भजनसंग्रह 48:1

अनलक शाब्दिक बाइबल

¶ परमप्रभु महान् हुनुहुन्छ र‍ हाम्रा परमेश्‍वरको सहर उहाँको पवित्र पर्वतमा ज्‍यादै धेरै प्रशंसा हुनुपर्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मीका 4:1 : 1 ¶ तर अन्त्यका दिनहरूमा परमप्रभुको घरानाको पर्वत अरू पर्वतहरूमाथि स्थापित हुनेछ । त्यो पहाडहरूभन्दा माथि उचालिनेछ र जाति-जातिहरू त्यसतर्फ जानेछन् ।
  • जक 8:3 : 3 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म सियोनमा फर्कनेछु र यरूशलेममा वास गर्नेछु, किनकि यरूशलेम सत्यको सहर भनिनेछ र सेनाहरूका परमप्रभुको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ!
  • भजन 46:4 : 4 एउटा नदी छ जसका प्रावाहहरूले परमेश्‍वरको सहर अर्थात्, सर्वोच्‍चले वास गर्नुहुने एउटा पवित्र ठाउँलाई हर्षित तुल्याउँछ ।
  • भजन 145:3 : 3 परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्‌ता अथाहा छ ।
  • यशा 2:2-3 : 2 अन्तका दिनहरूमा यस्‍तो हुनेछ परमप्रभुको मन्‍दिरको पर्वतलाई सबैभन्दा उच्‍च पर्वतहरूझैं स्थापित गरिनेछ, र डाँडाहरूभन्दा माथि त्‍यो उचालिनेछ, र सबै जातिहरू यतैतिर आउनेछन् । 3 धेरै जना मानिसहरू आउनेछन् र भन्‍नेछन्, “आओ, परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा माथि जाऔं, ताकि उहाँले आफ्‍ना केही मार्गहरू हामीलाई सिकाउनु भएको होस् र हामी उहाँका मार्गहरूमा हिंड्न सकौं ।” किनकि सियोनबाट नै व्यावस्था र यरूशलेमबाट नै परमप्रभुको वचन जानेछ ।
  • भजन 96:4 : 4 किनकि परमप्रभु महान् हुनुहुन्छ र उहाँको ठुलो प्रशंसा हुनुपर्छ । अरू सबै देवताभन्दा बढी उहाँकै भय मान्‍नुपर्छ ।
  • भजन 99:3-4 : 3 तिनीहरूले तपाईंको महान् र भयङ्कर नाउँको स्तुति गरून् । उहाँ पवित्र हुनुहुन्छ । 4 राजा शक्तिशाली हुनुहुन्छ र उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ । तपाईंले निश्‍पक्षता स्थापित गर्नुभएको छ । तपाईंले याकूबमा धार्मिकता र न्याय गर्नुभएको छ ।
  • भजन 99:9 : 9 परमप्रभु हाम्रा परमेश्‍वरको स्तुति गर र उहाँको पवित्र पर्वतमा आराधना गर, किनकि परमप्रभु हाम्रा परमेश्‍वर पवित्र हुनुहुन्छ ।
  • भजन 147:5 : 5 हाम्रा परमप्रभु महान्‌ र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्‍न गर्न सकिंदैन ।
