भजनसंग्रह 10:11
त्यसले आफ्नो मनमा भन्छ, “परमेश्वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्नुहुन्छ । उहाँले हेर्ने कष्ट गर्नुहुनेछैन ।”
त्यसले आफ्नो मनमा भन्छ, “परमेश्वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्नुहुन्छ । उहाँले हेर्ने कष्ट गर्नुहुनेछैन ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
12हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्वर, आफ्नो हात उठाउनुहोस्! तिचिएकाहरूलाई नबिर्सनुहोस् ।
13किन दुष्ट मानिसले परमेश्वरलाई इन्कार गर्छन् र आफ्नो हृदयमा यसो भन्छ, “तपाईंले मलाई जवाफदेही बनाउनु हुनेछैन”?
14तपाईंले ध्यान दिनुभएको छ, किनकि विपद र दुःख ल्याउनेलाई तपाईंले सदासर्वदा हेर्नुहुन्छ । बेसाहाराले आफैलाई तपाईंमा सुम्पन्छ । तपाईंले अनाथहरूलाई छुटकारा दिनुहुन्छ ।
1¶ हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ?
2आफ्नो अहङ्कारको कारणले दुष्ट मानिसहरूले थिचोमिचोमा परेकाहरूलाई लखेट्छन् । तर दुष्टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्न दिनुहोस् ।
3किनकि दुष्ट व्यक्तिले आफ्ना गहिरा इच्छाहरूमा घमण्ड गर्छ । त्यसले लालचीलाई आशिष् दिन्छ र परमप्रभुको अपमान गर्छ ।
4दुष्ट मानिसको मुहार अहङ्कारपूर्ण छ । त्यसले परमेश्वरलाई खोज्दैन । त्यसले परमेश्वरको बारेमा कदापि विचार गर्दैन किनभने त्यसले उहाँको बारेमा केही वास्तै गर्दैन ।
5त्यो हर समय ढुक्क हुन्छ, तर तपाईंका धार्मिक आदेशहरू त्यसको निम्ति अति उच्च छन् । त्यसले आफ्ना सबै शत्रुलाई घृणा गर्छ ।
6त्यसले आफ्नो मनमा भन्छ, “म कहिल्यै असफल हुन्नँ । सारा पुस्ताभरि नै मैले दुर्दिन देख्नेछैन ।”
7के परमप्रभुले मलाई सदाको निम्ति इन्कार गर्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै कृपा देखाउनुहुनेछैन?
8के उहाँको करारको विश्वस्तता सदाको निम्ति सकियो? के उहाँको प्रतिज्ञा सदाको निम्ति विफल भएको थियो?
9के परमेश्वरले अनुग्रही हुन बिर्सनुभएको थियो? के उहाँको क्रोधले उहाँको दयालाई बन्द गरेको थियो? सेला
10मैले भनें, “यो मेरो कष्ट होः हामीप्रति सर्वोच्चको दाहिने बाहुलीको परिवर्तन हो ।”
7तिनीहरू भन्छन्, “परमप्रभुले देख्नुहुन्न । याकूबका परमेश्वरले यो कुरामा ध्यान दिनुहुन्न ।”
10त्यसका पन्जामा परेकाहरूलाई टेकिन्छन् र पिटिन्छन् । तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन् ।
12किनकि रक्तपातको बदला लिनुहुने परमेश्वरले सम्झनुहुन्छ । थिचोमिचोमा परेकाहरूका रोदनलाई उहाँले बिर्सनुहुन्न ।
1¶ हे परमप्रभु, तपाईंले कहिलेसम्म मलाई बिर्सिरहनुहुन्छ? कहिलेसम्म तपाईं आफ्नो मुहार मबाट लुकाउनुहुनेछ?
16परमप्रभुले यसै गर्नुभएको होस् किनभने यो मानिसले करारको विश्वस्तता देखाउने मन कहिल्यै गरेन, तर बरु थिचोमिचोमा परेकाहरू, दरिद्रहरू र निरुत्साहितहरूलाई मृत्युसम्मै सतायो ।
11तिनीहरू भन्छन्, “परमेश्वरले त्यसलाई त्याग्नुभएको छ । लखेटेर त्यसलाई समात्, किनकि त्यसलाई बचाउने कोही पनि छैन ।”
24तपाईंले किन आफ्नो मुहार लुकाउनुहुन्छ र हाम्रा कष्ट र हाम्रा अत्याचारलाई बिर्सनुहुन्छ?
7“हेर, यो मानिसले परमेश्वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्ततामा भरोसा गर्यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”
17दुष्टहरू फर्काइएका र चिहानमा पठाइएका छन्, सबै जातिहरू जसले परमेश्वरलाई बिर्सिन्छन् ।
18किनकि दरिद्रहरूलाई सधैं बिर्सिनेछैन, न त थिचोमिचोमा परेकाहरूका आसा सधैं चकनाचूर हुनेछैन ।
17मेरो प्राण शान्तिबाट वञ्चित भएको छ । प्रसन्नता के हो भनी मैले बिर्सेको छु ।
11किनकि झुटा मानिसहरूलाई उहाँले चिन्नुहुन्छ । जब उहाँले अधर्म देख्नुहुन्छ, तब उहाँले त्यो ख्याल गर्नुहुन्न र?
