यिर्मिया 13:25

अनलक शाब्दिक बाइबल

मैले तँलाई यही कुरा दिएको छु, तेरो निम्‍ति मैले आदेश दिएको हिस्सा यही हो, यो परमप्रभुको घोषणा हो, किनकि तैंले मलाई भुलेको छस् र छलमाथि भरोसा गरेको छस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 20:29 : 29 परमेश्‍वरबाट दुष्‍ट मानिसले पाउने भाग, परमेश्‍वरले उसको निम्ति साँच्नुभएको पैतृक-अंश यही हो ।
  • भजन 9:17 : 17 दुष्‍टहरू फर्काइएका र चिहानमा पठाइएका छन्, सबै जातिहरू जसले परमेश्‍वरलाई बिर्सिन्छन् ।
  • भजन 11:6 : 6 दुष्‍टहरूमाथि उहाँले भुङ्‍ग्रो र गन्धक बर्साउनुहुन्छ । उहाँको कचौराबाट बहने तातो हावा तिनीहरूको हिस्‍सा हुनेछ ।
  • यिर्मि 2:32 : 32 के कन्याले आफ्नो गरगहना, दुलहीले आफ्ना घुम्टो भुल्छे र? तरै पनि मेरो जातिले मलाई गन्‍नै नसक्‍ने दिनदेखि भुलेको छ ।
  • मत्त 24:51 : 51 त्यसको मालिकले त्यसलाई दुई टुक्रा पारी काट्नेछ र त्यसको दशा ती पाखण्डीहरूको जस्तै हुनेछ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
  • व्यव 32:16-18 : 16 तिनीहरूले आफ्ना अनौठा देवताहरूद्वारा परमप्रभुलाई डाही तुल्याए । 17 तिनीहरूका घृणित कामहरूले तिनीहरूले उहाँलाई क्रोधित तुल्याए । तिनीहरूले भूतात्माहरूलाई बलि चढाए जो देव होइनन्, जसलाई तिनीहरूले चिनेका थिएनन्, जो भर्खरै देखा परेका थिए, जोदेखि तिमीहरूका पिता-पुर्खाहरू डराउँदैनथ्ये । 18 तिमीहरूले ती चट्टानलाई त्याग्यौ जो तिमीहरूका पिता बन्‍नुभयो, र तिमीहरूलाई जन्म दिने परमेश्‍वरलाई भुल्यौ ।
  • व्यव 32:37-38 : 37 तब उहाँले भन्‍नुहुने छ, “तिनीहरूका देवताहरू कहाँ छन्? तिनीहरूले शरण लिने चट्टान कहाँ छ? 38 तिनीहरूका बलिहरूको बोसो खाने र तिनीहरूका अर्घबलि पिउने देवताहरू खोई? ती उठेर तिनीहरूको मदत गरून् । तिनीहरू नै तिनीहरूको सुरक्षा होऊन् ।
  • यिर्मि 7:4-8 : 4 छलपूर्ण वचनहरूमा आफू भर नपर र यसो नभन, 'परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर!' 5 किनकि तिमीहरूले वास्तवमै तिमीहरूका मार्ग र अभ्यासहरू असल बनायौ भने, अनि तिमीहरूले मानिस र त्यसको छिमेकीको बिचमा न्यायलाई पूर्ण रूपमा कायम राख्यौ भने, 6 तिमीहरूले देशमा बस्‍ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्‍याउन अरू देवताहरूको पछि लागेनौ भने, 7 म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु, जुन देश मैले प्राचीन समयदेखि नै सदाको लागि तिमीहरूका पुर्खाहरूलाई दिएँ । 8 हेर! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूको मदत गर्दैनन् ।
  • यिर्मि 10:14 : 14 हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । धातुको काम गर्ने हरेक आफ्ना मूर्तिहरूबाट नै लाजमा परेको छ । किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन् । तिनमा जीवन छैन ।
  • मीका 3:11 : 11 तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”
  • हब 2:18-19 : 18 खोपेर बनाएको मुर्तिले तँलाई के लाभ हुन्छ? किनभने त्यो मुर्तिलाई खोपेर बनाउने, वा धातुलाई पगालेर मुर्ति बनाउनेचाहिँ झुटको शिक्षक हो, किनभने त्यसले यी बोल्न नसक्‍ने देवताहरू बनाएर आफ्नै हातका कलामाथि विश्‍वास गर्दछ । 19 ‘धिक्‍कार त्यसलाई जसले काठलाई उठ भन्छ, वा बोल्न नसक्‍ने ढुङ्गालाई जाग भन्छ ।’ के यी कुराहरूले सिकाउन सक्छन्? हेर्, त्यो सुन र चाँदीले मोहोरिएको छ, तर त्यसभित्र सास नै छैन ।
  • भजन 106:21-22 : 21 तिनीहरूले आफ्‍ना उद्धारकर्तालाई बिर्से जसले मिश्रदेशमा महान् कामहरू गर्नुभएको थियो । 22 उहाँले हामको देशमा अचम्‍मका कामहरू र लाल समुद्रमा शक्तिशाली कामहरू गर्नुभएको थियो ।
  • यशा 17:4 : 4 त्‍यो दिनमा यस्‍तो हुनेछ, याकूबको गौरव दुब्‍लो हुनेछ र त्यसको शरीरको मोटाइ पातलो हुनेछ ।
  • यशा 28:15 : 15 तिमीहरूले यसो भनेका हुनाले यस्‍तो हुनेछ, “हामीले मृत्युसित करार बाँधेका छौं र चिहनसँग हामी समहती गरेका छौं । त्यसैले डरलाग्‍दो कोर्राले हामीलाई भेट्टाउँदा, त्‍यो हामीकहाँ पुग्‍नेछैन । किनकि हामीले झुठलाई हाम्रो शरणस्थान बनाएका छौं र असत्‍यमा वास बसेका छौं।”
  • यिर्मि 2:13 : 13 किनकि मेरो जातिले मेरो विरुद्धमा दुईवटा दुष्‍ट काम गरेको छः तिनीहरूले जिउँदो पानीको मुललाई त्यागेका छन्, र तिनीहरूले आफ्नै निम्ति पानी चुहिने कुवाहरू खनेका छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 35यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्‍नो लज्‍जास्‍पद व्‍यवहार र यौनको अनैतिक कामहरूका दुष्‍परिणामहरू तैंले सहनुपर्नेछ' ।”

