लैव्यव्यवस्था 26:33

अनलक शाब्दिक बाइबल

म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितरबितर पारिदिने छु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्‍ने छु । तिमीहरूको देश त्यागिने छ र तिमीहरूका सहरहरू विनाश हुने छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 4:27 : 27 परमप्रभुले तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिनुहुने छ, र उहाँले तिमीहरूलाई धपाउनुभएका जातिहरूका बिचमा तिमीहरूको सङ्ख्या थोरै हुने छ ।
  • यहे 20:23 : 23 तिनीहरूलाई म जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पार्नेछु भनेर तिनीहरूसित उजाड-स्‍थान एउटा शपथ खानलाई म आफैले पनि आफ्‍नो हात उठाएँ ।
  • जक 7:14 : 14 “किनकि म आँधीबेहरीद्वारा तिनीहरूलाई तिनीहरूले नदेखेकाजातिहरूका बिचमा तितर-बितर पार्नेछु, र तिनीहरूपछि त्यो भूमि निर्जन हुनेछ । किनकि कोही पनि त्यो देशबाट भएर जानेछैन न त कोही त्यहाँ फर्कनेछ किनभने मानिसहरूले आफ्नो सुन्दर भूमिलाई उजाड बनाएका छन् ।”
  • भजन 44:11 : 11 तपाईंले हामीलाई मार्न लगिएका भेडाझैं बनाउनुभएको छ र हामीलाई जातिहरूका माझमा तितरबितर पार्नुभएको छ ।
  • यिर्मि 9:16 : 16 त्यसपछि म तिनीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पार्ने छु, जसलाई न तिनीहरूले न त तिनीहरूका पुर्खाहरूले चिनेका छन् । मैल तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु ।”
  • यहे 22:15 : 15 यसैले म तँलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तँलाई देशहरूमा तितरबितर पार्नेछु । यसरी तँमा भएको अशुद्धताबाट तँलाई शुद्ध पार्नेछु ।
  • लू 21:24 : 24 तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेम नै कैदी बनाएर राख्‍नेछन् ।
  • याक 1:1 : 1 ¶ परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टका सेवक याकूबबाट, छरपष्‍ट भएका बाह्र कुललाई अभिवादन ।
  • व्यव 28:64-66 : 64 परमप्रभुले तिमीहरूलाई पृथ्वीको एउटा कुनाबाट अर्को कुनासम्म सबै जातिका बिचमा तितर-बितर पारिदिनुहुने छ । त्यहाँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका काठ र ढुङ्गाले बनेका देवताहरूको पुजा गर्ने छौ । 65 यी जातिहरूका बिचमा तिमीहरूले चैन पाउने छैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ हुने छैन । बरु, त्यहाँ परमप्रभुले तिमीहरूलाई थरथर काँप्‍ने ह्रदय, थाक्‍ने आँखा र शोक गर्ने प्राण दिनुहुने छ । 66 तिमीहरूको जीवन तिमीहरूकै सामु आशङ्कमा झुण्डिने छ । तिमीहरू हरेक दिन र रात डराउने छौ अनि तिमीहरूको जीवनभर कुनै निश्‍चयता हुने छैन ।
  • विलाप 1:3 : 3 गरिबी र वेदनापछि यहूदा निर्वासनमा गएको छ । त्यो जाति-जातिहरूका बिचमा बस्छ, र त्यसले चैन पाउँदैन । त्यसलाई खेद्‍नहरू सबैले त्यसको घोर निराशामा त्यसलाई पक्रे ।
  • विलाप 4:15 : 15 तिनीहरूलाई देखेर मानिसहरू चिच्‍च्याउँछन्, “भाग, हे अशुद्धहरू हो! भाग! भाग! नछोओ!” त्यसैले तिनीहरू यताउता भौँतारिए । मानिसहरूले जाति-जातिहरूका बिचमा भने, “अबदेखि उसो तिनीहरू यहाँ बस्‍न सक्दैनन् ।”
  • यहे 12:14-16 : 14 त्‍यसका वरिपरि हुनेहरू जसले त्‍यसलाई मदत गर्छन् र त्‍यसका सम्‍पूर्ण फौजलाई म तितरबितर पार्नेछु, र तिनीहरूको पछि म तरवार पठाउनेछु । 15 जब जातिहरूका बिचमा तिनीहरूलाई म छरपष्‍ट पार्नेछु र देश-देशमा तिनीहरूलाई तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ । 16 तर म तिनीहरूमध्‍येका थोरैलाई तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्‍यहाँका जातिहरूका बिचमा आफ्‍ना घिनलाग्‍दा व्‍यवहारहरूका लेखा तिनीहरूले राख्‍नेछन्, यसरी म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 26:30-32
    3 पदहरू
    87%

