उत्पत्ति 6:18

अनलक शाब्दिक बाइबल

तर तँसँग म मेरो करार स्थापित गर्नेछु । तँ, तेरा छोराहरू, तेरी पत्‍नी र तेरा छोराहरूका पत्‍नीहरू जहाजभित्र आउनेछौ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 7:7 : 7 जलप्रलयको पानीको कारणले नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी र तिनका बुहारीहरू सँगसँगै जहाजभित्र प्रवेश गरे ।
  • उत्प 7:13 : 13 त्यही दिनमा नोआ, तिनका छोराहरू शेम, हाम र येपेत अनि तिनकी पत्‍नी र तिनका तिन जना बुहारी जहाजभित्र प्रवेश गरे ।
  • उत्प 17:7 : 7 तँ र तँपछिका तेरा सन्तानका परमेश्‍वर हुनलाई तेरो र मेरो र तँपछिका तेरा सन्‍तानको बिचमा नित्य रहिरहने करार म स्थापित गर्नेछु ।
  • उत्प 7:1 : 1 ¶ परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र आओ । किनकि मेरो सामु यो पुस्तामा मैले तँलाई धर्मी देखेको छु ।
  • उत्प 17:21 : 21 तर मेरो करार त म इसहाकसँग स्थापित गर्नेछु, जसलाई साराले अर्को वर्ष यही समयमा तँबाट जन्माउनेछे ।”
  • यशा 26:20 : 20 ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्‍ना ढोकाहरू बन्द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक ।
  • इब्रा 11:7 : 7 विश्‍वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्‍वरीय सन्देश दिइएको थियो । तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाए र आफ्नो घरानालाई बचाए । यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्‍वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए ।
  • १ पत्रु 3:20 : 20 नोआको समयमा जहाज बनाइँदा परमेश्‍वरले धैर्य गरेर पर्खिरहेको बेला तिनीहरू आज्ञाकारी भएनन्, र परमेश्‍वरले पानीबाट आठ जना आत्मा बचाउनुभयो ।
  • २ पत्रु 2:5 : 5 अनि उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्‍नुभएन । बरु, धार्मिकताका दूत नोआ र अरू सात जनालाई बचाउनुभयो र जल प्रलयद्वारा अधर्मी संसारको विनाश गर्नुभयो ।
  • उत्प 9:9-9 : 9 “मेरो कुरा सुन! तिमीहरू र तिमीहरूपछि आउने तिमीहरूका सन्तानहरू, तिमीहरूसँगै भएका हरेक जीवित प्राणी अर्थात् 10 पक्षीहरू, पालिने पशुहरू र जहाजबाट बाहिर आउनेदेखि पृथ्वीमा भएका हरेक जीवित प्राणीसित म मेरो करार स्थापित गर्दै छु । 11 जलप्रलयको पानीद्वारा फेरि सबै प्राणी नष्‍ट गरिनेछैनन् भनी म मेरो करार तिमीहरूसित स्थापित गर्दछु । पृथ्वीलाई सर्वनाश गर्ने जलप्रलय फेरि कहिल्यै आउनेछैन । 12 परमेश्‍वरले भन्‍नुभयो, “पुस्तौँको निम्ति मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीसित मैले जुन करार बाँध्दै छु, त्यसको चिन्ह यही हुन्छ 13 कि मैले बादलमा इन्द्रेणी राखेको छु, र यो मेरो र पृथ्वीको बिचमा करारको चिन्ह हुनेछ । 14 मैले पृथ्वीमाथि बादल फिँजाउँदा जब इन्द्रेणी देखा पर्छ 15 तब म मेरो करारलाई सम्झनेछु जुन करार मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीको बिचमा बाँधिएको छ । जलप्रलयले फेरि कहिल्यै सबै प्राणीलाई सर्वनाश गर्नेछैन । 16 परमेश्‍वर र पृथ्वीमा रहेका सबै जीवित प्राणीबिच बाँधिएको नित्य रहिरहने कराको सम्झना गर्नलाई म बादलमा देखा पर्ने इन्द्रेणीलाई हेर्नेछु ।”
  • उत्प 17:4 : 4 “निश्‍चय नै मेरो करार तँसँगै छ । तँ धेरै जातिहरूका पिता बन्‍नेछस् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 8:15-19
    5 पदहरू
    85%

