यिर्मिया 14:10

अनलक शाब्दिक बाइबल

परमप्रभु आफ्‍ना मानिसलाई यसो भन्‍नुहुन्छ, “तिनीहरू बरालिन मन पराउने भएको हुनाले त्यसो गर्नदेखि तिनीहरूले आफ्ना खुट्टालाई रोकेका छैनन् ।” परमप्रभु तिनीहरूसित खुसी हुनुहुन्‍न । अब उहाँले तिनीहरूका अधर्म सम्झनुभएको छ, र तिनीहरूका पापलाई दण्ड दिनुभएको छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 119:101 : 101 हरेक खराब मार्गबाट मैले आफ्‍ना खुट्टाहरूलाई पछि राखेको छु ताकि म तपाईंको वचन पालन गर्न सकूँ ।
  • हो 8:13 : 13 मेरा भेटीहरूका बलिदानको बारेमा, तिनीहरूले मासु चढाउँछन् र त्यो खान्‍छन्, तर म, परमप्रभुले त्यो ग्रहण गर्दिनँ । अब म तिनीहरूका अधर्मका बारेमा विचार गर्नेछु, र तिनीहरूका पापलाई दण्ड दिनेछु । तिनीहरू मिश्रदेशमा फर्कनेछन् ।
  • हो 9:9 : 9 गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्‍ट पारेका छन् । तिनीहरूको अधर्म परमेश्‍वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ ।
  • आमो 5:22 : 22 तिमीहरूले मलाई होमबलि र अन्‍नबलि चढाए तापनि, म ती ग्रहण गर्नेछैनँ, न त तिमीहरूका मोटा पशुहरूको मेलबलि नै म हेर्नेछु ।
  • यिर्मि 6:20 : 20 मेरो लागि शेबाबाट माथि गएको यस धुपको अर्थ के हो? वा टाढाको देशबाट आएका यी सुगन्धको? तिमीहरूका होमबलिहरू मेरो लागि स्वीकारयोग्य छैनन्, न त तिमीहरूका बलिदानहरू छन् ।
  • यिर्मि 8:5 : 5 यरूशलेमका मानिसहरू किन स्थायी विश्‍वासहीनतामा तर्केर गएका छन् त? तिनीहरू विश्‍वासघातमा टाँसिरहन्छन्, र पश्‍चात्ताप गर्न इन्कार गर्छन् ।
  • यिर्मि 31:34 : 34 तब हरेक मानिसले फेरि आफ्नो छिमेकी वा हरेक मानिसले आफ्नो भाइलाई यसो भनेर सिकाउने छैन, 'परमप्रभुलाई चिन ।' किनकि सानादेखि ठुलासम्म तिनीहरू सबैले मलाई चिन्‍नेछन्‌, यो यो परमप्रभुको घोषणा हो । किनकि म तिनीहरूको अधर्म क्षमा दिनेछु, र फेरि तिनीहरूका पाप सम्झनेछैनँ ।”
  • यिर्मि 44:21-23 : 21 “के तिमीहरू, तिमीहरूका पुर्खाहरू, तिमीहरूका राजाहरू, अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाएका धुपलाई परमप्रभुले सम्झनुभएन र? किनकि परमप्रभुले यो सम्झनुहुन्छ । यो उहाँको विचारमा आउँछ । 22 तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन । 23 तिमीहरूले धुप बालेका र परमप्रभुको विरुद्धमा पाप गरेको कारणले अनि तिमीहरूले उहाँको स्‍वोर, उहाँको व्यवस्था, उहाँका विधानहरू वा उहाँका करारका आदेशहरू पालन नगरेको कारणले तिमीहरूको विरुद्धमा यो विपत्ति आएको हो, जस्तो आजको दिनसम्म छ ।”
  • यिर्मि 2:23-25 : 23 'म बिटुलो पारिएको छैनँ! म बाल देवताको पछि लागेको छैनँ' भनी तैले कसरी भन्‍न सक्छस्? तैंले उपत्यकाहरूमा के गरिस्, सो हेर् । तैंले गरेको कुरालाई विचार गर् । तँ यताउता कुदिहिंड्ने चञ्चल पोथी ऊँट हो, 24 तँ उजाड-स्थानमा बस्‍न आदत भएको कामातुर भएर हावा सुँघ्‍दै हिंड्ने वन-गधैनी हो। त्यसको कामवासनालाई कसले नियन्त्रण गर्न सक्छ? त्यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन । मैथुनको समयमा तिनीहरूले त्यसलाई फेला पार्नेछन् । 25 तेरो खुट्टालाई नाङ्गो हुनबाट र तेरो घाँटीलाई तिर्खाउनबाट तैंले नियन्त्रण गर्नुपर्छ । तर तैंले भनेको छस्, 'यो आशारहित छ! अहँ, म परदेशीहरूलाई प्रेम गर्छु र तिनीहरूकै पछि लाग्छु ।'
  • यिर्मि 2:36 : 36 तेरा मार्गमा यो बद्लाउलाई तँ किन निकै हलुकासित लिन्छेस्? जसरी अश्शूरले तँलाई निरुत्साही पार्‍यो, त्यसै गरी मिश्रदेशले पनि तँलाई निरुत्साही पार्नेछ ।
