यशैया 48:2
किनकि तिनीहरूले आफूलाई पवित्र सहरका मानिसहरू भन्छन् र इस्राएलको परमेश्वरमा भरोसा गर्छन् । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
किनकि तिनीहरूले आफूलाई पवित्र सहरका मानिसहरू भन्छन् र इस्राएलको परमेश्वरमा भरोसा गर्छन् । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ ए याकूबको घराना, यो कुरा सुन जसलाई इस्राएलको नाउँले बोलाइन्छ र यहूदाको वीर्यबाट आएको छ । तिमीहरू जसले परमप्रभुको नाउँमा शपथ खान्छौ र इस्राएलको परमेश्वरलाई पुकार्छौ, तर साँचो रूपले गर्दैनौ न धार्मिक तरिकाले गर्छौ ।
5कसैले भन्नेछ, “म परमप्रभुको हुँ,' अनि अर्कोले याकूबको नाउँ लिनेछ, र अर्कोले आफ्नो हातमा 'म परमप्रभुको हुँ,' भनी लेख्नेछ र आफैलाई इस्राएलको नाउँ दिनेछ ।”
4सर्वशक्तिमान् परमप्रभु हाम्रा उद्धारक, इस्राएलको परमपवित्र उहाँको नाउँ हो ।
5किनभने इस्राएल र यहूदाको देश इस्राएलका परमपवित्रको विरुद्धमा गरिएको अपराधले भरिएको भए तापनि सर्वशक्तिमान् परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई बिर्सनुभएको छैन ।
19तर परमेश्वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ यीजस्ता हुनुहुन्न, किनकि उहाँले नै सबै थोक बनाउनुहुन्छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
1¶ परमप्रभुको यस्तो वचन मकहाँ आयो,
2“सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: म सियोनको निम्ति साह्रै डाही भएको छु र म त्यसको निम्ति डाही भएर अत्यन्तै रिसाएको छु!
3सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: म सियोनमा फर्कनेछु र यरूशलेममा वास गर्नेछु, किनकि यरूशलेम सत्यको सहर भनिनेछ र सेनाहरूका परमप्रभुको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ!
16तर परमेश्वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ तीजस्ता छैनन्, किनकि उहाँ त सबै कुराका निर्माणकर्ता हुनुहुन्छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
12तिनीहरूले तँलाई यसो भन्नेछन्, “पवित्र मानिसहरू । परमप्रभुले उद्धार गर्नुभएकाहरू,” अनि तँलाई “खोजिएको । नत्यागिएको सहर” भनिनेछ ।
10तिनीहरूको घमण्डको कारण मोआब र अम्मोनलाई यस्तो हुनेछ, किनभने तिनीहरूले सेनाहरूका परमप्रभुका मानिसहरूको उपहास र खिल्ली गरे ।
5अनि यहूदाका अगुवाहरूले आफ्ना हृदयमा यस्तो भन्नेछन्, ‘सेनाहरूका परमप्रभु, तिनीहरूका परमेश्वरको कारण यरूशलेमका वासिन्दाहरू हाम्रो बल भएका छन् ।’
4हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन ।
