विलापगीत 5:20

अनलक शाब्दिक बाइबल

तपाईंले हामीलाई किन सदाको निम्ति बिर्सनुहुन्छ? तपाईंले हामीलाई यति धेरै दिनसम्म किन त्याग्‍नुहुन्छ?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 13:1 : 1 ¶ हे परमप्रभु, तपाईंले कहिलेसम्म मलाई बिर्सिरहनुहुन्‍छ? कहिलेसम्म तपाईं आफ्‍नो मुहार मबाट लुकाउनुहुनेछ?
  • भजन 44:24 : 24 तपाईंले किन आफ्नो मुहार लुकाउनुहुन्‍छ र हाम्रा कष्‍ट र हाम्रा अत्‍याचारलाई बिर्सनुहुन्छ?
  • भजन 74:1 : 1 ¶ हे परमेश्‍वर, तपाईंले हामीलाई किन सदाको निम्ति इन्कार गर्नुभएको छ? तपाईंको क्रोध किन तपाईंका खर्कका भेडाहरूका विरुद्धमा दन्किन्छ?
  • भजन 77:7-9 : 7 के परमप्रभुले मलाई सदाको निम्ति इन्कार गर्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै कृपा देखाउनुहुनेछैन? 8 के उहाँको करारको विश्‍वस्‍तता सदाको निम्ति सकियो? के उहाँको प्रतिज्ञा सदाको निम्ति विफल भएको थियो? 9 के परमेश्‍वरले अनुग्रही हुन बिर्सनुभएको थियो? के उहाँको क्रोधले उहाँको दयालाई बन्द गरेको थियो? सेला 10 मैले भनें, “यो मेरो कष्‍ट होः हामीप्रति सर्वोच्‍चको दाहिने बाहुलीको परिवर्तन हो ।”
  • भजन 79:5 : 5 हे परमप्रभु कहिलेसम्म? के तपाईं सदासर्वदा रिसाउनुहुनेछ? कहिलेसम्म तपाईंको डाही रिस आगोझैं जलिरहनेछ?
  • भजन 85:5 : 5 के तपाईं हामीसँग सधैं रिसाउनुहुनेछ र? के तपाईं भावी पुस्ताभरि नै रिसाउनुहुनेछ र?
  • भजन 89:46 : 46 हे परमप्रभु, कहिलेसम्म? तपाईंले सधैं आफूलाई लुकाउनुहुनेछ? तपाईंको रिस कहिलेसम्म आगोझैं दन्किनेछ?
  • भजन 94:3-4 : 3 हे परमप्रभु, दुष्‍टहरू कहिलेसम्म खुसी हुनेछन्, दुष्‍टहरू कहिलेसम्म आनन्‍दित हुनेछन्? 4 तिनीहरू आफ्‍ना घमण्‍डका शब्‍दहरू पोखाउँछन् । खराब गर्नेहरू सबै जना अहङ्कार गर्छन् ।
  • यशा 64:9-9 : 9 हे परमप्रभु, हामीसँग नरिसाउनुहोस्, न त तपाईंको मनमा हाम्रो विरुद्धमा निनुहोस् । कृपया हामी तपाईंका मानिसहरूलाई हेर्नुहोस् । 10 तपाईंका पवित्र सहरहरू उजाड-स्थान भएका छन् । सियोन उजाड-स्थान, यरूशलेम निर्जन भएको छ । 11 हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेको हाम्रो पवित्र र सुन्दर मन्दिर आगोले नष्‍ट भएको छ र ज्‍यादै प्रिय कुराहरू सबै भग्‍नावशेष भएका छन् । 12 हे परमप्रभु, तपाईं कसरी अझै पछि हट्‍नुहुन्छ? तपाईं कसरी शान्‍त बस्‍न र हामीलाई निरन्तर अपमानित हुन हुन दिनुहुन्छ?”
  • यिर्मि 14:19-21 : 19 के तपाईंले यहूदालाई बिलकुलै इन्कार गर्नुभएको हो? के तपाईं सियोनलाई घृणा गर्नुहुन्छ? जब हामी निको हुनुछैन भने किन तपाईं हामीलाई कष्‍ट दिनुहुन्छ? हामीले शान्तिको आशा गर्‍यौँ, तर त्यहाँ कुनै असल कुरा थिएन र निको हुने समय थिएन, तर हेर्नुहोस् त्‍यहाँ त्रास मात्र छ । 20 हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं । 21 हामीलाई नत्याग्‍नुहोस् । तपाईंको नाउँको निम्‍ति तपाईंको महिमित सिंहासनलाई अपमानित नगर्नुहोस् । हामीसित बाँध्‍नुभएको आफ्‍नो करार सम्झनुहोस्, र त्‍यसलाई नतोड्नुहोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ हे परमप्रभु, तपाईंले कहिलेसम्म मलाई बिर्सिरहनुहुन्‍छ? कहिलेसम्म तपाईं आफ्‍नो मुहार मबाट लुकाउनुहुनेछ?