    30म तिमीहरूका डाँडाका थानहरू नाश गर्ने छु, तिमीहरूका धूपका वेदीहरू भत्‍काइदिने छु, र तिमीहरूका लाशहरू तिमीहरूका मृत मूर्तिहरूमाथि फालिदिने छु, र म तिमीहरूलाई तिरस्कार गर्ने छु ।

    31म तिमीहरूका सहरहरूलाई भग्‍नावशेषमा परिणत गरिदिने छु र तिमीहरूका पवित्र स्थलहरू नष्‍ट गरिदिने छु । म तिमीहरूका बलिदानहरूका सुगन्धबाट प्रसन्‍न हुने छैनँ ।

    32म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्‍ने तिमीहरूका दुश्‍मनहरूले त्यस्तो विनाश देखेर आश्‍चर्यचकित हुने छन् ।

  • यहे 22:15-16
    2 पदहरू
    84%

    15यसैले म तँलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तँलाई देशहरूमा तितरबितर पार्नेछु । यसरी तँमा भएको अशुद्धताबाट तँलाई शुद्ध पार्नेछु ।

    16यसरी तँ जातिहरूका दृष्‍टिमा तँ अशुद्ध हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌' ।”

  • 16त्यसपछि म तिनीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पार्ने छु, जसलाई न तिनीहरूले न त तिनीहरूका पुर्खाहरूले चिनेका छन् । मैल तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु ।”

  • 25म तिमीहरूमाथि तरवार प्रहार गर्ने छु र तिमीहरूले करार भङ्ग गरेको कारण त्यस तरवारले बदला लिने छ । तिमीहरू आफ्ना सहरहरूमा भेला गराइने छौ, र तिमीहरूका बिचमा मैले एउटा रोग पठाउने छु, र तिमीहरूका दुश्‍मनका हातमा तिमीहरूलाई सुम्‍पने छु ।

  • 27परमप्रभुले तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिनुहुने छ, र उहाँले तिमीहरूलाई धपाउनुभएका जातिहरूका बिचमा तिमीहरूको सङ्ख्या थोरै हुने छ ।

  • लैव्य 26:36-39
    4 पदहरू
    81%

    36तिमीहरूका दुश्‍मनका देशमा छोडिएकाहरूका हृदयहरूमा यस्तो डर हालिदिने छु, कि हावाले पात हल्‍लाउँदा आउने आवाजले तिमीहरूलाई झस्‍काउने छ, र तिमीहरू तरवारबाट टाढा भागेझैँ दौडने छौ । कसैले तिमीहरूलाई नखेदेको भए पनि तिमीहरू लड्‍ने छौ ।

    37कसैले नखेदेको भए तापनि तिमीहरू तरवारबाट टाढा भागेझैँ भाग्‍ने छौ र एक-अर्कासँग ठोकिने छौ । तिमीहरूसँग आफ्ना दुश्‍मनहरूको अगाडि उभिने तागत हुने छैन ।

    38तिमीहरू जाति-जातिहरूका बिचमा नष्‍ट हुने छौ, र तिमीहरूका दुश्‍मनको भूमिले तिमीहरूलाई निल्‍ने छ ।

    39तिमीहरूमध्ये बाँकी रहेकाहरू तिमीहरूका दुश्‍मनको देशमा आफ्ना पाप र आफ्ना पुर्खाहरूको पापका कारण खतम हुने छन् ।

  • 14“किनकि म आँधीबेहरीद्वारा तिनीहरूलाई तिनीहरूले नदेखेकाजातिहरूका बिचमा तितर-बितर पार्नेछु, र तिनीहरूपछि त्यो भूमि निर्जन हुनेछ । किनकि कोही पनि त्यो देशबाट भएर जानेछैन न त कोही त्यहाँ फर्कनेछ किनभने मानिसहरूले आफ्नो सुन्दर भूमिलाई उजाड बनाएका छन् ।”

  • 19मैले तिनीहरूलाई जातिहरूका बिचमा छरपष्‍ट पारें । तिनीहरू देशहरूमा तितरबितर भए । तिनीहरूका चालहरू र कामहरूअनुसार मैले तिनीहरूको न्याय गरें ।

