१ राजा 8:33

अनलक शाब्दिक बाइबल

तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेकाले तिनीहरू शत्रुबाट पराजित हुँदा तिनीहरू तपाईंकहाँ फर्की तपाईंको नाउँलाई पुकारे, प्रार्थना गरे र तपाईंको मन्दिरमा क्षमाको अनुरोध गरे भने

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 26:17 : 17 म मेरो मुहार तिमीहरूबाट फर्काउने छु, र तिमीहरूका शत्रुले तिमीहरूलाई पराजय गर्ने छन् । तिमीहरूलाई घृणा गर्ने मानिसहरूले तिमीहरूमाथि शासन गर्ने छन्, र कसैले तिमीहरूलाई नखेदे तापनि तिमीहरू भाग्‍ने छौ ।
  • व्यव 28:25 : 25 परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ ।
  • व्यव 28:48 : 48 परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुहुने शत्रुहरूको तिमीहरूले सेवा गर्ने छौ । तिमीहरूले भोक, तिर्खा, नग्‍नता र गरिबीमा तिनीहरूको सेवा गर्ने छौ । उहाँले तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म उहाँले तिमीहरूको काँधमा जुवा हालिदिनुहुने छ ।
  • लैव्य 26:25 : 25 म तिमीहरूमाथि तरवार प्रहार गर्ने छु र तिमीहरूले करार भङ्ग गरेको कारण त्यस तरवारले बदला लिने छ । तिमीहरू आफ्ना सहरहरूमा भेला गराइने छौ, र तिमीहरूका बिचमा मैले एउटा रोग पठाउने छु, र तिमीहरूका दुश्‍मनका हातमा तिमीहरूलाई सुम्‍पने छु ।
  • लैव्य 26:39-42 : 39 तिमीहरूमध्ये बाँकी रहेकाहरू तिमीहरूका दुश्‍मनको देशमा आफ्ना पाप र आफ्ना पुर्खाहरूको पापका कारण खतम हुने छन् । 40 तर यदि तिनीहरूले आफ्ना र आफ्ना पुर्खाहरूका पाप, मप्रति विश्‍वासहीन भएर गरेका विद्रोह, र मेरो विरुद्धको हिँडाइलाई स्वीकारे भने- 41 जसले गर्दा म तिनीहरूको विरुद्ध भएँ र तिनीहरूलाई मैले तिनीहरूका दुश्‍मनको देशमा ल्याएँ- र यदि तिनीहरूका कठोर कठोर हृदय नम्र भए, अनि तिनीहरूले आफ्ना पापका कारण दण्डहरू स्वीकारे भने, 42 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको सम्झना गर्ने छु, र त्यो देशलाई पनि सम्झने छु ।
  • यहो 7:8 : 8 हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुहरूका सामु पीठ फर्काएपछि म के भन्‍न सक्छु र?
  • यहो 7:11-12 : 11 इस्राएलले पाप गरेको छ । मैले तिनीहरूलाई आज्ञा गरेका मेरो करार तिनीहरूले तोडेका छन् । तिनीहरूले अलग गरेका केही थोकहरू चोरेका छन्, र तिनीहरूले आफ्नै सरसामानहरू माझ राखेर तिनीहरूका पाप ढाकेका छन् । 12 परिणामस्वरूप, इस्राएलका मानिसहरू तिनीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनन् । तिनीहरूले आफ्ना शत्रु सामु तिनीहरूका पीठ फर्काएका छन् किनभने तिनीहरू स्वयम्‌लाई नै विनाशको निम्ति अलग गरिएका छन् । तिमीहरूमाझ अझै रहेको ती विनाश पारिनुपर्ने थोकहरू नष्‍ट नपारेसम्म म तिमीहरूसँग हुने छैनँ ।
  • न्या 6:1-2 : 1 ¶ परमप्रभुको दृष्‍टिमा जे खराब थियो इस्राएलीहरूले त्यही गरे, र उहाँले तिनीहरूलाई सात वर्षसम्‍म मिद्यानीका हातमा सुम्पिदिनुभयो । 2 मिद्दानीको शक्तिले इस्राएललाई अत्‍याचार गर्‍यो । मिद्दानीका कारणले इस्राएलका मानिसहरूले पहाडका ओडारहरू, गुफाहरू, र किल्‍लाहरू बस्‍न लागे ।