    15परमेश्‍वरले नोआलाई भन्‍नुभयो,

    16“तँ, तेरी पत्‍नी, तेरा छोराहरू र तेरा बुहारीहरू जहाजबाट निस्केर आओ ।

    17तँसित भएका सबै जीवित प्राणीहरू अर्थात् पक्षीहरू, पशुहरू, पृथ्वीको सतहमा हरेक घस्रने प्राणीलाई तँसँगै बाहिर लिएर आइज ताकि तिनीहरू पृथ्वीमा पशस्त मात्रामा फल्दै-फुल्दै, वृद्धि हुँदै र भरिँदै जाऊन् ।”

    18त्यसैले नोआ आफ्ना छोराहरू, आफ्नी पत्‍नी र आफ्ना बुहारीहरूसँगै बाहिर निस्के ।

    19हरेक जीवित प्राणी, हरेक घस्रने जन्तु, हरेक पक्षी र पृथ्वीमा चलहल गर्ने हरेक प्राणी तिनीहरूका आ-आफ्ना जात-जातअनुसार जहाजबाट बाहिर निस्के ।

  • उत्प 6:19-21
    3 पदहरू
    84%

    19हरेक जीवित प्रणीमध्ये ठुला जनावरहरू र

    20पृथ्वीमाथि घस्रने जन्‍तुहरूलाई जीवित राख्‍न भाले र पोथी गरी दुइ-दुइ वटा जहाजभित्र ल्याउनू ।

    21खानलाई र भण्डरण गर्नलाई सबै किसिमका खानेकुराहरू जम्‍मा गर्नू, जुन तेरो र तिनीहरूका निम्‍ति आहारा हुनेछ ।”

  • उत्प 7:6-10
    5 पदहरू
    82%

    6पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए ।

    7जलप्रलयको पानीको कारणले नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी र तिनका बुहारीहरू सँगसँगै जहाजभित्र प्रवेश गरे ।

    8शुद्ध र अशुद्ध पशुहरू, पक्षीहरू र भुइँमा घस्रने हरेक प्राणी, परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएझैँ

    9भाले र पोथी गरी जोडी-जोडी नोआकहाँ आए र जहाजभित्र प्रवेश गरे ।

    10सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो ।

  • उत्प 7:12-13
    2 पदहरू
    79%

    12चालिस दिन र चालिस रातसम्म पृथ्वीमा पानी परिरह्‍यो ।

    13त्यही दिनमा नोआ, तिनका छोराहरू शेम, हाम र येपेत अनि तिनकी पत्‍नी र तिनका तिन जना बुहारी जहाजभित्र प्रवेश गरे ।

  • उत्प 7:1-4
    4 पदहरू
    78%

    1¶ परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र आओ । किनकि मेरो सामु यो पुस्तामा मैले तँलाई धर्मी देखेको छु ।

    2हरेक जातका शुद्ध पशुबाट तैँले आफूसित सात भाले र सात पोथी ल्याउनू । अशुद्ध पशुहरूबाट चाहिँ तैँले दुईवटा अर्थात् भाले र पोथी ल्याउनू ।

    3अनि आकाशका पक्षीहरूबाट तिनीहरूको जातिलाई पृथ्वीको सतहमा जीवित राख्‍न सात जोडी भाले र पोथी ल्याउनू ।

    4किनकि अबको सात दिनमा म चालिस दिन र चालिस रात पृथ्‍वीमा पानी बर्साउनेछु । मैले बनाएको हरेक जीवित प्राणीलाई म पृथ्वीको सतहबाट नष्‍ट गर्नेछु ।”

  • उत्प 9:8-13
    6 पदहरू
    77%

    8त्यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई यसो भन्‍नुभयो,

    9“मेरो कुरा सुन! तिमीहरू र तिमीहरूपछि आउने तिमीहरूका सन्तानहरू, तिमीहरूसँगै भएका हरेक जीवित प्राणी अर्थात्

