यिर्मिया 13:11

अनलक शाब्दिक बाइबल

जसरी एउटा पटुका कसैको कम्मरमा कसिएको हुन्छ, त्यसरी नै मैले इस्राएलका सबै घराना र यहूदाका सबै घरानालाई मेरो जाति हुन, मेरो नाउँ राख्‍न, मलाई इज्‍जत, प्रशंसा र आदर गर्न ममा कसिन लगाएको छु, यो परमप्रभुको घोषणा हो । तर तिनीहरूले मेरो कुरा सुन्दैनन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 19:5-6 : 5 अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ र मेरो करार पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन् । 6 तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।”
  • यिर्मि 33:9 : 9 किनकि यो सहर मेरो लागि आनन्दको वस्तु अनि पृथ्वीका सबै जातिका लागि प्रशंसाको गीत र सम्मान हुनेछ । मैले यसको लागि गर्ने सबै असल कुराहरू तिनीहरूले सुन्‍ने छन् । त्यसपछि मैले यस सहरलाई दिने सबै असल कुरा र शान्तिको कारणले तिनीहरू डराउनेछन्, र थरथर काँम्‍नेछन् ।'
  • भजन 81:11 : 11 तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् ।
  • यशा 43:21 : 21 यी मानिसहरू जसलाई मैले आफ्‍नो निम्ति बनाएँ, ताकि तिनीहरूले मेरा प्रशंसाहरूको वर्णन गरून् ।
  • यशा 62:12 : 12 तिनीहरूले तँलाई यसो भन्‍नेछन्, “पवित्र मानिसहरू । परमप्रभुले उद्धार गर्नुभएकाहरू,” अनि तँलाई “खोजिएको । नत्यागिएको सहर” भनिनेछ ।
  • यिर्मि 6:17 : 17 तुरहीको आवाज सुन्‍न मैले तिमीहरूका निम्ति पहरेदारहरू नियुक्त गरें । तर तिनीहरूले भने, 'हामी सुन्‍ने छैनौं ।'
  • यिर्मि 7:26 : 26 तर तिनीहरूले मेरो कुरा सुनेनन् । तिनीहरूले ध्यानै दिएनन् । बरु, तिनीहरू अटेरी भए । आफ्‍ना पुर्खाहरूभन्दा तिनीहरू अझै दुष्‍ट भए ।’
  • यिर्मि 13:10 : 10 मेरो वचन सुन्‍न इन्कार गर्ने, आफ्नो हृदयको कठोरतामा हिंड्ने, अरू देवताहरूको पुजा गर्न तिनीहरूका पछि जाने र तिनीहरूको सामु निहुरने यो दुष्‍ट जाति त्यही पटुकाजस्तै हुनेछ, जसको कुनै काम छैन ।
  • यिर्मि 32:20 : 20 मिश्रदेशमा तपाईंले चिन्ह र आश्‍चर्यहरू गर्नुभयो । आजको दिनसम्म यहाँ इस्राएलमा र सबै मानव-जातिका बिचमा तपाईंले आफ्नो नाउँ प्रसिद्ध तुल्याउनुभएको छ ।
  • व्यव 4:7 : 7 किनकि हामीले जहिलेसुकै पुकारा गर्दा हाम्रा परमप्रभु परमेश्‍वर जत्ति नजिक हुनुहुन्छ, त्यति अर्को कुन जातिको ईश्‍वर नजिक छ?