  • 23तिनीहरूलाई म जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पार्नेछु भनेर तिनीहरूसित उजाड-स्‍थान एउटा शपथ खानलाई म आफैले पनि आफ्‍नो हात उठाएँ ।

  • यहे 12:14-15
    2 पदहरू
    79%

    14त्‍यसका वरिपरि हुनेहरू जसले त्‍यसलाई मदत गर्छन् र त्‍यसका सम्‍पूर्ण फौजलाई म तितरबितर पार्नेछु, र तिनीहरूको पछि म तरवार पठाउनेछु ।

    15जब जातिहरूका बिचमा तिनीहरूलाई म छरपष्‍ट पार्नेछु र देश-देशमा तिनीहरूलाई तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।

  • 8तर तिमीहरूका बिचमा बचेकालाई म जोगाएर राख्‍नेछु, र तिमीहरू देश-देशमा तितरबितर हुँदा, त्‍यहाँ जातिहरूका बिचमा तरवारबाट उम्‍केका कोही हुनेछन् ।

  • 9तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

  • 14तँलाई चारैतिरका जातिहरूका बिचमा र तेरो छेउबाट भएर जानेहरू हरेक व्‍यक्‍तिका दृष्‍टिमा तँलाई म उजाड र खिसीको पात्र बनाउनेछु ।

  • 12तेरा मानिसमध्ये एक तिहाइ रूढीले मर्नेछौ, र तिमीहरूकै माझमा तिनीहरूलाई अनिकालले नष्‍ट गर्नेछ । एक तिहाइचाहिं तँलाई घेरा हालेका तरवारले मर्नेछन् । तब एक तिहाइलाई चाहिं म चारैतिर तितरबितर पार्नेछु, र तिनीहरूलाई खेद्‌न तरवार पनि थुत्‍नेछु ।

  • यहे 11:9-10
    2 पदहरू
    78%

    9म तिमीहरूलाई सहरको बिचबाट बाहिर निकाल्‍नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्‍पिदिनेछु, किनकि तिमीहरूका विरुद्धमा म न्याय ल्याउनेछु ।

    10तिमीहरू तरवारले ढल्‍नेछौ । इस्राएलको सिमाना भित्र म तिमीहरूको न्‍याय गर्नेछु । यसरी म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

  • 64परमप्रभुले तिमीहरूलाई पृथ्वीको एउटा कुनाबाट अर्को कुनासम्म सबै जातिका बिचमा तितर-बितर पारिदिनुहुने छ । त्यहाँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका काठ र ढुङ्गाले बनेका देवताहरूको पुजा गर्ने छौ ।

  • लैव्य 26:16-17
    2 पदहरू
    78%

    16म तिमीहरूका बिचमा आतङ्क फैलाउने छु, आँखालाई नष्‍ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउने छु । तिमीहरूले छरेका बिउ व्यर्थ हुने छन्, किनभने तिमीहरूका शत्रुहरूले त्यसको उब्जनी खाने छन् ।

    17म मेरो मुहार तिमीहरूबाट फर्काउने छु, र तिमीहरूका शत्रुले तिमीहरूलाई पराजय गर्ने छन् । तिमीहरूलाई घृणा गर्ने मानिसहरूले तिमीहरूमाथि शासन गर्ने छन्, र कसैले तिमीहरूलाई नखेदे तापनि तिमीहरू भाग्‍ने छौ ।

  • 18त्‍यसपछि म तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले खेद्‍नेछु, अनि म तिनीहरूलाई पृथ्वीका सबै राज्यमा घृणाको दृश्‍य, मैले तिनीहरूलाई छरपष्‍ट पारेका सबै जातिका बिचमा तिनीहरूलाई त्रास, सराप र गिल्लाको पात्र र लाजका कुरा बनाउनेछु ।

  • 34त्यो देश जबसम्म त्यागिएको हुन्छ र जबसम्म तिमीहरू दुश्‍मनको भूमिमा हुन्छौ, तबसम्म त्यो देशले शबाथ मनाउने छ । त्यस समयसम्म देशले विश्राम गर्ने छ र आफ्नो शबाथ मनाउने छ ।

  • 24मरुभूमिको बतासमा उडाइने भुसजस्तै म तिनीहरूलाई तितर-बितर पार्नेछु ।

  • 28तब देशलाई म उजाड र त्रास तुल्याउनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ, किनकि इस्राएलका पर्वतहरू त्यागिनेछन्, र त्यहाँबाट भएर कोही पनि जानेछैन ।’

