होशे 2:13

अनलक शाब्दिक बाइबल

बाल देवताका भोजका दिनका निम्ति म त्यसलाई दण्ड दिनेछु, जति बेला त्यसले तिनीहरूका निम्ति धूप बाली, जति बेला त्यसले आफ्ना औँठीहरू र गहनाले आफूलाई सुसज्‍जिए पारी, अनि त्यो आफ्ना प्रेमीहरूको पछि गई र मलाई बिर्सी, यो परमप्रभुको घोषणा हो ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • हो 11:2 : 2 जति धेरै तिनीहरूलाई बोलाइयो, तिनीहरू मबाट त्यति नै टाढा गए । तिनीहरूले बाल देवतालाई बलिदान चढाए, र मूर्तिहरूलाई धूप बाले ।
  • न्या 3:7 : 7 परमप्रभुको नजरमा जे कुरा दुष्‍ट थियो, इस्राएलका मानिसहरूले त्यही गरे र परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से । तिनीहरूले बाल देवताहरू र अशेरा देवीहरूका पुजा गरे ।
  • यिर्मि 7:9 : 9 के तिमीहरू चोर्छौ, मार्छौ, र व्यभिचार गर्छौ? के तिमीहरू छलपूर्वक शपथ खान्‍छौ अनि बाल देवतालाई धुप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ?
  • हो 13:1 : 1 ¶ “जब एफ्राइम बोल्‍थ्‍यो, तब त्यहाँ कम्पन हुन्थ्यो । त्यसले आफैंलाई इस्राएलमा उच्‍च पार्‍यो, तर बाल देवताको उपासना गरेको कारणले त्यो दोषी ठहरियो, र त्यो मर्‍यो ।
  • हो 13:6 : 6 जब तिमीहरूले खर्कमा खायौ, तब तिमीहरू भरपेट भयौ, र जब तिमीहरूको पेट भरियो, तब तिमीहरूका हृदयमा घमण्ड पलायो । त्यही कारणले तिमीहरूले मलाई भुल्यौ ।
  • निर्ग 32:34 : 34 अब, गएर मैले तँलाई भनेको स्थानमा यी मानिसहरूलाई अगुवाइ गरेर लैजा । हेर्, मेरा दूत तेरो अगिअगि जानेछन् । तर त्यस दिन तिनीहरूका पापका लागि म तिनीहरूलाई दण्ड दिनेछु ।”
  • व्यव 6:12 : 12 तब तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट ल्याउनुहुने परमप्रभुलाई नबिर्सन होसियार होओ ।
  • व्यव 8:11-14 : 11 आज मैले तिमीहरूलाई दिएका उहाँका आज्ञाहरू, उहाँका विधिविधानहरूलाई बेवास्ता नगर्न र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभुल्न होसियार होओ । 12 नत्रता तिमीहरूले अघाउञ्‍जेल खाँदा र तिमीहरूले घरहरू बनाई तिनमा बस्दा तिमीहरूको हृदय घमण्डले फुल्ने छ । 13 तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू गुणात्मक रूपमा वृद्धि हुँदा र तिमीहरूका सुन र चाँदीको वृद्धि हुँदा र तिमीहरूसित भएका सबै थोकको वृद्धि हुँदा 14 तिमीहरूको ह्रदय घमण्डले फुली मिश्र देश अर्थात् दासत्वको देशबाट तिमीहरूलाई ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले नभुल्नलाई होसियार बस ।
  • व्यव 32:18 : 18 तिमीहरूले ती चट्टानलाई त्याग्यौ जो तिमीहरूका पिता बन्‍नुभयो, र तिमीहरूलाई जन्म दिने परमेश्‍वरलाई भुल्यौ ।
  • न्या 2:11-13 : 11 इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे कुरा दुष्‍ट थियो त्यही गरे र तिनीहरूले बाल देवताको सेवा गरे । 12 तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याउनुहुने तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरसँग तिनीहरूले सम्बन्ध तोडे । तिनीहरूले अन्य देवताहरू, तिनीहरूका वरिपरि भएका मानिसहरूका देवताहरूलाई पछ्याए, र तिनीहरूलाई उनीहरूलाई ढोगे । तिनीहरूले परमप्रभुलाई क्रोधित बनाए किनभने, 13 तिनीहरू परमप्रभुबाट टाढा भए, र बाल तथा अश्तोरेत देवताको पुजा गरे ।
