सपन्याह 2:10

अनलक शाब्दिक बाइबल

तिनीहरूको घमण्डको कारण मोआब र अम्मोनलाई यस्तो हुनेछ, किनभने तिनीहरूले सेनाहरूका परमप्रभुका मानिसहरूको उपहास र खिल्ली गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 16:6 : 6 मोआबको घमण्ड, त्यसको अहङ्कार र त्यसको रिसको बारेमा हामीले सुनेका छौं । तर त्यसका घमण्डहरू खोक्रा शब्दहरू हुन् ।
  • सप 2:8 : 8 “मैले मोआबको उपहास र अम्मोनीहरूको तिरस्कारलाई सुनेको छु, जब तिनीहरूले मेरा मानिसलाई उपहास गरेका थिए र आफ्ना सिमानाहरू तोडेका थिए ।
  • १ पत्रु 5:5 : 5 त्यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले विनम्रताको वस्‍त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ ।
  • निर्ग 9:17 : 17 मेरा मानिसहरूलाई जान नदिएर तैँले अझै पनि आफूलाई उचालिरहेको छस् ।
  • निर्ग 10:3 : 3 त्यसैले मोशा र हारून फारोकहाँ गए र भने, “हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो सामु आफैलाई विनम्र पार्न कहिलेसम्म अस्वीकार गर्छस्? मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।
  • यशा 10:12-15 : 12 जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु । 13 किनकि त्‍यसले भन्‍छ, “मेरो सामर्थ्य र मेरो बुद्धिले मैले काम गरें । मसँग समझ छ, र मैले मानिसहरूका सिमानाहरू हटाएको छु । मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु, र साँढेले झैं मैले बासिन्दाहरूलाई होच्‍याएको छु । 14 एउटा गुँडबाट झैं, मेरा हातले जातिहरूका सम्पत्ति समातेको छ, र छोडिएको अण्डाहरू कसैले बटुलेझैं, मैले सारा पृथ्वीलाई बटुलेको छु । कसैले पनि आफ्‍ना पखेटाहरू चलाएनन् वा आफ्‍ना मुख खोलेनन् वा चिरबिर आवाज निकालेनन् ।” 15 के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ र? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ र? यो त लट्ठी उचल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो, वा लहुरोले एक जना व्‍यक्‍तिलाई उचालेको जस्तो भयो ।
  • यशा 37:22-29 : 22 परमप्रभुले उसको बारेमा भन्‍नुभएको वचन यही होः “सियोनका कन्ये छोरीले तँलाई घृणा गर्छे र खिसी गर्न तँमा हाँस्छे । यरूशलेमकी छोरीले तँलाई आफ्‍नो टाउको हल्लाउँछे । 23 तैंले कसको निन्दा र अपमान गरेको छस्? कसको विरुद्ध तैंले घमण्डमा आफ्‍ना आँखा उचालेको र आफ्‍नो सोर उच्‍च पारेको छस्? इस्राएलको परमपवित्रको विरुद्ध हो । 24 तेरो सेवकहरूद्वारा तैंले परमप्रभुको निन्दा गरेको छस् र भनेको छस्, 'मेरा असंख्या रथहरूसहित पहाडहरूको उच्‍च स्थानहरूमा र लेबनानको उच्‍च ठाउँहरूमा म गएको छु । यसका अग्‍ला-अग्‍ला देवदारुहरू र यसका असल-असल सल्ला रूखहरूलाई म काट्नेछु र यसका सबभैभन्दा उच्‍च स्थानहरू, यसका सबभन्दा बढी फलदायी जङ्गलहरूमा म पस्‍नेछु । 25 मैले इनारहरू खनेको छु र पानी पिएको छु । मिश्रदेशका सबै नदीहरूलाई मेरा गोडाको पैतालमुनि मैले सुकाएको छु । 26 मैले यसलाई लामो समुअगि नै कसरी निश्‍चित गरेको छु र यसलाई प्राचीन समयमा नै गरेको छु भन्‍ने तैंले सुनेको छैनस्? अहिले म यसलाई पुरा गर्दैछु । तँ यहाँ अभेद्य सहरहरूलाई भग्‍नावशेष बनाउनलाई छस् । 27 थोरै बल भएका तिनीहरूका बासिन्दाहरूलाई चूरचूर पारिन्छ र लज्‍जित हुन्छन् । तिनीहरू खेतका बिरुवाहरू, हरियो घाँस, पुर्वीय बतासअगिको छाना वा खेतमा भएका घाँस हुन् । 28 तर तेरो बसाइ, तँ बाहिर गएको, भित्र आएको र तँ मेरो विरुद्ध रिसाएको मलाई थाहा छ । 29 म विरुद्धको तेरो रिसको कारणले र तेरो अहङ्कार मेरो कानमा परेको हुनाले, तेरो नाकमा म आफ्‍नो बल्छी हाल्‍नेछु र म आफ्‍नो लगाम तेरो मुखमा हाल्नेछु । तँ जताबाट आएको हो तेतै म तँलाई फर्काउनेछु ।”