  • यिर्मि 3:1-2 : 1 ¶ “कुनै पुरुषले आफ्नी पत्‍नीसित सम्बन्ध-विच्छेद गर्‍यो, र उसको जीवनबाट त्यो गई अनि अर्को पुरुषकी पत्‍नी भई भने, ऊ फेरि फर्केर त्योकहाँ जान्छ र? के त्यो देश औधी दुषित हुँदैन र? तँ धेरै प्रेमी भएकी वेश्याजस्तै भएर बसेको छेस् । के तँ मकहाँ फर्कन्छेस्? यो परमप्रभुको घोषणा हो । 2 नाङ्गा डाँडाहरूतर्फ आफ्ना आँखा उठा र हेर् । के कुनै त्‍यस्तो ठाउँ छ, जहाँ तेरो अवैध यौनधन्‍दा छैन? एक जना अरबी उजाड-स्थानमा बसेझैं तँ आफ्ना प्रेमीहरूको प्रतीक्षा गर्दै बाटोका किनारहरूमा बस्छेस् । तेरो वेश्यावृत्ति र दुष्‍टताले तैंले देशलाई दुषित पारेको छेस् ।
  • मल 1:8-9 : 8 जब तिमीहरू बलिदानको निम्ति अन्धा पशुहरू चढाउँछौ, के त्यो खराब होइन र? जब तिमीहरू लङ्गडो र रोग लागेका पशु चढाउँछौ, के त्यो बेठिक होइन र? त्यो तिमीहरूका राज्यपाललाई चढाएर हेर! के तिनले तिमीहरूलाई स्वीकार गर्लान्, वा के तिनले तिमीहरूको शिर माथि उठाउलान्?” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 9 उहाँ तिमीहरूप्रति अनुग्रही होऊन् भनेर तिमीहरू उहाँको मुहारको खोजी गर्छौ । तर सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, तिमीहरूका हातमा त्यस्तो भेटी लिएर, के उहाँले तिमीहरूका शिर उठाउनुहुन्छ? 10 “तिमीहरूले मेरो वेदीमा व्यर्थै आगो नबालोस् भनेर, तिमीहरूमध्ये कोही एकले मन्दिरका ढोकाहरू बन्द गरोस् भन्‍ने म इच्छा गर्दछु! म तिमीहरूमा प्रसन्‍न हुन्‍नँ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, “र म तिमीहरूका हातबाट कुनै बलिदान अर्पण गर्नेछैनँ । 11 किनभने सूर्योदयदेखि सूर्यास्तसम्‍म जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ र हरेक ठाउँमा मेरो नाउँमा धूप र शुद्ध भेटीहरू अर्पण गरिनेछन् । किनभने जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 12 “तर तिमीहरूले परमप्रभुको टेबिल अशुद्ध छ, र त्यसमा भएका फलफुल र रोटी घृणायुक्त छन् भनेर त्यो अपवित्र बनाउँछौ । 13 तिमीहरू यसो पनि भन्छौ, ‘यो कति थकानयुक्त छ,’ र आफ्नो नाक बङ्गाउँछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “जङ्गली पशुले लगेका र लङ्गडो वा रोग लागेको पशु तिमीहरू ल्याउँछौ, र तिमीहरू यी आफ्नो भेटीस्वरूप ल्याउँछौ । के म ती तिमीहरूका हातबाट अर्पण गरूँ?” परमप्रभु भन्‍नुहुन्छ ।
  • इब्रा 8:12 : 12 किनकि तिनीहरूले गरेका अपराधहरूप्रति म अनुग्रह देखाउनेछु, र तिनीहरूले गरेका पापहरूको सम्झना म कहिल्यै गर्नेछैनँ ।”
  • १ शमू 15:2 : 2 सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'इस्राएल मिश्रदेशबाट आउँदा बाटोमा तिनीहरूको विरोध गर्ने अमालेकका कुरालाई मैले ध्‍यान दिएको छु ।
  • १ राजा 17:18 : 18 त्यसैले त्यसकी आमाले एलियालाई भनिन्, “हे परमेश्वरका जन, मेरो विरुद्धमा तपाईंसित के छ? के तपाईं मेरो पापलाई स्मरण गराई मेरो छोरोलाई मार्न आउनुभएको हो?”
  • भजन 109:14-15 : 14 त्यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस् । अनि त्यसकी आमाकी पाप नबिर्सियोस् । 15 तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्‍झना पृथ्वीबाट मेटाइदेऊन् ।
  • हो 11:7 : 7 मबाट तर्केर जानलाई मेरा मानिसहरूले निश्‍चित गरेका छन् । तिनीहरूले सर्वोच्‍चलाई पुकारे पनि, कसैले पनि तिनीहरूलाई सहायता गर्नेछैन ।
  • हो 11:9 : 9 म आफ्‍नो प्रचण्ड क्रोधलाई प्रयोग गर्नेछैनँ । म फेरि एफ्राइमलाई नष्‍ट गर्नेछैनँ । किनकि म परमेश्‍वर हुँ र म मानिस होइनँ । तिमीहरूका बिचमा म परमपवित्र हुँ, र म क्रोधमा आउनेछैनँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 80%

