होशे 2:19

अनलक शाब्दिक बाइबल

सदासर्वदाको निम्‍ति तेरो पति हुने प्रतिज्ञा म गर्नेछु । धार्मिकता, न्याय, करारको विश्‍वस्तता र कृपामा तेरो पति हुने प्रतिज्ञा म गर्नेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ कोरि 11:2 : 2 किनकि म तिमीहरूप्रति डाही भएको छु । तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि म ईश्‍वरीय डाहले डाही भएको छु । मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रीष्‍टमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ ।
  • यहे 37:25-28 : 25 मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्‍नेछन्, जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए । त्यहाँ तिनीहरू, तिनीहरूका छोरोछोरी, र नाता-नातिन सदाको निम्ति बसोबास गर्नेछन्, किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ । 26 तिनीहरूसँग शान्तिको करार म स्थापित गर्नेछु । यो तिनीहरूसितको सदासर्वदाको करार हुनेछ । म तिनीहरूलाई स्थापित गर्नेछु र तिनीहरूको वृद्धि गर्नेछु र सदाको निम्ति तिनीहरूका बिचमा मेरो पवित्र स्थान राख्‍नेछु । 27 मेरो बासस्थान तिनीहरूसँगै हुनेछ । म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् । 28 तब इस्राएललाई अलग गर्ने परमप्रभु म नै हुँ भनी जातिहरूले जान्‍नेछन् । त्‍यति बेला मेरो पवित्र स्थान सदासर्वदाको निम्ति तिनीहरूका बिचमा स्थापित हुन्‍छ ।’”
  • भजन 85:10 : 10 करारको विश्‍वस्‍तता र सत्‍यता मिलेका छन् । धार्मिकता र शान्तिले आपसमा चुम्बन गरेका छन् ।
  • यिर्मि 3:14-15 : 14 'ए विश्‍वासहीन जाति, फर्की' यो परमप्रभुको घोषणा हो, 'म तेरा पति हुँ ।' सहरबाट एक जना र एउटा परिवारबाट दुई जना गरी म तँलाई लिनेछु र म तँलाई सियोनमा ल्याउनेछु । 15 मेरै जस्‍तो हृदय भएका गोठालाहरू म तँलाई दिनेछु, र ज्ञान र अन्तर्दृष्‍टिले तिनीहरूले तेरो हेरचाह गर्नेछन् ।
  • यशा 54:14 : 14 धर्मिकतामा तँलाई स्थापित गरिनेछ, र अत्याचारबाट तँ टाढा हुनेछस्, किनकि तँ डराउने छैनस् । अनि त्रास तेरो नजिक आउनेछैन ।
  • यशा 62:3-5 : 3 परमप्रभुको हातमा तँ एउटा सुन्दरताको मुकुट र आफ्‍नो परमेश्‍वरको हातमा राजकीय मुकुट हुनेछस् । 4 तेरो बारेमा कदापि “त्यागिएकी” भनिनेछैनस् । न त तेरो देशलाई फेरि कहिलै “उजाडिएको” भनिनेछ । तँलाई साँच्‍चै, “त्‍योसँग म खुसी छु” र तेरो देशलाई “विवाहित” भनिनेछ, किनकि परमप्रभु तँमा खुसी हुनुहुन्छ र तेरो देश विवाहित हुनेछ । 5 साँच्‍चै एक जना जवान मानिसले जवान स्‍त्रीलाई विवाह गरेझैं, तेरा छोराहरूले तँलाई विवाह गर्नेछन् । अनि एक जना दुलहा आफ्‍नी दुलहीसँग आनन्‍दित भएझैं तेरा परमेश्‍वर तँसित आनन्‍दित हुनुहुनेछ ।
  • यिर्मि 4:2 : 2 'परमप्रभुको नाउँमा' भनेर तैंले शपथ खाँदा तँ सत्य, न्यायी र धर्मी हुनुपर्छ। तब जाति-जातिहरू उहाँमा आशिषित हुनेछन्, र उहाँलाई नै तिनीहरूले महिमा दिनेछन् ।”