  • व्यव 26:18 : 18 आज परमप्रभुले घोषणा गर्नुभएको छ, कि तिमीहरू एउटा जाति हौ जो उहाँको प्रतिज्ञामुताबिक उहाँको आफ्नै निज सम्पत्ति हो, र तिमीहरूले उहाँका सबै आज्ञा मान्‍ने छौ ।
  • व्यव 32:10-15 : 10 उहाँले तिनलाई मरुभूमिमा फेला पार्नुभयो, र निर्जन-स्थान र गर्जने उजाड-स्थानमा । उहाँले तिनको रक्षा गर्नुभयो, र तिनको वास्ता गर्नुभयो । उहाँले तिनलाई आँखाको नानीझैँ सुरक्षा दिनुभयो । 11 आफ्नो गुँडलाई रक्षा गर्ने र आफ्ना बचेराहरूमाथि पखेटा फटफटाउने गरुडले झैँ परमप्रभुले आफ्ना पखेटा फैलाई तिनीहरूलाई थाम्‍नुभयो र तिनीहरूलाई आफ्ना प्वाँखमा बोक्‍नुभयो । 12 परमप्रभुले मात्रै तिनीहरूलाई अगुवाइ गर्नुभयो । कुनै विदेशी देवता उहाँसित थिएन । 13 उहाँले तिनलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरूमा सवार गराउनुभयो, र बारीको फल खुवाउनुभयो । उहाँले तिनलाई चट्टानबाट निस्केको मह र दर्शन-ढुङ्गाको भीरको तेलले पालन-पोषण गर्नुभयो । 14 तिनले गाई-गोरुको बथान र भेडा-बाख्राको बथानाबाट दूध र दही अनि मोटा-मोटा थुमा अनि बाशानका भेडाहरू र बाख्राहरूको बोसोसाथै सर्वोत्तम गहुँ खाए । तिमीहरूले फिँज उठेको दाखरस पियौ । 15 तर मोटाएर यशूरूनले लात हान्यो । तिमी अति धेरै मोटायौ र भरपेट खायौ । तिनले आफैलाई सृजनुहुने परमेश्‍वरलाई त्यागे, र आफ्नो उद्धारको चट्टानलाई इन्कार गरे ।
  • भजन 135:4 : 4 किनकि परमप्रभुले याकूबलाई आफ्नो निम्ति, इस्राएललाई आफ्नो सम्‍पत्तिको रूपमा रोज्‍नुभएको छ ।
  • भजन 147:20 : 20 उहाँले अरू कुनै जातिमा त्‍यसो गर्नुभएको छैन, र उहाँको आदेशहरूका बारेमा तिनीहरूले ती जान्दैनन् । परमप्रभुको प्रशंसा गर ।
  • यूह 5:37-40 : 37 मलाई पठाउनुहुने पिता आफैँले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ । 38 तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ । 39 तिमीहरू धर्मशास्‍त्रमा खोज्दछौ, किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन छ भन्‍ने सोच्दछौ र यी नै धर्मशास्‍त्रहरूले मेरो विषयमा गवाही दिन्छन्, 40 र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ ।
  • १ पत्रु 2:9 : 9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 81%