    13परमप्रभु भन्‍नुहुन्छ, “मैले तिनीहरूका सामु राखेको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका हुनाले, तिनीहरूले मेरो आवाज सुनेर त्यसद्वारा नहिंडेका हुनाले यस्तो भएको हो ।

    14तिनीहरू आ-आफ्ना हठी हृदयद्वारा हिंडेका हुनाले र आफ्‍ना पुर्खाहरूले सिकाएझैं गरी तिनीहरूले बाल देवताहरूको अनुसरण गरेको हुनाले यस्तो भएको हो ।

  • 11परमप्रभुले मलाई यसो भन्‍नुभयो, “यी मानिसहरूको पक्षमा भलाइको निम्ति प्रार्थना नगर् ।

  • 77%

    10तब तैंले यी सबै वचन यी मानिसलाई भन्‍नेछस्, र तिनीहरूले तँलाई भन्‍नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो?'

    11त्यसैले तिनीहरूलाई यसो भन्, 'तिमीहरूका पुर्खाहरूले मलाई त्यागे र तिनीहरू अरू देवताहरूको पछि गए र पुजा गरे, र तिनीहरूको सामु निहुरे, यो परमप्रभुको घोषणा हो । तिनीहरूले मलाई त्यागे र र मेरो व्यवस्था पालन गरेका छैनन् ।

  • 76%

    10तिनीहरू आफ्‍ना पहिलेका पुर्खाहरूका अधर्मतर्फ लागेका छन् जसले मेरो वचन सुन्‍न इन्कार गरी अरू देवताहरूको पुजा गर्न तिनीहरूको पछि लागे । इस्राएलको घराना र यहूदाको घरानाले मैले तिनीहरूका पुर्खाहरूसित स्थापित गरेको मेरो करार तोडे ।

    11त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनै लागेको छु, जुन विपत्तिबाट तिनीहरू भाग्‍न सक्‍ने छैनन् । तब तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।