  • यिर्मि 11:13 : 13 किनकि तँ यहूदाले तेरा देवताहरूको सङ्ख्या वृद्धि गरेर तेरा सहरहरूको सङ्ख्या बराबर तुल्याएको छस् । तैंले यरूशलेममा त्यसका सडकहरूको सङ्ख्या जत्तिकै धेरै लज्‍जास्पद वेदीहरू, बाल देवताको निम्ति धुप बाल्ने वेदीहरू बनाएको छस् ।
  • यिर्मि 18:15 : 15 तापनि मेरा मानिसहरूले मलाई भुलेका छन् । तिनीहरूले बेकम्मा मूर्तिहरूलाई भेटी चढाएका छन्, र आफ्‍ना मार्गहरूमा ठक्‍कर खाएका छन् । कच्‍ची बाटोमा हिंड्न भनेर तिनीहरूले प्राचीन बाटोलाई छाडेका छन् ।
  • यिर्मि 23:2 : 2 त्यसकारण आफ्‍ना मानिसका रेखदेख गर्ने गोठालाहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तिमीहरूले मेरो बगाललाई छरपष्‍ट पारेका छौ, र तिनीहरूलाई धपाइदिएका छौ । तिमीहरूले तिनीहरूको वास्ता गरेका छैनौ । त्‍यसैले तिमीहरूले गरेका दुष्‍ट्याइँको लागि मैले तिमीहरूलाई दण्ड दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो ।
  • यहे 16:17 : 17 मैले तँलाई दिएको सुन र चाँदीका गहना तैंले लिइस् र तैंले आफ्‍नो निम्‍ति पुरुष-मूर्तिहरू बनाइस् र तीसित तैंले वेश्‍याले झैं काम गरिस्‌ ।
  • यहे 22:12 : 12 तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन्‌ र तैंले बढी ब्‍याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • यहे 23:35 : 35 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्‍नो लज्‍जास्‍पद व्‍यवहार र यौनको अनैतिक कामहरूका दुष्‍परिणामहरू तैंले सहनुपर्नेछ' ।”
  • यहे 23:40-42 : 40 अब हेर— दूतहरूले पठाएका टाढाबाट आएका मानिसहरूलाई तैंले बोलाईस् । तिनीहरू साँच्‍चै आए जसका निम्‍ति तैंले नुहाईस्, आँखामा गाजल लगाईस् र आफूलाई गहनाले सिंगारिस्‌ । 41 त्यहाँ तँ एउटा सुन्‍दर पलङ्गमा बसिस्, र त्‍यसको अगाडि सजाइएको टेबलमा मेरो धूप र मेरो तेल राखिस्‌ । 42 यसैले हल्ला गर्ने भीड त्यसको वरिपरी थियो । तिनमा सबै किसिमका मानिसहरू, यतिसम्म कि उजाड-स्‍थानबाट साबीहरू पनि ल्याइए, र उनीहरूले आफ्‍ना हातमा चुराहरू लगाए र शिरमा सुन्दर मुकुटहरू लगाए ।
  • हो 2:5 : 5 किनकि तिनीहरूकी आमा वेश्‍या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्‍जास्‍पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्‍ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।”
  • हो 2:7 : 7 त्यो आफ्ना प्रेमीहरूको पछि लाग्‍नेछ, तर त्यसले तिनीहरूलाई भेट्‍टाउनेछैन । त्यसले तिनीहरूलाई खोज्‍नेछ, तर त्यसले तिनीहरूलाई पाउनेछैन । अनि त्यसले भन्‍नेछ, “म आफ्‍नो पहिलो पतिकहाँ नै फर्कनेछु, किनभने अहिलेभन्दा त्यो नै मेरो निम्ति असल थियो ।”
  • हो 4:6 : 6 मेरा मानिसहरू ज्ञानको कमिले गर्दा नष्‍ट भइरहेका छन् । तिमी पुजारीहरूले ज्ञानलाई इन्कार गरेको कारणले, तिमीहरूलाई मेरो पुजारी हुनबाट म पनि इन्कार गर्नेछु ।तिमीहरूले मेरो व्यवस्थालाई बिर्सेका कारणले, म तिमीहरूका परमेश्‍वर भए पनि म तिमीहरूका छोराछोरीलाई बिर्सनेछु ।