  • यिर्मि 48:29 : 29 हामीले मोआबको घमण्ड अर्थात् त्यसको अहङ्कार, त्यसको हठ, त्यसको शेखी, त्यसको आत्मगौरव र त्यसको हृदयमा भएको छलको बारेमा सुनेका छौं ।
  • यहे 38:14-18 : 14 यसकारण, ए मानिसको छोरो, अगमवाणी गर् र गोगलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: त्यो दिन, जब मेरा मानिसहरू सुरक्षित बसेका हुन्‍छन्, के तैंले तिनीहरूका बारेमा जान्‍नेछैनस्? 15 तँ टाढा उत्तरको आफ्‍नो ठाउँबाट ठुलो फौजको साथमा, ती सबै जना घोडाहरूमा सवार हुने एउटा ठुलो दल, विशाल फौजसहित आउनेछस् । 16 जमिनलाई बादलले ढाकेझैं तैंले मेरा मानिस अर्थात् इस्राएललाई आक्रमण गर्नेछस् । पछिल्ला दिनहरूमा म तँलाई मेरो देशको विरुद्ध ल्याउनेछु, ताकि मैले तँ, गोगद्वारा जातिहरूका आँखा अगाडि मलाई पवित्र प्रकट गर्दा तिनीहरूले मलाई जान्‍न सकून् । 17 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: के तँ त्यही होइनस् जसको बारेमा मैले पुराना दिनामा मेरा दास, इस्राएलका अगमवक्ताहरूद्वारा बोलें र मैले तँलाई तिनीहरूका विरुद्धमा ल्याउने समयको बारेमा तिनीहरूले आफ्नै समयमा अगमवाणी गरे? 18 यसैले यो परमप्रभु परमेश्‍वरको घोषणा हो, गोगले इस्राएल देशलाई आक्रमण गर्ने दिनमा मेरो रिसको क्रोध दन्किनेछ ।
  • दानी 4:37 : 37 अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्‍छन् । आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्‍नुहुन्छ ।
  • दानी 5:20-23 : 20 तर जब उहाँको हृदयमा अहंकारी र उहाँको आत्मा कठोर भयो, जसको कारण उहाँले हठपूर्ण किसिमले काम गर्नुभयो, तब उहाँको आफ्नो राजकीय सिंहासनबाट उहाँलाई तल खसालियो, र तिनीहरूले उहाँको सबै ऐश्‍वर्य हटाए । 21 उहाँ मानिसजातिबाट लखेटिनुभयो । उहाँमा पशुको मन थियो, र उहाँ जङ्गली गधाहरूसँग रहनुभयो । उहाँले गोरुले झैं घाँस खानुभयो । सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र उहाँले आफ्नो इच्छाअनुसार मानिसहरूमाथि शासक नियुक्त गर्नुहुन्छ भनेर उहाँले स्‍वीकार नगरेसम्‍म आकाशका शीतहरूले उहाँको शरीर भिज्यो । 22 हजुर, बेलसजर, उहाँका छोराले यी सबै थाहा भएर पनि आफ्नो हृदयलाई नम्र बनाउनुभएको छैन । 23 हजुरले आफैंलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको छ । उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए, जसबाट हजुर, हजुरका भारदारहरू, हजुरका पत्‍नीहरू, र उप-पत्‍नीहरूले दाखमद्य पिउनुभयो र हजुरले चादी र सुन, काँसा, फलाम, काठ र ढुङ्गाका मूर्तिहरूलाई पुज्नुभयो, ती मूर्तिहरू जसले देख्दैनन्, सुन्दैनन्, र केही पनि जान्दैनन् । हजुरको सास आफ्नो हातमा लिनुहुने र हजुरका सबै मार्ग जान्‍नुहुने परमेश्‍वरलाई हजुरले आदर गर्नुभएको छैन ।
  • ओबद 1:3 : 3 ए चट्टानका छेदहरूमा, आ-आफ्ना अग्ला घरहरूमा बस्‍नेहरू हो । आ-आफ्ना हृदयमा यसो भन्‍नेहरू “कसले मलाई तल जमिनमा खसाल्‍छ र?” तिमीहरूको हृदयको घमण्डले तिमीहरूलाई धोका दिएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • सप 2:8-9
    2 पदहरू
    82%