  • 5परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए ।

  • 5यरूशलेमका मानिसहरू किन स्थायी विश्‍वासहीनतामा तर्केर गएका छन् त? तिनीहरू विश्‍वासघातमा टाँसिरहन्छन्, र पश्‍चात्ताप गर्न इन्कार गर्छन् ।

  • 6आफ्ना बगाल र बथानसँग परमप्रभुको खोजी गर्न तिनीहरू जानेछन्, तर तिनीहरूले उहाँलाई भेट्‍टाउने छैनन्, किनकि उहाँले आफैंलाई तिनीहरूबाट टाढा लानुभएको छ ।

  • 6तैंले मलाई त्यागेको छस्, यो परमप्रभुको घोषणा हो— तँ मबाट फर्केर गएको छस् । त्यसैले म आफ्‍नो हातले तँलाई प्रहार गर्नेछु र तलाई नाश पार्नेछु । तँलाई दया देखाउँदा-देखाउँदा म थकित भइसकेको छु ।

  • 4तिनीहरूका कामहरूले तिनीहरूलाई परमेश्‍वरतर्फ फर्कन दिंदैनन्, किनकि तिनीहरूमा व्यभिचारको मन छ, र तिनीहरूले परमप्रभुलाई चिन्दैनन् ।

  • 15तापनि मेरा मानिसहरूले मलाई भुलेका छन् । तिनीहरूले बेकम्मा मूर्तिहरूलाई भेटी चढाएका छन्, र आफ्‍ना मार्गहरूमा ठक्‍कर खाएका छन् । कच्‍ची बाटोमा हिंड्न भनेर तिनीहरूले प्राचीन बाटोलाई छाडेका छन् ।

  • 31हे यस पुस्ताका मानिस हो, मेरा वचन, परमप्रभुको वचनमा ध्यान देओ । के म इस्राएलको निम्ति उजाड-स्थान वा घोर अन्धकारको देश भएँ र? किन मेरो जातिले यसो भन्छ, 'हामी वरिपरि घुम्‍न दिनुहोस्, हामी फेरि तपाईंकहाँ आउनेछैनौं'?

  • 17मेरा परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुहुन्छ किनभने तिनीहरूले उहाँको आज्ञा मानेका छैनन् । जातिहरूका बिचमा तिनीहरू फिरन्‍तेहरू हुनेछन् ।

  • 16परमप्रभु यसो भन्‍नुहुन्छ, “दोबाटोमा खडा हो र हेर् । प्राचीन मार्गहरू बारेमा सोधखोज गर् । 'यो असल मार्ग कहाँ छ?' तब त्यसैमा हिंड, र आफ्नो लागि विश्रामस्थल पत्ता लगा । तर मानिसहरू भन्छन्, 'हामी जाने छैनौं ।'

  • 4धिक्‍कार! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्तानहरू, भ्रष्‍ट रूपले काम गर्नेहरूका सन्तानहरू! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन् ।

  • 7यी मानिसहरूलाई मैले किन क्षमा दिने? तिमीहरूका छोराहरूले मलाई त्यागेका छन्, र तिनीहरूले त्‍यो नाउँमा शपथ खान्छन् जो ईश्‍वरहरू नै होइनन् । मैले तिनीहरूलाई पेटभरि खुवाएँ, तर तिनीहरूले व्यभिचार गरे, र ठुलो सङ्ख्यामा वेश्याहरूका घरहरूमा गए ।

  • 13तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरू मबाट टाढा बहकिएका छन् । तिनीहरूमाथि विनाश आउँदै छ! तिनीहरूले मेरो विरुद्ध विद्रोह गरेका छन्! मैले तिनीहरूलाई बचाउन सक्‍थें, तर तिनीहरूले मेरो विरुद्धमा झुट बोले ।

  • 13मेरा भेटीहरूका बलिदानको बारेमा, तिनीहरूले मासु चढाउँछन् र त्यो खान्‍छन्, तर म, परमप्रभुले त्यो ग्रहण गर्दिनँ । अब म तिनीहरूका अधर्मका बारेमा विचार गर्नेछु, र तिनीहरूका पापलाई दण्ड दिनेछु । तिनीहरू मिश्रदेशमा फर्कनेछन् ।