  • हो 4:13 : 13 पर्वतका टाकुराहरूमा तिनीहरूले बलि चढाउँछन् र पहाडहरूमा, फलाँट, लहरे-पीपल र तारपीनका फेदमा धूप बाल्छन्, किनभने छाया शितल हुन्छ । यसैले तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्छन्, अनि तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन् ।
  • हो 8:14 : 14 इस्राएलले आफ्‍ना सृष्‍टिकर्ता, मलाई बिर्सेको छ, र दरबारहरू बनाएका छ । यहूदाले धेरै सहरहरूलाई किल्‍लाबन्‍दी गरेको छ, तर त्यसका सहरहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्‍लाहरू भष्‍म पार्नेछ ।
  • हो 9:7 : 7 दण्डका दिनहरू आउँदैछन् । बदलाका दिनहरू आउँदैछन् । सबै इस्राएलीहरूले यी कुरा जानून् । तिमीहरूका घोर अधर्म र वैरभावका कारणले, अगमवक्ता मुर्ख हुन्‍छ र प्रेरणा पाएको मानिसचाहि बौलाह हुनेछ ।
  • हो 9:9-9 : 9 गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्‍ट पारेका छन् । तिनीहरूको अधर्म परमेश्‍वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ । 10 परमप्रभु भन्‍नुहुन्छ, “मैले इस्राएललाई भेट्‍टाउँदा, त्‍यो उजाड-स्‍थानमा दाख पाएको जस्‍तै थियो । नेभाराको बोटमा ऋतुको पहिलो फलझैं, मैले तिमीहरूका पुर्खाहरूलाई भेट्‍टाएँ । तर तिनीहरू बाल-पोरमा गए, र तिनीहरूले आफैंलाई त्यस लज्‍जास्पद मूर्तिकहाँ अर्पण गरे । तिनीहरूले प्रेम गर्ने मूर्तिहरूझैं तिनीहरू पनि घृणित भए ।
  • न्या 10:6 : 6 इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गरेका कुरामाथि तिनीहरूले झमै थप गरे र बाल देवताहरू र अश्तोरेत देवीहरू, अरामका देवताहरू, सीदोनका देवताहरू, मोआबका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू र पलिश्तीहरूका देवीहरूको पुजा गरे । तिनीहरूले परमप्रभुलाई त्यागे र फेरि उहाँको आराधना गरेनन् ।
  • १ शमू 12:9 : 9 तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से । उहाँले तिनीहरूलाई हासोरका कप्‍तान सिसेराको हातमा, पलिश्तीहरूका हातमा र मोआबका राजाको हातमा बेच्नुभयो । यी सबैले तिमीहरूका पुर्खाहरू विरुद्ध युद्ध गरे ।
  • १ राजा 16:31-32 : 31 आहाबको लागि नबातका छोरा यारोबामका पापमा हिँड्नु मामुली कुरा थियो । त्यसैले तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेलसित विवाह गरे । तिनले बालको पुजा गरे र त्यसको सामु निहुरे । 32 तिनले सामरियामा निर्माण गरेका बालको मन्दिरमा बालको निम्ति एउटा वेदी बनाए ।
  • १ राजा 18:18-40 : 18 एलियाले जवाफ दिए, “मैले इस्राएलमा कष्ट ल्याएको छैनँ, तर तपाईं र तपाईंको परिवारले परमप्रभुका आज्ञाहरू त्यागेर बाल देवताको पछि लागी कष्ट ल्याउनुभएको छ । 19 अब मलाई कर्मेल डाँडामा भेट गर्न सारा इस्राएलीलाई बोलाउनुहोस् । ईजेबेलको टेबुलमा बसेर खाने बालका चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्तालाई पनि ल्याउनुहोस् ।” 20 त्यसैले आहाबले सारा इस्राएलीलाई भेल हुन खबर पठाए, र तिनीहरू अगमवक्ताहरूसँगै कर्मेल डाँडामा जम्मा भए । 21 एलिया सबै मानिसका नजिक आई भने, “कहिलेसम्म तिमीहरू आफ्नो मन बद्लिरहन्छौ? परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँको पछि लाग । तर बाल परमेश्वर हो भने त्यसको पछि लाग ।” तापनि मानिसहरूले तिनलाई जवाफ दिएनन् । 