यहेज्केल 6:10

अनलक शाब्दिक बाइबल

यसरी तिनीहरूले जान्‍नेछन्, कि म नै परमप्रभु हुँ । यही कारणले म तिनीहरूमाथि हानि ल्‍याउँछु भनी मैले भनें ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 5:12-14 : 12 तिनीहरूको परमप्रभुको बारेमा झूट बोलेका छन् र यसो भनेका छन्, “उहाँले केही गर्नुहुने छैन । हामीमाथि कुनै हानि आउनेछैन, र हामीले कुनै तरवार वा अनिकाल देख्‍ने छैनौं । 13 अगमवक्ताहरू हावा हुनेछन्, र तिनीहरूमा वचन छैन । त्यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै आइपरून् ।” 14 त्यसैले सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तैंले यसो भनेको हुनाले हेर, म तेरो मुखमा मेरो वचन हाल्नै लागेको छु । यो आगोजस्तो हुनेछ, र यी मानिसहरू दाउराजस्ता हुनेछन् । किनकि यसले तिनीहरूलाई भस्म पार्ने छ ।
  • यिर्मि 44:28 : 28 तब तरवारबाट बाँचेकामध्‍येका थोरै सङ्ख्या मात्र तिनीहरू मिश्रदेशबाट यहूदाको देशमा फर्कनेछन् । तब तिनीहरूको कि मेरो कसको वचन सत्य ठहर्दोरहेछ भनी मिश्रदेशमा बस्‍न गएका यहूदाका बाँकी भएकाहरूले जान्‍नेछन् ।
  • यहे 6:7 : 7 मृतहरू तिमीहरूकै माझमा ढल्‍नेछन्, र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
  • यहे 14:22-23 : 22 तापनि हेर्, त्‍यसमा कोही बाँकी हुनेछन्‌, र बचेकाहरू आफ्‍ना छोराहरू र छोरीहरूका साथमा बाहिर निस्‍केर जानेछन्‌ । हेर्, तिनीहरू बाहिर तिमीहरूकहाँ आउनेछन्, र तिमीहरूले तिनीहरूका चालहरू र कामहरू हेर्नेछौ, र मैले यरूशलेममा ल्‍याएका ती दण्‍ड र देशको विरुद्ध मैले ल्याएका सबै कुराबाट तिमीहरूलाई सान्‍त्‍वना हुनेछ । 23 बाँचेकाहरूका चाल र कामहरू देखेर तिमीहरूले सान्‍त्‍वना पाउनेछौ, यसरी मैले त्‍यसको विरुद्धमा गरेका यी सबै कुरा, र ती मैले व्‍यर्थमा गरिनँ भनी तिमीहरूले जान्‍नेछौ । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • दानी 9:12 : 12 परमप्रभुले हामीमाथि ठुलो विपत्ति ल्याउनुभएर उहाँले हामी र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू पुरा गर्नुभएको छ । किनभने यरूशलेमलाई जे गरिएको छ सारा स्वर्गमुनि त्यस्तो कहिल्यै गरिएको छैन ।
  • जक 1:6 : 6 तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्‍चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 29यसैले तिनीहरूले गरेका सबै घृणित कामका कारणले मैले देशलाई उजाड र बेकामको तुल्याएपछि तिनीहरूले म परमप्रभु हुँ भन्‍ने जान्‍नेछन् ।

  • यहे 6:13-14
    2 पदहरू
    80%

    13जब तिनीहरूका मूर्तिहरूका बिचमा, तिनीहरूका वेदीहरूका चारैतिर, सबै अल्‍गा-अल्‍गा ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्‍याम्‍म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि— जहाँ-जहाँ तिनीहरूले आफ्‍ना मूर्तिहरूका निम्‍ति धूप बाल्‍थे, त्‍यहाँ-त्‍यहाँ जब तिनीहरूका मारिएकाहरू लडिरहनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।