  • विलाप 5:21-22
    2 पदहरू
    82%

    21हे परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस्, र हामी पुनर्स्थापित हुने छौँ ।

    22तपाईंले हामीलाई बिलकुलै इन्कार गर्नुभएको छैन, र सम्झनै नसक्‍ने गरी तपाईं हामीसित रिसाउनुभएको छैन भने धेरै पहिले भएजस्तै हाम्रा दिन नवीकरण गरिदिनुहोस् ।

  • भजन 44:23-24
    2 पदहरू
    80%

    23हे परमप्रभु, जाग्‍नुहोस्, तपाईं किन सुत्‍नुहुन्छ? उठ्नुहोस्, हामीलाई स्थायी रूपमा नफाल्‍नुहोस् ।

    24तपाईंले किन आफ्नो मुहार लुकाउनुहुन्‍छ र हाम्रा कष्‍ट र हाम्रा अत्‍याचारलाई बिर्सनुहुन्छ?

  • 19तर हे परमप्रभु, तपाईंले सदासर्वदा शासन गर्नुहुन्छ, र तपाईं पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुने छ ।

  • भजन 85:5-6
    2 पदहरू
    78%

    5के तपाईं हामीसँग सधैं रिसाउनुहुनेछ र? के तपाईं भावी पुस्ताभरि नै रिसाउनुहुनेछ र?

    6के तपाईंले हामीलाई फेरि पुनर्जीवित पार्नुहुन्‍न र? तब तपाईंका मानिसहरू तपाईंमा आनन्‍दित हुनेछन् ।

  • 1¶ हे परमेश्‍वर, तपाईंले हामीलाई किन सदाको निम्ति इन्कार गर्नुभएको छ? तपाईंको क्रोध किन तपाईंका खर्कका भेडाहरूका विरुद्धमा दन्किन्छ?

  • 1¶ हे परमप्रभु, हामीमाथि जे भएको छ, सो सम्झनुहोस् । हाम्रो अपमान हेर्नुहोस्, र विचार गर्नुहोस् ।

  • 17यी सबै कुरा हामीमा हुन आएका छन् । तापनि हामीले तपाईंलाई बिर्सेका वा तपाईंको करारसँग झुटो किसिमले व्यवहार गरेका छैनौं ।

  • 5हे परमप्रभु कहिलेसम्म? के तपाईं सदासर्वदा रिसाउनुहुनेछ? कहिलेसम्म तपाईंको डाही रिस आगोझैं जलिरहनेछ?

  • भजन 77:7-9
    3 पदहरू
    76%

    7के परमप्रभुले मलाई सदाको निम्ति इन्कार गर्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै कृपा देखाउनुहुनेछैन?

    8के उहाँको करारको विश्‍वस्‍तता सदाको निम्ति सकियो? के उहाँको प्रतिज्ञा सदाको निम्ति विफल भएको थियो?

