२ इतिहास 6:37

अनलक शाब्दिक बाइबल

तब तिनीहरू कैदमा परेको देशमा तिनीहरूले त्‍यो कुरा महसुस गर्छन् र तिनीहरूले पश्‍चात्ताप गर्छन् र आफ्‍नो कैदको देशमा तपाईंको कृपाको खोजी गर्छन् । तिनीहरूले यसो भन्‍छन्, ‘हामीले भ्रष्‍ट किसिमले काम गर्‍यौं र पाप गर्‍यौं । हामीले दुष्‍ट किसिमले व्‍यवहार गर्‍यौं ।’

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 26:40-45 : 40 तर यदि तिनीहरूले आफ्ना र आफ्ना पुर्खाहरूका पाप, मप्रति विश्‍वासहीन भएर गरेका विद्रोह, र मेरो विरुद्धको हिँडाइलाई स्वीकारे भने- 41 जसले गर्दा म तिनीहरूको विरुद्ध भएँ र तिनीहरूलाई मैले तिनीहरूका दुश्‍मनको देशमा ल्याएँ- र यदि तिनीहरूका कठोर कठोर हृदय नम्र भए, अनि तिनीहरूले आफ्ना पापका कारण दण्डहरू स्वीकारे भने, 42 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको सम्झना गर्ने छु, र त्यो देशलाई पनि सम्झने छु । 43 त्यो देश तिनीहरूद्वारा त्यागिने छ, र यसैकारण त्यो त्यागिएको समयमा त्यसले शबाथ मनाउने छ । तिनीहरू आफैले मेरा आज्ञाहरू इन्‍कार गरेका र मेरा नियमहरूलाई घृणा गरेका हुनाले तिनीहरूले आफ्ना पापको दण्ड पाउने छन् । 44 यी सबै कुरा हुँदाहुँदै पनि तिनीहरू आफ्ना दुश्‍मनको भूमिमा हुँदा म तिनीहरूलाई इन्‍कार गर्ने छैनँ, न त तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्न र तिनीहरूसँगको मेरो करारबाट टाढा हुनको निम्ति तिनीहरूलाई घृणा गर्ने छु, किनभने म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ । 45 तर तिनीहरूका खातिर मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेको करारको सम्झना म गर्ने छु, जुन पुर्खाहरूलाई म तिनीहरूका परमेश्‍वर हुन सकूँ भनेर मैले मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।”
  • व्यव 4:29-30 : 29 तर त्यहीँबाट नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको खोजी गर्ने छौ र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको खोजी गर्दा तिमीहरूले उहाँलाई भेट्टाउने छौ । 30 ती पछिल्ला दिनमा तिमीहरू सङ्कष्‍टमा हुँदा र यी सबै कुरा तिमीहरूमा आइपर्दा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की उहाँको आवाज सुन्‍ने छौ ।
  • व्यव 30:1-3 : 1 ¶ जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्राप तिमीहरूमाथि आइपर्ने छन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अन्य जातिहरूका बिचमा धपाउनुभएपछि जब तिमीहरूले यी सम्झने छौ, 2 र तिमीहरूका सारा हृदय र प्राणले आज मैले तिमीहरू र तिमीहरूका सन्तानलाई आज्ञा गरेका यी सबै वचनलाई पालन गरेर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ फर्कंदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको निर्वासनलाई उल्ट्याइदिनुहुने छ र तिमीहरूलाई टिठ्याउनुहुने छ । 3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तितर-बितर पार्नुभएका सबै जातिबाट तिमीहरूलाई फर्काएर ल्याई तिमीहरूलाई एकत्रित गर्नुहुने छ ।
