यहेज्केल 6:9

अनलक शाब्दिक बाइबल

तब मबाट तर्केका तिनीहरूका व्‍यभिचारी हृदय र मूर्तिहरूका पछि लाग्‍ने तिनीहरूका कुदृष्‍टहरूले म दुःखित भएको थिएँ भनी ती बाँचेकाहरूले आफूलाई कैद गरिएका जातिहरूका बिचमा मेरो बारेमा विचार गर्नेछन् । तब तिनीहरूले गरेको दुष्‍टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरूले आफ्नो अनुहारमा घृणा देखाउनेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 20:43 : 43 आफ्‍ना जुन व्‍यवहार र कामहरूले तिमीहरूले आफूलाई अशुद्ध पार्‍यौ, ती त्‍यहाँ तिमीहरूले सम्‍झनेछौ, र तिमीहरूले गरेका सबै दुष्‍ट कामहरूका निम्‍ति आफ्‍नै दृष्‍टिमा तिमीहरूले आफूलाई तुच्‍छ ठान्‍नेछौ ।
  • यशा 7:13 : 13 त्यसैले यशैयाले जवाफ दिए, “ए दाऊदका घराना, सुन । के तिमीहरूको निम्ति मानिसहरूका धेर्यको जाँच नै पर्याप्‍त हुँदैन र? के तिमीहरूले मेरो परमेश्‍वरको धैर्यको पनि जाँच गर्नुपर्छ र?
  • भजन 78:40 : 40 उजाड-स्थानमा र बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्‍ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए!
  • यहे 20:7 : 7 मैले तिनीहरूलाई भनें, “हरेक मानिसले आफ्‍ना दृष्‍टिबाट घिनलाग्‍दा कुराहरू र मिश्रदेशका मूर्तिहरू हटाओस् । आफूलाई अशुद्ध नपार । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।”
  • यहे 20:24 : 24 तिनीहरूले मेरा नियमहरू नमानेका हुनाले र तिनीहरूले मेरा विधिहरूलाई इन्‍कार गरेका र मेरा शबाथहरूलाई बिटुलो पारेका हुनाले मैले यसो गर्ने निर्णय गरें । तिनीहरूका आँखाहरूले आफ्‍ना पुर्खाहरूका मूर्तिहरूको लालसा गरे ।
  • यिर्मि 51:50 : 50 तरवारबाट बाँचेकाहरू हो, जाओ । अझै नबस । टाढा-टाढाबाट मनले परमप्रभुलाई पुकार । यरूशलेमको सम्झना गरियोस् ।
  • यशा 43:24 : 24 तैंले मलाई पैसा हालेर सुगन्धित बोझो किनेको छैनस्, न तेरो बलिदानहरूको बोसो ममाथि खन्याएको छस् । तर तैंले मलाई आफ्‍ना पापहरूले भार थोपरेको छस्, तैंले मलाई आफ्‍ना दुष्‍ट कामहरू थकित बनाएको छस् ।
  • अय्यू 42:6 : 6 त्यसैले म आफैलाई हीन ठान्‍छु । धूलो र खरानीमा बसेर म पश्‍चात्ताप गर्छु ।”
  • यहे 23:14-16 : 14 त्‍यसपछि त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई । भित्तामा कोरिएका मानिसहरू, भित्तामा रातो रङ्गले पेन्‍ट गरेर बनाइएका कल्‍दीहरूका चित्रहरू त्यसले देखी, 15 आफ्‍ना कम्‍मर वरिपरि पटुका बाँधेका र आफ्‍ना शिरमा लट्‌कने फेटा बाँधेका । ती सबै जना कल्‍दी फौजका रथी अधिकारीहरूजस्‍ता, बेबिलोनियाका छोराहरूजस्‍तै देखिन्‍थे, जसको आफ्‍नो देश कल्‍दीया हो । 16 त्‍यसले उनीहरूलाई देख्‍ने बित्तिकै उनीहरूका निम्‍ति त्‍यो कामुक भई । यसैले कल्‍दिया देशमा उनीहरूकहाँ त्‍यसले दूतहरू पठाई ।