  • 78%

    39यसकारण, हेर, तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई मैले दिएको सहरसाँगै म तिमीहरूलाई समातेर मेरो उपस्थितिबाट टाढा फल्‍नै लागेको छु ।

    40तब म तिमीहरूमाथि अनन्त लाज र अपमान हालिदिनेछु, जुन कहिल्यै बिर्सिने छैन ।”

  • 26त्यसैले म आफैले पनि तेरो फरिया उठानेछु, र तेरो गुप्‍ताङ्‍ग देखिनेछ ।

  • 24मरुभूमिको बतासमा उडाइने भुसजस्तै म तिनीहरूलाई तितर-बितर पार्नेछु ।

  • 20तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।

  • यिर्मि 17:3-4
    2 पदहरू
    75%

    3आफ्‍ना सबै इलाकामा तिमीहरूले गरेका पापको कारणले तिमीहरूका अग्ला ठाउँहरूसँगै खुला देशमा भएको मेरो पर्वत र तिमीहरूका धन-सम्पत्ति र तिमीहरूका सबै खजाना म लुटको मालको रूपमा दिनेछु ।

    4मैले तिमीहरूलाई दिएको उत्तराधिकार तिमीहरूले गुमाउने छौ । तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई आफ्‍ना शत्रुहरूको दास तुल्याउनेछु, किनकि तिमीहरूले मेरो क्रोधमा आगो सल्काएका छौ, जुन सदासर्वदा बल्‍नेछ ।”

  • 4त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्‍ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ । उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ!’”