  • यिर्मि 31:31-36 : 31 यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जुना बेला म इस्राएल र यहूदाका घरानासित एउटा नयाँ करार स्थापित गर्नेछु । 32 मैले तिनीहरूका पुर्खाहरूसित बाँधेको करारजस्तो यो हुनेछैन, जब मैले तिनीहरूलाई तिनीहरूका हात समातेर मिश्रदेशबाट बाहिर ल्याएँ, किनकि तिनीहरूले मेरो करार भङ्ग गरे तापनि म तिनीहरूका पति भएँ, यो परमप्रभुको घोषणा हो । 33 इस्राएलको घरानासित मैले बाँध्‍ने करार यही हो, यो परमप्रभुको घोषणा हो । यी दिनपछि म आफ्‍नो व्यवस्था तिनीहरूभित्र हाल्‍नेछु, र तिनीहरूका हृदयमा यो लेख्‍नेछु, किनकि म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् । 34 तब हरेक मानिसले फेरि आफ्नो छिमेकी वा हरेक मानिसले आफ्नो भाइलाई यसो भनेर सिकाउने छैन, 'परमप्रभुलाई चिन ।' किनकि सानादेखि ठुलासम्म तिनीहरू सबैले मलाई चिन्‍नेछन्‌, यो यो परमप्रभुको घोषणा हो । किनकि म तिनीहरूको अधर्म क्षमा दिनेछु, र फेरि तिनीहरूका पाप सम्झनेछैनँ ।” 35 परमप्रभु यसो भन्‍नुहुन्छ, “दिनमा प्रकाश दिन सूर्य र रातमा प्रकाश दिन चन्द्रमा र ताराहरूलाई उहाँले नै निधो गर्नुहुन्छ । समुद्रका छाल गर्जनलाई उहाँले नै यसलाई गतिवान् बनाउनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।” 36 यो परमप्रभुको घोषणा हो, “यी स्थायी थोकहरू मेरो दृष्‍टिबाट गायब भए भने मात्रै, इस्राएलका सन्तानहरू मेरो सामु सदा एउटा जाति हुनबाट खतम हुनेछ ।”
  • यिर्मि 32:38-41 : 38 त्यसपछि तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु । 39 म तिनीहरूलाई हरेक दिन मेरो आदर गर्न एकै किसिमको हृदय र एउटा मात्र मार्ग दिनेछु, यसरी तिनीहरू र तिनीहरूपछि आउने तिनीहरूका सन्तानहरूका लागि भलो होस् । 40 तब म तिनीहरूसित एउटा अनन्त रहने करार बाँध्‍नेछु, जसअनुसार तिनीहरूको भलो गर्नदेखि म तर्कनेछैनँ । तिनीहरू कहिल्यै मबाट तर्केर नजाऊन् भनेर म तिनीहरूका हृदयमा मेरो निम्ति आदर हाल्‍नेछु । 41 तब तिनीहरूको भलो गर्नमा म आनन्दित हुनेछु । मेरा सारा हृदय र मेरा सारा जीवनले म विश्‍वासका साथ तिनीहरूलाई यस देशमा स्थापित गर्नेछु ।
  • यशा 1:27 : 27 सियोनलाई न्यायले उद्धार गर्नेछ र त्यसमा भएका पश्‍चतापीहरूलाई धार्मिकताले नै उद्धार गर्नेछ ।
  • यशा 45:23-25 : 23 म आफैंमा शपथ खान्छु, मेरो न्यायी आदेश दिन्छु र यो फिर्ता हुनेछैन, 'मेरो सामु हरेक घुँडा टेक्‍नेछ, हरेक जिब्रोले स्‍विकार गर्नेछ । 24 तिनीहरूले मेरो बारेमा यसो भन्‍नेछन्, “परमप्रभुमा मात्र उद्धार र शक्ति छ ।” उहाँसँग रिसाउनेहरू सबै लाजमा पर्नेछन् । 25 परमप्रभुमा नै इस्राएलका सबै सन्तानहरू धर्मी ठहरिनेछन् । तिनीहरूले उहाँमा नै गर्व गर्नेछन् ।
  • यशा 54:5 : 5 किनभने तँलाई बनाउनुहुने तेरो स्‍वामी हुनुहुन्छ । उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो । इस्रएलको परमपवित्र तेरो उद्धारक हुनुहुन्छ । उहाँलाई सारा पृथ्वीको परमेश्‍वर भनिन्छ ।
  • यशा 54:8-9 : 8 रिसको झोंकमा मैले क्षणिक रूपमा आफ्‍नो मुख तँबाट लुकाएँ । तर अनन्त करारको विश्‍वस्‍ततामा म तँमाथि दया गर्नेछु— तँलाई छुट्टाउनुहुने परमप्रभु भन्‍नुहुन्छ । 9 किनकि यो मेरो निम्ति नोआको समयको पानीजस्तै होः जसरी नोआको पानीले पृथ्वीलाई फेरि कहिल्यै डुबाउनेछैन भनी मैले शपथ खाएँ, त्यसरी नै तँसँग कहिल्यै रिसाउँदिनँ वा तँलाई हप्‍काउँदिन भनी मैले शपथ खाएको छु । 10 पर्वतहरू खसे र पहाडहरू थरथर भए पनि, मेरो अटल प्रेम तँबाट हट्‍नेछैन, न त मेरो शान्तिको करारको हल्‍लिनेछ— तँलाई दया गर्नुहुने परमप्रभु भन्‍नहुन्छ ।
  • यहे 39:29 : 29 इस्राएलको घरानामा मैले आफ्‍नो आत्मा खन्याउँदा, म फेरि तिनीहरूबाट आफ्नो मुहार लुकाउनेछैनँ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