    9के परमेश्‍वरले अनुग्रही हुन बिर्सनुभएको थियो? के उहाँको क्रोधले उहाँको दयालाई बन्द गरेको थियो? सेला

  • 1¶ हे परमेश्‍वर, तपाईंले हामीलाई फाल्‍नुभएको छ । तपाईंले हाम्रा सुरक्षाहरू तोड्नुभएको छ । तपाईं रिसाउनुभएको छ । हामीलाई फेरि पुनर्स्थापना गर्नुहोस् ।

  • भजन 89:46-47
    2 पदहरू
    75%

    46हे परमप्रभु, कहिलेसम्म? तपाईंले सधैं आफूलाई लुकाउनुहुनेछ? तपाईंको रिस कहिलेसम्म आगोझैं दन्किनेछ?

    47मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्‍टि गर्नुभएको छ भनी विचार गर्नुहोस् ।

  • 6हे परमप्रभु, तपाईंका दयाका कामहरू र करारको विश्‍वस्तता सम्झनुहोस् । किनकि तिनीहरू सँधै अस्तित्वमा थिए ।

  • 13परमप्रभु आफ्‍ना सृष्‍टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ, जसले आकाशलाई फिंजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा, त्‍यसको कडा क्रोधको त्रासमा निरन्‍तर परेका छौ । अत्यचारीको क्रोध कहाँ छ?

  • 13हे परमप्रभु, फर्कनुहोस्! यो कहिलेसम्म हुनेछ? आफ्नो सेवकमाथि दया गर्नुहोस् ।

  • 49हे परमप्रभु, तपाईंले आफ्नो सत्यतामा दाऊदसँग शपथ खानुभएको करारको विश्‍वस्‍तताका पहिलेका कामहरू कहाँ छन्?

  • 20हामीले आफ्‍नो परमेश्‍वरको नाउँ बिर्सेका वा हाम्रा हातहरू विदेशी देवताहरूतिर फैलाएका छौं भने,

  • 17हे परमप्रभु, हामीलाई किन तपाईंको मार्गहरूबाट तर्कने र हाम्रा हृदयहरूलाई कठोर पार्ने बनाउनुहुन्छ, यसैले हामीले तपाईंका आज्ञा पालन गर्दैनौं? तपाईंको सेवक, तपाईंको उत्तराधिकारका कुलहरूका निम्‍ति फर्कनुहोस् ।

  • 32के कन्याले आफ्नो गरगहना, दुलहीले आफ्ना घुम्टो भुल्छे र? तरै पनि मेरो जातिले मलाई गन्‍नै नसक्‍ने दिनदेखि भुलेको छ ।

  • 18तब तपाईंबाट हामी तर्केर जानेछैनौं । हामीलाई पुनर्जीवित पार्नुहोस् र हामीले तपाईंको नाउँ पुकार्नेछौं ।

  • 9तपाईं किन आश्‍चर्यमा परेको मानिसझैं व छुटकाराको निम्ति शक्ति नभएको योद्धाजस्तै हुनुहुन्छ? हे परमप्रभु, तपाईं हाम्रा बिचमा हुनुहुन्छ, र हाम्रा बिचमा तपाईंकै नाउँ पुकारिन्छ । हामीलाई नत्‍याग्‍नुहोस् ।

  • 4हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका मानिसहरूले प्रार्थना गर्दा तपाईं कहिलेसम्म तिनीहरूसँग रिसाउनुहुनेछ?

