यिर्मिया 48:45

अनलक शाब्दिक बाइबल

भागेर जानेहरू ताकतविनै हेश्बोनको छायामा अडिनेछन्, किनकि हेश्बोनबाट आगो निस्कनेछ, सीहोनको बिचबाट ज्वाला आउनेछ । यसले मोआबको निधारलाई भस्म पार्नेछ, र घमण्डी मानिसहरूका शिरको थाप्लोलाई जलाइदिन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 24:17 : 17 म उहाँलाई देख्‍छु, तर उहाँ अहिले यहाँ हुनुहुन्‍न । म उहाँलाई हेर्छु, तर उहाँ नजिक हुनुहुन्‍न । याकूबबाट एउटा तारा निस्की आउने छ र इस्राएलबाट राजदण्डको उदय हुने छ । तिनले मोआबका अगुवाहरूलाई चकनाचुर पार्ने छन् र शेथका सबै सन्तानलाई नष्‍ट पार्नेछन् ।
  • गिन 21:28 : 28 हेश्बोनबाट आगोको ज्वाला दन्क्यो, सीहोनको सहरबाट एउटा आगोको ज्वाला जसले मोआबको आरलाई र अर्नोनको उच्‍च स्थलहरूलाई भस्म पार्‍यो ।
  • गिन 21:21 : 21 त्यसपछि इस्राएलले एमोरी राजा सीहोनकहाँ यसो भन्‍दै समाचावाहक पठाए,
  • गिन 21:26 : 26 हेश्बोन एमोरी राजा सीहोनको सहर थियो, जसले मोआबका पहिलेको राजासँग युद्ध गरेका थिए । सीहोनले अर्नोन नदीसम्म उनको देश कब्जा गरेका थिए ।
  • आमो 2:2 : 2 मोआबमा म आगो पठाउनेछु, र त्यसले किर्योतका किल्लाहरूलाई भस्म पार्नेछ । चिच्‍याहट र तुरहीको आवाजमा, ठुलो गर्जनसहित मोआबचाहिं मर्नेछ ।
  • जक 10:4 : 4 कुने-ढुङ्गो यहूदाबाट आउनेछ । पालको कीला त्यसबाट आउनेछ, अनि युद्धको धनु र हरेक शासक एकसाथ त्यसैबाट आउनेछ ।
  • मत्त 21:42 : 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्‍त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यपूर्ण छ? ’

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 21:26-30
    5 पदहरू
    84%

    26हेश्बोन एमोरी राजा सीहोनको सहर थियो, जसले मोआबका पहिलेको राजासँग युद्ध गरेका थिए । सीहोनले अर्नोन नदीसम्म उनको देश कब्जा गरेका थिए ।

    27यसकारण यसो भनिन्छ, “हेश्बोनमा आओ । सीहोनको सहरको पुनर्निर्माण गरियोस् र फेरि स्थापित होस् ।

    28हेश्बोनबाट आगोको ज्वाला दन्क्यो, सीहोनको सहरबाट एउटा आगोको ज्वाला जसले मोआबको आरलाई र अर्नोनको उच्‍च स्थलहरूलाई भस्म पार्‍यो ।

    29हे मोआब, तँलाई धिक्‍कार छ! हे कमोशको प्रजा, तँ नष्‍ट भएको छस् । त्यसले आफ्ना छोराहरूलाई भगुवाहरू बनायो र त्यसका छोरीहरूलाई एमोरीहरूका राजा सीहोनको कैदी बनायो ।

    30तर हामीले सीहोनलाई जितेका छौँ । हेश्बोन दीबोनसम्म नै नष्‍ट भएको छ । हामीले तिनीहरूलाई मेदबासम्म पुग्‍ने नोपासम्म नै पारजित गरेका छौँ ।

  • यिर्मि 48:1-6
    6 पदहरू
    78%

    1¶ सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर मोआबलाई यसो भन्‍नुहुन्छः “नेबोलाई धिक्‍कार! किनकि यसलाई सर्वनाश पारिएको छ । कर्यातैमलाई अपमानित गरिएको छ र कब्जा गरिएको छ । त्यसका किल्लाहरू लाजमा पारिएका छन्, र भत्काइएका छन् ।