    14अनि म आफ्‍नो हातले हिर्काउनेछु र उजाड-स्‍थानदेखि दिब्‍लासम्‍मै तिनीहरूका सबै बस्‍ने ठाउँहरू अर्थात्‌ तिनीहरूको देशलाई उजाड र सुनसान बनाइदिनेछु । तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।

  • 44यसरी, ए इस्राएलका घराना, तिमीहरूका दुष्‍ट कामहरू र तिमीहरूका भ्रष्‍टा कामहरूका कारणले होइन, तर मेरो नाउँको खातिर मैले तिमीहरूसित व्‍यवहार गर्दा, तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो'।”

  • 30तब तिनीहरूले म परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग छु भनी जान्‍नेछन् । इस्राएलको घराना मेरा मानिसहरू हुन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 7मृतहरू तिमीहरूकै माझमा ढल्‍नेछन्, र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

  • 9तब मबाट तर्केका तिनीहरूका व्‍यभिचारी हृदय र मूर्तिहरूका पछि लाग्‍ने तिनीहरूका कुदृष्‍टहरूले म दुःखित भएको थिएँ भनी ती बाँचेकाहरूले आफूलाई कैद गरिएका जातिहरूका बिचमा मेरो बारेमा विचार गर्नेछन् । तब तिनीहरूले गरेको दुष्‍टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरूले आफ्नो अनुहारमा घृणा देखाउनेछन् ।

  • 23बाँचेकाहरूका चाल र कामहरू देखेर तिमीहरूले सान्‍त्‍वना पाउनेछौ, यसरी मैले त्‍यसको विरुद्धमा गरेका यी सबै कुरा, र ती मैले व्‍यर्थमा गरिनँ भनी तिमीहरूले जान्‍नेछौ । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 17किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्‍ड दिंदै म ठुलो बदला लिनेछु । यसरी तिनीहरूमाथि मैले बदला लिंदा, तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

  • यहे 39:21-22
    2 पदहरू
    78%

    21जातिहरूका बिचमा म आफ्‍नो महिमा स्‍थापित गर्नेछु र सबै जातिहरूले मैले गर्ने न्याय र तिनीहरूको विरुद्धमा मैले उठाएको मेरो हात देख्‍नेछन् ।

    22त्यो दिनदेखि इस्राएलको घरानाले म नै परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन् ।

  • 21त्यसकारण हेर्, यस पटक म तिनीहरूलाई जान्‍न लगाउनेछु । म तिनीहरूलाई मेरो हात र मेरो शक्ति जान्‍न लगाउनेछु, यसरी परमप्रभु नै मेरो नाउँ हो भनेर तिनीहरूले जान्‍नेछन् ।

  • 12तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ, जसका विधिहरूमा तिमीहरू हिंडेका, र जसका नियमहरू तिमीहरूले पालन गरेका छैनौ । बरु, तिमीहरूका वरिपरि भएका जातिहरूका विधिहरू तिमीहरू पालन गरेका छौ ।”

  • यहे 5:13-15
    3 पदहरू
    77%

    13तब मेरो क्रोध पुरा हुनेछ, र तिनीहरूका विरुद्धमा भएको मेरो क्रोध शान्‍त हुनेछ । म सन्तुष्‍ट हुनेछु, र मेरो क्रोध शान्त भएपछि तिनीहरूले जान्‍नेछन्‌ कि म परमप्रभुले नै मेरो क्रोधमा यो कुरा भनेको हुँ ।

    14तँलाई चारैतिरका जातिहरूका बिचमा र तेरो छेउबाट भएर जानेहरू हरेक व्‍यक्‍तिका दृष्‍टिमा तँलाई म उजाड र खिसीको पात्र बनाउनेछु ।

    15यसैले यरूशलेम अन्य मानिसहरूको अघि घृणा, र खिसीको पात्र बन्‍नेछ र तेरा वरिपरीका जातिहरूका निम्ति चेतावनी र भयको पात्र बन्‍नेछ । म रिस, क्रोध र डरलाग्‍दो गालीसित तेरो न्याय गर्नेछु—म परमप्रभुले यो घोषणा गरेको हुँ ।

