यिर्मिया 48:25

अनलक शाब्दिक बाइबल

मोआबको सिङ टुक्रा-टुक्रा पारिएको छ । यसको पाखुरा भाँचिएको छ, यो परमप्रभुको घोषणा हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 75:10 : 10 उहाँ भन्‍नुहुन्छ, “दुष्‍टहरूका सबै सिङलाई म काट्‍नेछु, तर धर्मीहरूका सिङहरू माथि उचालिनेछन् ।”
  • भजन 10:15 : 15 दुष्‍ट र खराब मानिसहरूको पाखुरा भाँच्नुहोस् । त्यसलाई आफ्‍नो दुष्‍ट कामहरूको लेखा लिनुहोस्, जुन तपाईंले पत्ता लगाउनु हुन्‍न भनी त्यसले सोच्यो ।
  • अय्यू 22:9 : 9 तपाईंले विधवाहरूलाई रित्तो हात पठाउनुभएको छ । अनाथहरूका पाखुरा भाँचिएका छन् ।
  • जक 1:19-21 : 19 मसँग बोलिरहेका स्वर्गदूतसँग म बोलें, “यी के हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदा, इस्राएल, र यरूशलेमलाई तितर-बितर पारे ।” 20 अनि परमप्रभुले मलाई चार जना कारीगरहरु देखाउनुभयो । 21 मैले भनें, “यी मानिसहरू के गर्न आएका हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदालाई तितर-बितर पारे ताकि कोही मानिसले पनि आफ्नो शिर उठाउन नसकोस् । तर ती कारीगरहरु तिनीहरूलाई त्रासित गर्न, र यहूदालाई तितर-बितर गर्नको निम्ति त्यसको विरुद्ध सीङ उठाएका जातिहरूका सीङहरूलाई पराजित गर्न आएका हुन् ।”
  • गिन 32:37 : 37 रूबेनका सन्तानहरूले हेश्बोन, एलाले, किर्यातैयम,
  • भजन 37:17 : 17 किनकि दुष्‍ट मानिसहरूका पाखुराहरू भाँचिनेछन्, तर परमप्रभुले धर्मी मानिसहरूलाई सहायता गर्नुहुन्छ ।
  • विलाप 2:3 : 3 भयङ्कर रिसले उहाँले इस्राएलको हरेक सिङ काटिदिनुभएको छ । उहाँले शत्रुकै सामुन्‍ने आफ्नो दाहिने हात हटाउनुभएको छ । उहाँले याकूबलाई चारैतिर भस्म गर्ने दन्कँदो आगोले जलाउनुभएको छ ।
  • यहे 30:21-25 : 21 “ए मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचेको छु । हेर्, त्‍यसमा बाँधेको वा पट्टीले निको पार्न खोजिएको छैन, जसले गर्दा तरवार समाउन त्‍यो बलियो होस् । 22 यसकारण परमप्रभु परमेश्‍वर योस भन्‍नुहुन्छ, 'हेर्, म मिश्रदेशको राजा फारोको विरुद्धमा छु । किनकि म त्यसको बलियो र भाँचिएको दुबै हात भाँच्नेछु, र त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु । 23 तब मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु । 24 म बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु, र मेरो तरवार त्‍यसको हातमा दिनेछु ताकि म फारोको हात भाँच्‍न सकूँ । त्‍योचाहिं बेबिलोनको राजाको अगि मरणान्‍त चोट लागेको मानिसझैं पीडाले सुस्‍केरा हाल्‍नेछ । 25 किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्‍यसले मिश्रदेशको विरुद्धमा त्‍योद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।
  • दानी 7:8 : 8 जसै मैले ती सिङहरूका बारेमा विचार गर्दै थिएँ, मैले हेरें र ती सिङका बिचमा अर्को एउटा सानो सिङ बढ्‍दै गरेको देखें । पहिलो तिनवटा सिङ उखेलिएर झरे । यो सिङका आँखा मानिसका आँखाजास्‍ता भएको मैले देखें र त्यसको एउटा मुखले ठुला कुराहरूको सेखी गर्दै थियो ।
  • दानी 8:7-9 : 7 त्यो बोकोलाई उक्‍त भेडाको नजिक आएको मैले देखें । भेडासँग त्यो धेरै रिसाएको थियो, र त्यसले भेडालाई हिर्कायो र त्यसका दुईवटै सिङलाई भाँचिदियो । त्यसको सामु खडा हुनलाई त्यो भेडो शक्तिहीन थियो । बोकोले त्यसलाई भुइँमा ढाल्‍यो र त्यसलाई कुल्चियो । त्यसको शक्तिबाट त्यो भेडालाई बचाउने त्यहाँ कोही थिएन । 8 तब त्यो बोको धेरै ठुलो भयो । तर जब त्यो शक्तिशाली भयो, त्यसको ठुलो सिङ भाँचियो, र त्यसको ठाउँमा अरू चार ठुला सिङ पलाए जसले आकाशका चारै बतासलाई देखाए । 9 तीमध्येबाट अर्को एउटा सिङ पलायो, जुन पहिला सानो थियो, तर त्यो दक्षिणमा, पूर्वमा, र सुन्दरताको देशमा धेरै विशाल भयो ।
  • दानी 8:21 : 21 त्यो बोकोचाहिं ग्रीसको राजा हो । त्यसका आँखाका बिचको सिङचाहिं पहिलो राजा हो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 24किर्योत, बोज्रा र मोआब देशका नजिक र टाढाका सबै सहरमाथि आएको छ ।