  • यहे 36:31-32 : 31 त्यसपछि आफ्ना दुष्‍ट चालहरू र आफ्‍ना कामहरू जो असल थिएनन् सो तिमीहरूले याद गर्नेछौ, र तिमीहरूका आफ्ना पापहरू र आफ्ना घिनलाग्दा कामहरूका कारणले तिमीहरूले आफ्‍ना अनुहारहरूमा घृणा प्रदर्शन गर्नेछौ । 32 यो परमप्रभु परमेश्‍वरको घोषणा हो, यो तिमीहरूलाई थाहा होस् कि यो मैले तिमीहरूका निम्ति गरेको होइन । यसैले, ए इस्राएलको घराना, आफ्ना चालहरूका कारणले लज्‍जित र अपमानित होओ ।
  • दानी 9:2-3 : 2 अब दाराले राज्‍य सुरु गरेको पहिलो वर्षमा, म दानिएलले, परमप्रभुको वचन पढ्दै थिएँ, जुन वचन यर्मियाकहाँ अगमवक्ता आएको थियो । यरूशलेम त्‍यागिएको अवस्‍थामा सत्तरी वर्षसम्म रहन्‍छ भनिएको मैले देखें । 3 उपवाससहित प्रार्थना र बिन्ती गर्न, भाङ्ग्रा लगाउँदै र खरानीमा बस्‍दै परमप्रभु परमेश्‍वरको खोजी गर्न मैले आफ्‍नो अनुहार उहाँतर्फ फर्काएँ ।
  • आमो 2:13 : 13 हेर, अन्‍न भरिएको गाडाले कसैलाई कुल्चेझैं, म तिमीहरूलाई कुल्चनेछु ।
  • जक 10:9 : 9 मैले तिनीहरूलाई मानिसहरूका बिचमा छरेँ, तर तिनीहरूले मलाई टाढा-टाढाका देशहरूमा सम्झनेछन्, यसैकारण तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्नेछन् र फर्कनेछन् ।
  • २ पत्रु 2:14 : 14 तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन् ।
  • यशा 63:10 : 10 तर तिनीहरूले विद्रोह गरे र पवित्र आत्मालाई दुःखी तुल्याए । यसरी उहाँ तिनीहरूका शत्रु हुनुभयो र तिनीहरूका विरुद्धमा युद्ध गर्नुभयो ।
  • यशा 64:6 : 6 किनकि हामी सबै अशुद्धझैं भएका छौं र हाम्रा सबै धार्मिक कामहरू महिनावारीको कपडाझैं भएका छन् । हामी सबै पातहरू झैं ओइलाएका छौं । हावाले झैं हाम्रा अपराधहरूले हामीलाई उडाएर दलान्छन् ।
  • यिर्मि 3:6 : 6 तब राजा योशियाहको शासनकालमा परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएलले के गरेको छ, तँ देख्छस्? त्यो हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि गएकी छ, र त्यहाँ त्यसले वेश्याले झैं काम गरेकी छ ।
  • यिर्मि 3:13 : 13 तेरो अधर्मलाई स्वीकार गर्, किनकि परमप्रभु तेरा परमेश्‍वरको विरुद्धमा तैंले अपराध गरेको छस्, हरेक झ्याम्म परेको रुखमुनि तैंले परदेशीहरूसित तेरा मार्गहरू बाँडेको छस् । किनकि तैंले मेरो कुरा सुनेको छैनस्, यो परमप्रभुको घोषणा हो ।
  • यिर्मि 30:18-19 : 18 परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, मैले याकूबका पालहरूको सूदिन फर्काउन लागेको छु र उसका घरहरूमा दया देखाउनै लागेको छु । त्यसपछि भग्‍नावशेषको थुप्रोमाथि सहर निर्माण हुनेछ, र पहिलेकै ठाउँमा किल्ला निर्माण हुनेछ । 19 तब तिनीहरूले प्रशंसाको गीत गाउनेछन्, र आनन्दको सोर निकाल्नेछन्, किनकि म तिनीहरूलाई बढाउनेछु, र घटाउने होइन । तिनीहरू अपमानित नहोऊन् भनेर म तिनीहरूको आदर गर्नेछु ।