  • यो 3:20 : 20 तर यहूदामा सधैं मानिसहरू बसोबास गर्नेछन्, र यरूशलेममा चाहिं पुस्तादेखि पुस्तासम्म बसोबास हुनेछ ।
  • यूह 3:29 : 29 दुलहीचाहिँ दुलहाको नै हो । दुलहाको छेउमा खडा हुने र उहाँको आवाज सुन्‍ने साथी दुलहाको आवाज सुनेर धेरै आनन्दित हुन्छ । तब मेरो आनन्द पुरा हुनेछ ।
  • रोमी 3:25-26 : 25 किनकि परमेश्‍वरले येशू ख्रीष्‍टको रगतमा विश्‍वासद्वारा प्रायश्‍चित्तको रूपमा उहाँलाई अर्पण गर्नुभयो । उहाँको धैर्यमा विगतका पापको बेवास्ता गर्नुभएकोले उहाँले ख्रीष्‍टलाई उहाँको न्यायको प्रमाणको रूपमा अर्पण गर्नुभयो । 26 यी सबै कुरा वर्तमान समयमा उहाँको धार्मिकता प्रदर्शन गर्नका निम्ति भएका थिए । उहाँ आफैँलाई न्यायी प्रमाणित गर्न सक्‍नुभएको होस् र उहाँले येशूमाथिको विश्‍वासले कुनैलाई पनि धर्मी ठहराउनुहुन्छ भन्‍ने देखाउन यसो भयो ।
  • रोमी 7:4 : 4 त्यसैले, मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौँ भनेर तिमीहरू अर्कैसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सक्यौ ।
  • एफिसी 1:7-8 : 7 अपार अनुग्रहद्वारा उहाँको प्रिय पुत्रमा हामीले रगतबाट छुटकारा अनि पापको क्षमा पाउदछौँ । 8 पुरा बुद्धि र समझको पूर्णतामा उहाँले यस अनुग्रहचाहिँ प्रश‍स्त मात्रामा हामीलाई दिनुभएको थियो ।
  • एफिसी 5:23-27 : 23 किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट पनि मण्डलीको शिर हुनुहुन्छ । उहाँ शरीरको उद्धारकर्ता हुनुहुन्छ । 24 तर जसरी मण्डली ख्रीष्‍टप्रति समर्पित छ, त्यसरी नै पत्‍नीहरूलेपनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्यसै गर्नुपर्दछ । 25 पतिहरू हो, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैँलाई तिनको निम्ति समर्पित गर्नुभयो, त्यसरी नै आफ्ना पत्‍नीहरूलाई प्रेम गर । 26 उहाँले तिनलाई पवित्र गर्न यसो गर्नुभयो । उहाँले तिनलाई वचनमा पानीले धोएर शुद्ध पार्नुभयो । 27 दागरहित वा चाउरी नभएको वा अन्य यस्ता कुनै थोक नभएको, तर पवित्र र दोषरहित, महिमित मण्डली आफ्नै निम्ति प्रस्तुत गर्नको निम्ति उहाँले यस्तो गर्नुभयो ।
  • प्रका 19:7-9 : 7 हामी आनन्दित होऔँ र खुसी मनाऔँ, र उहाँलाई महिमा दिऔँ किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको छ, उहाँकी दुलहीले आफैँलाई तयार बनाएकी छन् ।” 8 तिनलाई मलमलको वस्‍त्र लगाउन अनुमति दिइयो, (किनकि मलमलको वस्‍त्र उहाँका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन् ) । 9 स्वर्गदूतले मलाई भने, “यो लेखः ‘थुमाको विवाहको भोजमा निमन्‍त्रणा गरिएकाहरू धन्यका हुन् ।’ उनले मलाई यो पनि भने, ‘यी परमेश्‍वरका सत्य वचन हुन् ।’
  • प्रका 21:2 : 2 तब परमेश्‍वरबाट दुलहाका लागि दुलहीझैँ सिङ्‍गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ ।
  • प्रका 21:9-9 : 9 अन्तिम सात विपत्तिका कचौराले भरिएका स्वर्गदूतहरूमध्ये एक जना स्वर्गदूत मकहाँ आए, र तिनले भने, “यहाँ आऊ । म तिमीलाई थुमाकी पत्‍नी दुलही देखाउनेछु ।” 10 अनि तिनले मलाई आत्मामा बोकेर एउटा ठुलो अग्‍लो पर्वतमा लगे र परमेश्‍वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 20विश्‍वस्ततामा प्रतिज्ञा गरेर म आफैंलाई तँकहाँ सुम्‍पनेछु, र तैंले परमप्रभुलाई चिन्‍नेछस् ।