1¶ खराब मानिसले आफ्नो हृदयभित्र आफ्नो अपराधको बारेमा बोल्छ, त्यसका आँखामा परमेश्वरको भय नै हुँदैन ।
2किनकि त्यसको पाप थाहा हुनेछैन र घृणित हुनेछैन भनी सोचेर त्यसले आफैलाई सान्त्वना दिन्छ ।
4त्यसपछि तिमी शासकहरूले परमप्रभुलाई पुकार्नेछौ, तर उहाँले तिमीहरूलाई जवाज दिनुहुनेछैन । त्यस बेला उहाँले आफ्नो मुहार तिमीहरूदेखि लुकाउनुहुनेछ किनभने तिमीहरूले दुष्ट कामहरू गरेका छौ ।”
18तर यो व्यक्ति आफ्नो ठाउँ बाहिर नष्ट भयो भने, तब त्यो ठाउँले उसलाई इन्कार गर्नेछ र भन्नेछ, 'मैले तँलाई कहिल्यै देखिनँ ।'
24कष्टमा परेका व्यक्तिको कष्टलाई उहाँले घृणा वा अवहेलना गर्नुभएको छैन । तिनीबाट परमप्रभुले आफ्नो मुहार लुकाउनुभएको छैन । जब कष्टमा परेको व्यक्तिले उहाँमा पुकारा गरे, तब उहाँले सुन्नुभयो ।
20तपाईंले हामीलाई किन सदाको निम्ति बिर्सनुहुन्छ? तपाईंले हामीलाई यति धेरै दिनसम्म किन त्याग्नुहुन्छ?
11अनि बतास आउनेछ र दोषी मानिसहरूबाट त्यो जानेछ, ती मनिसहरू जसको सामर्थ्य तिनीहरूको देवता हो ।” हबकूकले परमप्रभुलाई अर्को प्रश्न गर्छन्,
19परमेश्वर, जसले अनन्तदेखि राज्य गर्नुहुन्छ उहाँले तिनीहरूका कुरा सुन्नुहुनेछ र तिनीहरूको अपमान गर्नुहुनेछ । सेला तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूले परमेश्वरको भय मान्दैनन् ।
14तर सियोनले भन्यो, “परमप्रभुले मलाई त्यग्नुभएको छ, र परमप्रभुले मलाई बिर्सनुभएको छ ।”
11तिनीहरूले उहाँका कामहरू, उहाँले तिनीहरूलाई प्रकट गर्नुभएको अचम्मका कुराहरूलाई बिर्से ।
17पृथ्वीबाट उसको सम्झना लुप्त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन ।
10तैंले आफ्ना दुष्टतामा भरोसा गरिस् । तैंले भनेको छस्, “मलाई कसैले देख्दैन ।” तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्नो मनमा भन्छस्, “म अस्तित्वमा छु, त्यहाँ मजस्तो अरू कोही छैन ।”
27ए याकूब, तँ किन यसो भन्छस्, ए इस्राएल, तँ किन घोषणा गर्छस्, “मेरो बाटो परमप्रभुबाट लुकाइएको छ र मेरो परमेश्वरले मेरो बदलाको वास्ता गर्नुहुन्न”?
6जब तिमीहरूले खर्कमा खायौ, तब तिमीहरू भरपेट भयौ, र जब तिमीहरूको पेट भरियो, तब तिमीहरूका हृदयमा घमण्ड पलायो । त्यही कारणले तिमीहरूले मलाई भुल्यौ ।
22हे परमेश्वरलाई बिर्सने हो, यसलाई राम्ररी विचार गर । नत्र म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूलाई सहायता गर्न आउने कोही पनि हुनेछैन ।
18नत्रता परमप्रभुले देख्नुहुने छ र असहमति जनाउनुहुने छ अनि त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ ।
9परमेश्वर, मेरा चट्टानलाई म भन्नेछु, “तपाईंले मलाई किन बिर्सनुभएको छ? शत्रुले थिचेको कारणले मैले किन शोक गर्नुपर्ने?”
7तर यो उहाँको इच्छा होइन, न त उहाँले यसरी सोच्नुहुन्छ । धेरै जातिहरूलाई विनाश गर्ने र निमिट्यान्न पार्ने कुरा उहाँको मनमा छ ।
1¶ मूर्खले आफ्नो मनमा भन्छ, “ईश्वर छँदैछैन ।” तिनीहरू भ्रष्ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही पनि छैन ।
1¶ मूर्खले आफ्नो हृदयमा भन्छ, “परमेश्वर हुनुहुन्न ।” तिनीहरू भ्रष्ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही छैन ।
9उसलाई देखेका आँखाले फेरि उसलाई देख्नेछैन । उसको ठाउँले फेरि उसलाई देख्नेछैन ।
6त्यो अराबाको पोथ्रोझैं हुनेछ, र त्यसले कुनै असल कुरो आइरहेको देख्ने छैन । त्यो बासिन्दा नभएको उजाडस्थान, सुख्खा भूमिका चट्टानहरूमा बस्नेछ ।
11हेर, उहाँ मेरो छेउबाट जानुहुन्छ, र पनि म उहाँलाई देख्दिनँ । उहाँ आफ्नो बाटो हिंड्नुहुँदा मलाई पत्तै हुँदैन ।
31किनकि परमप्रभुले हामीलाई सदासर्वदा त्याग्नुहुने छैन,
4किनकि हे परमेश्वर, तपाईंले तिनीहरूका हृदयको समझलाई बन्द गर्नुभएको छ । त्यसकारण तपाईंले तिनीहरूलाई मभन्दा माथि उचाल्नुहुन्न ।