    10पक्षीहरू, पालिने पशुहरू र जहाजबाट बाहिर आउनेदेखि पृथ्वीमा भएका हरेक जीवित प्राणीसित म मेरो करार स्थापित गर्दै छु ।

    11जलप्रलयको पानीद्वारा फेरि सबै प्राणी नष्‍ट गरिनेछैनन् भनी म मेरो करार तिमीहरूसित स्थापित गर्दछु । पृथ्वीलाई सर्वनाश गर्ने जलप्रलय फेरि कहिल्यै आउनेछैन ।

    12परमेश्‍वरले भन्‍नुभयो, “पुस्तौँको निम्ति मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीसित मैले जुन करार बाँध्दै छु, त्यसको चिन्ह यही हुन्छ

    13कि मैले बादलमा इन्द्रेणी राखेको छु, र यो मेरो र पृथ्वीको बिचमा करारको चिन्ह हुनेछ ।

  • उत्प 6:13-17
    5 पदहरू
    77%

    13परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “यो सबै प्राणीको अन्त गर्ने समय आएको म देख्‍न सक्छु, किनभने पृथ्वी तिनीहरूको हिंसाले भरिएको छ । वास्तवमा, मैले तिनीहरूलाई पृथ्वीसँगै नष्‍ट पार्नेछु ।

    14तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू । जहाजभित्र कोठाहरू बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्र लगाउनू ।

    15तैँले यसलाई यसरी बनाउनुः यसको लम्बाइ एक सय चालिस मिटर, चौडाइ तेईस मिटर र यसको उच्‍चाइ चौध मिटरको होस् ।

    16जहाजको छानो बनाउनू र यसलाई टुप्पोमा एक पट्टी एक हात छोडेर सिद्ध्याउनू । जहाजको एकपट्टी ढोका राख्‍नू र पहिलो, दोस्रो र तेस्रो तला बनाउनू ।

    17सुन, जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई सर्वनाश पार्न मैले पृथ्वीमा जलप्रलय ल्याउन लागेको छु । पृथ्वीमा भएको सबै प्राणी मर्नेछन् ।

  • उत्प 9:15-17
    3 पदहरू
    75%

    15तब म मेरो करारलाई सम्झनेछु जुन करार मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीको बिचमा बाँधिएको छ । जलप्रलयले फेरि कहिल्यै सबै प्राणीलाई सर्वनाश गर्नेछैन ।

    16परमेश्‍वर र पृथ्वीमा रहेका सबै जीवित प्राणीबिच बाँधिएको नित्य रहिरहने कराको सम्झना गर्नलाई म बादलमा देखा पर्ने इन्द्रेणीलाई हेर्नेछु ।”

    17तब परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मेरो र पृथ्वीमा भएका सबै जीवित प्राणीको बिचमा मैले स्थापित गरेको करारको चिन्ह यही हो ।”

  • उत्प 7:15-18
    4 पदहरू
    74%

    15जीवनको सास हुने सबै प्राणीका जोडी-जोडी नोआकहाँ आएर जहाजभित्र प्रवेश गरे ।

    16भित्र प्रवेश गरेका प्राणीहरू सबैका भाले र पोथी थिए । परमेश्‍वरले आज्ञा दिनुभएझैँ तिनीहरू भित्र प्रवेश गरे ।

    17त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो । अनि पृथ्वीमा चालिस दिनसम्म जलप्रलय भयो र पानीले जहाजलाई जमिनबाट माथि उचाल्यो ।

    18पानीले सारा पृथ्वीलाई पूर्ण रूपमा ढाक्यो अनि जहाज पानीको सतहमाथि तैरियो ।

  • 1¶ त्यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र भन्‍नुभयो, “फल्‍दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ ।

  • 62म आफैं मेरो करार तँसित स्‍थापना गर्नेछु, र म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

  • 8तर नोआले परमप्रभुको निगाह पाए ।