  • 18“त्यस दिन मैदानका पशुहरूसँगै, आकाशका चराहरूसँगै, अनि जमिनमा घस्रने जीवजन्‍तुसँगै, म तिनीहरूसँग एउटा करार बाँध्‍नेछु । म देशबाट धनु, तरवार, र युद्धलाई हटाउनेछु, र म तँलाई सुरक्षासाथ पल्‍टिन दिनेछु ।

  • यिर्मि 2:1-2
    2 पदहरू
    75%

    1¶ परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,

    2“जा र यरूशलेमले सुन्‍ने गरी घोषणा गर् । यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्छः तेरो युवावस्थामा भएको करारको विश्‍वसनियता, हाम्रो मगनी भएको बेलाको तेरो प्रेम, बीउ नछरिएको त्यस देशको उजाड-स्थानमा तँ मेरो पछि लागेको समयलाई याद गर्न मैले तँलाई बोलाएको छु ।

  • 8म फेरि तेरो छेउबाट गएँ र मैले तँलाई देखें । हेर्, तेरो निम्‍ति प्रेम गर्ने समय आयो । यसैले मैले मेरो वस्‍त्रको छेउ तँमाथि ओढाएँ र तेरो नग्‍नता ढाकिदिएँ । तब मैले तँसित बाचा बाँधें र तँलाई करारमा ल्‍याएँ र तँ मेरो भइस्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • हो 2:13-16
    4 पदहरू
    74%

    13बाल देवताका भोजका दिनका निम्ति म त्यसलाई दण्ड दिनेछु, जति बेला त्यसले तिनीहरूका निम्ति धूप बाली, जति बेला त्यसले आफ्ना औँठीहरू र गहनाले आफूलाई सुसज्‍जिए पारी, अनि त्यो आफ्ना प्रेमीहरूको पछि गई र मलाई बिर्सी, यो परमप्रभुको घोषणा हो ।”

    14यसैले म त्यसलाई फकाउन जानेछु । म त्यसलाई उजाड-स्‍थानमा ल्याउनेछु र त्योसँग कोमल भएर बोल्‍नेछु ।

    15त्यसका दाखबारीहरू र आशाको ढोकाको रूपमा आकोरको बेसी, म त्यसलाई फिर्ता गरिदिनेछु । त्यसको जवानीका दिनहरूमा झैं, र मिश्रदेशबाट बाहिर आएको दिनहरूमा झैं, त्यसले मलाई त्यहाँ जवाफ दिनेछ ।

    16“यो परमप्रभुको घोषणा हो, त्यो दिन यस्‍तो हुनेछ, तैंले मलाई ‘मेरो पति’ भन्‍नेछस्, अनि फेरि मलाई ‘मेरो बाल’ भन्‍नेछैनस् ।