  • एज्रा 9:6-7 : 6 मैले भने, “हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्‍जित र अयोग्‍य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् । 7 हाम्रा पुर्खाहरूको समयदेखि अहिलेसम्म हामी ठुलो दोषमा छौं । हाम्रा अपराधहरूको कारणले हामी, हाम्रा राजाहरू, हाम्रा पुजारीहरूलाई यस संसारका राजाहरूका हातमा, तरवारको धारमा, निर्वासनमा, लुट र बेइज्‍जतको लागि सुम्पिदियो जस्तो आज हामी छौं ।
  • नहे 1:6 : 6 अब तपाईंका दासहरू अर्थात् इस्राएलका मानिसहरूका निम्ति तपाईंका दास मैले दिनप्रतिदिन गर्ने मेरो प्रार्थना सुन्‍नुहोस्, र तपाईंका आँखा खोल्नुहोस् । तपाईंको विरुद्धमा हामी सबै इस्राएलीले गरेका पाप म स्वीकार गर्दै छु । म र मेरा पिताको घराना दुवैले पाप गरेका छन् ।
  • नहे 9:26-30 : 26 तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गरे । 27 त्यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्‍टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्‍नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए । 28 तर तिनीहरूले शान्ति पाएपछि तिनीहरूले फेरि तपाईंको सामु दुष्‍ट काम गरे, र तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा त्यागिदिनुभयो, अनि तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे । तथापि तिनीहरू फर्केर तपाईंलाई पुकारा गर्दा तपाईंले स्वर्गबाट सुन्‍नुभयो, र तपाईंको कृपाको कारण धेरै पटक तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो । 29 तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे । 30 धेरै वर्षसम्म तपाईं तिनीहरूसित धैर्यवान् हुनुभयो, र आफ्ना अगमवक्ताहरूमार्फत तपाईंको आत्माद्वारा तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरूले सुनेनन् । त्यसैले तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो ।
  • अय्यू 33:27-28 : 27 तब त्यो व्यक्तिले अरू मानिसहरूको सामु गाउनेछ र यसो भन्‍नेछ, 'मैले पाप गरें, र ठिक कुरालाई बङ्ग्याएँ, तर मेरो पापको दण्ड दिइएन । 28 परमेश्‍वरले मेरो प्राणलाई मृत्‍युको खाडलमा जानबाट छुटकारा दिनुभएको छ । मेरो जीवनले निरन्‍तर ज्योति देख्‍नेछ ।'
  • भजन 106:6 : 6 हाम्रा पुर्खाहरूले झैं हामीले पाप गरेका छौं । हामीले गल्ती गरेका छौं र हामीले खराबी गरेका छौं ।
  • यशा 64:6-9 : 6 किनकि हामी सबै अशुद्धझैं भएका छौं र हाम्रा सबै धार्मिक कामहरू महिनावारीको कपडाझैं भएका छन् । हामी सबै पातहरू झैं ओइलाएका छौं । हावाले झैं हाम्रा अपराधहरूले हामीलाई उडाएर दलान्छन् । 7 तपाईंको नाउँ पुकार्ने कोही छैन, तपाईंलाई समात्‍ने कोसिस गर्ने कोही छैन । किनकि तपाईंले हामीबाट आफ्‍नो अनुहार लुकाउनुभएको छ र हाम्रा अधर्महरूका हातमा हामीलाई बेकम्‍मा बनाउनुभएको छ । 8 तापनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ । हामी माटो हौं । तपाईं हाम्रो कुमाले हुनुहुन्छ । अनि हामी सबै तपाईंको हातका काम हौं । 9 हे परमप्रभु, हामीसँग नरिसाउनुहोस्, न त तपाईंको मनमा हाम्रो विरुद्धमा निनुहोस् । कृपया हामी तपाईंका मानिसहरूलाई हेर्नुहोस् । 10 तपाईंका पवित्र सहरहरू उजाड-स्थान भएका छन् । सियोन उजाड-स्थान, यरूशलेम निर्जन भएको छ । 11 हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेको हाम्रो पवित्र र सुन्दर मन्दिर आगोले नष्‍ट भएको छ र ज्‍यादै प्रिय कुराहरू सबै भग्‍नावशेष भएका छन् । 12 हे परमप्रभु, तपाईं कसरी अझै पछि हट्‍नुहुन्छ? तपाईं कसरी शान्‍त बस्‍न र हामीलाई निरन्तर अपमानित हुन हुन दिनुहुन्छ?”