  • २ इति 20:1-9 : 1 ¶ यसपछि यस्‍तो हुन आयो, मोआब र अम्‍मोनका मानिसहरू र तिनीहरूसँग केही मोनीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए । 2 त्यसपछि केही यहोशापातकहाँ यसो भन्‍दै आए, “मृत-सागर पारि एदोमदेखि एउटा ठुलो भिड तपाईंको विरुद्धमा आइरहेछ । हेर्नहोस्, तिनीहरू हासेसोन-तामार, अर्थात्‌ एन-गदीमा छन् ।” 3 यहोशापात डराए र परमप्रभुको खोजी गर्न अलग्‍गै गए । यहूदाभरि तिनले उपवासको घोषणा गरे । 4 परमप्रभुको खोजी गर्न यहूदाका मानिसहरू एकसाथ भेला भए । यहूदाका सबै सहरबाट तिनीहरू परमप्रभुको खोजी गर्न आए । 5 यहूदा र यरूशलेमका सभाको सामु परमप्रभुका मन्‍दिरको नयाँ चोकको अगि यहोशापात खडा भए । 6 तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, के तपाईं स्‍वर्गका परमेश्‍वर हुनुहुन्‍न र? के तपाईं जातिहरूका सबै राज्‍यका शासक हुनुहुन्‍न र? शक्ति र बल तपाईंका हातमा छन्‌ । यसैले कसैले पनि तपाईंको विरोध गर्न सक्दैन । 7 हे हाम्रा परमेश्‍वर, के तपाईंले नै आफ्‍नो मानिस इस्राएलका सामुबाट यस देशका बासिन्‍दाहरूलाई धपाउनुभएको र यसलाई सदासर्वदाको निम्ति अब्राहामका सन्‍तानलाई दिनुभएको होइन र? 8 तिनीहरू यसमा बसे र यसमा यसो भनेर एउटा पवित्र स्थान बनाए, 9 ‘हामीमाथि विपत्ति—तरवार, न्याय, वा रोग,वा अनिकाल आउँछ भने— हामी यस मन्‍दिरको अगि र तपाईंको अगि खडा हुने छौं (किनकी तपाईंको नाउँ यस मन्दिरमा छ), र हाम्रो कष्‍टमा हामी तपाईंसित पुकारा गर्ने छौं, र तपाईंले हाम्रा बिन्‍ती सुन्‍नुहुने छ र हामीलाई बचाउनुहुने छ ।' 10 अब हेर्नुहोस्, यहाँ अम्मोन, मोआब, र सेइर पर्वतका मानिसहरू छन्, जसलाई तपाईंले मिश्रदेशबाट आउँदा इस्राएललाई आक्रमण गर्न दिनुभएन । बरु, इस्राएल तिनीहरूबाट तर्केर गए र तिनीहरूलाई नष्‍ट गरेनन् । 11 हेर्नुहोस्, यिनीहरूले हामीलाई कस्तो प्रतिफल दिइरहेका छन् । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको ठाउँदेखि हामीलाई धपाउन तिनीहरू आउँदै छन्‌ । 12 हे हाम्रा परमेश्‍वर, के तपाईं उनीहरूको न्‍याय गर्नुहुन्‍न र? किनकि हाम्रो विरूद्ध आइरहेको यो ठुलो फौज को सामना गर्ने शक्ति हामीसँग छैन । हामीले के गर्नुपर्ने हो सो हामी जान्‍दैनौं, तर हाम्रा दृष्‍टि तपाईंमा छन् ।” 13 सारा यहूदा आफ्ना सासाना बालबालिका, पत्‍नीहरू र छोराछोरीसमेत परमप्रभुको अगि खडा भए । 14 तब सभाको बिचमा आसापका छोरामध्येका मत्तन्‍याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्‍मा आउनुभयो । 15 यहासेलले भने, “हे सारा यहूदा र यरूशलेमका सबै बासिन्‍दा र राजा यहोशापात, सुन्‍नुहोस् । परमप्रभु तपाईंहरूलाई यही भन्‍नुहुन्‍छ, ‘नडराओ, यस ठूलो फौजका कारणले हतास नहोओ, किनकि लडाइँ तपाईंहरूको होइन, तर परमप्रभुको हो । 16 तिमीहरू भोलि उनीहरूका विरुद्धमा जानुपर्छ । हेर, उनीहरू जीजको बाटो भएर आउँदैछन् । तिमीहरूले उनीहरूलाई बेसीको पल्लो छेउमा यरूएलको उजाड-स्‍थान अगि भेट्‌ने छौ । 