22 तब एलियाले मानिसहरूलाई भने, “परमप्रभुको अगमवक्ताको रूपमा म एकलै छाडिएको छु, तर बालका अगमवक्ताहरू ४५० जना छन् । 23 तिनीहरूले हामीलाई दुईवटा साँढे देऊन् । तिनीहरू आफैले एउटा साँढेको छनोट गरी त्यसलाई टुक्राटुक्रा पारून्, अनि त्यसलाई दाउरामाथि राखून्, तर त्यसको मुनि आगो भने नलगाऊन् । त्यसपछि म अर्को साँढेलाई तयार पार्ने छु, र त्यसलाई दाउरामाथि राख्ने छु, तर त्यसको मुनि आगो भने लगाउँदिनँ । 24 तिमीहरूले आफ्नो देवतालाई पुकार गर, र म परमप्रभुलाई पुकार्ने छु । जसले आगोद्वारा जवाफ दिनुहुन्छ उहाँ नै परमेश्वर हुनुहुने छ ।” सबै मानिसले भने, “यो असल कुरो हो ।” 25 त्यसैले एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरूले एउटा साँढे छनोट गरी त्यसलाई तयार पार किनकि तिमीहरू सङ्ख्यामा धेरै छौ । त्यसपछि आफ्नो देवतालाई पुकार गर, तर साँढेको मुनि आगो नलगाओ ।” 26 तिनीहरूले तिनीहरूलाई दिइएको एउटा साँढे लिएर त्यसलाई तयार पारे, र बिहानदेखि दिउँसोसम्म यसो भन्दै बाललाई पुकार गरे, “हे बाल, हाम्रा कुरा सुन्नुहोस् ।” तर त्यहाँ कुनै आवाज आएन, न त कसैले जवाफ दियो । तिनीहरूले बनाएका वेदीको वरिपरि तिनीहरू नाचे । 27 मध्यान्हमा एलियाले तिनीहरूको खिसी गर्दै भने, “अझै चर्को गरी कराओ । त्यो पो देवता हो! उसले सोचविचार गर्दै होला वा काममा व्यस्त होला वा यात्रामा होला वा सुतिहरको छ होला । त्यसैले उसलाई ब्युँझाइनुपर्छ ।” 28 त्यसैले तिनीहरू अझै चर्को गरी चिच्च्याए, र तिनीहरूको आदतअनुसार तिनीहरूले आ-आफूलाई तरवार र भालाले प्रहार गरे । 29 मद्यदिन बितेर गयो, र तिनीहरू साँझको बलिदान चढाउने बेलासम्म तिनीहरू बरबराउँदै थिए, तर त्यहाँ कुनै आवाज सुनिएन न त कसैले जवाफ दियो । तिनीहरूका बिन्तीलाई ध्यान दिने कोही भएन । 30 तब एलियाले मानिसहरूलाई भने, “मेरो नजिक आओ ।” सबै मानिस तिनको नजिक आए । त्यसपछि तिनले परमप्रभुको भत्केको वेदी मर्मत गरे । 31 एलियाले बाह्रवटा ढुङ्गा लिए । प्रत्येकले याकूबका बाह्र छोराको प्रतिनिधित्व गर्थ्यो । यी तिनै याकूब हुन् जसकहाँ परमप्रभुको यस्तो वचन आएको थियो, “तेरो नाउँ इस्राएल हुने छ ।” 32 ती ढुङ्गाहरूले तिनले परमप्रभुको नाउँमा एउटा वेदी बनाए, र त्यस वेदीको वरिपरि पन्ध्र लिटर जति बिउ जाने ठुलो खाडल खने । 33 तिनले आगो लगाउन दाउराको बन्दोवस्त गरे, साँढेलाई टुक्राटुक्रा पारे, र ती टुक्राहरूलाई दाउरामाथि राखे । तिनले भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्याइदेओ ।” 34 त्यसपछि तिनले भने, “दोस्रो पटक पनि यसै गर ।” तिनीहरूले दोस्रो पटक पनि त्यसै गरे । फेरि एक पटक तिनले भने, “तेस्रो पटक पनि यसै गर ।” तिनीहरूले तेस्रो पटक पनि त्यसै गरे । 35 पानी वेदीको चारैतिर पोखियो र खाडल भरियो । 36 साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता नजिक आएर भने, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईं इस्राएलका परमेश्वर हुनुहुन्छ र म तपाईंका दास हुँ र यी सबै कुरा मैले तपाईंको वचनअनुसार गरेको छु भनी आज थाहा होस् । 