    2फेरि मोआबको आदर गरिनेछैन । हेश्बोनमा भएका त्यसका शत्रुहरूले त्यसको विरुद्धमा विनाशको षड्यन्त्र रचेको छ । तिनीहरूले भने, 'आओ र जातिको रूपमा त्यसलाई नाश पारौं । बौलाहाहरू पनि नष्‍ट हुनेछन् । तरवाले तँलाई खेद्‍नेछ ।'

    3सुन! होरोनैमबाट क्रन्दनको सोर आइरहेको छ, जहाँ भग्‍नावशेष र ठुलो विनाश छ ।

    4मोआब नष्‍ट पारिएको छ । त्यसका बच्‍चाहरू चिच्‍च्याएको सोर सुनिन्छ ।

    5तिनीहरू रुँदै लूहीतको डाँडामा जान्छन्, किनकि विनाशको कारण होरोनैमको ओह्रालोमा क्रन्दन सुनिन्छ ।

    6भाग, आ-आफ्ना ज्यान बचाओ, र उजाड-स्थानमा पोथ्राजस्तै बन ।

  • 78%

    42त्यसैले मोआब पूर्ण रूपमा नष्‍ट पारिनेछ, र यो फेरि एउटा जाति रहनेछैन, किनकि परमप्रभुको विरुद्धमा यसले आफैलाई ठुलो बनायो ।

    43ए मोआबका बासिन्दा हो, तँमाथि त्रास, खाडल र पासो आउँदैछन्, यो परमप्रभुको घोषणा हो ।

    44त्रासको कारणले भाग्‍ने जो कोही पनि खाडलमा खस्‍नेछ, र खाडलबाट निस्केर आउने जो कोही पनि पासोमा पर्नेछ, किनकि म तिनीहरूमाथि मेरो बदलाको वर्षमा यी कुरा ल्याउनेछु, यो परमप्रभुको घोषणा हो ।

  • यिर्मि 48:8-9
    2 पदहरू
    77%

    8किनकि विनाशक हरेक सहरमा आउनेछ । कुनै पनि सहर उम्कनेछैन । त्यसैले बेँसी नष्‍ट हुनेछ, र मैदान सर्वनाश पारिनेछ जस्तो परमप्रभुले भन्‍नुभएको छ ।

    9मोआबलाई पखेटा देओ, किनकि निश्‍चय नै त्‍यसले उड्‍नुपर्नेछ । त्यसका सहरहरू काम नलाग्‍ने भूमि हुनेछन्, जहाँ बस्‍ने कोही हुनेछैन ।

  • यशा 15:4-5
    2 पदहरू
    76%

    4हेश्बोन र एलाले सहायताको निम्ति पुकारा गर्छन् । तिनीहरूको सोर यहसासम्म सुनिन्छ । यसरी मोआबका हतियारधारी मानिसहरूले सहायताको निम्ति पुकारा गर्छन् । तिनीहरू आफैभित्र त्रसित हुन्‍छन् ।

    5मेरो मनले मोआबको निम्ति पुकारा गर्छ । त्यसका भगौडाहरू सोअर र एग्लत-शलीशियाहतिर भाग्‍छन् । तिनीहरू लूहीतको उकालोमा रुँदै जान्छन् । आफ्‍नो विनाशको निम्‍ति होरोनैमको बाटोमा तिनीहरू ठुलो सोरमा विलाप गर्छन् ।

  • 76%

    39त्यो कस्तो चूरचूर पारिएको छ! आफ्‍नो विलापमा तिनीहरू कसरी रुन्छन्! मोआबले लाजमा आफ्नो पिठिउँ फर्काउँछ । त्यसैले आफ्नो वरिपरि भएका सबैका लागि मोआब हाँसो र त्रासको पात्र बन्‍नेछ ।”

    40किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “शत्रु मोआबमाथि आफ्नो पखेटा फैलाउँदै गरुडझैं उडेर आउनेछ ।

  • 46ए मोआब, तँलाई धिक्‍कार छ! कमोशका मानिसहरू नष्‍ट पारिएका छन्, किनकि तेरा छोराहरू कैदीको रूपमा लगिएका छन्, र तेरा छोरीहरू निर्वासनमा लगिएका छन् ।