  • 14त्यसैले ए यर्मिया, तँ आफूले यी मानिसहरूको निम्ति प्रार्थना नचढा । तिनीहरूको पक्षमा तैंले विलाप वा बिन्ती गर्नहुँदैन । किनकि तिनीहरूले आफ्नो विपत्तिमा मलाई पुकारा गर्दा म तिनीहरूको पुकारा सुन्‍नेछैन्‍नँ ।

  • 19तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ । त्यसैले यसबारे विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट र तितो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 20तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।

  • 6मेरा मानिसहरू एउटा हराएको बगाल भएको छ । तिनीहरूका गोठालाहरूले तिनीहरूलाई पहाडहरूमा बरालिदिएका छन् । तिनीहरूले उनीहरूलाई एउटा पहाडदेखि अर्को पडाहमा फर्काएका छन् । तिनीहरू गए, अनि आफू बसेको ठाउँ तिनीहरूले बिर्से ।

  • विलाप 4:15-16
    2 पदहरू
    74%

    15तिनीहरूलाई देखेर मानिसहरू चिच्‍च्याउँछन्, “भाग, हे अशुद्धहरू हो! भाग! भाग! नछोओ!” त्यसैले तिनीहरू यताउता भौँतारिए । मानिसहरूले जाति-जातिहरूका बिचमा भने, “अबदेखि उसो तिनीहरू यहाँ बस्‍न सक्दैनन् ।”

    16परमप्रभु आफैले तिनीहरूलाई तितरबितर पारिदिनुभयो । उहाँले फेरि तिनीहरूको वास्ता गर्नुहुन्‍न । तिनीहरूले पुजारीहरूको आदर गर्दैनन्, र तिनीहरूले धर्म-गुरुहरूलाई निगाह गरेनन् ।

  • 19जब तँ, इस्राएल र यहूदाले यसो भन्‍छस्, ‘परमप्रभु हाम्रा परमेश्‍वरले किन हामीलाई यी सबै कुरा गर्नुभएको?’ तब तँ यर्मियाले तिनीहरूलाई भन्‍नेछस्, “जसरी तिमीहरूले परमप्रभुलाई त्याग्‍यौ र आफ्‍नै देशमा विदेशी देवताहरूको सेवा गर्‍यौ, त्यसरी नै तिमीहरूले विदेशमा पनि विदेशीहरूको सेवा गर्नुपर्नेछ ।”

  • 10मेरो वचन सुन्‍न इन्कार गर्ने, आफ्नो हृदयको कठोरतामा हिंड्ने, अरू देवताहरूको पुजा गर्न तिनीहरूका पछि जाने र तिनीहरूको सामु निहुरने यो दुष्‍ट जाति त्यही पटुकाजस्तै हुनेछ, जसको कुनै काम छैन ।

  • 23तर यी मानिसहरूको हठी हृदय छ । यो विद्रोहमा बरालिन्‍छ र टाढा जान्छ ।

  • 1¶ ए इस्राएल, परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्क, किनकि आफ्ना अपराधको कारणले तिमीहरू पतित भएका छौ ।

  • 13तापनि उहाँले प्रहार गरेका मानिसहरू उहाँतिर फर्कंदैनन्, न त तिनीहरूले परमप्रभुको खोजी गर्नेछन् ।

  • 9गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्‍ट पारेका छन् । तिनीहरूको अधर्म परमेश्‍वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ ।

  • 1¶ तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोशा र शमूएल मेरो सामु खडा भए तापनि म यी मानिसका पक्षमा खडा हुन्‍नँ । तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे ।

  • 13तेरो अधर्मलाई स्वीकार गर्, किनकि परमप्रभु तेरा परमेश्‍वरको विरुद्धमा तैंले अपराध गरेको छस्, हरेक झ्याम्म परेको रुखमुनि तैंले परदेशीहरूसित तेरा मार्गहरू बाँडेको छस् । किनकि तैंले मेरो कुरा सुनेको छैनस्, यो परमप्रभुको घोषणा हो ।