  • हो 3:2-3
    2 पदहरू
    74%

    2यसैले मैले त्यसलाई मेरो निम्ति पन्ध्र शेकेल चाँदी र अढाइ मुरी जौ तिरेर किनें ।

    3मैले त्यसलाई भनें, “तिमी मसँग धेरै दिन बस्‍नुपर्छ । तिमी अब वेश्‍या हुनेछैनौ र कुनै अर्को पुरुषको हुनेछैनौ । त्‍यसरी नै म पनि तिमीसँगै रहनेछु ।”

  • 8किनकि म परमप्रभुले न्यान मन पराउँछु र म डकैती र अन्यायलाई घृणा गर्छु । तिनीहरूलाई इमानदार भएर म प्रतिफल दिनेछु र तिनीहरूसित म अनन्तको करार बाँध्‍नेछु ।

  • यिर्मि 31:3-4
    2 पदहरू
    74%

    3विगतमा परमप्रभु मकहाँ देखा पर्नुभयो र भन्‍नुभयो, “ए इस्राएल, मैले तँलाई अनन्त प्रेमले प्रेम गरेको छु । त्यसैले मैले तँलाई करारको विश्‍वसनीयताले मतिर खिँचेको छु ।

    4ए कन्या इस्राएल, म तँलाई फेरि निर्माण गर्नेछु, यसरी तँ निर्माण हुनेछस् । तैंले फेरि आफ्ना खैँजडीहरू लिनेछस् र खुसीको नाचसहित बाहर निस्कनेछस् ।

  • 60तर तेरो जवानीको दिनमा मैले तँसित बाँधेको करारलाई म सम्झनेछु, र तँसँग म सदासर्वदाको करार गर्नेछु ।

  • यशा 62:4-5
    2 पदहरू
    73%

    4तेरो बारेमा कदापि “त्यागिएकी” भनिनेछैनस् । न त तेरो देशलाई फेरि कहिलै “उजाडिएको” भनिनेछ । तँलाई साँच्‍चै, “त्‍योसँग म खुसी छु” र तेरो देशलाई “विवाहित” भनिनेछ, किनकि परमप्रभु तँमा खुसी हुनुहुन्छ र तेरो देश विवाहित हुनेछ ।

    5साँच्‍चै एक जना जवान मानिसले जवान स्‍त्रीलाई विवाह गरेझैं, तेरा छोराहरूले तँलाई विवाह गर्नेछन् । अनि एक जना दुलहा आफ्‍नी दुलहीसँग आनन्‍दित भएझैं तेरा परमेश्‍वर तँसित आनन्‍दित हुनुहुनेछ ।

  • 62म आफैं मेरो करार तँसित स्‍थापना गर्नेछु, र म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

  • 14'ए विश्‍वासहीन जाति, फर्की' यो परमप्रभुको घोषणा हो, 'म तेरा पति हुँ ।' सहरबाट एक जना र एउटा परिवारबाट दुई जना गरी म तँलाई लिनेछु र म तँलाई सियोनमा ल्याउनेछु ।

  • 23आफ्‍नो निम्ति म त्यसलाई जमिनमा रोप्‍नेछु, र मैले लो-रूहामामाथि कृपा गर्नेछु । लो-अम्‍मीलाई म भन्‍नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ’ र तिनीहरूले मलाई भन्‍नेछन्, ‘तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ ।’”

  • यशा 54:6-9
    4 पदहरू
    71%

    6किनकि त्यागिएकी र आत्मामा दुःखी पत्‍नीको रूपमा जवानीमा विवाह भएकी र तिरस्‍कृत स्‍त्रीलाई झैं परमप्रभुले तँलाई फिर्ता बोलाउनुभएको छ,” तेरो परमेश्‍वर भन्‍नुहुन्छ ।

    7“छोटो समयको निम्ति मैले तँलाई त्यागें, तर ठुलो दयासाथ म तँलाई भेला पार्नेछु ।

    8रिसको झोंकमा मैले क्षणिक रूपमा आफ्‍नो मुख तँबाट लुकाएँ । तर अनन्त करारको विश्‍वस्‍ततामा म तँमाथि दया गर्नेछु— तँलाई छुट्टाउनुहुने परमप्रभु भन्‍नुहुन्छ ।