  • लैव्य 26:39-41 : 39 तिमीहरूमध्ये बाँकी रहेकाहरू तिमीहरूका दुश्‍मनको देशमा आफ्ना पाप र आफ्ना पुर्खाहरूको पापका कारण खतम हुने छन् । 40 तर यदि तिनीहरूले आफ्ना र आफ्ना पुर्खाहरूका पाप, मप्रति विश्‍वासहीन भएर गरेका विद्रोह, र मेरो विरुद्धको हिँडाइलाई स्वीकारे भने- 41 जसले गर्दा म तिनीहरूको विरुद्ध भएँ र तिनीहरूलाई मैले तिनीहरूका दुश्‍मनको देशमा ल्याएँ- र यदि तिनीहरूका कठोर कठोर हृदय नम्र भए, अनि तिनीहरूले आफ्ना पापका कारण दण्डहरू स्वीकारे भने,
  • गिन 15:39 : 39 तिनीहरूले यो तिनीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म गर्नुपर्छ । यो तिमीहरूले यसलाई हेर्दा बहन गर्नुपर्ने मेरा सबै आज्ञा याद दिलाउने विशेष कुरा हुने छ, ताकि तिमीहरूले आफ्नै हृदय र आफ्नै आँखामा हेरेर आफैलाई भ्रष्‍ट नतुल्याओ ।
  • व्यव 4:29-31 : 29 तर त्यहीँबाट नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको खोजी गर्ने छौ र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको खोजी गर्दा तिमीहरूले उहाँलाई भेट्टाउने छौ । 30 ती पछिल्ला दिनमा तिमीहरू सङ्कष्‍टमा हुँदा र यी सबै कुरा तिमीहरूमा आइपर्दा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की उहाँको आवाज सुन्‍ने छौ । 31 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्छ । उहाँले तिमीहरूलाई त्याग्‍नुहुने छैन न त नष्‍ट गर्नुहुने छ न तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करारलाई भुल्नुहुने छ ।
  • व्यव 30:1-3 : 1 ¶ जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्राप तिमीहरूमाथि आइपर्ने छन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अन्य जातिहरूका बिचमा धपाउनुभएपछि जब तिमीहरूले यी सम्झने छौ, 2 र तिमीहरूका सारा हृदय र प्राणले आज मैले तिमीहरू र तिमीहरूका सन्तानलाई आज्ञा गरेका यी सबै वचनलाई पालन गरेर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ फर्कंदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको निर्वासनलाई उल्ट्याइदिनुहुने छ र तिमीहरूलाई टिठ्याउनुहुने छ । 3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तितर-बितर पार्नुभएका सबै जातिबाट तिमीहरूलाई फर्काएर ल्याई तिमीहरूलाई एकत्रित गर्नुहुने छ ।
  • २ राजा 16:10 : 10 राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरलाई भेट्न दमस्कसमा गए । दमस्कसमा तिनले एउटा वेदी देखे । तिनले आवश्यक सबै कामको लागि वेदीको ढाँचा र तरिका उरियाह पुजारीलाई नमुनाको लागि पठाए ।
  • यहे 5:13 : 13 तब मेरो क्रोध पुरा हुनेछ, र तिनीहरूका विरुद्धमा भएको मेरो क्रोध शान्‍त हुनेछ । म सन्तुष्‍ट हुनेछु, र मेरो क्रोध शान्त भएपछि तिनीहरूले जान्‍नेछन्‌ कि म परमप्रभुले नै मेरो क्रोधमा यो कुरा भनेको हुँ ।