  • यिर्मि 3:12-14 : 12 जा र उत्तरलाई यी वचन घोषणा गर्, “'हे विश्‍वासहीन इस्राएल, फर्की' यो परमप्रभु घोषणा हो, 'म तँसित सधैं रिसाउनेछैनँ ।' परमप्रभु घोषणा गर्नुहुन्छ, 'म विश्‍वासयोग्य भएको हुनाले म सदासर्वदा रिसाउनेछैन ।' 13 तेरो अधर्मलाई स्वीकार गर्, किनकि परमप्रभु तेरा परमेश्‍वरको विरुद्धमा तैंले अपराध गरेको छस्, हरेक झ्याम्म परेको रुखमुनि तैंले परदेशीहरूसित तेरा मार्गहरू बाँडेको छस् । किनकि तैंले मेरो कुरा सुनेको छैनस्, यो परमप्रभुको घोषणा हो । 14 'ए विश्‍वासहीन जाति, फर्की' यो परमप्रभुको घोषणा हो, 'म तेरा पति हुँ ।' सहरबाट एक जना र एउटा परिवारबाट दुई जना गरी म तँलाई लिनेछु र म तँलाई सियोनमा ल्याउनेछु ।
  • यिर्मि 31:18-20 : 18 “निश्‍चय नै मैले एफ्राइमको शोक गरेको सुनेको छु, 'तपाईंले मलाई दण्ड दिनुभयो, र एउटा नदाएको बाछालाई झैं मलाई दण्ड दिइएको छ । मलाई फर्काएर ल्याउनुहोस्, र म फर्काइनेछु, किनकि तपाईं परमप्रभु मेरा परमेश्‍वर हुनुहुन्छ । 19 किनकि म तपाईंकहाँ फर्केपछि म दुःखित भएँ । मलाई तालिम दिइएपछि मैले आफ्नो तिघ्रामा हिर्काएँ । म लज्‍जित र अपमानित भएँ, किनकि मैले आफ्‍नो युवावस्थाको दोष बोकेको छु ।' 20 के एफ्राइम मेरो बहुमूल्य बालक होइन र? के त्यो मेरो प्रिय, आनन्दित छोरो होइन र? किनकि मैले जहिलेसुकै त्यसको विरुद्धमा बोल्दा, म निश्‍चय नै त्यसलाई मेरो प्रेमिलो हृदयमा सम्झन्छु । यसरी मेरो हृदय त्यसको लागि लालायित हुन्छ । म निश्‍चय नै त्यसमाथि दया देखाउने छु, यो परमप्रभुको घोषणा हो ।”
  • दानी 9:5-9 : 5 हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्‍टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं। 6 तपाईंका नाउँमा हाम्रा राजाहरू, अगुवाहरू, पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका तपाईंका सेवक अगमवक्ताहरूका वचन हामीले सुनेका छैनौं । 7 हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्‍न ठाउँहरूमा छरपष्‍ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्‍छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्‍वासघातको कारणले नै यस्‍तो भएको हो । 8 हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् । 9 दया र क्षमा परमप्रभु हाम्रा परमेश्‍वरका हुन्, किनकि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौं । 10 आफ्‍ना सेवक अगमवक्ताहरूद्वारा परमप्रभुले हामीलाई दिनुभएका उहाँका व्यवस्थामा हिंड्नलाई हामीले उहाँको वचन मानेका छैनौं । 11 तपाईंको वचन पालन गर्नलाई इन्‍कार गरेर सबै इस्राएलले तपाईंको व्यवस्थाको विरुद्धमा अपराध गरेका छन्। परमेश्‍वरका सेवक मोशाका व्यवस्थामा लेखिएका सराप र प्रतिज्ञा हामीमाथि खनिएका छन्, किनकि हामीले उहाँको विरुद्ध पाप गरेका छौं।
  • लू 15:17-19 : 17 तर जब कान्छा छोरा आफैँले विचार गरे र भने, ‘मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु! 18 म यस ठाउँलाई छोडेर मेरा बुबाकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु । 19 म तपाईंको छोरा भनिनयोग्य छैनँ; मलाई तपाईंका सेवकहरूमध्ये एक नोकर बनाउनुहोस् ।’