1¶ परमप्रभु महान् हुनुहुन्छ र हाम्रा परमेश्वरको सहर उहाँको पवित्र पर्वतमा ज्यादै धेरै प्रशंसा हुनुपर्छ ।
2महान् राजाको सहरको उत्तरमा अवस्थित सियोन पर्वत उच्च ठाउँमा सुन्दर, सारा पृथ्वीको आनन्द हो ।
3त्यसका दरबारहरूमा परमेश्वरले आफैलाई शरणस्थानको रूपमा प्रकट गर्नुभएको छ ।
8“म, परमप्रभुले आफैंसित यो प्रतिज्ञा गरेको छु — यो परमप्रभु सर्वशक्तिमान् परमेश्वर घोषणा हो, म याकूबको घमण्डलाई घृणा गर्छु, म त्यसका किल्लाहरूलाई घृणा गर्छु । यसकारण म त्यो सहरमा भएका सबै थोकसँगै त्यसलाई सुम्पिदिनेछु ।”
11किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन्, यो परमप्रभुको घोषणा हो ।
11जसरी एउटा पटुका कसैको कम्मरमा कसिएको हुन्छ, त्यसरी नै मैले इस्राएलका सबै घराना र यहूदाका सबै घरानालाई मेरो जाति हुन, मेरो नाउँ राख्न, मलाई इज्जत, प्रशंसा र आदर गर्न ममा कसिन लगाएको छु, यो परमप्रभुको घोषणा हो । तर तिनीहरूले मेरो कुरा सुन्दैनन् ।
4इस्राएल र यहूदाको विषयमा परमप्रभुले घोषणा गर्नुभएका वचनहरू यी नै हुन्,
18जस्तो म जीवित छु, सर्वशक्तिमान् परमप्रभु महाराजा घोषणा गर्नुहुन्छ— कोही एक जना तबोर पर्वतझैं र समुद्र किनारको कर्मेल पर्वतझैं आउनेछ ।
22धेरै मानिसहरू र धेरै जातिहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्त गर्न आउनेछन्!
12तिनीहरूलाई म ममा नै बलियो बनाउनेछु, र तिनीहरू मेरो नाउँमा हिँड्नेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”
23सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, “मैले यस जातिलाई तिनीहरूको देशमा फर्काएर ल्याउँदा तिनीहरूले यहूदा र यसका सहरहरूमा यसो भन्नेछन्, 'उहाँ बस्नुहुने ए धर्मी बासस्थान्, ए पवित्र पर्वत, परमप्रभुले तँलाई आशिष् देऊन् ।'
1¶ परमेश्वरले आफैलाई यहूदामा प्रकट गर्नुभएको छ । इस्राएलमा उहाँको नाउँ महान् छ ।
4मेरो सेवक याकूब र मेरो चुनिएको इस्राएलको निम्ति, मैले थोरै आदरको पद तँलाई दिएर तेरो नाउँ काढेर बोलाएको छु, तापनि तैंले मलाई चिन्दैनस् ।
20त्यस दिन इस्राएलका बाँकी, उम्केका याकूबका घरानाले आफूलाई पराजित गर्नेमाथि भर पर्ने छैनन्, तर तिनीहरू साँच्चै इस्राएलका परमपवित्र परमप्रभुमा भर पर्नेछन् ।
2तिनीहरू मलाई पुकारा गर्छन्, ‘हे मेरा परमेश्वर, इस्राएलीमा हामी तपाईंलाई चिन्दछौं ।’
7सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्वर हाम्रो शरण हुनुहुन्छ । सेला
5उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्वर हुनुहुन्छ । पुकारा गर्नुपर्ने उहाँको नाउँ “परमप्रभु” हो ।
14तँ कसरी यसो भन्न सक्छस्, 'हामी सिपाही, शक्तिशाली योद्धाहरू हौं’?