  • यहे 7:16 : 16 तर तिमध्येबाट केही बाँचेर उम्‍कनेछन्, र तिनीहरू पर्वतहरूमा जानेछन् । तिनीहरू सबैले बेसीका ढुकुरझैं शोक गर्नेछन्—हरेक मानिसले आ-आफ्‍ना अधर्मको निम्ति शोक गर्नेछ ।
  • यहे 12:16 : 16 तर म तिनीहरूमध्‍येका थोरैलाई तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्‍यहाँका जातिहरूका बिचमा आफ्‍ना घिनलाग्‍दा व्‍यवहारहरूका लेखा तिनीहरूले राख्‍नेछन्, यसरी म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।”
  • यहे 14:4-7 : 4 यसकारण तिनीहरू यो कुरा घोषणा गर र तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएलका घरानाका हरेक मानिस जसले आफ्‍नो हृदयमा मूर्तिहरू राख्‍छन्, र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नो अनुहारको सामुन्‍ने राख्‍छन्, र पनि अगमवक्ताकहाँ जान्‍छन्, म परमप्रभुले त्‍यसका मूर्तिहरूका संख्याअनुसार त्‍यसलाई जवाफ दिनेछु । 5 आफ्‍ना मूर्तिहरूको कारण आफ्‍ना हृदयहरू मबाट टाढा भएका इस्राएलका घरानालाई मैले फर्काउन सकौं भनेर म यसो गर्नेछु ।’ 6 यसकारण इस्राएलका घरानालाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः पश्‍चात्ताप गर र आफ्‍ना मूर्तिहरूदेखि फर्क । सबै घिनलाग्‍दा कुराबाट आफ्ना मुख फर्काओ । 7 किनकि इस्राएलका घरानाको हरेक व्‍यक्‍ति र इस्राएलमा बस्‍ने हरेक विदेशी व्‍यक्‍ति जसले मलाई त्‍याग्‍छ, जसले आफ्‍ना मूर्तिहरू आफ्‍ना हृदयमा राख्‍छ र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नै अनुहारको सामु राख्‍छ, र त्‍यसपछि मलाई खोज्‍न कुनै अगमवक्ताकहाँ जान्‍छ, त्‍यसलाई म परमप्रभु आफैले जवाफ दिनेछु ।
  • यहे 16:43 : 43 तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् र?
  • यहे 16:63 : 63 यी कुराहरूका कारणले, तैंले सबै कुरा सम्‍झनेछस्, र लज्‍जित हुनेछस्, यसरी आफ्‍नो लाजको कारण तैंले आफ्‍नो मुख फेरि कहिल्‍यै खोल्‍नेछैनस् । त्‍यति बेला तैंले गरेका सबै कुरालाई मैले क्षमा गरेको हुन्‍छु — यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • यहे 20:28 : 28 जब मैले शपथ खाएर तिनीहरूलाई दिन्‍छु भनेको देशमा मैले तिनीहरूलाई ल्‍याएँ, तब जहाँ तिनीहरूले कुनै अग्‍लो डाँडा वा कुनै झ्‍याम्‍म पातहरू भएको रूख देखे, त्‍यहाँ तिनीहरूले आफ्‍ना बलिदानहरू चढाए । अनि आफ्‍ना भेटीहरूद्वारा तिनीहरूले मलाई रिस उठाए, र त्‍यहाँ तिनीहरूले आफ्‍ना सुगन्‍धित धूप पनि बाले र आफ्‍ना अर्घ-बलि चढाए ।
  • भजन 137:1 : 1 ¶ बेबिलोनका नदीहरूका छेउमा बसेर हामीले सियोनको बारेमा विचार गर्दा हामी रोयौं ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 6:6-8
    3 पदहरू
    82%