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 8:46-48
    3 पदहरू
    94%

    46पाप नगर्ने कोही नभएकोले तिनीहरूले तपाईंको विरुद्धमा पाप गरेका छन्, र तपाईं तिनीहरूसित रिसाउनुभई तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभएको छ र शत्रुहरूले तिनीहरूलाई तिनीहरूको देशबाट धेरै टाढाको देशमा निर्वासनमा लगेका छन्,

    47र तिनीहरू निर्वासित भएर अर्कै देशमा लगिएका रहेछन् भनी तिनीहरूले थाहा पाएपछि तिनीहरूले पश्चात्ताप गरेर तिनीहरूलाई निर्वासित गर्नेहरूको देशबाट तिनीहरूले तपाईंको निगाह खोजेका छन् र तिनीहरूले 'हामीले बाटो बिराई पाप गरेका छौँ, हामीले दुष्टतापूर्वक व्यवहार गरेका छौँ'

    48भनेर भनेमा र तिनीहरूलाई निर्वासित बनाएर लैजानेहरू अर्थात् तिनीहरूका शत्रुहरूको देशमा तिनीहरूका सारा ह्रदय र सारा प्राणले तिनीहरू तपाईंकहाँ फर्के भने र तिनीहरूले तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको तपाईंको देश र तपाईंले छान्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको यस मन्दिरतर्फ हेरी तपाईंलाई प्रार्थना चढाए भने,

  • २ इति 6:38-39
    2 पदहरू
    85%

    38जब तिनीहरूलाई उनीहरूले कैद गरेर लगेको देशमा तिनीहरूले आफ्‍ना सारा हृदय र आफ्‍ना सारा प्राणले तपाईंतिर फर्किन्‍छन् र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशतिर र तपाईंले चुन्‍नुभएको यो सहरतिर र तपाईंका नाउँको निम्‍ति मैले बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गर्छन् ।

    39तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट तिनीहरूको प्रार्थना र तिनीहरूका बिन्‍ती सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ । तपाईंको विरुद्धमा पाप गरेका तपाईंका मानिसलाई क्षमा गरिदिनुहोस्‌ ।

  • २ इति 6:35-36
    2 पदहरू
    84%

    35तब तपाईंले तिनीहरूको प्रार्थना र बिन्‍ती स्‍वर्गबाट सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ ।

    36जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्‌— किनकि पाप नगर्ने एक जना पनि छैन— र तिनीहरूसँग तपाईं रिसाउनुहुन्‍छ र तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्‍पिनुहुन्‍छ, ताकि शत्रुहरूले तिनीहरूलाई लान्‍छन् र तिनीहरूलाई आफ्‍नो देशमा, टाढा वा नजिक कैद गरेर लान्‍छन् ।

  • 50तपाईंको विरुद्धमा पाप गरेका तपाईंको जातिलाई क्षमा दिनुहोस्, र तिनीहरूले तपाईंको विरुद्धमा गरेका सबै अधर्म क्षमा गरिदिनुहोस् अनि तिनीहरूका विजेताहरूका सामु तिनीहरूलाई दया देखाउनुहोस् र तिनीहरूका विजेताहरूलाई पनि तिनीहरूमाथि दया देखाउन लगाइदिनुहोस् ।

  • २ इति 6:24-27
    4 पदहरू
    79%

    24जब तपाईंका मानिस इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारणले तिनीहरू आफ्‍ना शत्रुहरूद्वारा पराजित हुन्‍छन्, अनि तिनीहरूले तपाईंको नाउँ लिंदै यस मन्‍दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्‍छन् भने—

    25तब तपाईंले स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् । तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्‍याउनुहोस्‌ ।

    26जब तपाईंका मानिसले तपाईंको विरुद्धमा पाप गरेको कारणले आकाश बन्‍द भएर पानी परेको छैन— अनि तिनीहरूले यस ठाउँतर्फ फर्केर तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारणले तपाईंको नाउँ स्‍वीकार गर्छन् र आफ्‍ना पाप त्‍यागेर यस मन्दिरमा तपाईंको अगाडि प्रार्थना गर्छन् भने—

    27तब तपाईंले तिनीहरू हिंड्‍नुपर्ने असल मार्गमा तिनीहरूलाई डोर्‍याउनुहुँदा, स्‍वर्गमा सुन्‍नुहोस्, र आफ्‍ना सेवकहरू र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस्‌ । तपाईंका मानिसहरूलाई तपईंले उत्तराधिकारको रूपमा दिनुभएको देशमा झरी पठाउनुहोस् ।

  • १ राजा 8:33-35
    3 पदहरू
    78%

    33तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेकाले तिनीहरू शत्रुबाट पराजित हुँदा तिनीहरू तपाईंकहाँ फर्की तपाईंको नाउँलाई पुकारे, प्रार्थना गरे र तपाईंको मन्दिरमा क्षमाको अनुरोध गरे भने

    34तब स्वर्गमा सुन्नुहोस् र तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् । तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस् ।

    35मानिसहरूले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्द भई वृष्टि रोकिँदा तिनीहरूले यस ठाउँतर्फ फर्केर प्रार्थना गरी तपाईंको नाउँ पुकारे र तिनीहरूलाई कष्ट आउँदा तिनीहरूका पापबाट फर्के भने

  • 5हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्‍टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं।

  • दानी 9:13-15
    3 पदहरू
    77%

    13मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्‍वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्‍म बिन्ती गरेका छैनौं ।

