिसका बिचमा उसको छोरो वा नाति हुनेछैन, न त ऊ बसेको ठाउँमा कुनै आफन्त हुनेछ ।
20एक दिन उसलाई जे हुन्छ, त्यसमा पश्चिममा बस्नेहरू मानिसहरू आतङ्कित हुनेछन् भने, पूर्वमा बस्नेहरू त्यसमा त्रसित हुनेछन् ।
36तर जब म फेरि त्यो बाटो जाँदा, त्यो त्यहाँ थिएन । मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन ।
11मैले भनें परमप्रभुलाई म देख्नेछैन, जीवितहरूको देशमा म परमप्रभुलाई कदापि देख्नेछैन । मानवजाति वा संसारको बासिन्दालाई म फेरि देख्नेछैन ।
18तर यो व्यक्ति आफ्नो ठाउँ बाहिर नष्ट भयो भने, तब त्यो ठाउँले उसलाई इन्कार गर्नेछ र भन्नेछ, 'मैले तँलाई कहिल्यै देखिनँ ।'
20ऊ आफैमा सन्तुष्ट नभएको हुनाले, आफूले मजा लिने कुनै कुरा पनि उसले बचाउन सक्नेछैन ।
21उसले नखाएको कुनै कुरो बाँकी छैन । त्यसकारण उसको सम्बृद्धि स्थायी हुनेछैन ।
11हेर, उहाँ मेरो छेउबाट जानुहुन्छ, र पनि म उहाँलाई देख्दिनँ । उहाँ आफ्नो बाटो हिंड्नुहुँदा मलाई पत्तै हुँदैन ।
12जहाँ तिनीहरूले उसलाई कैद गरेर लगेका छन्, ऊ त्यहीं मर्नेछ, र उसले फेरि कहिल्यै यो देश देख्नेछैन ।'
20उसका आँखाले उसको आफ्नो विनाश देखून्, र सर्वशक्तिमान्को क्रोध उसले पिउनुपरोस् ।
21किनकि उसको आफ्नै आयु सकिएपछि, उसले आफ्नो परिवारको के वास्ता गर्छ र?
20तर दुष्ट मानिसहरूका आँखा चुक्नेछन् । भाग्नलाई तिनीहरूको कुनै बाटो हुनेछैन । तिनीहरूको एक मात्र आशा जीवनको आखिरी सुस्केरा हुनेछ ।”
9हेर्, त्यसो गर्ने कसैको आशा पनि झुटो सबित हुन्छ । के त्यसको हेराइले पनि कोही मूर्छै परेर भुइँमा ढल्नेछैनन् र?
21किनकि परमेश्वरको दृष्टि मानिसको चालमा हुन्छ । उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ ।
5त्यस बच्चाले घामलाई नदेखे तापनि र कुनै कुरा नजाने तापनि त्यस मानिसले भन्दा यसको विश्राम असल हुन्छ ।
10मृत्यु भएको व्यक्तिको निम्ति नरोओ वा त्यसको निम्तो शोक गर, तर टाढा लगिन लागेको व्यक्तिप्रति धुरुधुरु रोओ, किनकि त्यो फेरि कहिल्यै फर्किने अनि आफ्नो जन्मभूमि देख्नेछैन ।'
20उसलाई जन्माउने गर्भले उसलाई बिर्सिनेछ । किराले त्यसलाई मिठो मानेर खानेछ । फेरि उसको सम्झना गरिनेछैन । यसरी एउटा रुखलाई झैं दुष्टतालाई टुक्राटुक्रा पारिनेछ ।
16“ए मानिसको छोरो, हेर्, तेरो आँखाका इच्छालाई म विपतिबाट हटाउँदैछु, तर तैंले शोक गर्नुहुँदैन न त रुनु हुन्छ, र तेरा आँखाबाट आँसु झर्नुहुँदैन ।
17तेरा आँखाहरूले राजालाई उहाँको सुन्दरतामा देख्नेछ । तिनीहरू देशलाई टाढाको दुरीमा देख्नेछन् ।
16त्यसमाथि हावा चल्छ र त्यो लोप हुन्छ, र त्यो कहाँ उम्रेको थियो भनी कसैले भन्न पनि सक्दैन ।
17किनकि जब त्यो मर्नेछ, तब त्यसले कुनै कुरा पनि लानेछैन । त्यसको गौरव त्यसको पछिपछि जानेछैन ।
21उसको शरीरको मासु नदेखियोस् भनेर त्यो नष्ट भएको हुन्छ । पहिले नदेखिने उसका हाडहरू लौरोझैं देखिन्छन् ।
12त्यसरी नै मानिसहरू ढल्किन्छन्, र फेरि उठ्दैनन् । आकाशहरू लोप नभएसम्म तिनीहरू ब्युँझने छैनन्, न त तिनीहरू आफ्ना निद्राबाट उठ्नेछन् ।
2ऊ फुलझैं जमिनबाट उम्रिन्छ र काटिन्छ । ऊ छायाझैं भाग्छ, र रहँदैन ।
11त्यसले आफ्नो मनमा भन्छ, “परमेश्वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्नुहुन्छ । उहाँले हेर्ने कष्ट गर्नुहुनेछैन ।”
6उसको पालमा ज्योति नै अँध्यारो हुनेछ । ऊमाथि रहेको उसको बत्ती निभाइनेछ ।
9उत्तरमा, जहाँ उहाँले काम गर्दै हुनुहुन्छ, तर म उहाँलाई देख्न सक्दिनँ, र दक्षिणमा जहाँ उहाँले आफैलाई लुकाउनुहुन्छ, जसले गर्दा म उहाँलाई देख्न सक्दिनँ ।
17महको धारा अर्थात् तरलता, र घिउको आनन्द उसले लिन पाउनेछैन ।
18आफ्नो परिश्रमको फल उसले फिर्ता गर्नेछ र त्यो खान सक्नेछैन । आफ्नो व्यापारद्वारा कमाएको सम्पत्तिको आनन्द उसले पाउनेछैन ।
10केही क्षणमा नै दुष्ट मानिस लोप हुनेछन् । तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ ।
6त्यो अराबाको पोथ्रोझैं हुनेछ, र त्यसले कुनै असल कुरो आइरहेको देख्ने छैन । त्यो बासिन्दा नभएको उजाडस्थान, सुख्खा भूमिका चट्टानहरूमा बस्नेछ ।
9कोही पनि सदासर्वदा जीवित रहन सक्दैन, ताकि त्यसको शरीर सडेर नजाओस् ।
32तापनि उसलाई चिहानमा लगिनेछ । मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन् ।
25मेरा दिनहरू कुद्ने दूतभन्दा पनि द्रुत गतिमा दौडन्छन् । मेरा दिनहरू भाग्छन् । तिनले कतै पनि भलो देख्दैनन् ।
15साथै, व्यभिचारीका आँखाले साँझलाई पर्खेर बस्छ । उसले भन्छ, 'कुनै आँखाले मलाई देख्नेछैन ।' उसले आफ्नो भेष बद्लन्छ ।