17 यो लडाइँ तिमीहरूले लड्‌नुपर्ने छैन । ए यहूदा र यरूशलेम, आफ्नो पंक्तिमा खडा होओ, स्थिर खडा होओ, र परमप्रभुले तिमीहरूलाई बचाउनुभएको कामलाई हेर । नडराओ, न त हतास होओ । तिनीहरूको विरुद्ध भोलि निस्‍केर जाओ, किनकि परमप्रभु तिमीहरूसँग हुनुहुन्छ ।’” 18 यहोशापातले आफ्‍नो शिरलाई भूइँमा घोप्‍टो पारे । यहूदा र यरूशलेमका सबै बासिन्‍दा परमप्रभुको आराधना गर्दै उहाँको सामुन्‍ने घोप्‍टो परे । 19 कहाती र कोरहका वंशका कोही लेवीहरू चर्को सोरमा परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गर्न खडा भए । 20 तिनीहरू बिहान सबेरै उठे र निस्‍केर तकोको उजाड-स्‍थानमा गए । जब तिनीहरू निस्‍केर गए, तब यहोशापात खडा भए र भने, “हे यहूदा र यरूशलेमका बासिन्‍दा हो, मेरो कुरा सुन । परमप्रभु आफ्‍ना परमेश्‍वरमा भरोसा राख र तिमीहरूलाई सहायता मिल्ने छ । उहँका अगमवक्तामाथि भरोसा गर, र तिमीहरू सफल हुने छौ ।” 21 मानिसहरूसित सल्‍लाह लिएपछि, परमप्रभुको निम्ति गाउने र उहाँको प्रशंसा गर्नेहरूलाई तिनीहरू हिंड्‍दै गर्दा, उहाँको महान् वैभवताको प्रशंसा गरेर यसो भन्दै गाउनलाई केहीलाई तिनले नियुक्त गरे, “परमप्रभुलाई धन्‍यवाद देओ, किन उहाँको करारको विश्‍वस्‍तात सदासर्वदा रहन्छ ।” 22 जब तिनीहरूले गाउन र प्रशंसा गर्न सुरु गरे, तब परमप्रभुले यहूदासँग युद्ध गर्न आइरहेका अम्‍मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूको विरूद्ध ढुकेर आक्रमण गर्ने मानिसहरू खडा गर्नुभयो । उनीहरू परास्‍त भए । 23 किनकि सेइर पर्वतका मानिसहरूलाई पूर्ण रूपले मारेर सिद्ध्‍याउन र तिनीहरूलाई नाश गर्न भनेर अम्‍मोनी र मोआबीहरू तिनीहरूका विरुद्धमा उठे । जब तिनीहरूले सेइरका बासिन्‍दाहरूलाई नाश गरेर सिद्ध्‍याए, तब तिनीहरू सबैले एक-अर्कालाई नाश गर्न मदत गरे । 24 जब यहूदाका मानिसहरू उजाड-स्‍थान देखिने अल्‍गो ठाउँमा आइपुगे, तब तिनीहरूले फौजलाई हेरे । हेर, तिनीहरू मरेर भूइँमा ढलेका थिए । एक जना पनि बाँचेको थिएन । 25 जब यहोशापात र तिनका मानिसहरू उनीहरूका लूटका माल जम्‍मा गर्न आउँदा, तिनीहरूले उनीहरूका बिचमा प्रशस्त सामानहरू, लुगाफाटा र बहुमूल्‍य थोकहरू भेटाए, जसलाई तिनीहरूले बोक्‍न सक्‍नेभन्‍दा धेरै आफूसँग लगे । लूटका माल ओसार्न तिनीहरूलाई तीन दिन लाग्यो । त्‍यो सह्रै धेरै थियो । 26 चौथो दिन तिनीहरू बराकाहको बेसीमा भेला भए । तिनीहरूले त्‍यहाँ परमप्रभुको प्रशंसा गरे। यसैले त्‍यस ठाउँको नाउँ आजको दिनसम्‍म पनि, ‘बराकाको बेसी’ रहेको छ । 27 त्‍यसपछि यहूदा र यरूशलेमका हरेक मानिस यहोशापातलाई अगि लगाएर विजयको साथ यरूशलेम जानलाई फर्के, किनकि परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई आनन्‍दित तुल्‍याउनुभएको थियो । 