  • २ राजा 17:7-9 : 7 इस्राएलीहरूले आफूलाई मिश्रदेशका राजा फारोको हातबाट छुटाउनुहुने, तिनीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका हुनाले यसरी तिनीहरू बन्‍दी भए । यी मानिसहरूले अरू देवताहरूको पुजा गरिरहेका थिए, 8 र इस्राएलका मानिसहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूका अभ्यासहरू तथा इस्राएलका राजाहरूका अभ्यासहरू गरिरहेका थिए । 9 इस्राएलका मानिसहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा जे कुराहरू गर्नु ठिक थिएन, गुप्‍त रूपमा त्यही गरे । धरहरादेखि किल्लासम्‍म नै आफ्‍ना सबै सहरहरूमा तिनीहरूले आफ्‍ना निम्‍ति उच्‍च थानहरू बनाए । 10 हरेक उच्‍च डाँडा रहरेक हरियो रुखमुनि तिनीहरूले डुङ्गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए । 11 तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरेजस्तै तिनीहरूले उच्‍च थानहरूमा धूप बाले । परमप्रभुलाई रिस उठाउनलाई इस्राएलीहरूले दुष्‍ट कुराहरू गरे, 12 तिनीहरूले मूर्तिहरूको पुजा गरे, जसका बारेमा परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो, “तिमीहरूले यो कुरा गर्ने छैनौ ।” 13 तापनि परमप्रभुले हरेक अगमवक्ता र हरेक दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो, “आ-आफ्ना दुष्‍ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू र विधिहरू पालन गर, अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञा पालन गर्न सावधना होओ ।” 14 तर तिनीहरूले सुनेनन् । बरु परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि विश्‍वास नगर्ने आफ्‍ना पुर्खाहरूजस्तै तिनीहरू ज्‍यादै हठी भए । 15 तिनीहरूले उहाँका विधिहरू र तिनीहरूका पुर्खाहरूसित उहाँले बाँध्‍नुभएको करार र उहाँले तिनीहरूलाई दिनुभएका करारका आज्ञाहरूलाई इन्कार गरे । तिनीहरूले बेकम्मा अभ्यासहरूको अनुसरण गरे अनि तिनीहरू आफै पनि बेकम्मा भए । तिनीहरूले आफ्नो वरिपरि भएका अरू जातिहरूको अनुसरण गरे जसको नकल्ल नगर्नू भनेर परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएको थियो । 16 तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञालाई बेवास्ता गरे । तिनीहरूले पुजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुईवटा बाछाका बनाए । तिनीहरूले अशेरा देवीको खम्बा बनाए, र तिनीहरूले आकाशका सम्पूर्ण तारा र बालको पुजा गरे । 17 तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा हिंड्‍न लगाए, तिनीहरूले जोखना हेर र टुनामुना गरे, तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे खराब छ, त्यही गर्न आफैलाई बेचे, र तिनीहरूले उहाँलाई रिस उठाए । 18 त्यसकारण परमप्रभु इस्राएलसित अत्यन्तै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट हटाइदिनुभयो । त्यहाँ यहूदाको कुलबाहेक कोही पनि छोडिएन ।
  • २ राजा 18:11-12 : 11 यसरी अश्शूरका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अश्शूरमा लगे, र तिनीहरूलाई हलहमा, गोजानको हाबोर नदीको किनारमा र मादीहरूका सहरहरूमा बसाले । 12 तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आवाज नसुनेको तर परमप्रभुका दास मोशाले दिएका उहाँको करारका सबै आज्ञालाई उल्लङ्घन गरेका हुनाले उहाँले यसो गर्नुभयो । तिनीहरूले त्‍यसलाई सुन्‍न र पालन गर्न इन्कार गरे ।
  • २ इति 6:24-25 : 24 जब तपाईंका मानिस इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारणले तिनीहरू आफ्‍ना शत्रुहरूद्वारा पराजित हुन्‍छन्, अनि तिनीहरूले तपाईंको नाउँ लिंदै यस मन्‍दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्‍छन् भने— 25 तब तपाईंले स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् । तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्‍याउनुहोस्‌ ।