37 हे परमप्रभु, मेरो कुरा सुन्नुहोस्, तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ र तपाईंले नै यी मानिसहरूका ह्रदय फर्काउनुभएको छ भनी यी मानिसहरूले जानून् ।” 38 तब परमप्रभुको आगो खसी होमबलि, दाउरा, ढुङ्गाहरू, धूलोलाई नष्ट पार्‍यो, र खाडलको पानी पनि सुकाइदियो । 39 जब सबै मानिसले यो देखे तिनीहरूले आ-आफ्ना शिर झुकाई भने, “परमप्रभु नै परमेश्वर हुनुहुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!” 40 त्यसैले एलियाले तिनीहरूलाई भने, “बालका अगमवक्ताहरूलाई पक्र । एउटै पनि भाग्न नपाओस् ।” त्यसैले तिनीहरूले बालका अगमवक्कताहरूलाई पक्रे र तिनीहरूलाई कीशोन खोलामा ल्याई मारे ।
  • २ राजा 1:2 : 2 तब अहज्याह सामरियामा माथिल्लो कोठाको झ्यालबाट तल खसे र घाइते भए । यसैले तिनले सन्देशवाहकहरू पठाए र तिनीहरूलाई भने, “जाओ र यस चोटबाट म निको हुन्छु कि हुन्‍न एक्रोनको देवता बाल-जिबबलाई सोध ।”
  • २ राजा 10:28 : 28 यसरी येहूले इस्राएलबाट बालको पुजालाई नष्‍ट पारे ।
  • २ राजा 21:3 : 3 किनकि तिनका पिता हिजकियाले नाश पारेका उच्‍च ठाउँहरू तिनले पुनर्निर्माण गरे, र इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालका लागि वेदीहरू बनाए, र अश्शेरा देवीको खम्बा बनाए अनि आकाशका सबै ताराहरूका सामु तिनी घोप्‍टो परे र तिनीहरूको पुजा गरे ।
  • अय्यू 8:13 : 13 परमेश्‍वरलाई बिर्सनेहरू सबैका मार्गहरू पनि त्यस्तै हुन्‍छन् । ईश्‍वरहीनको आशा नष्‍ट हुन्‍छन् ।
  • भजन 78:11 : 11 तिनीहरूले उहाँका कामहरू, उहाँले तिनीहरूलाई प्रकट गर्नुभएको अचम्‍मका कुराहरूलाई बिर्से ।
  • भजन 106:13 : 13 तर उहाँले जे गर्नुभएको थियो त्‍यो तिनीहरूले तुरुन्‍तै बिर्से । तिनीहरूले उहाँको सल्‍लाहको निम्ति पर्खेनन् ।
  • भजन 106:21 : 21 तिनीहरूले आफ्‍ना उद्धारकर्तालाई बिर्से जसले मिश्रदेशमा महान् कामहरू गर्नुभएको थियो ।
  • यशा 17:10 : 10 किनकि तैंले आफ्‍नो मुक्‍तिको परमेश्‍वरलाई बिर्सेको छस् र तेरो सामर्थ्यको चट्टानलाई बेवास्ता गरेको छस् । त्‍यसैले तैंले सुन्दर बिरुवाहरू रोपिस् र विदेशीबाट पाएको दाखका हाँगाहरू रोपिस्,
  • यिर्मि 2:23-25 : 23 'म बिटुलो पारिएको छैनँ! म बाल देवताको पछि लागेको छैनँ' भनी तैले कसरी भन्‍न सक्छस्? तैंले उपत्यकाहरूमा के गरिस्, सो हेर् । तैंले गरेको कुरालाई विचार गर् । तँ यताउता कुदिहिंड्ने चञ्चल पोथी ऊँट हो, 24 तँ उजाड-स्थानमा बस्‍न आदत भएको कामातुर भएर हावा सुँघ्‍दै हिंड्ने वन-गधैनी हो। त्यसको कामवासनालाई कसले नियन्त्रण गर्न सक्छ? त्यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन । मैथुनको समयमा तिनीहरूले त्यसलाई फेला पार्नेछन् । 25 तेरो खुट्टालाई नाङ्गो हुनबाट र तेरो घाँटीलाई तिर्खाउनबाट तैंले नियन्त्रण गर्नुपर्छ । तर तैंले भनेको छस्, 'यो आशारहित छ! अहँ, म परदेशीहरूलाई प्रेम गर्छु र तिनीहरूकै पछि लाग्छु ।'
  • यिर्मि 2:32 : 32 के कन्याले आफ्नो गरगहना, दुलहीले आफ्ना घुम्टो भुल्छे र? तरै पनि मेरो जातिले मलाई गन्‍नै नसक्‍ने दिनदेखि भुलेको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • हो 2:5-12
    8 पदहरू
    81%