35सहरको वरिपरिको दुरी अठार हजार हात लामो हुनेछ । त्यस दिनदेखि त्यो सहरको नाउँ हुनेछ, “परमप्रभु त्यहाँ हुनुहुन्छ ।”
2“बनाउनुहुने परमप्रभु यसो भन्नुहुन्छ— सुदृढ गर्नाका लागि परमप्रभुले रचना गर्नुहुन्छ, परमप्रभु उहाँको नाउँ हो ।
16ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षामा जिउनेछ, किनकि त्यसको नाउँ यो हुनेछ, 'परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ ।'
9तब तिनले उनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई तिमीहरूका बिन्ती राख्न पठायौ,
27यसकारण म तिमीहरूलाई दमस्मसभन्दा पर निर्वासनमा पठाउनेछु,” परमप्रभु भन्नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमेश्वर हो ।
5यो परमप्रभुको घोषणा हो, मेरा मानिसहरू सित्तैंमा लगिएको देख्दा, अब मसँग यहाँ के छ र? यो परमप्रभुको घोषणा हो, तिनीहरूमाथि शासन गर्नेहरूले तिनीहरूलाई खिसी गर्छन् र दिनभरि मेरो नाउँको निरन्तर निन्दा हुन्छ ।
6यसकारण मेरा मानिसहरूले मेरो नाउँ जान्नेछन् । “हो, त्यो म नै हुँ” भन्ने म नै हुँ भनी तिनीहरूले त्यस दिन जान्नेछन् ।
6ए यरूशलेम, मैले तेरा पर्खालहरूमा रक्षकहरू राखेको छु । तिनीहरू दिनरात चुप बस्दैनन् । तिमीहरू जो परमप्रभुलाई पुकार्छौ, विश्राम नलेओ ।
6ए सियोनका बासिन्दाहरू हो, उच्च सोरले कराओ र आनन्दसाथ चिच्याओ, किनकि तिमीहरूका माझमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ ।
2जातिहरूले तेरो धार्मिकता र राजाहरूले तेरो महिमा देख्नेछन् । परमप्रभुले चुन्नुहुने नयाँ नाउँले तँलाई बोलाइनेछ ।
9किनकि यो सहर मेरो लागि आनन्दको वस्तु अनि पृथ्वीका सबै जातिका लागि प्रशंसाको गीत र सम्मान हुनेछ । मैले यसको लागि गर्ने सबै असल कुराहरू तिनीहरूले सुन्ने छन् । त्यसपछि मैले यस सहरलाई दिने सबै असल कुरा र शान्तिको कारणले तिनीहरू डराउनेछन्, र थरथर काँम्नेछन् ।'
17त्यस बेला तिनीहरूले यरूशलेमको बारेमा घोषणा गर्ने छन्, 'यो परमप्रभुको सिंहासन हो ।' अनि अरू सबै जाति परमप्रभुको नाउँमा यरूशलेममा जम्मा हुनेछन् । अब उसो तिनीहरू तिनीहरूका दुष्ट हृदयको हठमा हिंड्नेछैनन् ।
12किनकि पवित्र भूमिमा परमप्रभुले यहूदालाई आफ्नो उत्तराधिकारझैँ प्राप्त गर्नुहुनेछ र उहाँले फेरि पनि यरूशलेमलाई आफ्नो निम्ति चुन्नुहुनेछ ।
5तिमीहरूका आफ्नै आँखाले यो देख्नेछन्, अनि तिमीहरूले भन्नेछौ, ‘इस्राएलका सिमानाहरूभन्दा बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ ।’”
13तैंले पवित्र मानेर आदर गर्ने परमप्रभु नै हुनुहुन्छ । तैंले उहाँकै भय मान्नुपर्छ र तँ उहाँसितै डराउनुपर्छ ।
8किनभने म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरू यरूशलेममा वास गर्नेछन्, अनि तिनीहरू फेरि मेरा मानिसहरू हुनेछन्, र सत्यता र धार्मिकतामा म तिनीहरूका परमेश्वर हुनेछु ।
16सर्वशक्तिमान् परमप्रभु आफ्नो न्यायमा उच्च पारिनुहुनेछ र परमपवित्र परमेश्वरले आफ्नो धर्मिकताद्वारा आफूलाई पवित्र प्रकट गर्नुहुनेछ ।
5किनभने हरेक जातिहरू तिनीहरूका ईश्वरहरूका नाममा हिँड्छन् । तर हामी हाम्रा परमेश्वर परमप्रभुको नाउँमा सदा सर्वदा हिँड्नेछौँ ।
32किनकि यरूशलेमबाट बाँकी रहेकाहरू आउनेछन् । सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोशले यो गर्नेछ ।”