    8“मैले मोआबको उपहास र अम्मोनीहरूको तिरस्कारलाई सुनेको छु, जब तिनीहरूले मेरा मानिसलाई उपहास गरेका थिए र आफ्ना सिमानाहरू तोडेका थिए ।

    9यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यो घोषणा गर्नुहुन्छ, म जीवित रहेझैँ, मोआब सदोमझैँ हुनेछ, र अम्मोनीहरू गमोराझैँ अर्थात् काँडाहरू र नुनको खाडल भएको ठाउँझैँ हुनेछन्, जो सधैँको निम्ति त्यागिएका छन् ।”

  • 42त्यसैले मोआब पूर्ण रूपमा नष्‍ट पारिनेछ, र यो फेरि एउटा जाति रहनेछैन, किनकि परमप्रभुको विरुद्धमा यसले आफैलाई ठुलो बनायो ।

  • यशा 2:11-12
    2 पदहरू
    77%

    11मानिसहको अहङ्कारी हेराइलाई तल झारिनेछ र मानिसहरूको घमण्डलाई तल पारिनेछ, अनि त्‍यो दिन परमप्रभुलाई मात्र उचालिनेछ ।

    12किनकि घमण्ड गर्ने र उच्‍च पारिएका हरेकको विरुद्धमा, र हरेक अहङ्कारीको विरुद्धमा परमप्रभुको दिन आउनेछ— र त्यसलाई तल झारिनेछ—

  • 29हामीले मोआबको घमण्ड अर्थात् त्यसको अहङ्कार, त्यसको हठ, त्यसको शेखी, त्यसको आत्मगौरव र त्यसको हृदयमा भएको छलको बारेमा सुनेका छौं ।

  • 9त्यसका घमण्ड र त्‍यसका सबै गौरवलाई अपमान गर्न, त्‍यसका पृथ्वीकै आदरणियलाई लज्‍जित पार्न सर्वशक्तिमान् परमप्रभुले नै यो योजना बनाउनुभएको हो ।

  • 9“परमप्रभु यसो भन्‍नुहुन्छ, 'त्यसरी नै यहूदा र यरूशलेमको ठुलो अहंकारलाई म नाश गर्नेछु ।

  • 6मोआबको घमण्ड, त्यसको अहङ्कार र त्यसको रिसको बारेमा हामीले सुनेका छौं । तर त्यसका घमण्डहरू खोक्रा शब्दहरू हुन् ।