    6तिमीहरू जहाँ बसे तापनि तिमीहरूका नगरहरू उजाड पारिनेछन्, र अल्‍गा-अल्‍गा ठाउँहरू नष्‍ट हुनेछन्, ताकि तिमीहरूका वेदीहरू उजाड र नष्‍ट हुनेछन् । तब तिनीहरू चकनाचुर हुनेछन् र हराउनेछन्, तिमीहरूका खम्बाहरू काटिनेछन् र तिमीहरूका कामहरू लोप हुनेछन् ।

    7मृतहरू तिमीहरूकै माझमा ढल्‍नेछन्, र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

    8तर तिमीहरूका बिचमा बचेकालाई म जोगाएर राख्‍नेछु, र तिमीहरू देश-देशमा तितरबितर हुँदा, त्‍यहाँ जातिहरूका बिचमा तरवारबाट उम्‍केका कोही हुनेछन् ।

  • यहे 36:31-32
    2 पदहरू
    79%

    31त्यसपछि आफ्ना दुष्‍ट चालहरू र आफ्‍ना कामहरू जो असल थिएनन् सो तिमीहरूले याद गर्नेछौ, र तिमीहरूका आफ्ना पापहरू र आफ्ना घिनलाग्दा कामहरूका कारणले तिमीहरूले आफ्‍ना अनुहारहरूमा घृणा प्रदर्शन गर्नेछौ ।

    32यो परमप्रभु परमेश्‍वरको घोषणा हो, यो तिमीहरूलाई थाहा होस् कि यो मैले तिमीहरूका निम्ति गरेको होइन । यसैले, ए इस्राएलको घराना, आफ्ना चालहरूका कारणले लज्‍जित र अपमानित होओ ।

  • 43आफ्‍ना जुन व्‍यवहार र कामहरूले तिमीहरूले आफूलाई अशुद्ध पार्‍यौ, ती त्‍यहाँ तिमीहरूले सम्‍झनेछौ, र तिमीहरूले गरेका सबै दुष्‍ट कामहरूका निम्‍ति आफ्‍नै दृष्‍टिमा तिमीहरूले आफूलाई तुच्‍छ ठान्‍नेछौ ।

  • 10यसरी तिनीहरूले जान्‍नेछन्, कि म नै परमप्रभु हुँ । यही कारणले म तिनीहरूमाथि हानि ल्‍याउँछु भनी मैले भनें ।

  • यहे 14:5-6
    2 पदहरू
    78%

    5आफ्‍ना मूर्तिहरूको कारण आफ्‍ना हृदयहरू मबाट टाढा भएका इस्राएलका घरानालाई मैले फर्काउन सकौं भनेर म यसो गर्नेछु ।’

    6यसकारण इस्राएलका घरानालाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः पश्‍चात्ताप गर र आफ्‍ना मूर्तिहरूदेखि फर्क । सबै घिनलाग्‍दा कुराबाट आफ्ना मुख फर्काओ ।

  • यहे 23:35-37
    3 पदहरू
    77%

    35यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्‍नो लज्‍जास्‍पद व्‍यवहार र यौनको अनैतिक कामहरूका दुष्‍परिणामहरू तैंले सहनुपर्नेछ' ।”

    36परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, के तैंले ओहोला र ओहोलिबाको न्‍याय गर्नेछस्? त्‍यसैले तिनीहरूका घृणित कामहरूका तिनीहरूलाई विरोध गर,

    37किनकि तिनीहरूले व्‍यभिचार गरेका छन्, र तिनीहरूका हातहरूमा रगत छ । तिनीहरूले आफ्‍ना मूर्तिहरूसित व्‍यभिचार गरे, र तिनीहरूका मूर्तिहरूका प्रसादको रूपमा तिनीहरूले आफ्‍ना छोराहरूलाई आगोबाट हिंड्न पनि लगाएका छन् ।