  • यिर्मि 48:33-43
    11 पदहरू
    82%

    33मोआब देश र त्‍यसका फल फलाउने रुखहरूबाट उत्सव र रमाहट खोसिएको छ । तिनीहरूका दाखको कोलबाट दाखको रस मैले बन्द गरेको छु । तिनीहरू आनन्दले कराउँदै कुल्चनेछैनन् । कुनै पनि स्‍वर आनन्दको स्‍वर हुनेछैन ।

    34तिनीहरू रोएको सोर हेश्बोनबाट एलालेसम्म र सोअरदेखि होरोनैम र एग्लत-शलीशियाहसम्मै सुनिएको छ, किनकि निम्रीमको पानी सुकिसकेको छ ।

    35किनकि मोआबमा आफ्ना देवताहरूलाई उच्‍च स्थानहरूमा बलिदान चढाउने र धुप बाल्नेहरू जोकसैलाई म खतम पार्नेछु, यो परमप्रभुको घोषणा हो ।

    36त्यसैले मेरो हृदयले मोआबको लागि बाँसुरीझैं विलाप गर्दैछ । कीर-हरेशेतका मानिसहरूका लागि मेरो हृदयले बाँसुरीझैं विलाप गर्दैछ । तिनीहरूले कमाएका धन-सम्पत्ति नष्‍ट भएका छन् ।

    37किनकि हरेक तालु खुइलेको छ, र हरेक दारी खौरिएको छ । हरेकको हात काटेर चिरिएको छ, र तिनीहरूका कम्मरको चारैतिर भाङ्ग्रा छ ।

    38मोआबको हरेक समतल कौसी र मोआबका चोकहरूमा जताततै शोक छ । किनकि मैले मोआबलाई कसैले नचाहने भाँडोलाई झैं नाश पारेको छु, यो परमप्रभुको घोषणा हो ।

    39त्यो कस्तो चूरचूर पारिएको छ! आफ्‍नो विलापमा तिनीहरू कसरी रुन्छन्! मोआबले लाजमा आफ्नो पिठिउँ फर्काउँछ । त्यसैले आफ्नो वरिपरि भएका सबैका लागि मोआब हाँसो र त्रासको पात्र बन्‍नेछ ।”

    40किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “शत्रु मोआबमाथि आफ्नो पखेटा फैलाउँदै गरुडझैं उडेर आउनेछ ।

    41किर्योत कब्जा गरिएको छ, र यसका किल्लाहरू घेरिएका छन् । किनकि त्यस दिन मोआबका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएका स्‍त्रीहरूका हृदयझैं हुनेछन् ।

    42त्यसैले मोआब पूर्ण रूपमा नष्‍ट पारिनेछ, र यो फेरि एउटा जाति रहनेछैन, किनकि परमप्रभुको विरुद्धमा यसले आफैलाई ठुलो बनायो ।

    43ए मोआबका बासिन्दा हो, तँमाथि त्रास, खाडल र पासो आउँदैछन्, यो परमप्रभुको घोषणा हो ।

  • 81%

    20मोआब लाजमा परेको छ, किनकि यसलाई चूरचूर पारिएको छ । रोओ र विलाप गर! मदतको लागि गुहार! मोआब सर्वनाश पारिएको छ भनी अर्नोन नदीको किनारमा बस्‍ने मानिसहरूलाई बताओ ।

    21दण्ड पहाडी इलाकाहरूमा आएको छ– होलोन, यहसाह र मेपातमाथि,

  • 81%

    14तँ कसरी यसो भन्‍न सक्छस्, 'हामी सिपाही, शक्तिशाली योद्धाहरू हौं’?