    14यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।

    15अब हे परमप्रभु हाम्रा परमेश्‍वर, शक्तिशाली हातले तपाईंले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र आजको दिनसम्म तपाईंले आफ्नो नामको ख्याति कायम राख्‍नुभएको छ । तापनि हामीले अझै पाप गर्‍यौं, र हामीले दुष्‍ट काम गरेका छौं ।

  • 9किनकि तिमीहरू परमप्रभुतिर फर्क्‍यौ भने, तिमीहरूका दाजुभाइ र तिमीहरूका छोराछोरीलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउने छन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउने छन्‌ । किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर दयालु र करुणामय हुनुहुन्‍छ, र तिमीहरू उहाँतर्फ फर्क्‍यौ भने, उहाँ तिमीहरूबाट फर्कनुहुने छैन ।”

  • लैव्य 26:40-41
    2 पदहरू
    75%

    40तर यदि तिनीहरूले आफ्ना र आफ्ना पुर्खाहरूका पाप, मप्रति विश्‍वासहीन भएर गरेका विद्रोह, र मेरो विरुद्धको हिँडाइलाई स्वीकारे भने-

    41जसले गर्दा म तिनीहरूको विरुद्ध भएँ र तिनीहरूलाई मैले तिनीहरूका दुश्‍मनको देशमा ल्याएँ- र यदि तिनीहरूका कठोर कठोर हृदय नम्र भए, अनि तिनीहरूले आफ्ना पापका कारण दण्डहरू स्वीकारे भने,

  • 7सायद कृपाको लागि तिनीहरूको बिन्ती परमप्रभुको सामु आउनेछ । परमप्रभुले यस जातिको विरुद्धमा घोषणा गर्नुभएको रिस र क्रोध गम्‍भिर भएको हुनाले सायद हरेक व्यक्ति आफ्नो दुष्‍ट मार्गबाट फर्कनेछ ।”

  • 20हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।

  • 3सयद तिनीहरूले सुन्‍नेछन्, अनि हरेक मानिस आफ्ना दुष्‍ट चालहरूबाट फर्कनेछन्, यसरी तिनीहरूका अभ्यासको दुष्‍टताको कारणले मैले तिनीहरूमाथि ल्याउने योजना गरेको विपत्ति ल्याउनबाट मैले आफ्‍नो मन म बद्लनेछु ।

  • 13तापनि हाम्रो दुष्‍ट अभ्यास र हाम्रो ठुलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्‍वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ,

  • नहे 1:6-8
    3 पदहरू
    74%

    6अब तपाईंका दासहरू अर्थात् इस्राएलका मानिसहरूका निम्ति तपाईंका दास मैले दिनप्रतिदिन गर्ने मेरो प्रार्थना सुन्‍नुहोस्, र तपाईंका आँखा खोल्नुहोस् । तपाईंको विरुद्धमा हामी सबै इस्राएलीले गरेका पाप म स्वीकार गर्दै छु । म र मेरा पिताको घराना दुवैले पाप गरेका छन् ।

    7हामीले तपाईंको विरुद्धमा दुष्‍ट काम गरेका छौँ, र तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञाहरू, विधिविधानहरु र नियमहरू पालन गरेका छैनौँ ।

    8कृपा गरी आफ्ना दास मोशालाई तपाईंले आज्ञा दिनुभएको वचन स्मरण गर्नुहोस्, 'तिमीहरू अविश्‍वासयोग्य भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिने छु,

  • 3परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तितर-बितर पार्नुभएका सबै जातिबाट तिमीहरूलाई फर्काएर ल्याई तिमीहरूलाई एकत्रित गर्नुहुने छ ।

  • 8तर मैले त्‍यस्तो घोषणा गरेको त्यो जाति दुष्‍ट्याइँबाट फर्कन्छ भने मैले त्यसमाथि ल्याउने योजना गरेको विपत्ति म ल्याउनेछैनँ ।

  • 35तिनीहरूको आफ्नै राज्य हुँदा तपाईंले तिनीहरूलाई दिनुभएको विशाल र मलिलो देशमा तपाईंको महान् उदारतालाई तिनीहरूले उपभोग गर्दागर्दै पनि तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरूका दुष्‍ट मार्गहरूबाट फर्के ।

  • 6हाम्रा पुर्खाहरूले झैं हामीले पाप गरेका छौं । हामीले गल्ती गरेका छौं र हामीले खराबी गरेका छौं ।

  • 46तिनीहरूका सबै विजेतालाई तिनीहरूमाथि दया गर्ने उहाँले बनाउनुहुन्थ्यो ।

  • 33हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्‍वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्‍टतापूर्वक काम गरेका छौँ ।