  • 10यसैकारण तिनीहरूले राजाहरूलाई जिस्काउँछन्, र शासकहरू तिनीहरूका निम्ति हाँसोका पात्र मात्र हुन् । हरेक किल्लाहरू देखेर तिनीहरू हाँस्‍छन्, किनभने तिनीहरूले माटोको ढिस्को बनाएर ती लैजान्छन् ।

  • 75%

    25मोआबको सिङ टुक्रा-टुक्रा पारिएको छ । यसको पाखुरा भाँचिएको छ, यो परमप्रभुको घोषणा हो ।

    26त्यसलाई मत्त्याओ, किनकि त्यो परमप्रभुको विरुद्धमा अहङ्कारी भयो । मोआब आफ्नै बान्तामा लडीबडी खेलोस्, र त्यो हाँसोको पात्र बनोस् ।

  • 1¶ सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर मोआबलाई यसो भन्‍नुहुन्छः “नेबोलाई धिक्‍कार! किनकि यसलाई सर्वनाश पारिएको छ । कर्यातैमलाई अपमानित गरिएको छ र कब्जा गरिएको छ । त्यसका किल्लाहरू लाजमा पारिएका छन्, र भत्काइएका छन् ।

  • 11अनि तिनीहरूले परमप्रभुको भय मान्‍नेछन्, किनभने उहाँले पृथ्वीका सबै ईश्‍वरहरूको उपहास गर्नुहुनेछ । सबैले आ-आफ्नो ठाउँबाट, र हरेक समुद्र किनारबाट उहाँको आराधना गर्नेछन् ।

  • 11त्यस दिन तैँले मेरो विरुद्ध गरेका सबै कामहरूको कारण तँ शर्ममा पारिनेछैनस्, किनभने त्यस समयमा तेरो घमण्डको उत्सव मनाउनेहरूलाई तेरो बिचबाट म हटाइदिनेछु, र मेरो पवित्र पर्वतमा अबदेखि उसो तैँले अहङ्कारी भएर काम गर्नेछैनस् ।

  • 75%

    13तब जसरी आफूले भरोसा गरेको बेथेलदेखि इस्राएलको घराना लाजमा परेको थियो, त्यसै गरी मोआब कमोशदेखि लाजमा पारिनेछ ।

    14तँ कसरी यसो भन्‍न सक्छस्, 'हामी सिपाही, शक्तिशाली योद्धाहरू हौं’?

    15मोआब सर्वनाश पारिनेछ, र यसका सहरहरू आक्रमणमा पर्नेछन् । किनकि यसका सबैभन्दा उत्तम युवाहरू हत्याको स्थानमा गएका छन् । यो महाराजको घोषणा हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।

  • 39त्यो कस्तो चूरचूर पारिएको छ! आफ्‍नो विलापमा तिनीहरू कसरी रुन्छन्! मोआबले लाजमा आफ्नो पिठिउँ फर्काउँछ । त्यसैले आफ्नो वरिपरि भएका सबैका लागि मोआब हाँसो र त्रासको पात्र बन्‍नेछ ।”

  • 73%

    31“हेर्, अहङ्कारी, म तेरो विरुद्धमा छु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, किनकि ए अहंकारी, तँलाई दण्ड दिने तेरो दिन आइपुगेको छ, जति बेला म तँलाई दण्‍ड दिनेछु ।

    32त्यसैले अहङ्कारीहरू ठक्‍कर खानेछन् र ढल्‍नेछन् । कसैले तिनीहरूलाई उठाउनेछैन । म तिनीहरूका सहरहरूमा आगो लगाउनेछु । त्‍यसले उसको वरिपरि भएको हरेक कुरोलाई भस्म पार्नेछ ।

  • 17मानिसको घमण्डलाई तल झारिनेछ र मानिसहरूका हठको पतन हुनेछ । त्यो दिनमा परमप्रभु मात्र उच्‍च पारिनुहुनेछ ।

  • 6किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्‍ना ताली बजाएका र आफ्‍ना खुट्टा बजारेका र आनन्‍दित बनेका छौ ।

  • 13लो-देबारको पराजयमा आनन्द मनाउनेहरू, जसले भन्छन्, “के हामीले आफ्नै शक्तिले कार्नैमलाई लिएनौं र?”