  • 7यी मानिसहरूलाई मैले किन क्षमा दिने? तिमीहरूका छोराहरूले मलाई त्यागेका छन्, र तिनीहरूले त्‍यो नाउँमा शपथ खान्छन् जो ईश्‍वरहरू नै होइनन् । मैले तिनीहरूलाई पेटभरि खुवाएँ, तर तिनीहरूले व्यभिचार गरे, र ठुलो सङ्ख्यामा वेश्याहरूका घरहरूमा गए ।

  • यहे 23:29-30
    2 पदहरू
    76%

    29उनीहरूले तँसित घृणापूर्वक व्‍यवहार गर्नेछन् । तेरा सबै धन-सम्‍पत्ति उनीहरूले लानेछन्‌, र तँलाई नाङ्गो र उजाड पारेर छोड्‌नेछन् । अनि तँ कामुक र वेश्‍यावृत्तिमा संलग्‍न हुँदा भएझैं तँलाई नाङ्गो पारिनेछ ।

    30वेश्‍याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् ।

  • यहे 16:36-37
    2 पदहरू
    76%

    36परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैंले आफ्ना यौनको उत्तेजना पोखेको छस् र आफ्‍ना प्रेमीहरूसँगको तेरो वेश्यावृत्तिद्वारा आफ्नो नग्‍नता देखाएको छस्, र तेरा सबै घिनलाग्‍दा मूर्तिहरू बनाएको छस्, र तिनीहरूलाई तैंले आफ्‍ना छोराछोरीका रगत चढाएको छस्,

    37यसकारण हेर्, तैंले भेटेका सबै प्रेमीहरूलाई म भेला गर्नेछु, तैंले प्रेम गरेका सबै प्रेमीहरू र तैंले घृणा गरेका सबैलाई म भेला गर्नेछु, र तिनीहरूलाई म तेरा विरुद्धमा तेरो चारैतिर जम्‍मा गर्नेछु । तिनीहरूले तेरो नग्‍नता देखून् भनेर म तेरो नग्‍नता उघारिदिनेछु ।

  • 16तर म तिनीहरूमध्‍येका थोरैलाई तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्‍यहाँका जातिहरूका बिचमा आफ्‍ना घिनलाग्‍दा व्‍यवहारहरूका लेखा तिनीहरूले राख्‍नेछन्, यसरी म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।”

  • 39तिमीहरूमध्ये बाँकी रहेकाहरू तिमीहरूका दुश्‍मनको देशमा आफ्ना पाप र आफ्ना पुर्खाहरूको पापका कारण खतम हुने छन् ।

  • 23जातिहरूले यो जान्‍नेछन्, कि इस्राएलको घरानाले आफ्ना अपराधले मलाई धोका दिएका हुनाले तिनीहरू कैदमा गए । यसैले मैले तिनीहरूबाट आफ्नो मुहारलाई लुकाएँ र तिनीहरूका शत्रुहरूका हातमा तिनीहरूलाई दिएँ, ताकि तिनीहरू सबै तरवारले मारिए ।

  • 49यसरी उनीहरूले तेरा लाजमर्दा व्यवहारहरू तेरै विरूद्धमा खडा गर्नेछन् । तैंले आफ्‍ना मूर्तिहरूसित गरेका पापको दोष तैंले भोग्‍नेछेस्‌, र यसरी म नै परमप्रभु परमेश्‍वर हुँ भनी तैंले जान्‍नेछेस् ।

  • 74%

    19तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ । त्यसैले यसबारे विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट र तितो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    20किनकि तँसित प्राचिन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ । मैले तेरा बन्धनहरू फुकाइदिएँ । तरै पनि तैंले भनिस्, 'म तपाईंको सेवा गर्नेछैनँ!' किनकि हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि तैंले आफ्‍नो शिर झुकाइस्, तँ वेश्‍या होस् ।

  • 43तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् र?