  • २ इति 36:14-17 : 14 यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामका अनुसरण गरेर परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अपवित्र पारेर पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू अत्यन्तै विश्‍वासघाती भए । तिनीहरूले परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको मन्दिरलाई अपवित्र पारे । 15 परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरिघरि वचन दिनुभयो, किनभने आफ्ना मानिस र आफ्नो वासस्थानमाथि उहाँले दया गर्नुभयो । 16 तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल र सहायता आउने बाटो बन्द हुनेगरी तिनीहरूले उहाँका दूतहरूको गिल्ला गरे, उहाँको वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए । 17 यसैले परमेश्‍वरले तिनीहरूका विरुद्धमा कल्दीका राजालाई ल्याउनुभयो, जसले पवित्रस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिसहरू, कन्‍याहरू, वृद्धहरू वा कपाल सेतै फुलेकाहरू कसैलाई पनि तिनले छोडेनन् । परमेश्‍वरले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो ।
  • एज्रा 9:5-9 : 5 तर साँझको बलिदानको समयमा आफ्‍नो च्यातिएकै लुगा र खास्टोमा विनम्र भएकै अवस्थामा म उठें, र घुँडा टेकें अनि परमप्रभु मेरा परमेश्‍वर हुनुभएतिर आफ्ना हात फैलाएँ । 6 मैले भने, “हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्‍जित र अयोग्‍य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् । 7 हाम्रा पुर्खाहरूको समयदेखि अहिलेसम्म हामी ठुलो दोषमा छौं । हाम्रा अपराधहरूको कारणले हामी, हाम्रा राजाहरू, हाम्रा पुजारीहरूलाई यस संसारका राजाहरूका हातमा, तरवारको धारमा, निर्वासनमा, लुट र बेइज्‍जतको लागि सुम्पिदियो जस्तो आज हामी छौं । 8 तरै पनि अब परमप्रभु हाम्रा परमेश्‍वरले केही जीवित रहेकाहरूलाई हामीकहाँ दिएर र आफ्नो पवित्रस्थानमा सुरक्षित ठाउँ दिएर हामीलाई छोटो समयको लागि भए पनि कृपा देखाउनुभएको छ । हाम्रा आँखा खोल्न र हाम्रो दासत्वमा हामीलाई थोरै राहत दिन परमेश्‍वरले यसो गर्नुभयो । 9 हामी दासहरू हौं, तर हाम्रा परमेश्‍वरले हामीलाई बिर्सनुभएको छैन, तर हामीसम्म करारको विश्‍वासनीयता फैलाउनुभएको छ । हामीले हाम्रा परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्न सकौं र यसका भग्‍नावशेषहरूलाई उठाउन सकौं भनेर हामीलाई नयाँ शक्ति प्रदान गर्न उहाँले फारसका राजाको दृष्‍टिमा यसो गर्नुभएको छ । उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनलाई उहाँले यसो गर्नुभयो । 10 तर अब हे हाम्रा परमेश्‍वर, यसपछि हामी के भन्‍न सक्‍छौं र? हामीले तपाईंका आज्ञाहरू भुलेका छौं । 11 ती आज्ञाहरू जुन तपाईंले आफ्ना सेवक अगमवक्ताहरूलाई तपाईंले भनेर दिनुभयो, “तिमीहरू जुन देश अधिकार गर्न लाग्दैछौ, त्यो अशुद्ध देश हो । त्यस देशका जातिहरूका घिनलाग्दा कुराहरूले यो देश दूषित भएको छ । तिनीहरूले यसको एउटा कुनादेखि अर्को कुनासम्म अशुद्धताले भरेका छन् । 12 त्यसैले अब आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू । तिनीहरूका छोरीहरू आफ्‍ना छोराहरूका लागि नलिनू, र तिनीहरूका जारी शान्ति र भलाइको खोजी नगर्नू, जसको कारणले तिमीहरू बलिया हुनेछौ, र त्यस देशका असल थोकहरूको उपभोग गर्नेछौ अनि तिमीहरूले आफ्ना छोराछोरीका लागि सदाको लागि यो देश अधिकार गर्नेछौ ।” 