  • 15मानिसलाई निहुरिन बाध्‍य बनाइनेछ र मानवजाति नम्र तुल्याइनेछ । घमण्डीका आँखालाई झुकाइनेछन् ।

  • 3यसैकारण परमप्रभु यस्तो भन्‍नुहुन्छ, “हेर, यस वंशको विरुद्ध म सर्वनाश ल्याउँदै छु, र त्यसबाट तिमीहरू उम्कन सक्‍नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्यो खराब समय हुनेछ ।

  • 3ए चट्टानका छेदहरूमा, आ-आफ्ना अग्ला घरहरूमा बस्‍नेहरू हो । आ-आफ्ना हृदयमा यसो भन्‍नेहरू “कसले मलाई तल जमिनमा खसाल्‍छ र?” तिमीहरूको हृदयको घमण्डले तिमीहरूलाई धोका दिएको छ ।

  • 12जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।

  • यशा 25:10-11
    2 पदहरू
    73%

    10किनकि यो पर्वतमा परमप्रभुको हातले विश्रमा लिनेछ, अनि गोबरले भरिएको खाल्डोमा पराललाई कुल्चेझैं मोआबलाई त्यसकै ठाउँमा कुल्चिइनेछ

    11पौडी खेल्‍नेले पौडनलाई आफ्नो हात फैलाएझैं तिनीहरूले त्‍यसको माझमा आफ्‍ना हातहरू फैलाउनेछन् । तर तिनीहरूका हातहरूका सीपहरूको बाबजुत पनि परमप्रभुले तिनीहरूका घमण्डलाई तल झार्नुहुनेछ ।

  • 10तैंले यसो भनेको छस्, “यी दुई जाति र यी दुई देश मेरा हुनेछन्, र हामी तीमाथि अधिकार गर्नेछौं ।” तापनि परमप्रभु तिनीहरूसँग हुनुभयो ।

  • 9“तिनीहरूमाथि म आफैँ आफ्ना हात टक्‍टक्याउनेछु, र तिनीहरूका आफ्नै दासहरूले तिनीहरूलाई लुट्नेछन्।” त्यसपछि सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।

  • मल 1:4-5
    2 पदहरू
    72%

    4“हामीहरू कुल्चिएकाछौँ, तर हामी हाम्रा भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्नेछौँ,” भनेर एदोमले भनेमा, परमप्रभुले भन्‍नुहुनेछ, “तिनीहरूले पुनर्निर्माण गर्लान्, तर म फेरि तल झारिदिनेछु । अरूहरूले तिनीहरूलाई ‘दुष्‍टताको देश’ र ‘परमप्रभुले सदाको निम्ति श्रापित गर्नुभएको जाति’ भनेर भन्‍नेछन् ।

    5तिमीहरूका आफ्नै आँखाले यो देख्‍नेछन्, अनि तिमीहरूले भन्‍नेछौ, ‘इस्राएलका सिमानाहरूभन्दा बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ ।’”

  • 16तिनीहरूको देश त्रास बन्‍नेछ । सदासर्वदा गिल्लाको वस्तु बन्‍नेछ । त्यसबाट भएर जाने हरेक डराउनेछ, र टाउको हल्लाउनेछ ।

  • 10इस्राएलको घमण्डले आफ्‍नै विरुद्ध गवाही दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्केका छैनन्, न त यी सबै कुरापछि पनि तिनीहरूले उहाँलाई खोजेका छन् ।

