यहेज्केल 6:14
अनि म आफ्नो हातले हिर्काउनेछु र उजाड-स्थानदेखि दिब्लासम्मै तिनीहरूका सबै बस्ने ठाउँहरू अर्थात् तिनीहरूको देशलाई उजाड र सुनसान बनाइदिनेछु । तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।
अनि म आफ्नो हातले हिर्काउनेछु र उजाड-स्थानदेखि दिब्लासम्मै तिनीहरूका सबै बस्ने ठाउँहरू अर्थात् तिनीहरूको देशलाई उजाड र सुनसान बनाइदिनेछु । तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
28तब देशलाई म उजाड र त्रास तुल्याउनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ, किनकि इस्राएलका पर्वतहरू त्यागिनेछन्, र त्यहाँबाट भएर कोही पनि जानेछैन ।’
29यसैले तिनीहरूले गरेका सबै घृणित कामका कारणले मैले देशलाई उजाड र बेकामको तुल्याएपछि तिनीहरूले म परमप्रभु हुँ भन्ने जान्नेछन् ।
6किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्ना ताली बजाएका र आफ्ना खुट्टा बजारेका र आनन्दित बनेका छौ ।
7यसकारण, हेर, म आफ्ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ' ।
3त्यसलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर्, सेइर पर्वत, म तेरो विरुद्धमा छु, र तँलाई म आफ्नो हातले प्रहार गर्नेछु र तँलाई निर्जन र उजाड बनाउनेछु ।
4तेरा सहरहरूलाई म भग्नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् ।
7किनकि म आफ्नो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु । तिनीहरू आगोबाट बाहिर आए तापनि तिनीहरूलाई आगोले नै भस्म गर्नेछ । यसरी तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ जति बेला मैले आफ्नो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु ।
8तब तिनीहरूले पाप गरेका हुनाले म तिनीहरूको देशलाई त्यागिएको उजाड-स्थान बनाउनेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।”
20मानिसहरू बसेका सहरहरू उजाड हुनेछन्, र देश उजाड-स्थान हुनेछ । तब म नै परमप्रभु हुँ भी तिमीहरूले जान्नेछौ ।’”
12टाढा हुने रूढीले मर्नेछन्, र नजिकमा हुने तरवारले ढल्नेछन् । छोडिएर बाँचेकाहरू अनिकालले मर्नेछन् । यसरी तिनीहरूका विरुद्धमा भएको मेरो क्रोधलाई म पुरा गर्नेछु!
13जब तिनीहरूका मूर्तिहरूका बिचमा, तिनीहरूका वेदीहरूका चारैतिर, सबै अल्गा-अल्गा ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्याम्म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि— जहाँ-जहाँ तिनीहरूले आफ्ना मूर्तिहरूका निम्ति धूप बाल्थे, त्यहाँ-त्यहाँ जब तिनीहरूका मारिएकाहरू लडिरहनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।
15जब म मिश्र देशलाई त्यागिएको ठाउँ बनाउनेछु, जब त्यो देश आफ्नो प्रशास्तता उजाड बनाइनेछ, जब म त्यसका सारा बासिन्दालाई आक्रमण गर्नेछु, तब म परमप्रभु हुँ भनेर तिनीहरूले जान्नेछन् ।
9तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् ।
10यसरी तिनीहरूले जान्नेछन्, कि म नै परमप्रभु हुँ । यही कारणले म तिनीहरूमाथि हानि ल्याउँछु भनी मैले भनें ।
13तब मेरो क्रोध पुरा हुनेछ, र तिनीहरूका विरुद्धमा भएको मेरो क्रोध शान्त हुनेछ । म सन्तुष्ट हुनेछु, र मेरो क्रोध शान्त भएपछि तिनीहरूले जान्नेछन् कि म परमप्रभुले नै मेरो क्रोधमा यो कुरा भनेको हुँ ।
14तँलाई चारैतिरका जातिहरूका बिचमा र तेरो छेउबाट भएर जानेहरू हरेक व्यक्तिका दृष्टिमा तँलाई म उजाड र खिसीको पात्र बनाउनेछु ।