  • 16इस्राएलका घरानाका निम्‍ति मिश्रदेश फेरि कहिल्‍यै दृढताको कारण हुनेछैन । बरु, इस्राएलले मिश्रदेशसित सहायता माग्‍न जाँदा त्‍यहाँ तिनीहरूले गरेको अपराधका सम्‍झना तिनीहरूलाई हुनेछ । तब तिनीहरूले म नै परमप्रभु परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌' ।”

  • 14म परमप्रभुले यो घोषणा गरेको हुँ, र म यो गर्नेछु । म पछि हट्‌नेछैनँ, न त म त्‍यसबाट आराम नै गर्नेछु । तेरा चाल र तेरा कामहरूले तिनीहरूले तेरो न्‍याय गर्नेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 28तब म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन्, किनकि मैले नै तिनीहरूलाई जातिहरूका बिचमा कैदमा पठाएँ, तर तिनीहरूलाई म तिनीहरूकै देशमा भेला गराउनेछु । तिमध्ये कसैलाई पनि म जातिहरूका बिचमा छोड्नेछैन ।

  • 19म मिश्रदेशलाई दण्‍डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

  • यहे 12:15-16
    2 पदहरू
    77%

    15जब जातिहरूका बिचमा तिनीहरूलाई म छरपष्‍ट पार्नेछु र देश-देशमा तिनीहरूलाई तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।

    16तर म तिनीहरूमध्‍येका थोरैलाई तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्‍यहाँका जातिहरूका बिचमा आफ्‍ना घिनलाग्‍दा व्‍यवहारहरूका लेखा तिनीहरूले राख्‍नेछन्, यसरी म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।”

  • 27राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्‍नेछन्‌ । तिनीहरूका आफ्‍नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्‍याय गर्नेछु ।

  • 36तब म नै परमप्रभु, मैले नै भग्‍नावशेषलाई बनाएँ र त्‍यागिएका ठाउँहरूलाई पुनः स्‍थापित गरें भनी तिमीहरूका वरिपरिका अरू जातिहरूले जान्‍नेछन् । म परमप्रभु हुँ । मैले यो घोषणा गरेको छु र म यो गर्नेछु ।

  • 23म आफ्नो महान्‌ता र आफ्‍नो पवित्रता देखाउनेछु र धेरै जातिहरूका दृष्‍टिमा म आफैंलाई चिनाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’”

  • 10तिमीहरू तरवारले ढल्‍नेछौ । इस्राएलको सिमाना भित्र म तिमीहरूको न्‍याय गर्नेछु । यसरी म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

  • 11परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “आफ्‍नो ताली बजा र आफ्‍ना खुट्टा बजार्! यसो भन् ‘इस्राएलका घरानाका सबै दुष्‍ट र घिनलाग्‍दा व्‍यवहारहरूका कारण, धिक्‍कार!’ किनभने तरवार, अनिकाल र रूढीले तिनीहरू नष्‍ट हुनेछन्‌ ।

  • 23यसैकारण तिमीहरूले अब फेरि कहिल्‍यै झुटा दर्शन देख्‍नेछैनौ नत भविष्‍यवाणी गरिरहनेछौ, किनकि म आफ्‍ना मानिसहरूलाई तिमीहरूका हातदेखि बचाउनेछु । म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ।'”

  • यहे 39:6-7
    2 पदहरू
    76%

    6तब म मगोग र किनारहरूमा सुरक्षित बसेकाहरूमाथि आगो पठाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।

    7किनकि मेरा मानिस, अर्थात् इस्राएलका बिचमा आफ्‍नो पवित्र नाउँलाई चिनाउनेछु, र मेरो पवित्र नाउँलाई फेरि म अशुद्ध हुन दिनेछैन । जातिहरूले म नै परमप्रभु, इस्राएलमा परम पवित्र हो भनी जान्‍नेछन् ।