    6धेरै दिनपछि परमप्रभुले मलाई भन्‍नुभयो, “खडा हो र परातमा फर्केर जा । मैले तँलाई लुकाउन भनेको त्यो पटुका लिएर आइज ।”

    7त्यसैले म परातमा फर्केर गएँ, र मैले लुकाएको ठाउँबाट त्यसलाई खनेर झिकेँ, र हेर, त्‍यो त नष्‍ट भएको र पूर्ण रूपमा बेकम्मा भएको थियो ।

    8तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

    9“परमप्रभु यसो भन्‍नुहुन्छ, 'त्यसरी नै यहूदा र यरूशलेमको ठुलो अहंकारलाई म नाश गर्नेछु ।

    10मेरो वचन सुन्‍न इन्कार गर्ने, आफ्नो हृदयको कठोरतामा हिंड्ने, अरू देवताहरूको पुजा गर्न तिनीहरूका पछि जाने र तिनीहरूको सामु निहुरने यो दुष्‍ट जाति त्यही पटुकाजस्तै हुनेछ, जसको कुनै काम छैन ।

  • यहे 14:11-12
    2 पदहरू
    77%

    11यसकारण, इस्राएलका घरानाले मलाई पछ्‍याउनदेखि फेरि कहिल्‍यै बरालिनेछैनन्‌ न त आफ्‍ना सबै पापहरूले तिनीहरूले फेरि कहिल्‍यै आफैलाई अपवित्र पार्नेछन्‌ । तिनीहरू मेरा मानिसहरू हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”

    12तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • यिर्मि 13:1-3
    3 पदहरू
    77%

    1¶ परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा र एउटा सुतीको पटुका किन्, र यसलाई तेरो कम्मरको चारैतिर बाँध, तर त्यसलाई पहिले पानीमा नभिजा ।”

    2परमप्रभुले निर्देशन दिनुभएझैं मैले एउटा पटुका किनें र त्यसलाई मेरो कम्मरको चारैतिर बह्रें ।

    3तब दोस्रो पटक परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 76%

    10तिनीहरू आफ्‍ना पहिलेका पुर्खाहरूका अधर्मतर्फ लागेका छन् जसले मेरो वचन सुन्‍न इन्कार गरी अरू देवताहरूको पुजा गर्न तिनीहरूको पछि लागे । इस्राएलको घराना र यहूदाको घरानाले मैले तिनीहरूका पुर्खाहरूसित स्थापित गरेको मेरो करार तोडे ।

    11त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनै लागेको छु, जुन विपत्तिबाट तिनीहरू भाग्‍न सक्‍ने छैनन् । तब तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।

  • 11किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन्, यो परमप्रभुको घोषणा हो ।

  • 5आफ्‍ना मूर्तिहरूको कारण आफ्‍ना हृदयहरू मबाट टाढा भएका इस्राएलका घरानालाई मैले फर्काउन सकौं भनेर म यसो गर्नेछु ।’

  • 17त्यसैले परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, यहूदा र यरूशलेममा बसोबास गर्ने हरेकमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेका विपत्तीहरू ल्याउँदैछु, किनकि मैले तिनीहरूलाई बोलें, तर तिनीहरूले सुनेनन् । मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन् ।'”

  • 14मैले आफ्‍ना मानिस इस्राएललाई उत्तराधिकारको रूपमा दिएको कुरामा प्रहार गर्ने मेरा सबै दुष्‍ट छिमेकीका विरुद्धमा परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, तिनीहरूको आफ्नै भूमिबाट जरैदेखि तिनीहरूलाई उखेल्ने लागेको मैले नै हो र यहूदाको घरानालाई म तिनीहरूका बिचबाट माथि तान्‍नेछु ।

  • 6म यहूदाको घरानाललाई बलियो बनाउनेछु र योसेफको घरानालाई बचाउनेछु, किनकि म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु र तिनीहरूमाथि दया देखाउनेछु । तिनीहरू वहिष्कृत नभएकाहरूझैँ हुनेछन्, किनकि म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ, र म तिनीहरूलाई उत्तर दिनेछु ।

  • 15“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यो सहर र यसका सबै नगरहरूको विरुद्धमा घोषणा गरेका सबै विपत्ति ल्याउनै लागेकोछु, किनकि तिनीहरू अटेरी भए र मेरा वचन सुन्‍न इन्कार गरे' ।”

  • 6परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।

  • 11तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् ।

  • 33सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः यहूदाका मानिसहरूसँगै इस्राएलका मानिसहरूलाई थिचोमिचो गरिएको छ । तिनीहरूलाई कब्जा गर्नेहरूले अझै पनि तिनीहरूलाई थुनिराखेका छन् । तिनीहरूले उनीहरूलाई जान दिन इन्‍कार गर्छन् ।

  • 13उहाँले बोलाउनुहुँदा, तिनीहरूले सुनेनन् । त्यसरी नै तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म त्यो सुन्‍नेछैनँ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

