यहेज्केल 16:62

अनलक शाब्दिक बाइबल

म आफैं मेरो करार तँसित स्‍थापना गर्नेछु, र म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 24:7 : 7 त्यसपछि मलाई चिन्‍ने हृदय म तिनीहरूलाई दिनेछु, किनकि म परमप्रभु हुँ । तिनीहरू मेरो मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु । यसरी तिनीहरू आफ्ना सारा हृदयसले मतिर फर्कनेछन् ।'
  • यहे 6:7 : 7 मृतहरू तिमीहरूकै माझमा ढल्‍नेछन्, र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
  • यहे 16:60 : 60 तर तेरो जवानीको दिनमा मैले तँसित बाँधेको करारलाई म सम्झनेछु, र तँसँग म सदासर्वदाको करार गर्नेछु ।
  • यहे 20:37 : 37 म तिमीहरूलाई मेरो लौरो मुनि छिर्न लाउनेछु, र तिमीहरूलाई करारमा भएका कुराहरू मान्‍न लगाउनेछु ।
  • यहे 20:43-44 : 43 आफ्‍ना जुन व्‍यवहार र कामहरूले तिमीहरूले आफूलाई अशुद्ध पार्‍यौ, ती त्‍यहाँ तिमीहरूले सम्‍झनेछौ, र तिमीहरूले गरेका सबै दुष्‍ट कामहरूका निम्‍ति आफ्‍नै दृष्‍टिमा तिमीहरूले आफूलाई तुच्‍छ ठान्‍नेछौ । 44 यसरी, ए इस्राएलका घराना, तिमीहरूका दुष्‍ट कामहरू र तिमीहरूका भ्रष्‍टा कामहरूका कारणले होइन, तर मेरो नाउँको खातिर मैले तिमीहरूसित व्‍यवहार गर्दा, तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो'।”
  • यहे 39:22 : 22 त्यो दिनदेखि इस्राएलको घरानाले म नै परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन् ।
  • दानी 9:27 : 27 एउटा सातको निम्‍ति तिनले धेरै जनासँग करार सदर गर्नेछन् । सातको बिचमा तिनले बलिदान र भेटीलाई समाप्‍त गर्नेछन् । घृणित कुराहरूको पखेटामा कोही व्‍यक्‍ति आउनेछ जसले सर्वनाश गर्नेछ । सर्वनाश गर्ने व्‍यक्‍तिलाई पूर्ण रूपमा खत्तम गर्ने र विनाश पार्ने आदेश भएको छ ।”
  • हो 2:18-23 : 18 “त्यस दिन मैदानका पशुहरूसँगै, आकाशका चराहरूसँगै, अनि जमिनमा घस्रने जीवजन्‍तुसँगै, म तिनीहरूसँग एउटा करार बाँध्‍नेछु । म देशबाट धनु, तरवार, र युद्धलाई हटाउनेछु, र म तँलाई सुरक्षासाथ पल्‍टिन दिनेछु । 19 सदासर्वदाको निम्‍ति तेरो पति हुने प्रतिज्ञा म गर्नेछु । धार्मिकता, न्याय, करारको विश्‍वस्तता र कृपामा तेरो पति हुने प्रतिज्ञा म गर्नेछु । 20 विश्‍वस्ततामा प्रतिज्ञा गरेर म आफैंलाई तँकहाँ सुम्‍पनेछु, र तैंले परमप्रभुलाई चिन्‍नेछस् । 21 त्यो दिनमा जवाफ दिनेछु, यो परमप्रभुको घोषणा हो, म आकाशमण्‍डललाई जवाफ दिनेछु, र तिनले पृथ्‍वीलाई जवाफ दिनेछन् । 22 पृथ्‍वीले अन्‍न, नयाँ दाखमद्य र तेललाई जवाफ दिनेछ र तिनले यिजरेललाई जवाफ दिनेछन् । 23 आफ्‍नो निम्ति म त्यसलाई जमिनमा रोप्‍नेछु, र मैले लो-रूहामामाथि कृपा गर्नेछु । लो-अम्‍मीलाई म भन्‍नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ’ र तिनीहरूले मलाई भन्‍नेछन्, ‘तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ ।’”
  • यो 3:17 : 17 “यसैले, परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ, म आफ्‍नो पवित्र पर्वत सियोनमा बास गर्छु । तब यरूशलेम पवित्र हुनेछ, र त्यसबाट फेरि कहिलै कुनै सेना हिंड्‍नेछैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 16:58-61
    4 पदहरू
    85%