  • 26मेरो कष्‍टमा आनन्‍दित हुनेहरू लज्‍जित होऊन् र तिनीहरू व्‍याकुल होऊन् । ममाथि आफैलाई उच्‍च पार्नेहरू लाज र अनादरले ढाकिन परोस् ।

  • 3यति धैरै घमण्ड गरेर अहंकारी नहो । तेरो मुखबाट अहंकारका कुनै कुरा ननिस्‍कोस् । किनकि परमप्रभु ज्ञानका परमेश्‍वर हुनुहुन्छ । उहाँद्वारा नै कामहरू जोखिन्‍छन् ।

  • 12तिनीहरूका मुखका पापहरू र तिनीहरूका ओठहरूका शब्दहरूका निम्ति, तिनीहरूलाई आफ्‍नै घमण्डमा कब्जा गरियोस् र तिनीहरूलले व्यक्‍त गरेका सराप र झूटको निम्ति ।

  • 2लुटेराहरूले तिनीहरूलाई तहस-नहस गरे तापनि, र तिनीहरूका दाखका हाँगाहरूलाई नष्‍ट गरे तापनि, परमप्रभुले इस्राएलको गौरवझैँ याकूबको गौरव पुनर्स्थापित गर्दै हुनुहुन्छ ।

  • 13“मेरो विरूद्ध तिमीहरूका वचन कडा भएका छन्,” परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामीहरूले हाम्रो बिचमा तपाईंको विरुद्ध के भनेका छौँ?’

  • 2किनकि तिनीहरूले आफूलाई पवित्र सहरका मानिसहरू भन्छन् र इस्राएलको परमेश्‍वरमा भरोसा गर्छन् । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।

  • 8किनकि यरूशलेमले ठेस खाएको छ र यहूदा ढलेको छ, किनभने तिनीहरूका बोलिवचन र कामहरू परमप्रभुको विरुद्धमा छन्, उहाँको महिमाको दृष्‍टिको विरोध गर्छन् ।

  • 10तिनीहरूले कसैलाई दया गर्दैनन् । तिनीहरूका मुखहरूले घमण्डसाथ बोल्छन् ।

  • 15सुन, र ध्यान देओ । अहङ्कारी नहोओ, किनकि परमप्रभुले बोल्नुभएको थियो ।

  • 14सर्वशक्तिमान् परमप्रभुले आफ्नै जीवनको शपथ खानुभएको छ, ‘सलहको हुलझैं म तिमीहरूका बिचमा मानिसहरूले भर्नेछु, र तिनीहरूले तिमीहरूको विरुद्धमा युद्धको सोर निकाल्ने छन् ।’

  • 7पुजारीहरूका सङ्ख्या जति धैरै वृद्धि भयो,त्‍यति नै धेरै तिनीहरूले मेरो विरूद्धमा पाप गरे । आफ्नो आदरलाई तिनीहरूले लाजसँग साटे ।

  • 2परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: शत्रुले तिमीहरूका बारेमा यसो भनेका छ, “आहा! प्राचीन अग्ला ठाउँहरू हाम्रा अधिकारमा भएका छन् ।”’

  • 5इस्राएलको घमण्डले उसकै विरुद्ध गवाही दिन्छ । यसैले इस्राएल र एफ्राइम आफ्‍नै दोषमा ठेस खानेछन्, र यहूदा पनि तिनीहरूसँगै ठेस खानेछ ।

  • 5बेथ-आवनका बाछाहरूका कारणले, सामरियामा बसोबास गर्नेहरू डराउँनेछन् । त्यसका मानिसहरूले तिनीहरूका निम्ति विलाप गरे, अनि तीमाथि र तिनका गौरवमा, आनन्द मनाउने ती मूर्तिपुजक पुजारीहरूले पनि विलाप गरे, तर तिनीहरू अब त्यहाँ छैनन् ।