  • 7यसकारण, हेर, म आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ' ।

  • 6मैदानहरूमा भएका त्यसका छोरीहरू तरवारले मारिनेछन्‌, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।

  • 6यसकारण मेरा मानिसहरूले मेरो नाउँ जान्‍नेछन् । “हो, त्‍यो म नै हुँ” भन्‍ने म नै हुँ भनी तिनीहरूले त्यस दिन जान्‍नेछन् ।

  • 9किनकि मेरा आँखाले तँलाई दयापूर्वक हेर्नेछैनँ, र तँलाई म छोड्‍नेछैन । जस्‍तो तैंले गरेको छस् तेस्‍तै म तँलाई गर्नेछु । अनि तेरा घृणित कुराहरू तेरै माझमा हुनेछन् ताकि तँलाई दण्ड दिनेचाहिं म परमप्रभु नै हुँ भनी तैंले जान्‍नेछस्‌ ।

  • 4तेरा सहरहरूलाई म भग्‍नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

  • 15जब म मिश्र देशलाई त्यागिएको ठाउँ बनाउनेछु, जब त्यो देश आफ्नो प्रशास्तता उजाड बनाइनेछ, जब म त्यसका सारा बासिन्दालाई आक्रमण गर्नेछु, तब म परमप्रभु हुँ भनेर तिनीहरूले जान्‍नेछन् ।

  • 11यसैले मोआबको विरुद्धमा न्‍याय गर्नेछु,र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।

  • 4किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्, र म तँलाई छोड्नेछैन । बरु, तेरा कामहरू तँमाथि नै ल्याउनेछु, र तेरा घिनलाग्‍दा कामहरू तेरा माझमा हुनेछन्, यसरी म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌ ।

  • 46म तिनीहरूका बिचमा बस्‍न सकूँ भनेर तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन् । म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ ।

  • 16तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 16यसरी तँ जातिहरूका दृष्‍टिमा तँ अशुद्ध हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌' ।”

  • 20मानिसहरू बसेका सहरहरू उजाड हुनेछन्, र देश उजाड-स्‍थान हुनेछ । तब म नै परमप्रभु हुँ भी तिमीहरूले जान्‍नेछौ ।’”

  • 12यसरी म परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । तैंले इस्राएलका पर्वतहरूको विरुद्धमा सबै अपमान्‌साथ यसो भन्‍दा, “तिनीहरू नष्‍ट भएका छन्, र तिनीहरूलाई सखाप पार्न हामीलाई सुम्पिएको छ,” मैले सुनेको छु ।

  • 32यो परमप्रभु परमेश्‍वरको घोषणा हो, यो तिमीहरूलाई थाहा होस् कि यो मैले तिमीहरूका निम्ति गरेको होइन । यसैले, ए इस्राएलको घराना, आफ्ना चालहरूका कारणले लज्‍जित र अपमानित होओ ।

  • 9तेरा घिनलाग्‍दा कामहरूको कारण तँलाई म यस्‍तो गर्नेछु, जो मैले अघि कहिल्‍यै गरेको थिइनँ र न म फेरि कहिल्‍यै गर्नेछु ।

  • 62म आफैं मेरो करार तँसित स्‍थापना गर्नेछु, र म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

  • 8तब तिनीहरूले पाप गरेका हुनाले म तिनीहरूको देशलाई त्‍यागिएको उजाड-स्‍थान बनाउनेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

  • 9तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

  • 23तँभित्र एउटा रूढी पठाउने, र त्‍यसका गल्‍लीहरूमा रगत म बगाउनेछु । मारिनेहरू तेरो बिचमा ढल्‍नेछन् । जब चारैतिरबाट तेरो विरुद्धमा तरवारले आउनेछन्‌, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।

  • 18परमप्रभुले मलाई यी कुराहरू अवगत गराउनुभयो, त्‍यसैले म यी जान्‍दछु । हे परमप्रभु, तपाईंले नै मलाई तिनीहरूका कामहरू देखाउनुभयो ।