  • 13म तेरा शत्रुहरूलाई तेरा धन-सम्पत्ति र खजाना सित्तैंमा लुटको मालको रूपमा दिनेछु । तेरा सबै सिमानभित्र गरिएका तेरा सबै पापको कारणले म यसो गर्नेछु ।

  • 19तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ । त्यसैले यसबारे विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट र तितो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 18र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।

  • 6तैंले मलाई त्यागेको छस्, यो परमप्रभुको घोषणा हो— तँ मबाट फर्केर गएको छस् । त्यसैले म आफ्‍नो हातले तँलाई प्रहार गर्नेछु र तलाई नाश पार्नेछु । तँलाई दया देखाउँदा-देखाउँदा म थकित भइसकेको छु ।

  • 74%

    14तेरा सबै प्रेमीले तँलाई भुलेका छन् । तिनीहरूले तेरो खोजी गर्ने छैनन्, किनकि तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले, मैले तँलाई शत्रुको चोट र क्रुर मालिकको अनुशासनले चोट लगाएको छु ।

    15तेरो घाउको लागि किन मदतको माग्‍दैछस्? तेरो पीडालाई निको पार्न सकिंदैन । तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले मैले तँमाथि यी कुरा ल्याएको हुँ ।

  • 12यसकारण इस्राएलका परमपवित्र भन्‍नुहुन्छ, “तिमीहरूले यो वचन इन्कार गरेको र अत्यचार र छलमा भरोसा गरेको अनि त्‍यसमा अडेको छौ,

  • 13तिमीहरूले दुष्‍टता जोतेका छौ, अनि तिमीहरूले अन्यायको कटनी गर्‍यौ । तिमीहरूले छलको फल खाएका छौ, किनभने तिमीहरूले आफ्ना योजनाहरू, र आफ्‍ना धेरै सिपाहीहरूमा भर पर्‍यौ ।

  • 11किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन्, यो परमप्रभुको घोषणा हो ।

  • 10परमप्रभु आफ्‍ना मानिसलाई यसो भन्‍नुहुन्छ, “तिनीहरू बरालिन मन पराउने भएको हुनाले त्यसो गर्नदेखि तिनीहरूले आफ्ना खुट्टालाई रोकेका छैनन् ।” परमप्रभु तिनीहरूसित खुसी हुनुहुन्‍न । अब उहाँले तिनीहरूका अधर्म सम्झनुभएको छ, र तिनीहरूका पापलाई दण्ड दिनुभएको छ ।

  • 17यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तेरी पत्‍नी सहरमा वेश्‍या हुनेछे, तेरा छोराहरू र तेरा छोरीहरू तरवारद्वारा मारिनेछन्, तेरो देश नापिनेछ र विभाजन गरिनेछ, तँ एउटा अशुद्ध देशमा मर्नेछस्, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट निर्वासनमा जानेछ ।’”

  • 6तेरो बासस्थान छलको बिचमा छ । आफ्‍नो छलमा तिनीहरूले मलाई इन्कार गर्छन्, यो परमप्रभुको घोषणा हो ।

  • 58तैंले आफ्नो निर्लज्‍जता र घृणित व्यवहार देखाउनेछस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 19जब तँ, इस्राएल र यहूदाले यसो भन्‍छस्, ‘परमप्रभु हाम्रा परमेश्‍वरले किन हामीलाई यी सबै कुरा गर्नुभएको?’ तब तँ यर्मियाले तिनीहरूलाई भन्‍नेछस्, “जसरी तिमीहरूले परमप्रभुलाई त्याग्‍यौ र आफ्‍नै देशमा विदेशी देवताहरूको सेवा गर्‍यौ, त्यसरी नै तिमीहरूले विदेशमा पनि विदेशीहरूको सेवा गर्नुपर्नेछ ।”