    5किनकि तिनीहरूकी आमा वेश्‍या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्‍जास्‍पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्‍ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।”

    6यसकारण त्यसको मार्ग रोक्‍नलाई म काँडे झाडीका बार लगाउनेछु । त्यसले आफ्नो बाटो पत्ता नलगाओस् भनेर, म त्यसको विरुद्ध पर्खाल लगाउनेछु ।

    7त्यो आफ्ना प्रेमीहरूको पछि लाग्‍नेछ, तर त्यसले तिनीहरूलाई भेट्‍टाउनेछैन । त्यसले तिनीहरूलाई खोज्‍नेछ, तर त्यसले तिनीहरूलाई पाउनेछैन । अनि त्यसले भन्‍नेछ, “म आफ्‍नो पहिलो पतिकहाँ नै फर्कनेछु, किनभने अहिलेभन्दा त्यो नै मेरो निम्ति असल थियो ।”

    8किनकि त्यसलाई अन्‍न, नयाँ दाखमद्य र तेल दिने, म नै थिएँ भनी त्यसलाई थाहा भएको थएन,र जसले त्यसलाई प्रशस्‍त चाँदी र सुन दियो जसलाई तिनीहरूले त्‍यस बेला बालको निम्ती प्रयोग गरे ।

    9यसैले फसलको समयमा म त्यसको अन्‍न, र दाखमद्यको मौसममा म त्‍यो फिर्ता लिनेछु । त्यसको नग्‍नतालाई ढाक्‍न प्रयोग भएका, मेरो ऊन र सूतीको कपडा म फिर्ता लिनेछु ।

    10तब त्यसका प्रेमीहरूकै सामु म त्यसलाई नाङ्गो बनाउनेछु, र मेरो हातबाट त्यसलाई कसैले बचाउनेछैन ।

    11त्यसका सबै उत्‍सवहरू, त्‍यसका भोजहरू, त्‍यसका औँसीका उत्‍सवहरू, त्‍यसका शबाथहरू, र त्यसका निर्धारित सबै चाडलाई म अन्‍त गरिदिनेछु ।

    12“म त्यसका दाखका बोटहरू र अन्जीरका रुखहरूलाई नष्‍ट गरिदिनेछु, जसका विषयमा त्यसले भन्‍थी, ‘मेरा प्रेमीहरूले मलाई दिएका ज्याला यी नै हुन् ।’ तिनलाई म झाडी तुल्‍याउनेछु, र मैदानका पशुहरूले ती खानेछन् ।

  • हो 2:14-17
    4 पदहरू
    80%

    14यसैले म त्यसलाई फकाउन जानेछु । म त्यसलाई उजाड-स्‍थानमा ल्याउनेछु र त्योसँग कोमल भएर बोल्‍नेछु ।

    15त्यसका दाखबारीहरू र आशाको ढोकाको रूपमा आकोरको बेसी, म त्यसलाई फिर्ता गरिदिनेछु । त्यसको जवानीका दिनहरूमा झैं, र मिश्रदेशबाट बाहिर आएको दिनहरूमा झैं, त्यसले मलाई त्यहाँ जवाफ दिनेछ ।

    16“यो परमप्रभुको घोषणा हो, त्यो दिन यस्‍तो हुनेछ, तैंले मलाई ‘मेरो पति’ भन्‍नेछस्, अनि फेरि मलाई ‘मेरो बाल’ भन्‍नेछैनस् ।

    17किनकि म त्यसको मुखबाट बालको नाउँ हटाइदिनेछु, र तिनका नाउँ फेरि कहिल्यै सम्झना हुनेछैन ।”

  • 32के कन्याले आफ्नो गरगहना, दुलहीले आफ्ना घुम्टो भुल्छे र? तरै पनि मेरो जातिले मलाई गन्‍नै नसक्‍ने दिनदेखि भुलेको छ ।

  • 17मैले तँलाई दिएको सुन र चाँदीका गहना तैंले लिइस् र तैंले आफ्‍नो निम्‍ति पुरुष-मूर्तिहरू बनाइस् र तीसित तैंले वेश्‍याले झैं काम गरिस्‌ ।

  • 2“जा र यरूशलेमले सुन्‍ने गरी घोषणा गर् । यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्छः तेरो युवावस्थामा भएको करारको विश्‍वसनियता, हाम्रो मगनी भएको बेलाको तेरो प्रेम, बीउ नछरिएको त्यस देशको उजाड-स्थानमा तँ मेरो पछि लागेको समयलाई याद गर्न मैले तँलाई बोलाएको छु ।

  • यिर्मि 3:6-10
    5 पदहरू
    75%

    6तब राजा योशियाहको शासनकालमा परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएलले के गरेको छ, तँ देख्छस्? त्यो हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि गएकी छ, र त्यहाँ त्यसले वेश्याले झैं काम गरेकी छ ।

    7मैले भनें, “यी सबै कुरा गरेपछि त्यो म कहाँ फर्कन्छे', तर त्यो फर्किन । तब त्यसकी विश्‍वासहीन बहिनी यहूदाले यी सबै देखी ।

    8त्‍यसैले मैले देखेँ, त्यसरी नै त्यस विश्‍वासहीन इस्राएलले व्यभिचार गरेकी छे, र मैले त्यसलाई निकालेको छु, र त्यसको विरुद्धमा त्यागपत्र दिएको छु । त्यसकी विश्‍वासहीन बहिनी यहूदा डराइन । त्यो पनि गई र वेश्याले झैं काम गरी ।

    9त्यसको वेश्यावृत्ति त्यसको लागि केहीजस्तो भएन । त्यसले देशलाई दुषित पारी, र त्यसले ढुङ्गा र रुखहरूसित व्यभिचार गरी ।