    15मोआब सर्वनाश पारिनेछ, र यसका सहरहरू आक्रमणमा पर्नेछन् । किनकि यसका सबैभन्दा उत्तम युवाहरू हत्याको स्थानमा गएका छन् । यो महाराजको घोषणा हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।

    16मोआबको विनाश चाँडै आउँनेछ । विपत्ति झट्टै हतारिंदैछ ।

    17मोआबको वरिपरि भएका तिमीहरू सबै विलाप गर, र यसको ख्याति जान्‍नेहरू सबै यसो भन्दै कराओ, 'धिक्‍कार शक्तिशाली लट्ठीलाई! त्यो गौरवको लौरो भाँचिएको छ ।'

    18ए दीबोनकी छोरी हो, तेरो इज्‍जतदार ठाउँबाट तल झरेर आइज, र सुक्खा भुइँमा बस् । किनकि मोआबलाई नष्‍ट गर्नेले तँलाई आक्रमण गर्दैछ, जसले तेरा किल्लाबन्दी गरिएका सहरहरूलाई नष्‍ट गर्नेछ ।

  • 26त्यसलाई मत्त्याओ, किनकि त्यो परमप्रभुको विरुद्धमा अहङ्कारी भयो । मोआब आफ्नै बान्तामा लडीबडी खेलोस्, र त्यो हाँसोको पात्र बनोस् ।

  • यिर्मि 48:1-4
    4 पदहरू
    79%

    1¶ सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर मोआबलाई यसो भन्‍नुहुन्छः “नेबोलाई धिक्‍कार! किनकि यसलाई सर्वनाश पारिएको छ । कर्यातैमलाई अपमानित गरिएको छ र कब्जा गरिएको छ । त्यसका किल्लाहरू लाजमा पारिएका छन्, र भत्काइएका छन् ।

    2फेरि मोआबको आदर गरिनेछैन । हेश्बोनमा भएका त्यसका शत्रुहरूले त्यसको विरुद्धमा विनाशको षड्यन्त्र रचेको छ । तिनीहरूले भने, 'आओ र जातिको रूपमा त्यसलाई नाश पारौं । बौलाहाहरू पनि नष्‍ट हुनेछन् । तरवाले तँलाई खेद्‍नेछ ।'

    3सुन! होरोनैमबाट क्रन्दनको सोर आइरहेको छ, जहाँ भग्‍नावशेष र ठुलो विनाश छ ।

    4मोआब नष्‍ट पारिएको छ । त्यसका बच्‍चाहरू चिच्‍च्याएको सोर सुनिन्छ ।

  • यहे 25:8-9
    2 पदहरू
    76%

    8परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः 'किनभने मोआब र सेइरले यसो भन्छन्, “हेर, यहूदाको घरानाचाहिं अरू हरेक जातिजस्‍तै छ ।”

    9यसकारण, हेर्, सिमानामा भएका सहरहरूदेखि सुरु गरेर— बेथ-यशीमोत, बाल-मोन र किर्यातैमका गौरव— मोआबको भिरालो भागलाई म खुलस्‍त पार्नेछु—

  • 29हामीले मोआबको घमण्ड अर्थात् त्यसको अहङ्कार, त्यसको हठ, त्यसको शेखी, त्यसको आत्मगौरव र त्यसको हृदयमा भएको छलको बारेमा सुनेका छौं ।

  • यशा 16:12-14
    3 पदहरू
    75%

    12जब मोआबले आफूलाई उच्‍च स्थानमा थकित बनाउँछ र प्रार्थना गर्न आफ्‍नो मन्दिरमा प्रवेश गर्छ, त्यसको प्रार्थनाले केही काम गर्नेछैन ।

    13परमप्रभुले मोआबको बारेमा पहिले नै बोल्नुभएको वचन यही हो ।

    14फेरि परमप्रभु भन्‍नुहुन्छ, “मोआबको गौरव तिन वर्षभित्र हराउनेछ । त्यसको धेरै मानिहरू भए पनि बाँकी रहेकाहरू अति थोरै र नगण्य हुनेछन् ।”

  • 75%

    8किनकि विनाशक हरेक सहरमा आउनेछ । कुनै पनि सहर उम्कनेछैन । त्यसैले बेँसी नष्‍ट हुनेछ, र मैदान सर्वनाश पारिनेछ जस्तो परमप्रभुले भन्‍नुभएको छ ।

    9मोआबलाई पखेटा देओ, किनकि निश्‍चय नै त्‍यसले उड्‍नुपर्नेछ । त्यसका सहरहरू काम नलाग्‍ने भूमि हुनेछन्, जहाँ बस्‍ने कोही हुनेछैन ।

    10परमप्रभुको काम गर्नमा अल्छे कुनै पनि व्यक्ति श्रापित होस् । रगत बगाउनदेखि आफ्नो तरवारलाई रोक्‍ने कुनै व्यक्ति श्रापित होस् ।