  • 37आफ्नो शिरमा आफ्ना हात राखेर तँ त्यहाँबाट दुःखी भएर जानुपर्ने हुन्छ, किनकि तैंले जस-जसमाथि भरोसा गरेको छेस्, तिनीहरूलाई परमप्रभुले इन्कार गर्नुभएको छ । त्यसैले तिनीहरूबाट तैंले मदत पाउनेछैनस् ।

  • 3त्यसैले परमप्रभुले नै यो विपत्ति ल्याउनुभयो । उहाँले भन्‍नुभएझैं उहाँले गर्नुभयो, किनकि तिमीहरूले उहाँको विरुद्धमा पाप गर्‍यौ, र उहाँको कुरा मानेनौ । त्यसकारण यो विपत्ति तिमीहरूमाथि आइपरेको हो ।

  • 22बतासले तेरा सबै गोठालालाई उडाएर लैजानेछ, र तेरा मित्रहरू निर्वासनमा लगिनेछन् । तब तेरा सबै दुष्‍ट कामद्वारा तँ निश्‍चय नै लज्‍जित हुनेछस्, र अपमानित हुनेछस् ।

  • 33म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितरबितर पारिदिने छु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्‍ने छु । तिमीहरूको देश त्यागिने छ र तिमीहरूका सहरहरू विनाश हुने छन् ।

  • 15तापनि मेरा मानिसहरूले मलाई भुलेका छन् । तिनीहरूले बेकम्मा मूर्तिहरूलाई भेटी चढाएका छन्, र आफ्‍ना मार्गहरूमा ठक्‍कर खाएका छन् । कच्‍ची बाटोमा हिंड्न भनेर तिनीहरूले प्राचीन बाटोलाई छाडेका छन् ।

  • 5हे परमप्रभु, तपाईं मेरो चुनिएको हिस्सा र मेरो कचौरा हुनुहुन्छ । तपाईंले मेरो भाग राख्‍नुहुन्छ ।

  • 11तर तिमीहरू जसले परमप्रभुलाई त्याग्छौ, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, जसले भाग्य-देवको निम्ति टेबल तयार पार्छौ र भावी-देवीको निम्ति मिसाएको मद्यका गिलासहरू भर्छौ ।

  • यशा 54:6-7
    2 पदहरू
    72%

    6किनकि त्यागिएकी र आत्मामा दुःखी पत्‍नीको रूपमा जवानीमा विवाह भएकी र तिरस्‍कृत स्‍त्रीलाई झैं परमप्रभुले तँलाई फिर्ता बोलाउनुभएको छ,” तेरो परमेश्‍वर भन्‍नुहुन्छ ।

    7“छोटो समयको निम्ति मैले तँलाई त्यागें, तर ठुलो दयासाथ म तँलाई भेला पार्नेछु ।

  • 11तँ एक्‍लै खडा भएको दिनमा, अनजान मानिसहरूले त्यसको धन खोसेर लगेका र परदेशीहरू त्यसका मूल ढोकाहरूभित्र पसेका र यरूशलेमको निम्ति चिट्ठा हालेका दिनमा, तँ पनि तीमध्‍ये एकझैं थिइस् ।

  • 43तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् र?

  • 14त्यसकारण मैले शीलोलाई जे गरें, मेरो नाउँद्वारा बोलाइने यस मन्दिरलाई पनि म त्यसै गर्नेछु, तिमीहरूले भरोसा गरेको यो घर हो, जुन मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएँ ।

  • 30वेश्‍याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् ।

  • 72%

    11किनकि तँलाई बचाउन म तँसितै छु, यो परमप्रभुको घोषणा हो । तब मैले तँलाई तितर-बितर पारेको सबै जतिका, सबैलाई म बिलकुलै खतम पार्नेछु । तर म निश्‍चय नै तँलाई खतम पार्ने छैनँ, यद्यपि म तँलाई न्यायपूर्वक अनुशासन गर्छु, र तँलाई दण्ड नदिई छोड्‍नेछैनँ ।'