  • 9तब मबाट तर्केका तिनीहरूका व्‍यभिचारी हृदय र मूर्तिहरूका पछि लाग्‍ने तिनीहरूका कुदृष्‍टहरूले म दुःखित भएको थिएँ भनी ती बाँचेकाहरूले आफूलाई कैद गरिएका जातिहरूका बिचमा मेरो बारेमा विचार गर्नेछन् । तब तिनीहरूले गरेको दुष्‍टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरूले आफ्नो अनुहारमा घृणा देखाउनेछन् ।

  • 9दया र क्षमा परमप्रभु हाम्रा परमेश्‍वरका हुन्, किनकि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौं ।

  • 14तब मेरो आफ्‍नै नाउँ दिइएको मेरा मानिसहरूले आफैलाई नम्र पार्छन्, प्रार्थना गर्छन्, मेरो मुहारको खोजी गर्छन् र आफ्‍ना दुष्‍ट चालहरूबाट फर्किन्‍छ्न् भने, म स्‍वर्गबाट सुन्‍नेछु, तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूका देशलाई निको पार्नेछु ।

  • 6किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो सो गरे । तिनीहरूले उहाँलाई त्‍यागे, परमप्रभुको बस्‍नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्‍ना पीठ फर्काए ।

  • 22त्यसकारण, तेरो दुष्‍टताको लागि पश्‍चात्ताप गरी प्रभुलाई प्रार्थना चढा, कतै उहाँले तँलाई क्षमा गरिदिनुहुन्छ कि ।

  • 11यसैले अब मेरा कुरा सुनः आफ्‍ना दाजुभाइबाट तिमीहरूले कैद गरेर ल्‍याएकाहरूलाई फर्काइदेओ, किनकि परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूमाथि छ ।”

  • 21मैदानहरूमा इस्राएलका मानिसहरूको रुवाइ र चिच्‍च्याइको एउटा आवाज सुनिन्छ । किनकि तिनीहरूले आफ्ना मार्ग बद्लेका छन् । तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्सेका छन् ।

  • 10तब तैंले यी सबै वचन यी मानिसलाई भन्‍नेछस्, र तिनीहरूले तँलाई भन्‍नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो?'

  • 3सायद मैले यहूदाका मानिसहरूमाथि ल्याउन चाहेका सबै विपत्तिबारे तिनीहरूले सुन्‍नेछन् । सायद हरेक व्‍यक्‍ति आफ्नो दुष्‍ट मार्गबाट फर्कनेछ, यसरी मैले तिनीहरूको अधर्म र तिनीहरूको पाप क्षमा दिन सकूँ ।”

  • 17यी सबै कुरा हामीमा हुन आएका छन् । तापनि हामीले तपाईंलाई बिर्सेका वा तपाईंको करारसँग झुटो किसिमले व्यवहार गरेका छैनौं ।

  • 15इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं । तपाईंलाई जे असल लाग्छ त्यही हामीलाई गर्नुहोस् । कृपागरी आजको दिन मात्र हामीलाई बचाइदिनुहोस् ।”

  • २ इति 6:29-30
    2 पदहरू
    72%

    29अनि कुनै एक जना व्यक्ति वा सारा इस्राएलका मानिसहरूले विपत्ति वा दुःखलाई आफ्‍नो हृदयमा जानेर यस मन्‍दिरतिर आफ्‍ना हात फैलाउँछन् ।

    30तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस्‌ । क्षमा गर्नुहोस्‌ र हरेक व्यक्तिलाई उसका सबै चाल अनुसार प्रतिफल दिनुहोस् । तपाईंलाई त्यसको हृदय थाहा हुन्‍छ, किनभने तपाईंले मात्र मानिसजातिका हृदयहरू जान्‍नुहुन्छ ।

  • 13त्यसैले अब, आ-आफ्ना चाल र अभ्यासहरू सुधार्नुहोस् र परमप्रभु तपाईंहरूका परमेश्‍वरको सोर सुन्‍नुहोस्, ताकि उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिको विषयमा उहाँले आफ्नो मन बद्लनुहुनेछ ।

  • 7हे परमप्रभु, हाम्रा अधर्मले हाम्रो विरुद्धमा गवाही दिए तापनि तपाईंकै नाउँको नाम्‍ति काम गर्नुहोस् । किनकि हाम्रा विश्‍वासहीन कामहरू वृद्धि हुन्छन् । हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।