28 तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा र परमप्रभुको मन्‍दिरमा आए । 29 परमप्रभुले इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभएको कुरा सुनेर सबै देशका राज्‍यहरूमा परमेश्‍वरको भय फैलियो । 30 यसरी यहोशापातको राज्‍यमा शान्‍ति भयो, किनकि तिनका परमेश्‍वरले तिनका चारैतिरबाट तिनलाई शान्ति दिनुभयो । 31 यहोशापातले यहूदामाथि राज्‍य गरेः तिनले राज्य गर्न सुरु गर्दा तिनी पैंतिस वर्षका थिए, र तिनले यरूशलेममा पच्‍चिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्‍हीकी छोरी थिइन्‌ । 32 तिनी आफ्‍ना बुबा आसाका चालमा हिंडे । तीबाट तिनी तर्केर गएनन्‌ । परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे । 33 तापनि तिनले डाँडाका थानहरू तिनले हटाएनन् । मानिसहरूले अझैसम्‍म पनि आफ्‍ना पुर्खाहरूका परमेश्‍वरमाथि आफ्‍नो हृदय लाएनन्‌ । 34 यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म नै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्‌, जुन इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌ । 35 त्यसपछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्‍याहसँग मित्रता गरे, जसले धेरै दुष्‍ट काम गरे । 36 तर्शीशमा जाने जहाजहरू बनाउनको निम्ति तिनले उनीसँग मित्रता गरे । तिनीहरूले एस्‍योन-गेबेरमा जहाजहरू बनाए । 37 तब मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा अगमवाणी बोले । तिनले भने, “तपाईंले अहज्‍याहसँग मित्रता गर्नुभएको हुनाले, परमप्रभुले तपाईंका योजनाहरू नष्‍ट पार्नुभएको छ ।” ती जहाजहरू नष्‍ट भए ताकि ती तैरन सकेनन् ।'
  • नहे 9:5 : 5 तब लेवीहरू, येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “खडा भएर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा चढाओ ।” तिनीहरूले तपाईंको महिमित नाउँलाई धन्यको भनून्, र यो नाउँ हरेक आशिष् र प्रशंसाभन्दा माथि उचालिएको होस् ।
  • भजन 2:6 : 6 “मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु ।”
  • भजन 30:1 : 1 ¶ हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्‍दित हुन दिनुभएको छैन ।
  • भजन 46:1 : 1 ¶ परमेश्‍वर हाम्रो शरणस्थान र बल, दुःखको समयमा तुरुन्‍तै पाउन सकिने मदत हुनुहुन्छ ।
  • भजन 47:8 : 8 परमेश्‍वरले जातिहरूमा राज्‍य गर्नुहुन्छ । परमेश्‍वर आफ्‍नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ ।
  • भजन 65:1 : 1 ¶ हे सियोनका परमेश्‍वर, हाम्रो प्रशंसाले तपाईंको आसा गर्छ । हाम्रा भाकलहरू तपाईंकहाँ पूरा हुनेछन् ।