    9किनकि यो मेरो निम्ति नोआको समयको पानीजस्तै होः जसरी नोआको पानीले पृथ्वीलाई फेरि कहिल्यै डुबाउनेछैन भनी मैले शपथ खाएँ, त्यसरी नै तँसँग कहिल्यै रिसाउँदिनँ वा तँलाई हप्‍काउँदिन भनी मैले शपथ खाएको छु ।

  • 20तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।

  • हो 2:9-10
    2 पदहरू
    70%

    9यसैले फसलको समयमा म त्यसको अन्‍न, र दाखमद्यको मौसममा म त्‍यो फिर्ता लिनेछु । त्यसको नग्‍नतालाई ढाक्‍न प्रयोग भएका, मेरो ऊन र सूतीको कपडा म फिर्ता लिनेछु ।

    10तब त्यसका प्रेमीहरूकै सामु म त्यसलाई नाङ्गो बनाउनेछु, र मेरो हातबाट त्यसलाई कसैले बचाउनेछैन ।

  • 70%

    31यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जुना बेला म इस्राएल र यहूदाका घरानासित एउटा नयाँ करार स्थापित गर्नेछु ।

    32मैले तिनीहरूका पुर्खाहरूसित बाँधेको करारजस्तो यो हुनेछैन, जब मैले तिनीहरूलाई तिनीहरूका हात समातेर मिश्रदेशबाट बाहिर ल्याएँ, किनकि तिनीहरूले मेरो करार भङ्ग गरे तापनि म तिनीहरूका पति भएँ, यो परमप्रभुको घोषणा हो ।

    33इस्राएलको घरानासित मैले बाँध्‍ने करार यही हो, यो परमप्रभुको घोषणा हो । यी दिनपछि म आफ्‍नो व्यवस्था तिनीहरूभित्र हाल्‍नेछु, र तिनीहरूका हृदयमा यो लेख्‍नेछु, किनकि म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।

  • 10परप्रभुमा म अत्यन्तै आनन्दित हुनेछु । मेरो परमेश्‍वरमा म धैरै खुसी हुनेछु । किनकि उहाँले मलाई उद्धारको पोशाक लगाउनुभएको छ । उहाँले मलाई धार्मिकताको वस्‍त्रले ढाक्‍नुभएको छ, जसरी एउटा दुलहाले आफूलाई मुकुटले सजाउँछ र एउटी दुलहीले आफूलाई गहनाहरूले सजाउँछे ।

  • 38किनकि व्यभिचार र रगतको बगाएको निम्‍ति म तँलाई दण्ड दिनेछु । अनि मेरो क्रोध र डाहको रक्तपात तँमाथि म ल्याउनेछु ।

  • 22तब तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।

  • 14तर तिमीहरू भन्छौ, “उहाँले किन गर्नुहुन्‍न?” किनभने परमप्रभु तिमीहरू र तिमीहरूका जवानीपनकी पत्‍नीबिच साक्षी हुनुहुन्थ्यो, र त्यो तेरी जीवनसाथी र करारअनुसार तेरी पत्‍नी हुँदाहुँदै पनि त्यसको विरुद्ध तिमीहरू विश्‍वासहीन भयौ ।

  • 28म आफ्‍नो करारको विश्‍वस्‍तता सदासर्वदा त्यसलाई दिनेछु । अनि त्यससँगको मेरो करार सुरक्षित हुनेछ ।

  • 2किनकि मैले भनेको छु, “करारको विश्‍वस्‍तता सदाको निम्ति स्थापित गरिएको छ । तपाईंले आफ्‍नो सत्यता स्वर्गमा स्थापित गर्नुभएको छ ।”

  • 69%

    40तब म तिनीहरूसित एउटा अनन्त रहने करार बाँध्‍नेछु, जसअनुसार तिनीहरूको भलो गर्नदेखि म तर्कनेछैनँ । तिनीहरू कहिल्यै मबाट तर्केर नजाऊन् भनेर म तिनीहरूका हृदयमा मेरो निम्ति आदर हाल्‍नेछु ।

    41तब तिनीहरूको भलो गर्नमा म आनन्दित हुनेछु । मेरा सारा हृदय र मेरा सारा जीवनले म विश्‍वासका साथ तिनीहरूलाई यस देशमा स्थापित गर्नेछु ।

  • 11यहूदा विश्‍वासहीन भएको छ । इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ । परमप्रभुले प्रेम गर्नुहुने पवित्र ठाउँलाई यहूदाले अपवित्र बनाएको छ, र त्यसले पराई ईश्‍वरकी छोरीसँग विहे गरेको छ ।