    58तैंले आफ्नो निर्लज्‍जता र घृणित व्यवहार देखाउनेछस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    59परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँलाई जस्‍तो व्‍यवहार गर्नु उचित हुन्‍छ त्‍यस्‍तै व्‍यवहार म तँसित गर्नेछु । तैंले करार भङ्ग गरेर आफ्नो सपथलाई तुच्‍छ ठानेकी छस्‌ ।

    60तर तेरो जवानीको दिनमा मैले तँसित बाँधेको करारलाई म सम्झनेछु, र तँसँग म सदासर्वदाको करार गर्नेछु ।

    61तब तैंले आफ्‍ना चालहरू सम्‍झनेछस्‌ र दिदी-बहिनीहरू दुवैलाई तैंले ग्रहण गर्दा लज्‍जित हुनेछस् । ती म तँलाई छोरीहरूका रूपमा दिनेछु, तर तेरो करारको कारणले चाहिं होइन ।

  • 63यी कुराहरूका कारणले, तैंले सबै कुरा सम्‍झनेछस्, र लज्‍जित हुनेछस्, यसरी आफ्‍नो लाजको कारण तैंले आफ्‍नो मुख फेरि कहिल्‍यै खोल्‍नेछैनस् । त्‍यति बेला तैंले गरेका सबै कुरालाई मैले क्षमा गरेको हुन्‍छु — यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • हो 2:19-20
    2 पदहरू
    79%

    19सदासर्वदाको निम्‍ति तेरो पति हुने प्रतिज्ञा म गर्नेछु । धार्मिकता, न्याय, करारको विश्‍वस्तता र कृपामा तेरो पति हुने प्रतिज्ञा म गर्नेछु ।

    20विश्‍वस्ततामा प्रतिज्ञा गरेर म आफैंलाई तँकहाँ सुम्‍पनेछु, र तैंले परमप्रभुलाई चिन्‍नेछस् ।

  • 16यसरी तँ जातिहरूका दृष्‍टिमा तँ अशुद्ध हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌' ।”

  • 44यसरी, ए इस्राएलका घराना, तिमीहरूका दुष्‍ट कामहरू र तिमीहरूका भ्रष्‍टा कामहरूका कारणले होइन, तर मेरो नाउँको खातिर मैले तिमीहरूसित व्‍यवहार गर्दा, तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो'।”

  • 42जब म तिमीहरूलाई इस्राएल देशमा ल्‍याउनेछु, जुन देश तिमीहरूका पुर्खाहरूलाई दिन्‍छु भनी मैले आफ्‍ना हात उचालेर शपथ खाएको थिएँ, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ ।

  • 8म फेरि तेरो छेउबाट गएँ र मैले तँलाई देखें । हेर्, तेरो निम्‍ति प्रेम गर्ने समय आयो । यसैले मैले मेरो वस्‍त्रको छेउ तँमाथि ओढाएँ र तेरो नग्‍नता ढाकिदिएँ । तब मैले तँसित बाचा बाँधें र तँलाई करारमा ल्‍याएँ र तँ मेरो भइस्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 16तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 10यसरी तिनीहरूले जान्‍नेछन्, कि म नै परमप्रभु हुँ । यही कारणले म तिनीहरूमाथि हानि ल्‍याउँछु भनी मैले भनें ।