  • भजन 78:68 : 68 उहाँले यहूदाको कुल र उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्‍नुभयो ।
  • भजन 86:10 : 10 किनकि तपाईं महान् हुनुहुन्छ र अचम्‍मका कुराहरू गर्नुहुन्छ । तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ ।
  • भजन 87:1 : 1 ¶ उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ ।
  • भजन 87:3 : 3 हे परमेश्‍वरको सहर, तेरो बारेमा महिमित कुराहरू भनिएको छ । सेला
  • भजन 89:1-7 : 1 ¶ म परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूका बारेमा सधैं गाउनेछु । म भावी पुस्ताहरूलाई तपाईंको सत्यता घोषणा गर्नेछु । 2 किनकि मैले भनेको छु, “करारको विश्‍वस्‍तता सदाको निम्ति स्थापित गरिएको छ । तपाईंले आफ्‍नो सत्यता स्वर्गमा स्थापित गर्नुभएको छ ।” 3 मैले आफ्‍नो चुनिएको जनसँग करार बाँधेको छु । मैले आफ्‍नो दास दाऊदसँग सपथ खाएको छु । 4 म तेरा सन्तानहरूलाई सदाको निम्ति स्थापित गर्नेछु र म तेरो सिंहासन सबै पुस्ताहरूसम्म स्थापित गर्नेछु ।” सेला 5 हे परमप्रभु, स्वर्गले तपाईंका आश्‍चर्य कामहरूका प्रशंसा गर्छ । तपाईंको सत्यताको प्रशंसा पवित्र जनहरूका सभामा गरिन्छ । 6 किनकि आकाशमा हुने कोसँग परमप्रभुको तुलना गर्न सकिन्छ र? देवताहरूका छोराहरूमध्ये कोचाहिं परमप्रभुजस्तो छ र? 7 उहाँ त्‍यस्‍तो परमेश्‍वर हुनुहुन्छ जसलाई पवित्र जनहरूका भेलामा उच्‍च आदर गरिन्‍छ र उहाँलाई घेरा हाल्‍ने सबैको माझमा भयानक हुनुहुन्छ ।
  • यशा 27:13 : 13 त्यस दिन एउटा ठुलो तुरही फुकिनेछ । अनि अश्शूरको देशमा नष्‍टभइरहेकाहरू र मिश्रदेशमा निस्‍कासितहरू आउनेछन्, तिनीहरूले यरूशलेमको पवित्र पर्वतमा परमप्रभुको आराधना गर्नेछन् ।
  • यिर्मि 31:23 : 23 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मैले यस जातिलाई तिनीहरूको देशमा फर्काएर ल्याउँदा तिनीहरूले यहूदा र यसका सहरहरूमा यसो भन्‍नेछन्, 'उहाँ बस्‍नुहुने ए धर्मी बासस्थान्, ए पवित्र पर्वत, परमप्रभुले तँलाई आशिष् देऊन् ।'
  • ओबद 1:17 : 17 तर भाग्‍न सफल भएकाहरू सियोन पर्वतमा रहनेछन् र त्यो पवित्र हुनेछ । अनि याकूबको घरानाले तिनीहरूका आ-आफ्ना सम्पत्तिको अधिकार गर्नेछन् ।
  • इब्रा 12:22 : 22 त्यसको सट्टामा, तिमीहरू सियोन पहाड र जीवित परमेश्‍वरको सहर स्वर्गीय यरूशलेम अनि दसौँ हजार स्वर्गदूतको उत्सवमा आएका छौ ।
  • प्रका 15:3-4 : 3 तिनीहरूले परमेश्‍वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका कामहरू महान् र आश्‍चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् । 4 हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र? तपाईंसँग को डराउँदैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।