    11आफ्नो युवावस्थादेखि नै मोआबले आफूलाई सुरक्षित ठानेको छ । त्यो एउटा भाँडोदेखि अर्को भाँडोमा कहिल्यै नखन्याइएको दाखमद्यजस्तो हो । त्यसलाई कहिल्यै निर्वासनमा लगिएको छैन । त्यसकारण त्यसको स्वाद सदा स्वादिष्‍ट हुन्छ । त्यसको बास्‍ना नबदी रहन्‍छ ।

    12त्यसैले हेर, यो परमप्रभु घोषणा हो, यस्ता दिनहरू आउँदैछन् जति बेला म त्यसलाई ती मानिसहरूकहाँ पठाउनेछु, जसले त्यसमाथि भाँडा घोप्ट्याउनेछन्, र त्यसका सबै घैँटा रित्त्याउनेछन्, र त्यसका गाग्राहरू चूरचूर पारेर फुटाइदिनेछन् ।

  • 1¶ मोआबको बारेमा एउटा घोषणा । साँच्‍चै, मोआबको आरलाई एकै रातमा उजाड र नष्‍ट पारिन्छ । साँच्‍चै, मोआबको कीरलाई एकै रातमा उजाड र नष्‍ट पारिन्छ ।

  • 11यसैले मोआबको विरुद्धमा न्‍याय गर्नेछु,र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।

  • 10किनकि यो पर्वतमा परमप्रभुको हातले विश्रमा लिनेछ, अनि गोबरले भरिएको खाल्डोमा पराललाई कुल्चेझैं मोआबलाई त्यसकै ठाउँमा कुल्चिइनेछ

  • सप 2:8-9
    2 पदहरू
    75%

    8“मैले मोआबको उपहास र अम्मोनीहरूको तिरस्कारलाई सुनेको छु, जब तिनीहरूले मेरा मानिसलाई उपहास गरेका थिए र आफ्ना सिमानाहरू तोडेका थिए ।

    9यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यो घोषणा गर्नुहुन्छ, म जीवित रहेझैँ, मोआब सदोमझैँ हुनेछ, र अम्मोनीहरू गमोराझैँ अर्थात् काँडाहरू र नुनको खाडल भएको ठाउँझैँ हुनेछन्, जो सधैँको निम्ति त्यागिएका छन् ।”

  • 75%

    45भागेर जानेहरू ताकतविनै हेश्बोनको छायामा अडिनेछन्, किनकि हेश्बोनबाट आगो निस्कनेछ, सीहोनको बिचबाट ज्वाला आउनेछ । यसले मोआबको निधारलाई भस्म पार्नेछ, र घमण्डी मानिसहरूका शिरको थाप्लोलाई जलाइदिन्छ ।

    46ए मोआब, तँलाई धिक्‍कार छ! कमोशका मानिसहरू नष्‍ट पारिएका छन्, किनकि तेरा छोराहरू कैदीको रूपमा लगिएका छन्, र तेरा छोरीहरू निर्वासनमा लगिएका छन् ।

    47तर पछिल्ला दिनमा म मोआबको सुदिन फर्काइदिने छु, यो परमप्रभुको घोषणा हो । मोआबको इन्साफ यहीँ समाप्‍त हुन्छ ।

  • यशा 16:6-7
    2 पदहरू
    74%

    6मोआबको घमण्ड, त्यसको अहङ्कार र त्यसको रिसको बारेमा हामीले सुनेका छौं । तर त्यसका घमण्डहरू खोक्रा शब्दहरू हुन् ।

    7त्यसैले मोआबले मोआबको निम्ति विलाप गर्नेछ— तिनीहरू सबैले विलाप गर्नेछन् । कीर-हरेशेतको किशमिशको झुप्‍पाको निम्‍ति पुर्ण रूपमा विनाश भएकाहरूले विलाप गर ।

  • आमो 2:2-3
    2 पदहरू
    74%

    2मोआबमा म आगो पठाउनेछु, र त्यसले किर्योतका किल्लाहरूलाई भस्म पार्नेछ । चिच्‍याहट र तुरहीको आवाजमा, ठुलो गर्जनसहित मोआबचाहिं मर्नेछ ।

    3त्यसको न्यायकर्तालाई म नष्‍ट गर्नेछु र त्यसका सबै राजकुमारलाई म मार्नेछु,” परमप्रभु भन्‍नुहुन्छ ।

  • 8चित्‍कार मोआबको इलाकभरि नै गएको छ । विलापचाहिं एग्लेम र बेअर-एलीससम्म पुगेको छ ।

  • 18यो परमप्रभुको दृष्‍टिमा मामुली कुरो हो । उहाँले तिमीहरूलाई मोआबीहरूमाथि विजयी पनि तुल्याउनुहुनेछ ।

  • 31त्यसैले म मोआबको निम्ति विलाप गर्नेछु, र म सारा मोआबको लागि शोकमा काराउनेछु । म कीर-हरेशेतका मानिसहरूका लागि विलाप गर्नेछु ।