  • 25मैले तँलाई यही कुरा दिएको छु, तेरो निम्‍ति मैले आदेश दिएको हिस्सा यही हो, यो परमप्रभुको घोषणा हो, किनकि तैंले मलाई भुलेको छस् र छलमाथि भरोसा गरेको छस् ।

  • 14तेरा सबै प्रेमीले तँलाई भुलेका छन् । तिनीहरूले तेरो खोजी गर्ने छैनन्, किनकि तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले, मैले तँलाई शत्रुको चोट र क्रुर मालिकको अनुशासनले चोट लगाएको छु ।

  • 9के यी कुराको काणले मैले तिनीहरूलाई दण्ड नदिने? यो परमप्रभुको घोषणा हो, र के यस्तो जातिलाई म आफैले बदला नलिने त?

  • 9किनकि यी विद्रोही मानिसहरू, झुट बोल्ने छोराछोरी, परमप्रभुको शिक्षा नसुन्‍ने छोराछोरी हुन् ।

  • 14यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।

  • 25तेरो खुट्टालाई नाङ्गो हुनबाट र तेरो घाँटीलाई तिर्खाउनबाट तैंले नियन्त्रण गर्नुपर्छ । तर तैंले भनेको छस्, 'यो आशारहित छ! अहँ, म परदेशीहरूलाई प्रेम गर्छु र तिनीहरूकै पछि लाग्छु ।'

  • 35तिनीहरूको आफ्नै राज्य हुँदा तपाईंले तिनीहरूलाई दिनुभएको विशाल र मलिलो देशमा तपाईंको महान् उदारतालाई तिनीहरूले उपभोग गर्दागर्दै पनि तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरूका दुष्‍ट मार्गहरूबाट फर्के ।

  • 28तिनीहरूलाई यसो भन्, “यो परमप्रभु आफ्ना परमेश्‍वरको आवाज नसुन्‍ने र अनुशासन पालन नगर्ने जाति हो । सत्यता नष्‍ट गरिएको छ, र तिनीहरूका मुखबाट बहिष्कृत गरिएको छ ।

  • 4परमप्रभु यस्तो भन्‍नुहुन्छः “यहूदाका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले परमप्रभुको व्यवस्थालाई तिरस्‍कार गरे, र उहाँका विधिहरू पालना गरेनन् । तिनीहरूका झुटले तिनीहरूलाई भ्रममा पार्‍यो, जसका पछि तिनीहरूका पुर्खाहरू पनि हिंडेका थिए ।

  • 6तेरो बासस्थान छलको बिचमा छ । आफ्‍नो छलमा तिनीहरूले मलाई इन्कार गर्छन्, यो परमप्रभुको घोषणा हो ।

  • 9यो करार तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको जस्‍तो हुनेछैन, एक दिन मैले तिनीहरूको हात समातेर तिनीहरूलाई मिश्र देशबाट डोर्‍याएर ल्‍याएँ । किनकि तिनीहरूले मेरो करारलाई अटुट रूपमा पछ्याएनन्, र परमप्रभु भन्‍नुहुन्‍छ, मैले तिनीहरूको बेवास्‍ता गरे ।

  • 22तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन ।

  • 24तर तिनीहरूले सुनेनन्, वा ध्यान नै दिए । तिनीहरू आफ्‍ना दुष्‍ट हृदयका आफ्नै हठी योजनामुताबिक जिए । त्यसैले तिनीहरू पछिल्तिर गए, अगिल्तिर बढेनन् ।

  • 16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।

  • 8पुजारीले सोधेन, 'परमप्रभु कहाँ हुनुहुन्छ?', र व्यवस्थाका ज्ञाताहरूले मेरो बारेमा वास्तै गरेनन् । गोठालाहरूले मेरो विरुद्धमा अपराध गरे । अगमवक्ताहरूले बाल देवताको लागि अगमवाणी बोले, र व्यर्थैका कुराहरूको पछि लागे ।

  • 6परमप्रभुलाई पछ्याउन छोडेर उहाँबाट टाढा हुनेहरू, र उहाँको खोजी नगर्ने र उहाँको निर्देशन नखोज्नेहरूलाई पनि म सखाप पार्नेछु ।”