  • प्रका 19:5 : 5 त्यसपछि सिंहासनबाट यसो भन्‍ने एउटा आवाज आयो, “तिमीहरू सबै उहाँका दासहरू हौ जसले उहाँको भय मान्दछन्, हाम्रा परमेश्‍वरको प्रशंसा गर ।”
  • प्रका 21:2 : 2 तब परमेश्‍वरबाट दुलहाका लागि दुलहीझैँ सिङ्‍गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ ।
  • प्रका 21:10-22 : 10 अनि तिनले मलाई आत्मामा बोकेर एउटा ठुलो अग्‍लो पर्वतमा लगे र परमेश्‍वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । 11 यरूशलेममा परमेश्‍वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्‍नहरूजस्तो, मणिक स्फटिक पत्थरको जस्तो थियो । 12 त्यसका बाह्रवटा ढोकासँगै एउटा ठुलो अग्‍लो पर्खाल थियो, ढोकाहरूमा बाह्र जना स्वर्गदूत थिए । ढोकाहरूमा इस्राएलको सन्तानका बाह्रै कुलका नाउँहरू लेखिएका थिए । 13 पूर्वमा तिनवटा ढोका, उत्तरमा तिनवटा ढोका, दक्षिणमा तिनवटा ढोका र पश्‍चिममा तिनवटा ढोका थिए । 14 सहरका पर्खालका बाह्रवटा जग थिए, र तीमाथि थुमाका बाह्रै प्रेरितका बाह्रवटा नाउँ थिए । 15 मसँग बोल्नुहुनेसँग सहर र त्यसका पर्खालहरू नाप्‍नलाई एउटा सुनको नाप्‍ने लौरो थियो । 16 त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ उस्तै थिए । त्यस लौरोले सहर नाप्दा त्यो लगभग बाह्र हजार लम्बाइको थियो (त्यसको लम्बाइ, चौडाइ र उचाइ उस्तै थिए ) । 17 तिनले त्यसको पर्खाल पनि नापे, मानिसहरूद्वारा नाप्‍दा त्यो पैँसट्ठी मिटरको थियो । (जुन स्वर्गदूतहरूले पनि नापेको हो ) । 18 पर्खाल बिल्लौर र सहर शुद्ध सुनले सफा काँचजस्तै बनाइएको थियो । 19 पर्खालका जगहरू हर प्रकारका बहुमूल्य पत्थरद्वारा बनाइएका थिए । पहिलो बिल्लौर थियो, दोस्रो निलमणि थियो, तेस्रो हरित थियो, चौथो पन्‍ना थियो । 20 पाँचौँ आनिक्स थियो, छैटौँ लालमणि थियो, सातौँ पीतमणि थियो, आठौँ बेरूज थियो, नवौँ पुष्पराज थियो, दसौँ लसुने रत्‍न थियो । एघारौँ नीलमणि थियो, र बाह्रौँ कटेला थियो । 21 बाह्रवटा ढोका बाह्र मोतीका थिए । प्रत्येक ढोका मोतीबाट बनेको थियो । सहरका गल्लीहरू निखुर सुनका थिए, काँचजस्तै छर्लङ्ग देखिन्थे । 22 मैले सहरमा कुनै मन्दिर देखिनँ, किनभने सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर र थुमा नै यसको मन्दिर हुनुहुन्छ ।
  • मत्त 24:15 : 15 त्यसकारण, जब तिमीहरूले दानिएल अगमवक्‍ताले भनेका जस्तै त्यस विनाशकारी घृणित व्यक्‍तिलाई पवित्र स्थानमा उभिएको देख्छौ (पाठकले आफैँ बुझोस),