  • 10परमप्रभु आफ्‍ना मानिसलाई यसो भन्‍नुहुन्छ, “तिनीहरू बरालिन मन पराउने भएको हुनाले त्यसो गर्नदेखि तिनीहरूले आफ्ना खुट्टालाई रोकेका छैनन् ।” परमप्रभु तिनीहरूसित खुसी हुनुहुन्‍न । अब उहाँले तिनीहरूका अधर्म सम्झनुभएको छ, र तिनीहरूका पापलाई दण्ड दिनुभएको छ ।

  • 7मैले इस्राएललाई दिएको देशबाट म तिनीहरूलाई निष्कासित गरिदिने छु, र मेरो नाउँको लागि मैले अलग गरेको यो मन्दिरलाई म मेरो दृष्टिबाट मिल्काइदिने छु अनि इस्राएल सबै जातिका बिचमा घृणा र उपहासको उदाहरण बन्ने छ ।

  • 72%

    16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।

    17आफूलाई तयार पार! खडा हो, र मैले तँलाई जे आज्ञा गर्छु, त्यो तिनीहरूलाई भन् । तिनीहरूको सामु नडरा, अन्‍यथा तिनीहरूका सामु म तँलाई नै डरमा पार्नेछु ।

  • 20तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।

  • 18ती दिनमा यहूदाको घराना इस्राएलको घरानासँगै हिंड्नेछ । तिनीहरू उत्तरको देशबाट मैले तिनीहरूका पुर्खाहरूलाई पैतृक-सम्पत्तिको रूपमा दिएको देशमा सँगसँगै आउनेछन् ।

  • 72%

    16तिनीहरूले मेरा मानिसहरूलाई बाल देवताको नाउँमा शपथ खान सिकाएझैं तिनीहरूले 'जीवित परमप्रभुको नाउँमा' शपथ खान सिकाएर ती जातिहरूले मेरा मानिसहरूका मार्गलाई होसियारीपूर्वक सिके भने, तिनीहरू मेरा मानिसहरूका बिचमा स्थापित हुनेछन् ।

    17तर कुनै जातिले सुनेन भने म त्यसलाई जरैदेखि उखेल्नेछु । त्‍यो निश्‍चय नै जरैदेखि उखेलिनेछ, र नष्‍ट गरिनेछ, यो परमप्रभुको घोषणा हो ।

  • 21तर इस्राएलको घराना जातिहरूका बिचमा हुँदा तिनीहरूले मेरो नाउँलाई अशुद्ध पारेका हुनाले मेरो नाउँप्रति ममा दया जाग्‍यो ।

  • 11त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, तिमीहरूमाथि विपत्ति ल्याउन र सारा यहूदालाई नष्‍ट गर्न मैले आफ्‍नो अनुहारलाई तिमीहरूबाट हटाउनै लागेको छु ।

  • 10म कसलाई घोषणा गरूँ र चेताउनी दिऊँ ताकि तिनीहरूले मेरो कुरा सुनून्? हेर्, तिनीहरूका कान खतना गरिएका छैनन् । तिनीहरू ध्यान दिन सक्दैनन् । हेर्, तिनीहरूलाई सुधार्न परमप्रभुको वचन तिनीहरूकहाँ आएको छ, तर तिनीहरूले यसको इच्‍छा गर्दैनन् ।

  • 18त्यसपछि मेरो करार भङ्ग गरेका मानिसहरू, मेरो सामु गरेका करारका वचन पुरा नगर्ने ती मानिसहरूसँग म त्यही साँढेसित गरेजस्तै व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई फ्याक पारे र त्यसको बिचबाट हिंडे,

  • 8तर तिनीहरूले सुनेनन्, वा ध्यानै दिएनन् । हरेक व्यक्ति आफ्नै दुष्‍ट हृदयको कठोरतामा हिंडिरहेको छ । त्यसैले यस करारमा मैले तिनीहरूलाई आज्ञा गरेका सबै श्राप मैले तिनीहरूका विरुद्धमा ल्याएँ । तर मानिसहरूले अझै पनि आज्ञा मानेनन् ।”