    10यी सबै कुरापछि त्यसकी विश्‍वासहीन बहिनी यहूदा सारा हृदयले होइन तर झूट लिएर मकहाँ फर्की, यो परमप्रभुको घोषणा हो ।”

  • 20किनकि तँसित प्राचिन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ । मैले तेरा बन्धनहरू फुकाइदिएँ । तरै पनि तैंले भनिस्, 'म तपाईंको सेवा गर्नेछैनँ!' किनकि हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि तैंले आफ्‍नो शिर झुकाइस्, तँ वेश्‍या होस् ।

  • 35यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्‍नो लज्‍जास्‍पद व्‍यवहार र यौनको अनैतिक कामहरूका दुष्‍परिणामहरू तैंले सहनुपर्नेछ' ।”

  • यहे 23:7-9
    3 पदहरू
    73%

    7यसरी तिनीहरू, सबै असल अश्‍शूरी मानिसहरूलाई त्यसले आफैलाई सुम्पिदिई, र त्‍यो मोहित भएका हरेक व्‍यक्‍तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्यसले आफैलाई अशुद्ध पारी ।

    8किनकि त्‍यसले मिश्रदेशमा हुँदा पनि त्‍यसको वेश्‍यावृतिको व्‍यवहार छाडेकी थिईन । जति बेला त्‍यो एउटी जवान केटी थिई, त्‍यति बेला तिनीहरू त्‍योसित सुतेका थिए । त्‍यति बेला तिनीहरूले पहिलो पल्‍ट त्‍यसका कन्‍या स्‍तनहरू खेलाएका थिए । त्‍यति बेला तिनीहरूले त्‍यससित आफ्‍ना यौनका छाडा व्‍यवहार गर्न सुरु गरेका थिए ।

    9यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्‍शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई ।

  • 30वेश्‍याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् ।

  • यहे 23:17-19
    3 पदहरू
    73%

    17त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्छ्यानमा आए र आफ्‍ना छाडा यौनले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे । त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई ।

    18जब त्‍यसले आफ्‍ना वेश्‍यावृत्तिका कामहरू गरी र आफ्‍नो नग्‍नता देखाई, तब जसरी मनमा घृणा बोकेर त्‍यसकी दिदीसँग म टाढा भएको थिएँ, त्‍यसरी नै म त्योसँग पनि टाढा भएँ ।

    19तब मिश्रदेशमा त्‍यो वेश्या हुँदाको, आफ्‍ना युवावस्‍थाका समयलाई सम्‍झेर त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई ।

  • 5तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्‍यावृत्ति गरी । आफ्‍ना प्रेमी, प्रभावशाली अश्‍शूरीहरूसित त्‍यो मोहित भई,

  • 7त्यसका सबै हातले बनाइएका चिजहरू टुक्रा-टुक्रा पारिनेछन्, र त्यसले पाएका सबै उपहारहरूलाई आगोद्धारा जलाइनेछ, र त्यसका सबै मुर्तिहरूलाई म नष्‍ट गर्नेछु । त्यसले आफ्ना उपहारहरू वेश्याको ज्यालाबाट संचय गरेको हुनाले, ती फेरि वेश्याकै ज्याला बन्‍नेछन् ।”

  • 15मेरी प्रिय जससित धेरै दुष्‍ट मनसाय थिए, त्यो किन मेरो मन्दिरमा छे? तेरा बलिदानहरूको मासुले तँलाई मदत गर्न सक्दैन । तेरा दुष्‍ट कामहरूको कारणले तँ आनन्द मनाउँछस् ।

  • 17त्यसले आफ्नो युवावस्थाको मित्रलाई त्याग्छे, र आफ्ना परमेश्‍वरको करारलाई भुल्छे ।

  • 16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।

  • 3होइन भने, म त्यसलाई नाङ्गो पार्नेछु र त्यो जन्‍मको दिनमा झैं म त्यसको नग्‍नता देखाउनेछु । उजाड-स्‍थानजस्‍तै, एउटा सुख्‍खा लागेको देशजस्‍तै, म त्यसलाई बनाउनेछु, र त्यसलाई तिर्खाले मर्ने म बानउनेछु ।

  • यहे 16:11-12
    2 पदहरू
    72%

    11त्यसपछि मैले तँलाई गरगहनाले आभूषित गरें, तेरा हातमा चुरा लगाएँ, र तेरो गलामा सिक्री पहिराएँ ।

    12मैले तेरो नाकमा नत्‍थ लगाएँ र कानमा लुर्का लगाएँ, तेरो शिरमा सुन्‍दर मुकुट पहिराएँ ।