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 48:2-3
    2 पदहरू
    86%

    2महान् राजाको सहरको उत्तरमा अवस्‍थित सियोन पर्वत उच्‍च ठाउँमा सुन्दर, सारा पृथ्वीको आनन्द हो ।

    3त्‍यसका दरबारहरूमा परमेश्‍वरले आफैलाई शरणस्थानको रूपमा प्रकट गर्नुभएको छ ।

  • भजन 99:2-3
    2 पदहरू
    78%

    2परमप्रभु सियोनमा महान् हुनुहुन्छ । उहाँ सबै जातिभन्दा माथि उचालिनुभएको छ ।

    3तिनीहरूले तपाईंको महान् र भयङ्कर नाउँको स्तुति गरून् । उहाँ पवित्र हुनुहुन्छ ।

  • 12हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्‍वरको प्रशंसा गर् ।

  • 1¶ परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्‍वरको स्‍तुति गाउनु असल कुरा हो । यो सुखद हुन्‍छ र प्रशंसा उचित छ ।

  • भजन 48:8-11
    4 पदहरू
    76%

    8सर्वशक्तिमान् परमप्रभु हाम्रा परमेश्‍वरको सहरमा हामीले जस्तो सुनेका छौं त्यस्तै हामीले देखेका छौं । परमेश्‍वरले यसलाई सदासर्वदाको निम्ति स्थापित गर्नुहुनेछ । सेला

    9हे परमेश्‍वर, हामीले तपाईंको मन्दिरको बिचमा तपाईंको करारको विश्‍वस्‍तताका बारेमा विचार गरेका छौं ।

    10हे परमेश्‍वर, तपाईंको नाउँ जस्तो छ पृथ्वीको अन्तिम छेउसम्म तपाईंको प्रशंसा त्यस्तै छ । तपाईंको दाहिने हात धार्मिकताले पूर्ण छ ।

    11तपाईंका धार्मिक आदेशहरूका कारणले सियोन पर्वत खुसी होस्, यहूदाका छोरीहरू आनन्‍दित होऊन् ।

  • 3परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्‌ता अथाहा छ ।

  • 4किनकि परमप्रभु महान् हुनुहुन्छ र उहाँको ठुलो प्रशंसा हुनुपर्छ । अरू सबै देवताभन्दा बढी उहाँकै भय मान्‍नुपर्छ ।

  • 3हे परमेश्‍वरको सहर, तेरो बारेमा महिमित कुराहरू भनिएको छ । सेला

  • भजन 150:1-2
    2 पदहरू
    75%

    1¶ परमप्रभुको प्रशंसा गर । परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।

    2उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर । उहाँको आश्‍चर्यको महान्‌ताको निम्ति उहाँको प्रशंसा गर ।

  • 25किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, र उच्‍च प्रशंसा हुनुपर्छ, र सारा देवताहरूभन्‍दा बढी उहाँकै भय राखिनुपर्छ ।

  • 9परमप्रभु हाम्रा परमेश्‍वरको स्तुति गर र उहाँको पवित्र पर्वतमा आराधना गर, किनकि परमप्रभु हाम्रा परमेश्‍वर पवित्र हुनुहुन्छ ।

  • 1¶ परमेश्‍वरले आफैलाई यहूदामा प्रकट गर्नुभएको छ । इस्राएलमा उहाँको नाउँ महान् छ ।

  • 1¶ हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । ए स्वर्गमा हुनेहरू हो, परमप्रभुको प्रशंसा गर । ए उच्‍च स्थानहरूमा हुनेहरू हो, उहाँको प्रशंसा गर ।

  • 21सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।

  • 1¶ उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ ।

  • भजन 113:3-5
    3 पदहरू
    73%

    3सूर्य उदायदेखि त्‍यो नअस्‍ताएसम्म नै, परमप्रभुको नाउँको प्रशंसा हुनुपर्छ ।

    4परमप्रभु सबै जातिभन्दा उच्‍च हुनुहुन्‍छ र उहाँको महिमा आकाशसम्‍म पुग्‍छ ।

    5परमप्रभु हाम्रा परमेश्‍वरझैं को छ र, जसको आफ्‍नो आसन उच्‍चमा छ,

  • 5परमप्रभु उच्‍च पारिनुभएको छ । उच्‍च स्थानमा उहाँ विराजमान हुनुहुन्छ । उहाँले सियोनलाई न्याय र धार्मिकता भर्नुहुनेछ ।

  • 2किनकि सर्वोच्‍च परमप्रभु भययोग्य हुनुहुन्छ । सारा पृथ्वीका महान् राजा उहाँ नै हुनुहुन्छ ।

  • 13तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्‍च पारिन्छ र उहाँको महिमाले पृथ्वी र स्वर्गलाई ढाक्छ ।