  • 27यसरी तेरा लाजमर्दो व्यवहार र मिश्रदेशदेखि तैंले सुरु गरेका तेरा वेश्‍यावृत्तिका कामहरू तँबाट म हटाउनेछु । तैंले यी कुराहरूतिर आफ्‍ना कुदृष्‍टि लगाउनेछैनस्‌, र मिश्रदेशको सम्‍झना फेरि तैंले गर्नेछैनस्‌ ।'

  • 15यसैले म तँलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तँलाई देशहरूमा तितरबितर पार्नेछु । यसरी तँमा भएको अशुद्धताबाट तँलाई शुद्ध पार्नेछु ।

  • 18तब तिनीहरू त्‍यहाँ जानेछन्‌ र त्‍यो ठाउँबाट हरेक घृणित र घिनलाग्‍दा कुराहरू हटाउनेछन्‌ ।

  • 14तँलाई चारैतिरका जातिहरूका बिचमा र तेरो छेउबाट भएर जानेहरू हरेक व्‍यक्‍तिका दृष्‍टिमा तँलाई म उजाड र खिसीको पात्र बनाउनेछु ।

  • 4तिनीहरू आफ्ना शत्रुहरूद्वारा निर्वासनमा लगिए भने पनि, त्यहाँ म तरवारलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ । असल निम्ति होइन तर खराबको निम्‍ति म तिनीहरूमाथि आफ्‍ना आँखा लगाउनेछु ।”

  • 16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।

  • 15तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए? तिनीहरू लज्‍जित भएनन् । तिनीहरूलाई शर्म मान्‍न पनि आउँदैन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिंदा तिनीहरू तल खसालिनेछन्, परमप्रभु भन्‍नुहुन्छ ।

  • हो 5:3-4
    2 पदहरू
    73%

    3एफ्राइम र इस्राएल मबाट लुकेका छैनन् भनी म जान्‍दछु । ए एफ्राइम, तँ अब वेश्‍याझैं भएको छस् । इस्राएल अपवित्र पारिएको छ ।

    4तिनीहरूका कामहरूले तिनीहरूलाई परमेश्‍वरतर्फ फर्कन दिंदैनन्, किनकि तिनीहरूमा व्यभिचारको मन छ, र तिनीहरूले परमप्रभुलाई चिन्दैनन् ।

  • 9तेरा घिनलाग्‍दा कामहरूको कारण तँलाई म यस्‍तो गर्नेछु, जो मैले अघि कहिल्‍यै गरेको थिइनँ र न म फेरि कहिल्‍यै गर्नेछु ।

  • 4किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्, र म तँलाई छोड्नेछैन । बरु, तेरा कामहरू तँमाथि नै ल्याउनेछु, र तेरा घिनलाग्‍दा कामहरू तेरा माझमा हुनेछन्, यसरी म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌ ।

  • 58तैंले आफ्नो निर्लज्‍जता र घृणित व्यवहार देखाउनेछस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 13जब तिनीहरूका मूर्तिहरूका बिचमा, तिनीहरूका वेदीहरूका चारैतिर, सबै अल्‍गा-अल्‍गा ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्‍याम्‍म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि— जहाँ-जहाँ तिनीहरूले आफ्‍ना मूर्तिहरूका निम्‍ति धूप बाल्‍थे, त्‍यहाँ-त्‍यहाँ जब तिनीहरूका मारिएकाहरू लडिरहनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।

  • 20तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।

  • 16इस्राएलका घरानाका निम्‍ति मिश्रदेश फेरि कहिल्‍यै दृढताको कारण हुनेछैन । बरु, इस्राएलले मिश्रदेशसित सहायता माग्‍न जाँदा त्‍यहाँ तिनीहरूले गरेको अपराधका सम्‍झना तिनीहरूलाई हुनेछ । तब तिनीहरूले म नै परमप्रभु परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌' ।”

  • 13तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरू मबाट टाढा बहकिएका छन् । तिनीहरूमाथि विनाश आउँदै छ! तिनीहरूले मेरो विरुद्ध विद्रोह गरेका छन्! मैले तिनीहरूलाई बचाउन सक्‍थें, तर तिनीहरूले मेरो विरुद्धमा झुट बोले ।

  • 23त्‍यसपछि आफ्ना मूर्तिहरू, घिनलाग्दा कुराहरू, वा तिनीहरूका अरू कुनै पापहरूले तिनीहरूले आफूलाई अशुद्ध पार्नेछैनन् । किनकि तिनीहरूले पाप गरेका सबै विश्‍वासहीन कामहरूबाट म तिनीहरूलाई बचाउनेछु, र तिनीहरूलाई म शुद्ध पार्नेछु, ताकि तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्‍वर हुनेछु ।

  • 37तब तिनीहरू कैदमा परेको देशमा तिनीहरूले त्‍यो कुरा महसुस गर्छन् र तिनीहरूले पश्‍चात्ताप गर्छन् र आफ्‍नो कैदको देशमा तपाईंको कृपाको खोजी गर्छन् । तिनीहरूले यसो भन्‍छन्, ‘हामीले भ्रष्‍ट किसिमले काम गर्‍यौं र पाप गर्‍यौं । हामीले दुष्‍ट किसिमले व्‍यवहार गर्‍यौं ।’

  • 22तेरा यी सबै घृणित काम र वेश्‍यावृत्तिमा तैंले आफ्‍नो युवावस्‍थाका दिनहरू सम्‍झेको छैनस्‌, जति बेला तँ नाङ्गो, वस्‍त्रहीन र भएर आफ्‍नो रगतमा लट्‌पटिएकी थिइस्‌ ।

  • 26तब तिनीहरूका लाज र तिनीहरूले मलाई धोका दिएका सबै विद्रोह तिनीहरूले नै भोग्‍नेछन् । तिनीहरू आफ्नो देशमा सुरक्षित बसेको समयामा यी सबै तिनीहरूले बिर्सिनेछन् । त्यहाँ तिनीहरूलाई त्रसित गर्ने कोही हुनेछैन ।

  • 33म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितरबितर पारिदिने छु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्‍ने छु । तिमीहरूको देश त्यागिने छ र तिमीहरूका सहरहरू विनाश हुने छन् ।

  • 19जब तँ, इस्राएल र यहूदाले यसो भन्‍छस्, ‘परमप्रभु हाम्रा परमेश्‍वरले किन हामीलाई यी सबै कुरा गर्नुभएको?’ तब तँ यर्मियाले तिनीहरूलाई भन्‍नेछस्, “जसरी तिमीहरूले परमप्रभुलाई त्याग्‍यौ र आफ्‍नै देशमा विदेशी देवताहरूको सेवा गर्‍यौ, त्यसरी नै तिमीहरूले विदेशमा पनि विदेशीहरूको सेवा गर्नुपर्नेछ ।”

  • 21तर आफ्‍ना घृणित प्रतिमाहरू र घिनलाग्‍दा मूर्तिहरूलाई भक्ति गर्ने हृदय भएकाहरूलाई चाहिं म तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

  • 10इस्राएलको घरानामा मैले घिनलाग्‍दो कुरा देखेको छु । त्यहाँ एफ्राइमको वेश्‍यागमन छ, र इस्राएल अशुद्ध भएको छ ।

  • 9उहाँले मलाई भन्‍नुभयो, “इस्राएल र यहूदाका घरानाको पाप असाध्‍य ठुलो छ । देश रक्तपातले भरिएको छ, र सहरचाहिं विकृतिले भरिपूर्ण छ, किनकि तिनीहरू भन्‍छन्, 'परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ, र ‘परमप्रभुले देख्‍नुहुन्‍न' ।

  • 30तेरो हृदय कति बिरामी छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— कि एक निर्लज्‍ज वेश्‍याका कामहरू जस्‍ता यी सबै कुराहरू तैंले गरिस्?