  • 11तर बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्‍ने र उसको सेवा गर्ने जातिलाई चाहिं आफ्‍नै देशमा विश्राम गर्न म दिनेछु, यो परमप्रभुको घोषणा हो, र तिनीहरूले त्‍यसको खनजोत गर्नेछन्, र त्‍यहाँ आफ्ना घरहरू बनाउनेछन्' ।”

  • 2परमप्रभुले मलाई यसो भन्‍नुभयो, “आफ्नो निम्ति डोरीहरू र एउटा जुवा बना । ती तेरो घाँटीमा बाँध् ।

  • 1¶ यो परमप्रभुको घोषणा हो, “त्यस बेला म इस्राएलका सबै वंशको परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।”

  • यिर्मि 11:2-3
    2 पदहरू
    72%

    2“यस करारका वचनहरूलाई सुन्, अनि यहूदाका हरेक मानिस र यरूशलेमका बासिन्दाहरूलाई ती घोषणा गर् ।

    3तिनीहरूलाई भन्, 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस करारका वचनहरू नसुन्‍ने जोसुकै श्रापित होस् ।

  • 1¶ परमप्रभुले याकूबलाई दया गर्नुहुनेछ । उहाँले फेरि पनि इस्राएललाई रोज्‍नुहुनेछ र तिनीहरूलाई आफ्नै देशमा पुनर्स्थापना गर्नुहुनेछ । परदेशीहरू पनि तिनीहरूसँगै सहभागी हुनेछन् र आफूलाई याकूबको घरानासँग आवद्ध गराउनेछन् ।

  • 17त्यसैले तिमीहरूले सुनेनौ भने, तिमीहरूको अहङ्कारको कारणले म एक्लै रुनेछु । निश्‍चय नै म रुनेछु, र मेरा आँखाबाट आँसुका धारा बग्‍नेछ, किनकि परमप्रभुको बगाल कैदमा लगिएको छ ।

  • 12एफ्राइमले झुटले, अनि इस्राएलको घरानाले छलले मलाई घेर्छ । तर यहूदाचाहिं अझै पनि म, परमेश्‍वरसँग हिंड्‍दैछ, र म, परमपवित्रमा विश्‍वासयोग्‍य छ ।”

  • 11“यहूदाका राजाको घरानाको विषयमा परमप्रभुको वचन सुन ।

  • 3किनकि यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म आफ्‍ना जाति, इस्राएल र यहूदाको सुदिन पुनर्स्थापित गराउनेछु, यो परमप्रभुको घोषणा हो । म परमप्रभुले नै यो भनेको हुँ । किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरूले त्‍यसमा अधिकार गर्नेछन् ।”

  • 4हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन ।

  • 31हे यस पुस्ताका मानिस हो, मेरा वचन, परमप्रभुको वचनमा ध्यान देओ । के म इस्राएलको निम्ति उजाड-स्थान वा घोर अन्धकारको देश भएँ र? किन मेरो जातिले यसो भन्छ, 'हामी वरिपरि घुम्‍न दिनुहोस्, हामी फेरि तपाईंकहाँ आउनेछैनौं'?

  • 71%

    31यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जुना बेला म इस्राएल र यहूदाका घरानासित एउटा नयाँ करार स्थापित गर्नेछु ।

    32मैले तिनीहरूका पुर्खाहरूसित बाँधेको करारजस्तो यो हुनेछैन, जब मैले तिनीहरूलाई तिनीहरूका हात समातेर मिश्रदेशबाट बाहिर ल्याएँ, किनकि तिनीहरूले मेरो करार भङ्ग गरे तापनि म तिनीहरूका पति भएँ, यो परमप्रभुको घोषणा हो ।

  • 11तब परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएल विश्‍वासहीन यहूदाभन्दा बढी धर्मी भएको छ ।