  • 76%

    34तिनीहरू रोएको सोर हेश्बोनबाट एलालेसम्म र सोअरदेखि होरोनैम र एग्लत-शलीशियाहसम्मै सुनिएको छ, किनकि निम्रीमको पानी सुकिसकेको छ ।

    35किनकि मोआबमा आफ्ना देवताहरूलाई उच्‍च स्थानहरूमा बलिदान चढाउने र धुप बाल्नेहरू जोकसैलाई म खतम पार्नेछु, यो परमप्रभुको घोषणा हो ।

    36त्यसैले मेरो हृदयले मोआबको लागि बाँसुरीझैं विलाप गर्दैछ । कीर-हरेशेतका मानिसहरूका लागि मेरो हृदयले बाँसुरीझैं विलाप गर्दैछ । तिनीहरूले कमाएका धन-सम्पत्ति नष्‍ट भएका छन् ।

  • 75%

    18ए दीबोनकी छोरी हो, तेरो इज्‍जतदार ठाउँबाट तल झरेर आइज, र सुक्खा भुइँमा बस् । किनकि मोआबलाई नष्‍ट गर्नेले तँलाई आक्रमण गर्दैछ, जसले तेरा किल्लाबन्दी गरिएका सहरहरूलाई नष्‍ट गर्नेछ ।

    19ए अरोएरमा बस्‍ने मानिसहरू हो, बाटोमा खडा होओ र हेर । भागिरहेका र उम्किरहेकाहरूला सोध, 'के भएको छ?'

    20मोआब लाजमा परेको छ, किनकि यसलाई चूरचूर पारिएको छ । रोओ र विलाप गर! मदतको लागि गुहार! मोआब सर्वनाश पारिएको छ भनी अर्नोन नदीको किनारमा बस्‍ने मानिसहरूलाई बताओ ।

    21दण्ड पहाडी इलाकाहरूमा आएको छ– होलोन, यहसाह र मेपातमाथि,

  • 75%

    15मोआब सर्वनाश पारिनेछ, र यसका सहरहरू आक्रमणमा पर्नेछन् । किनकि यसका सबैभन्दा उत्तम युवाहरू हत्याको स्थानमा गएका छन् । यो महाराजको घोषणा हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।

    16मोआबको विनाश चाँडै आउँनेछ । विपत्ति झट्टै हतारिंदैछ ।

  • 2मोआबमा म आगो पठाउनेछु, र त्यसले किर्योतका किल्लाहरूलाई भस्म पार्नेछ । चिच्‍याहट र तुरहीको आवाजमा, ठुलो गर्जनसहित मोआबचाहिं मर्नेछ ।

  • 15तब एदोमका मुखियाहरू डराउनेछन् । मोआबका सिपाहीहरू हल्लिनेछन् । कनानका सबै बासिन्दा पग्लनेछन् ।

  • 8हेश्बोनका खेतहरू साथै सिब्माका दाखहरू सुकेका छन् । याजेरमा पुगेको र मरुभूमिमा फैलिएको उत्तम दाखहरूलाई, जातिहरूका शासकहरूले कुल्चेका छन् । त्‍यसका टुसाहरू बाहिर देशमा फैलिए । ती समुद्रमाथि गए ।

  • 3त्यसको अगाडिका सबै कुरालाई आगोले भष्‍म पार्दैछ, र त्यसको पछाडि आगोको ज्वाला बलिरहेको छ । त्यसको अगाडिको देश अदनको बगैंचाजस्‍तो छ, तर त्यसको पछाडि एउटा नाश भएको उजाड-स्‍थान छ । त्यसबाट कुनै कुरा फुत्‍कनेछैन ।

  • 14हेर, ती परालको झ्‍यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्‍वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्‍नलाई आगो छैन!