    12किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'तेरो घाउलाई निको पार्न सकिंदैन । तेरो चोट सङ्क्रमित भएको छ ।

  • 10तैंले आफ्‍ना दुष्‍टतामा भरोसा गरिस् । तैंले भनेको छस्, “मलाई कसैले देख्दैन ।” तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्‍नो मनमा भन्छस्, “म अस्तित्वमा छु, त्‍यहाँ मजस्‍तो अरू कोही छैन ।”

  • 10किनकि तैंले आफ्‍नो मुक्‍तिको परमेश्‍वरलाई बिर्सेको छस् र तेरो सामर्थ्यको चट्टानलाई बेवास्ता गरेको छस् । त्‍यसैले तैंले सुन्दर बिरुवाहरू रोपिस् र विदेशीबाट पाएको दाखका हाँगाहरू रोपिस्,

  • 17यी सबै कुरा हामीमा हुन आएका छन् । तापनि हामीले तपाईंलाई बिर्सेका वा तपाईंको करारसँग झुटो किसिमले व्यवहार गरेका छैनौं ।

  • 17परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अगुवाइ गरिरहनुहुँदा तिमीहरूले उहाँलाई त्यागेर के यो तिमीहरू आफ्‍नै निम्‍ति गरेका होइनौ र?

  • 6जब तिमीहरूले खर्कमा खायौ, तब तिमीहरू भरपेट भयौ, र जब तिमीहरूको पेट भरियो, तब तिमीहरूका हृदयमा घमण्ड पलायो । त्यही कारणले तिमीहरूले मलाई भुल्यौ ।

  • 15तर तेरो आफ्‍नो सौन्‍दर्यमा तैंले भरोसा राखिस्‌ र तेरो ख्‍यातिको कारणले तैंले एक वेश्‍याले झैं काम गरिस्‌ । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्‍नो काम तैंले गरिस्, ताकि तेरो सौन्‍दर्य उसको भयो ।

  • 13तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरू मबाट टाढा बहकिएका छन् । तिनीहरूमाथि विनाश आउँदै छ! तिनीहरूले मेरो विरुद्ध विद्रोह गरेका छन्! मैले तिनीहरूलाई बचाउन सक्‍थें, तर तिनीहरूले मेरो विरुद्धमा झुट बोले ।

  • 29त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस्? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ, यो परमप्रभुको घोषणा हो ।

  • 11त्यसैले तिनीहरूलाई यसो भन्, 'तिमीहरूका पुर्खाहरूले मलाई त्यागे र तिनीहरू अरू देवताहरूको पछि गए र पुजा गरे, र तिनीहरूको सामु निहुरे, यो परमप्रभुको घोषणा हो । तिनीहरूले मलाई त्यागे र र मेरो व्यवस्था पालन गरेका छैनन् ।

  • 7तैंले भनिस्, “म सदासर्वदा प्रभुत्‍वशाली रानी भएर राज्‍य गर्नेछु ।” यी कुराहरूलाई तैंले मनमा राखिनस्, न ती के हुनेछन् भनी तैंले विचार गरिस् ।

  • 22तब तैंले आफ्नो हृदयमा भन्लास्, 'यी कुरा ममाथि किन आइरहेका छन्?' तेरा अपराधको थुप्रोको कारणले तेरो फरिया उचालिएको छ, र तँलाई कुव्यवहार गरिएको छ ।

  • 9त्यसको फरियाभित्र त्यो अशुद्ध भएको छ । त्यसले आफ्नो भविष्यको विषयमा सोचेन । त्यसको पतन डरलाग्दो थियो । त्यसलाई सान्त्वना दिने कोही थिएन । त्यो चिच्‍च्यायो, “हे परमप्रभु, मेरो कष्‍टलाई हेर्नुहोस्, किनकि शत्रु अति महान् भएको छ ।”