  • 10तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरू नष्‍ट नहुञ्जेल, म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र विपत्ति पठाउनेछु' ।”

  • 12किनकि म मिश्रदेशलाई बस्‍ती नभएका देशहरूका बिचमा उजाड पार्नेछु, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा चालीस वर्षसम्‍मै उजाड रहनेछन्‌ । अनि म मिश्रीहरूलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु र देशहरूमा म तिनीहरूलाई तितरबितर पार्नेछु ।

  • 22म तिमीहरूकहाँ डर लाग्‍दा पशुहरू पठाउने छु, र तिनीहरूले तिमीहरूका छोराछोरीहरू चोरी लैजाने छन्, र तिमीहरूका गाईवस्तुलाई नष्‍ट गर्ने छन्, र तिमीहरूको सङ्ख्यामा कमि ल्याउने छन् । यसरी तिमीहरूका मार्गहरू विराना हुने छन् ।

  • 4तेरा सहरहरूलाई म भग्‍नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

  • 7उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌ ।

  • 20मानिसहरू बसेका सहरहरू उजाड हुनेछन्, र देश उजाड-स्‍थान हुनेछ । तब म नै परमप्रभु हुँ भी तिमीहरूले जान्‍नेछौ ।’”

  • 14मेरो उत्तराधिकारका बाँकी रहेकाहरूलाई म फल्‍नेछु र तिनीहरूलाई आफ्‍ना शत्रुहरूका हातमा दिनेछु । आफ्‍ना सबै शत्रुका लागि तिनीहरू सिकार र लुटका माल हुनेछन्,

  • मीका 6:13-14
    2 पदहरू
    76%

    13यसैकारण म तिमीहरूलाई भयङ्कर रूपमा प्रहार गर्नेछु, र तिमीहरूका पापको कारण म तिमीहरूलाई उजाड बनाउनेछु ।

    14तिमीहरूले खानेछौ तर तृप्‍त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।

  • 26म तिनीहरूलाई टाढा-टाढासम्म तितर-बितर पारिदिने छु र मानव-जातिको बिचबाट तिनीहरूको सम्झना मेटिदिने छु भनी मैले भनेँ ।

  • 4तिनीहरू आफ्ना शत्रुहरूद्वारा निर्वासनमा लगिए भने पनि, त्यहाँ म तरवारलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ । असल निम्ति होइन तर खराबको निम्‍ति म तिनीहरूमाथि आफ्‍ना आँखा लगाउनेछु ।”

  • 17तिनीहरूका शत्रुहरूकै सामु म तिनीहरूलाई पुर्वीय बतासझैं तितर-बितर पार्नेछु । तिनीहरूको विपत्तिको दिनमा म तिनीहरूलाई मेरो पिठिउँ फर्काउनेछु, मेरो मुहार होइन ।”

  • 9यसरी जातिहरूका बिचमा, तैंले नजानेका देशहरूका बिचमा जब म तेरो सर्वनाश ल्‍याउनेछु, तब तँलाई थाहा नभएका देशहरूका धेरै जना मानिसका हृदयलाई म भयभीत पार्नेछु ।

  • 14अनि म आफ्‍नो हातले हिर्काउनेछु र उजाड-स्‍थानदेखि दिब्‍लासम्‍मै तिनीहरूका सबै बस्‍ने ठाउँहरू अर्थात्‌ तिनीहरूको देशलाई उजाड र सुनसान बनाइदिनेछु । तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।

  • 23तब मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु ।

  • 13म तेरा शत्रुहरूलाई तेरा धन-सम्पत्ति र खजाना सित्तैंमा लुटको मालको रूपमा दिनेछु । तेरा सबै सिमानभित्र गरिएका तेरा सबै पापको कारणले म यसो गर्नेछु ।

  • 7यसकारण, हेर, म आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ' ।

  • 39यसकारण, हेर, तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई मैले दिएको सहरसाँगै म तिमीहरूलाई समातेर मेरो उपस्थितिबाट टाढा फल्‍नै लागेको छु ।

  • 7तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्‍म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् ।

  • 17यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तेरी पत्‍नी सहरमा वेश्‍या हुनेछे, तेरा छोराहरू र तेरा छोरीहरू तरवारद्वारा मारिनेछन्, तेरो देश नापिनेछ र विभाजन गरिनेछ, तँ एउटा अशुद्ध देशमा मर्नेछस्, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट निर्वासनमा जानेछ ।’”