  • 1¶ “कुनै पुरुषले आफ्नी पत्‍नीसित सम्बन्ध-विच्छेद गर्‍यो, र उसको जीवनबाट त्यो गई अनि अर्को पुरुषकी पत्‍नी भई भने, ऊ फेरि फर्केर त्योकहाँ जान्छ र? के त्यो देश औधी दुषित हुँदैन र? तँ धेरै प्रेमी भएकी वेश्याजस्तै भएर बसेको छेस् । के तँ मकहाँ फर्कन्छेस्? यो परमप्रभुको घोषणा हो ।

  • 11आनन्द र हर्षको सोर, दुलहा र दुलहीको सोर अनि परमप्रभुको मन्दिरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको सोर सुनिनेछ, 'सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद चढाओ, किनकि परमप्रभु असल हुनुहुन्छ, र उहाँको अचुक प्रेम सदासर्वदै रहिरहन्छ ।' किनकि यस देशको सुदिन पहिलेको जस्तै बनाएर पुनर्स्थापित गर्नेछु,’ परमप्रभु भन्‍नुहुन्छ ।

  • 7परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरू र परमप्रभुको प्रशंसायोग्य कामहरू म भन्‍नेछु । परमप्रभुले हाम्रा निम्‍ति गर्नुभएको सबै काम र इस्राएलको घरानाप्रति उहाँका महान् भलाइको बारेमा म भन्‍नेछु । उहाँको दया र करारको विश्‍वस्‍तताका धेरै वटा कामहरूका कारणले उहाँले यो दया हामीलाई देखाउनुभएको छ ।

  • 37म तिमीहरूलाई मेरो लौरो मुनि छिर्न लाउनेछु, र तिमीहरूलाई करारमा भएका कुराहरू मान्‍न लगाउनेछु ।

  • 20किनकि तँसित प्राचिन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ । मैले तेरा बन्धनहरू फुकाइदिएँ । तरै पनि तैंले भनिस्, 'म तपाईंको सेवा गर्नेछैनँ!' किनकि हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि तैंले आफ्‍नो शिर झुकाइस्, तँ वेश्‍या होस् ।

  • 26तिनीहरूसँग शान्तिको करार म स्थापित गर्नेछु । यो तिनीहरूसितको सदासर्वदाको करार हुनेछ । म तिनीहरूलाई स्थापित गर्नेछु र तिनीहरूको वृद्धि गर्नेछु र सदाको निम्ति तिनीहरूका बिचमा मेरो पवित्र स्थान राख्‍नेछु ।

  • 11त्यसपछि मैले तँलाई गरगहनाले आभूषित गरें, तेरा हातमा चुरा लगाएँ, र तेरो गलामा सिक्री पहिराएँ ।

  • 2किनकि म तिमीहरूप्रति डाही भएको छु । तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि म ईश्‍वरीय डाहले डाही भएको छु । मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रीष्‍टमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ ।

  • 21परमप्रभु भन्‍नुहुन्छ— मेरो निम्‍ति, तिनीहरूसँग यो मेरो करार हो । मेरो आत्मा तँमाथि छ, र मेरो वचन मैले तेरो मुखमा राखेको छु, त्‍यो तेरो मुखबाट जानेछैन वा तेरा छोराछोरीका मुखबाट जानेछैन, अहिलेदेखि सदासर्वदासम्मै—परमप्रभु भन्‍नुहुन्छ ।

  • 9म तिमीहरूमाथि कृपादृष्‍टि लगाउने छु र तिमीहरूलाई फलवन्‍त बनाएर तिमीहरूको सङ्ख्या वृद्धि गर्ने छु । म मेरो करार तिमीहरूसँग स्थापना गर्ने छु ।

  • 7त्यो आफ्ना प्रेमीहरूको पछि लाग्‍नेछ, तर त्यसले तिनीहरूलाई भेट्‍टाउनेछैन । त्यसले तिनीहरूलाई खोज्‍नेछ, तर त्यसले तिनीहरूलाई पाउनेछैन । अनि त्यसले भन्‍नेछ, “म आफ्‍नो पहिलो पतिकहाँ नै फर्कनेछु, किनभने अहिलेभन्दा त्यो नै मेरो निम्ति असल थियो ।”