  • 17मेरो प्राण शान्तिबाट वञ्चित भएको छ । प्रसन्‍नता के हो भनी मैले बिर्सेको छु ।

  • 73%

    20हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।

    21हामीलाई नत्याग्‍नुहोस् । तपाईंको नाउँको निम्‍ति तपाईंको महिमित सिंहासनलाई अपमानित नगर्नुहोस् । हामीसित बाँध्‍नुभएको आफ्‍नो करार सम्झनुहोस्, र त्‍यसलाई नतोड्नुहोस् ।

  • 8हाम्रा पुर्खाहरूका पापहरू हाम्रा विरुद्धमा नलिनुहोस् । तपाईंका कृपापूर्ण कामहरू हामीकहाँ आऊन्, किनकि हामी धेरै निम्‍न छौं ।

  • 1¶ हे परमप्रभु, सबै पुस्ताभरि नै तपाईं हाम्रो सरणस्थान हुनुभएको छ ।

  • 10हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन्?

  • 14तर सियोनले भन्यो, “परमप्रभुले मलाई त्यग्‍नुभएको छ, र परमप्रभुले मलाई बिर्सनुभएको छ ।”

  • 10तर हे परमेश्‍वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन र? तपाईं हाम्रा फौजसँग युद्धमा जानुहुन्‍न ।

  • 7“छोटो समयको निम्ति मैले तँलाई त्यागें, तर ठुलो दयासाथ म तँलाई भेला पार्नेछु ।

  • 72%

    39यसकारण, हेर, तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई मैले दिएको सहरसाँगै म तिमीहरूलाई समातेर मेरो उपस्थितिबाट टाढा फल्‍नै लागेको छु ।

    40तब म तिमीहरूमाथि अनन्त लाज र अपमान हालिदिनेछु, जुन कहिल्यै बिर्सिने छैन ।”

  • 19जब तँ, इस्राएल र यहूदाले यसो भन्‍छस्, ‘परमप्रभु हाम्रा परमेश्‍वरले किन हामीलाई यी सबै कुरा गर्नुभएको?’ तब तँ यर्मियाले तिनीहरूलाई भन्‍नेछस्, “जसरी तिमीहरूले परमप्रभुलाई त्याग्‍यौ र आफ्‍नै देशमा विदेशी देवताहरूको सेवा गर्‍यौ, त्यसरी नै तिमीहरूले विदेशमा पनि विदेशीहरूको सेवा गर्नुपर्नेछ ।”

  • भजन 10:11-12
    2 पदहरू
    72%

    11त्यसले आफ्नो मनमा भन्छ, “परमेश्‍वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्‍नुहुन्‍छ । उहाँले हेर्ने कष्‍ट गर्नुहुनेछैन ।”

    12हे परमप्रभु, उठ्‍नुहोस्! हे परमेश्‍वर, आफ्नो हात उठाउनुहोस्! तिचिएकाहरूलाई नबिर्सनुहोस् ।

  • 1¶ हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्‍टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ?

  • 12तर हे परमप्रभु, तपाईं सदासर्वदा जीवित हुनुहुन्छ र तपाईंको ख्याति सबै पुस्तामा रहन्छ ।

  • 15किनकि तपाईंको सामु हामी परदेशी र घुमन्‍तेहरू हौं । हाम्रा सबै पुर्खाहरू पनि त्‍यस्‍तै थिए । पृथ्‍वीमा हाम्रा दिन छायाजस्‍तो हो र पृथ्वीमा रहिरहने आशा छँदैछैन ।

  • 23उहाँलाई जसले हामीलाई सम्झनुभयो र हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

  • 9मबाट तपाईंको मुहार नलुकाउनुहोस् । आफ्नो दासलाई रिसमा नफर्काउनुहोस् । तपाईं मेरो सहायक हुनुभएको छ । हे मेरो उद्धारको परमेश्‍वर, मलाई नत्याग्‍नुहोस् वा नछोड्‍नुहोस् ।

  • 9मेरो वृद्ध अवस्थामा मलाई टढा नफाल्‍नुहोस् । मेरो बल कमजोर हुँदा मलाई नत्याग्‍नुहोस् ।

  • 11हे परमेश्‍वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन? हाम्रा फौजसँग तपाईं युद्धमा जानुहुन्‍न ।

  • 21हे परमप्रभु, मलाई नत्याग्‍नुहोस् । हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस् ।