  • 30तब तिनीहरूले म परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग छु भनी जान्‍नेछन् । इस्राएलको घराना मेरा मानिसहरू हुन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 27म इस्राएलको बिचमा छु भनी तिमीहरूले जान्‍नेछौ, र म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, र त्यहाँ अर्को कोही पनि छैन, र म कहिल्यै आफ्‍ना मानिसहरूमा लाज ल्याउनेछैनँ ।

  • 42मैले याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको सम्झना गर्ने छु, र त्यो देशलाई पनि सम्झने छु ।

  • 7तँ र तँपछिका तेरा सन्तानका परमेश्‍वर हुनलाई तेरो र मेरो र तँपछिका तेरा सन्‍तानको बिचमा नित्य रहिरहने करार म स्थापित गर्नेछु ।

  • 2त्यसपछि मेरो र तेरो बिचको आफ्नो करार म पक्‍का गर्नेछु, र तँलाई अत्यन्तै वृद्धि गराउनेछु ।”

  • 21त्यसकारण हेर्, यस पटक म तिनीहरूलाई जान्‍न लगाउनेछु । म तिनीहरूलाई मेरो हात र मेरो शक्ति जान्‍न लगाउनेछु, यसरी परमप्रभु नै मेरो नाउँ हो भनेर तिनीहरूले जान्‍नेछन् ।

  • 22त्यो दिनदेखि इस्राएलको घरानाले म नै परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन् ।

  • निर्ग 6:7-8
    2 पदहरू
    73%

    7म तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु । तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

    8मैले अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गरेको देशमा म तिमीहरूलाई ल्याउनेछु । म यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु । म परमप्रभु हुँ' ।”

  • 16इस्राएलका घरानाका निम्‍ति मिश्रदेश फेरि कहिल्‍यै दृढताको कारण हुनेछैन । बरु, इस्राएलले मिश्रदेशसित सहायता माग्‍न जाँदा त्‍यहाँ तिनीहरूले गरेको अपराधका सम्‍झना तिनीहरूलाई हुनेछ । तब तिनीहरूले म नै परमप्रभु परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌' ।”

  • 37म तिमीहरूलाई मेरो लौरो मुनि छिर्न लाउनेछु, र तिमीहरूलाई करारमा भएका कुराहरू मान्‍न लगाउनेछु ।

  • 4तिनीहरूलाई कनान देश दिनलाई मैले तिनीहरूसित मेरो करार पनि बाँधेँ । यो त्यही देश हो जहाँ तिनीहरू प्रवासी भएर यताउता चाहारे ।

  • 23म आफ्नो महान्‌ता र आफ्‍नो पवित्रता देखाउनेछु र धेरै जातिहरूका दृष्‍टिमा म आफैंलाई चिनाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’”

  • 20मेरा शबाथहरूलाई पवित्र राख, ताकि मेरो र तिमीहरूका बिचमा ती एउटा चिन्‍ह हुनेछन्, ताकि म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।”

  • 4यो आज्ञा मैले नै तिमीहरूलाई दिएको हुँ, र मेरो करार लेवीसँग रहिरहनेछ भनेर तिमीहरूले जान्‍नेछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

  • 45तर तिनीहरूका खातिर मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेको करारको सम्झना म गर्ने छु, जुन पुर्खाहरूलाई म तिनीहरूका परमेश्‍वर हुन सकूँ भनेर मैले मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।”

  • 9म तिमीहरूमाथि कृपादृष्‍टि लगाउने छु र तिमीहरूलाई फलवन्‍त बनाएर तिमीहरूको सङ्ख्या वृद्धि गर्ने छु । म मेरो करार तिमीहरूसँग स्थापना गर्ने छु ।