  • यशा 15:1-2
    2 पदहरू
    72%

    1¶ मोआबको बारेमा एउटा घोषणा । साँच्‍चै, मोआबको आरलाई एकै रातमा उजाड र नष्‍ट पारिन्छ । साँच्‍चै, मोआबको कीरलाई एकै रातमा उजाड र नष्‍ट पारिन्छ ।

    2तिनीहरू माथि मन्दिरमा गएका छन्, दीबोनका मानिसहरू रुनलाई अग्लो ठाउँमा गए । नेबोको निम्ति र मेदबाको निम्ति मोआबले विलाप गर्छ । तिनीहरूका सबै शिर खौरिएका छन् र तिनीहरूका सबै दाह्रीहरू काटिएका छन् ।

  • 18याकूबको घराना आगो हुनेछ, र योसेफको घराना ज्वाला हुनेछ, र एसावको घराना झिंजाहरू हुनेछ, र तिनीहरूले त्यसलाई जलाउनेछन् र भस्म पार्नेछन् । एसावको घरानामा कोही पनि बाँच्‍नेछैन, किनकि परमप्रभुले नै यसो भन्‍नुभएको छ ।”

  • 8चित्‍कार मोआबको इलाकभरि नै गएको छ । विलापचाहिं एग्लेम र बेअर-एलीससम्म पुगेको छ ।

  • 25मोआबको सिङ टुक्रा-टुक्रा पारिएको छ । यसको पाखुरा भाँचिएको छ, यो परमप्रभुको घोषणा हो ।

  • 3ए हेश्बोन, विलापको आवाज निकाल्, किनकि ऐ सहरलाई सर्वानाश गरिनेछ । ए रब्बाकी छोरीहरू हो, चिच्‍च्याओ । भाङ्ग्रा लगाओ । विलाप गर, र व्यर्थैमा यताउता कुद, किनकि मोलोख त्यसका पुजारीहरू र अगुहरूसँगै निर्वासनमा लगिनेछ ।

  • 3मोआब ती मानिसहरूसँग साह्रै डराएका थिए, किनभने तिनीहरू धेरै थिए र मोआब इस्राएलका मानिसहरूका त्रासमा थियो ।

  • 14वन डढाउने आगोझैं र पहाडको आगोको ज्‍वालाझैं बनाउनुहोस् ।

  • 30ए हासोरका बासिन्दाहरू हो, भाग, धेरै टाढा जाओ, जमिनका गुफाहरूमा लुक, यो परमप्रभुको घोषणा हो— किनकि बेबिलोनका राजा नबूकदनेसरले तिमीहरूको विरुद्धमा योजना रच्दैछ । भाउ, पछि फर्क ।

  • 2जसरी चराहरू भौंतारिन्‍छन् र जसरी गुँड छरपष्‍ट पारिन्‍छ, मोआबका स्‍त्रीहरू अर्नोनका जाँघारहरूमा तेस्‍तै भएका छन् ।

  • 18दुष्‍टता आगोझैं बल्छ । त्‍यसले सिउँडी र काँढालाई भष्‍म पार्छ । यसले जङ्गलको झाडीलाई पनि जलाउँछ, जसले धूँवाको मुस्लोमा उठ्नेछ ।

  • 5पर्वतहरूका टाकुराहरूमा रथहरूले गरेझैं, झिंजाहरू भस्‍म पार्ने भयङ्कर ज्वालाको आवाजझैं, युद्धको निम्ति तयार भएको शक्तिशाली सेनाझैं, आवाज गरेर तिनीहरू उफ्रन्‍छन् ।

  • 24जब तिनीहरू इस्राएलको छाउनीमा आए, तब इस्राएलीहरूले तिनीहरूलाई छक्‍क पारे र मोआबीहरूलाई आक्रमण गरे जो तिनीहरूका सामुबाट भागे । इस्राएलका सेनाले मोआबीहरूलाई मार्दै तिनीहरूलाई देशको पारिसम्म खेदे ।

  • 9यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यो घोषणा गर्नुहुन्छ, म जीवित रहेझैँ, मोआब सदोमझैँ हुनेछ, र अम्मोनीहरू गमोराझैँ अर्थात् काँडाहरू र नुनको खाडल भएको ठाउँझैँ हुनेछन्, जो सधैँको निम्ति त्यागिएका छन् ।”

  • 9त्रासको कारणले तिनीहरूले सबै दृढता गुमाउनेछन् र परमप्रभुको युद्धको झन्डा देखेर त्यसका शासकहरू डराउनेछन्— यो परमप्रभुको घोषणा हो— जसको आगो सियोनमा छ र जसको मकल यरूशलेममा छ ।”