  • 4एउटा नदी छ जसका प्रावाहहरूले परमेश्‍वरको सहर अर्थात्, सर्वोच्‍चले वास गर्नुहुने एउटा पवित्र ठाउँलाई हर्षित तुल्याउँछ ।

  • भजन 68:15-16
    2 पदहरू
    72%

    15बाशानको पहाडी देशचाहिं शक्तिशाली पहाड हो । बाशानको पहाडी देश एउटा अग्लो पहाड हो ।

    16हे उच्‍च पहाडी देश, तँ किन डाहले हेर्छस्, त्‍यो पहाड जसमा परमेश्‍वर बस्‍ने इच्छा गर्नुहुन्छ? वास्तवमा, परमप्रभु सदासर्वदा त्‍यसमा बास गर्नुहुन्छ ।

  • 3किनकि परमप्रभु महान् परमेश्‍वर हुनुहुन्छ र सबै देवहरूभन्दा माथिका महान् राजा हुनुहुन्छ ।

  • 9हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीमा कति महिमित छ!

  • 19परमप्रभुको मन्‍दिरका चोकहरूमा, यरूशलेमको बिचमा म पुरा गर्नेछु । परमप्रभुको प्रशंसा गर ।

  • 5हे परमेश्‍वर, स्वर्गभन्दा माथि उच्‍च हुनुहोस् र सारा पृथ्वीभरि तपाईंको महिलाई उच्‍च पारियोस् ।

  • 11हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस् ।

  • 2किनकि तिनीहरूले आफूलाई पवित्र सहरका मानिसहरू भन्छन् र इस्राएलको परमेश्‍वरमा भरोसा गर्छन् । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।

  • 6परमेश्‍वर प्रशंसा गाओ, प्रशंसा गाओ । हाम्रा राजाको निम्‍ति प्रशंसा गाओ, प्रशंसा गाओ ।

  • 8हे परमप्रभु, तपाईंको धार्मिक आदेशहरूका कारणले सियोनले सुन्यो र खुसी भयो, अनि यहूदाका नगरहरू आनन्‍दित भए ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्‍वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ ।

  • 5वास्तवमा, तिनीहरूले परमप्रभुका कामहरूका बारेमा गीतहरू गाउनेछन्, किनकि परमप्रभुको महिमा महान् छ ।

  • 1¶ हे सर्वोच्‍च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो,

  • 3परमप्रभुको पर्वतमाथिको को चढ्नेछ? उहाँको पवित्र स्थानमा को खडा हुनेछ?

  • 4पर्वतहरूमाथि तपाईंले आफ्‍ना शिकारहरू मारेर ओर्लनुहुँदा तपाईं चम्‍किनुहुन्‍छ र आफ्‍नो माहिमा प्रकट गर्नुहुन्छ ।

  • 11सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्छ । सेला

  • 1¶ परमेश्‍वर हाम्रो शरणस्थान र बल, दुःखको समयमा तुरुन्‍तै पाउन सकिने मदत हुनुहुन्छ ।

  • 6ए सियोनका बासिन्दाहरू हो, उच्‍च सोरले कराओ र आनन्दसाथ चिच्याओ, किनकि तिमीहरूका माझमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ ।

  • 16परमप्रभुले सियोनको पुनःनिर्माण गर्नुहुनेछ र आफ्‍नो महिमामा देखा पर्नुहुनेछ ।

  • 9मानिसहरूका शासकहरू अब्राहामका परमेश्‍वरका मानसिहरूकहाँ एकसाथ भेला भएका छन्, किनकि पृथ्वीको ढाल परमेश्‍वरकै हो । उहाँ अति उच्‍च हुनुहुन्छ ।

  • 21परमप्रभु धन्यको होऊन्, किनकि म घेराबन्दीको सहरमा हुँदा उहाँले मलाई आफ्‍नो अचम्‍मको करारको विश्‍वस्‍तता दर्शाउनुभयो ।