  • 31यसैकारण तिमीहरूले मेरा आज्ञा मान्‍नू र तीअनुसार हिँड्नू । म परमप्रभु हुँ ।

  • 22तब तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।

  • 4तेरा सहरहरूलाई म भग्‍नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

  • 9तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

  • १ इति 16:16-17
    2 पदहरू
    71%

    16उहाँले अब्राहामसित बाँध्‍नुभएको करार र इसहाकसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ ।

    17यस कुरालाई उहाँले आदेशको रूपमा याकूबसित, र इस्राएलसँग अनन्‍त करारको रूपमा पुष्‍टि गर्नुभयो ।

  • 71%

    31यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जुना बेला म इस्राएल र यहूदाका घरानासित एउटा नयाँ करार स्थापित गर्नेछु ।

    32मैले तिनीहरूका पुर्खाहरूसित बाँधेको करारजस्तो यो हुनेछैन, जब मैले तिनीहरूलाई तिनीहरूका हात समातेर मिश्रदेशबाट बाहिर ल्याएँ, किनकि तिनीहरूले मेरो करार भङ्ग गरे तापनि म तिनीहरूका पति भएँ, यो परमप्रभुको घोषणा हो ।

  • 28तब इस्राएललाई अलग गर्ने परमप्रभु म नै हुँ भनी जातिहरूले जान्‍नेछन् । त्‍यति बेला मेरो पवित्र स्थान सदासर्वदाको निम्ति तिनीहरूका बिचमा स्थापित हुन्‍छ ।’”

  • 14मैले तँसित व्‍यवहार गरेको दिनमा के तेरो हृदय स्‍थिर रहला, अनि तेरो हात दह्रिलो होला र? म परमप्रभुले यो घोषणा गर्दैछु, र म त्‍यसै गर्नेछु ।

  • 32यो परमप्रभु परमेश्‍वरको घोषणा हो, यो तिमीहरूलाई थाहा होस् कि यो मैले तिमीहरूका निम्ति गरेको होइन । यसैले, ए इस्राएलको घराना, आफ्ना चालहरूका कारणले लज्‍जित र अपमानित होओ ।

  • 11ए पर्वतहरू, तिमीहरूमा मानिस र पशुका सङ्‍ख्‍यालाई म वृद्धि गराउनेछु ताकि तिनीहरू फल्दै-फुल्दै र वृद्धि हुँदै जानेछन् । त्‍यसपछि पहिलेझैं तिमीहरूमा म बसोबास गराउनेछु, र तिमीहरूको समृद्धि विगतमा भएको भन्दा बढी गराउनेछु, ककिनकि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ ।

  • 12आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको करारभित्र प्रवेश गर्न र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित खान लाग्‍नुभएको शपथभित्र प्रवेश गर्दै छौ

  • 12तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ, जसका विधिहरूमा तिमीहरू हिंडेका, र जसका नियमहरू तिमीहरूले पालन गरेका छैनौ । बरु, तिमीहरूका वरिपरि भएका जातिहरूका विधिहरू तिमीहरू पालन गरेका छौ ।”

  • 4“निश्‍चय नै मेरो करार तँसँगै छ । तँ धेरै जातिहरूका पिता बन्‍नेछस् ।”

  • 28तब मैले तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा तिमीहरू बसोबास गर्नेछौ । तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।

  • 7यसकारण, हेर, म आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ' ।

  • 46म तिनीहरूका बिचमा बस्‍न सकूँ भनेर तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन् । म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ ।

  • 18तर तँसँग म मेरो करार स्थापित गर्नेछु । तँ, तेरा छोराहरू, तेरी पत्‍नी र तेरा छोराहरूका पत्‍नीहरू जहाजभित्र आउनेछौ ।

  • 14तिमीहरूभित्र म आफ्‍नो आत्मा हालिदिनेछु, यसरी तिमीहरू जीवित हुनेछौ, र म नै परमप्रभु हुँ भनी जब तिमीहरूले जान्‍नेछौ, तब तिमीहरूलाई आफ्‍नै देशमा म विश्राम दिनेछु । म यो घोषणा गर्छु र यो गर्नेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”