  • यहे 16:37-38
    2 पदहरू
    72%

    37यसकारण हेर्, तैंले भेटेका सबै प्रेमीहरूलाई म भेला गर्नेछु, तैंले प्रेम गरेका सबै प्रेमीहरू र तैंले घृणा गरेका सबैलाई म भेला गर्नेछु, र तिनीहरूलाई म तेरा विरुद्धमा तेरो चारैतिर जम्‍मा गर्नेछु । तिनीहरूले तेरो नग्‍नता देखून् भनेर म तेरो नग्‍नता उघारिदिनेछु ।

    38किनकि व्यभिचार र रगतको बगाएको निम्‍ति म तँलाई दण्ड दिनेछु । अनि मेरो क्रोध र डाहको रक्तपात तँमाथि म ल्याउनेछु ।

  • 22यसैकारण ए ओहोलिबा, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ‘हेर्, तेरा प्रेमीहरूलाई म तेरो विरुद्धमा उठाउनेछु । जसबाट तँ टाढा भईस्, उनीहरूलाई चारैतिरबाट म तेरो विरुद्धमा ल्‍याउनेछुः

  • 7यी मानिसहरूलाई मैले किन क्षमा दिने? तिमीहरूका छोराहरूले मलाई त्यागेका छन्, र तिनीहरूले त्‍यो नाउँमा शपथ खान्छन् जो ईश्‍वरहरू नै होइनन् । मैले तिनीहरूलाई पेटभरि खुवाएँ, तर तिनीहरूले व्यभिचार गरे, र ठुलो सङ्ख्यामा वेश्याहरूका घरहरूमा गए ।

  • 20तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।

  • 43तब व्‍भिचारले दिक्‍क भएकी स्‍त्रीको विषयमा मैले यसो भनें, 'अब उनीहरू त्‍यससँग यौनका अनैतिक काम गर्नेछन्, र त्यसले उनीहरूसँग गर्नेछे ।’

  • 9तब मबाट तर्केका तिनीहरूका व्‍यभिचारी हृदय र मूर्तिहरूका पछि लाग्‍ने तिनीहरूका कुदृष्‍टहरूले म दुःखित भएको थिएँ भनी ती बाँचेकाहरूले आफूलाई कैद गरिएका जातिहरूका बिचमा मेरो बारेमा विचार गर्नेछन् । तब तिनीहरूले गरेको दुष्‍टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरूले आफ्नो अनुहारमा घृणा देखाउनेछन् ।

  • 43तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् र?

  • यिर्मि 3:1-2
    2 पदहरू
    71%

    1¶ “कुनै पुरुषले आफ्नी पत्‍नीसित सम्बन्ध-विच्छेद गर्‍यो, र उसको जीवनबाट त्यो गई अनि अर्को पुरुषकी पत्‍नी भई भने, ऊ फेरि फर्केर त्योकहाँ जान्छ र? के त्यो देश औधी दुषित हुँदैन र? तँ धेरै प्रेमी भएकी वेश्याजस्तै भएर बसेको छेस् । के तँ मकहाँ फर्कन्छेस्? यो परमप्रभुको घोषणा हो ।

    2नाङ्गा डाँडाहरूतर्फ आफ्ना आँखा उठा र हेर् । के कुनै त्‍यस्तो ठाउँ छ, जहाँ तेरो अवैध यौनधन्‍दा छैन? एक जना अरबी उजाड-स्थानमा बसेझैं तँ आफ्ना प्रेमीहरूको प्रतीक्षा गर्दै बाटोका किनारहरूमा बस्छेस् । तेरो वेश्यावृत्ति र दुष्‍टताले तैंले देशलाई दुषित पारेको छेस् ।

  • 14तेरा सबै प्रेमीले तँलाई भुलेका छन् । तिनीहरूले तेरो खोजी गर्ने छैनन्, किनकि तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले, मैले तँलाई शत्रुको चोट र क्रुर मालिकको अनुशासनले चोट लगाएको छु ।

  • 1¶ परमप्रभुले मलाई भन्‍नुभयो, “फेरि जा, आफ्नो पतिले प्रेम गरेकी एक जना स्‍त्रीलाई प्रेम गर्, तर त्‍यो एक जना व्यभिचारिणी हो । इस्राएलका मानिसहरू अन्‍य देवतातर्फ लागे र तिनीहरूले पवित्र दाखका केकहरू मन पराए तापनि, जसरी म परमप्रभुले तिनीहरूलाई प्रेम गरें, त्‍यसरी नै त्यसलाई प्रेम गर् ।”

  • 39यसकारण, हेर, तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई मैले दिएको सहरसाँगै म तिमीहरूलाई समातेर मेरो उपस्थितिबाट टाढा फल्‍नै लागेको छु ।