31म तिमीहरूका सहरहरूलाई भग्नावशेषमा परिणत गरिदिने छु र तिमीहरूका पवित्र स्थलहरू नष्ट गरिदिने छु । म तिमीहरूका बलिदानहरूका सुगन्धबाट प्रसन्न हुने छैनँ ।
32म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्ने तिमीहरूका दुश्मनहरूले त्यस्तो विनाश देखेर आश्चर्यचकित हुने छन् ।
33म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितरबितर पारिदिने छु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्ने छु । तिमीहरूको देश त्यागिने छ र तिमीहरूका सहरहरू विनाश हुने छन् ।
14परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: सारा पृथ्वीले खुशी मनाइरहँदा म तँलाई उजाड बनाउनेछु ।
15इस्राएलका मानिसको उत्तराधिकार उजाड भएको हुनाले जसरी तँ आनन्दित भइस्, तँलाई म त्यस्तै गर्नेछु । ए सेइर पर्वत, र सारा एदोम, तिमीहरू उजाड हुनेछस् । तब म परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’”
6तिमीहरू जहाँ बसे तापनि तिमीहरूका नगरहरू उजाड पारिनेछन्, र अल्गा-अल्गा ठाउँहरू नष्ट हुनेछन्, ताकि तिमीहरूका वेदीहरू उजाड र नष्ट हुनेछन् । तब तिनीहरू चकनाचुर हुनेछन् र हराउनेछन्, तिमीहरूका खम्बाहरू काटिनेछन् र तिमीहरूका कामहरू लोप हुनेछन् ।
7मृतहरू तिमीहरूकै माझमा ढल्नेछन्, र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।
27राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्नेछन् । तिनीहरूका आफ्नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्याय गर्नेछु ।
15जब जातिहरूका बिचमा तिनीहरूलाई म छरपष्ट पार्नेछु र देश-देशमा तिनीहरूलाई तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।
16तर म तिनीहरूमध्येका थोरैलाई तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्यहाँका जातिहरूका बिचमा आफ्ना घिनलाग्दा व्यवहारहरूका लेखा तिनीहरूले राख्नेछन्, यसरी म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।”
14“किनकि म आँधीबेहरीद्वारा तिनीहरूलाई तिनीहरूले नदेखेकाजातिहरूका बिचमा तितर-बितर पार्नेछु, र तिनीहरूपछि त्यो भूमि निर्जन हुनेछ । किनकि कोही पनि त्यो देशबाट भएर जानेछैन न त कोही त्यहाँ फर्कनेछ किनभने मानिसहरूले आफ्नो सुन्दर भूमिलाई उजाड बनाएका छन् ।”
7उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्यसका सहरहरू भग्नावशेष भएका सहरहरूका बिचमा हुनेछन् ।
6तब म मगोग र किनारहरूमा सुरक्षित बसेकाहरूमाथि आगो पठाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।
6मैदानहरूमा भएका त्यसका छोरीहरू तरवारले मारिनेछन्, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् ।
12नदीहरूका पानीलाई म सुकाइदिनेछु, र देशलाई म दुष्ट मानिसहरूका हातमा बेचिदिनेछु । त्यो देश र त्यसमा भएका सारा थोकहरूलाई विदेशीहरूका हातद्वारा म उजाड पार्नेछु— म परमप्रभुले यो भनेको हुँ ।
13तर भुमि भने त्यसमा बसोबास गर्ने मानिसहरूका कारण, र तिनीहरूका कामका प्रतिफलको कारण उजाड हुनेछ ।
9यसैले मिश्रदेश उजाड र बग्नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्यो बनाएको हुँ ।”
36तब म नै परमप्रभु, मैले नै भग्नावशेषलाई बनाएँ र त्यागिएका ठाउँहरूलाई पुनः स्थापित गरें भनी तिमीहरूका वरिपरिका अरू जातिहरूले जान्नेछन् । म परमप्रभु हुँ । मैले यो घोषणा गरेको छु र म यो गर्नेछु ।
17किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्ड दिंदै म ठुलो बदला लिनेछु । यसरी तिनीहरूमाथि मैले बदला लिंदा, तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।”
3यसो भन्, “ए इस्राएलका पर्वतहरू हो, परमप्रभु परमेश्वरको यो वचन सुन । पर्वतहरू र डाँडाहरू, खोल्साहरू र बेसीहरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर, तिमीहरूका विरुद्धमा म तरवार ल्याउँदैछु, र तिमीहरूका अल्गा-अल्गा ठाउँहरूलाई म नाश गर्नेछु ।
4तब तिमीहरूका वेदीहरू उजाड हुनेछन्, र खम्बाहरू नाश पारिनेछ र तिमीहरूका मरेकाहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म फाल्नेछु ।
16यसरी तँ जातिहरूका दृष्टिमा तँ अशुद्ध हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस्' ।”
13यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म आफ्नो हातले एदोमलाई हिर्काउनेछु, र त्यहाँ भएका हरेक मानिस र पशुको नाश गर्नेछु । तेमानदेखि ददानसम्मै म त्यसलाई भग्नावशेष, उजाड पार्नेछु । तिनीहरू तरवारले ढल्नेछन् ।
12तिनीहरूका घरहरू, खेतहरू र पत्नीहरू एकसाथ अरूलाई दिइनेछ । किनकि म आफ्नै हातले यस देशका बासिन्दाहरूलाई आक्रमण गर्नेछु, यो परमप्रभुको घोषणा हो ।
10तिमीहरू तरवारले ढल्नेछौ । इस्राएलको सिमाना भित्र म तिमीहरूको न्याय गर्नेछु । यसरी म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।
8यसरी म आफ्नो मुख त्यस मानिसको विरुद्धमा लगाउनेछु, र त्यसलाई एउटा सङ्केत र उखानको पात्र बनाउनेछु, किनकि त्यसलाई म आफ्ना मानिसहरूका बिचदेखि बहिष्कार गर्नेछु र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।
23तँभित्र एउटा रूढी पठाउने, र त्यसका गल्लीहरूमा रगत म बगाउनेछु । मारिनेहरू तेरो बिचमा ढल्नेछन् । जब चारैतिरबाट तेरो विरुद्धमा तरवारले आउनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।
13“ए मानिसको छोरो, कुनै देशले पाप गरेर मेरो विरुद्धमा पाप गर्छ, ताकि त्यसको विरुद्धमा आफ्नो हात पसारें र त्यसको खाद्य भण्डार म नाश गरें, र अनिकाल ल्याएँ र मानिस र पशु दुवैलाई नाश गरें भने,
12यसरी म परमप्रभु हुँ भनी तैंले जान्नेछस् । तैंले इस्राएलका पर्वतहरूको विरुद्धमा सबै अपमान्साथ यसो भन्दा, “तिनीहरू नष्ट भएका छन्, र तिनीहरूलाई सखाप पार्न हामीलाई सुम्पिएको छ,” मैले सुनेको छु ।
31म मेरो क्रोध तँमाथि खन्याउनेछु! तेरो विरुद्धमा दन्केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु र तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्पिदिनेछु ।
23म आफ्नो महान्ता र आफ्नो पवित्रता देखाउनेछु र धेरै जातिहरूका दृष्टिमा म आफैंलाई चिनाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’”
16इस्राएलका घरानाका निम्ति मिश्रदेश फेरि कहिल्यै दृढताको कारण हुनेछैन । बरु, इस्राएलले मिश्रदेशसित सहायता माग्न जाँदा त्यहाँ तिनीहरूले गरेको अपराधका सम्झना तिनीहरूलाई हुनेछ । तब तिनीहरूले म नै परमप्रभु परमेश्वर हुँ भनी जान्नेछन्' ।”
11तिनीहरूले त्यसलाई उजाड पारेका छन् । म त्यसको निम्ति शोक गर्छु । त्यो उजाड छ । सारा देश उजाड पारिएको छ, किनकि यसलाई हृदयमा लिने कोही छैन ।
21उसका शरणार्थी फौज सबै तरवारले मारिनेछन्, र बाँचेकाहरू चारैतिर तितरबितर हुनेछन् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् । यो हुनेछ भनी मैले घोषणा गरेको हुँ ।