13 तापनि हाम्रो दुष्‍ट अभ्यास र हाम्रो ठुलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्‍वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ, 14 हामीले फेरि तपाईंका आज्ञाहरू भङ्ग गर्न र यी घिनलाग्दा जातिहरूसित मिश्रित विवाह गर्न हुन्‍छ र? के तपाईं क्रोधित भएर कोही पनि नरहने गरी हामीलाई निमिट्‍यान्‍न पार्नुहुन्‍न र? 15 हे इस्राएलका परमप्रभु परमेश्‍वर, तपाईं धर्मी हुनुहुन्छ, किनकि आजको दिनसम्म हामी केही बाँचेकाहरू अझै छौं । हाम्रो दोषको कारणले कोही पनि तपाईंको सामु खडा हुन नसक्‍ने भए तापनि हामी हाम्रा दोषमा तपाईंको सामु छौं ।
  • नहे 1:8-9 : 8 कृपा गरी आफ्ना दास मोशालाई तपाईंले आज्ञा दिनुभएको वचन स्मरण गर्नुहोस्, 'तिमीहरू अविश्‍वासयोग्य भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिने छु, 9 तर तिमीहरू मकहाँ फर्केर मेरा आज्ञाहरूलाई पछ्याई पालन गर्‍यौ भने तिमीहरूका मानिसहरू आकाशका कुना-कुनासम्म तितर-बितर भए तापनि म तिनीहरूलाई त्यहाँबाट जम्मा गर्ने छु, र मेरो नाउँ राख्‍न मैले चुनेको ठाउँमा तिनीहरूलाई फर्काएर ल्याउने छु ।'
  • नहे 9:1-5 : 1 ¶ अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले । 2 इस्राएलका सन्तानहरूले सबै परदेशीबाट आफूलाई अलग गरे । तिनीहरू खडा भएर आफ्ना पापसाथै तिनीहरूका पुर्खाहरूका दुष्‍ट कामहरू स्वीकार गरे । 3 तिनीहरू आ-आफ्ना ठाउँमा खडा भए, र पहिलो एक पहरचाहिँ तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढे । अर्को पहरमा तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको सामु पाप स्वीकार गर्दै र दण्डवत् गर्दै थिए । 4 लेवीहरू, येशूअ, बानी, कादमीएल, शबन्याह, बुन्‍नी, शरेबियाह, बानी र कनानी खुट्किलाहरूका उभिए, अनि तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरलाई उच्‍च सोरमा पुकारे । 5 तब लेवीहरू, येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “खडा भएर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा चढाओ ।” तिनीहरूले तपाईंको महिमित नाउँलाई धन्यको भनून्, र यो नाउँ हरेक आशिष् र प्रशंसाभन्दा माथि उचालिएको होस् ।
  • भजन 44:10 : 10 तपाईंले हामीलाई शत्रुबाट फर्काउनुहुन्छ । अनि हामीलाई घृणा गर्नेहरूले आफ्नो निम्ति लूट्न्छन् ।
  • यशा 63:15-64:12 : 15 स्वर्गबाट तल हेर्नुहोस् र आफ्‍नो पवित्र र महिमित वासस्थानबाट दृष्‍टि लगाउनुहोस् । तपाईंको जोश र तपाईंको शक्तिशाली कामहरू कहाँ छन्? तपाईंको दया र तपाईंको कृपापुर्ण कामहरू हामीबाट अलग राखिएका छन् । 16 किनकि तपाईं हाम्रा पिता हुनुहुन्छ । अब्राहामले हामीलाई नचिने र इस्राएलले हामीलाई नचिने तापनि, तपाईं परमप्रभु हाम्रो पिता हुनुहुन्छ । प्राचीन समयदेखि तपाईंको नाउँ 'हाम्रा उद्धारक' हो । 17 हे परमप्रभु, हामीलाई किन तपाईंको मार्गहरूबाट तर्कने र हाम्रा हृदयहरूलाई कठोर पार्ने बनाउनुहुन्छ, यसैले हामीले तपाईंका आज्ञा पालन गर्दैनौं? तपाईंको सेवक, तपाईंको उत्तराधिकारका कुलहरूका निम्‍ति फर्कनुहोस् । 18 तपाईंका मानिसहरूले तपाईंको पवित्र ठाउँलाई छोटो समय अधिकार गरे, तर हाम्रा शत्रुहरूले त्‍यसलाई कुल्चे । 19 हामी त तपाईंले हामीमाथि कहिल्यै शासन नगर्नुभएजस्तो र तपाईंको नाउँद्वारा कहिल्यै नबोलाइएजस्तै भएका छौं।” 1 ¶ ओहो, तपाईंले आकाशलाई चिरेर खोल्‍नुभएको र तल आउनुभएको भए त हुन्थ्यो! तपाईंको उपस्थितिमा पहाडहरू काम्‍ने थिए, 2 जसरी आगोले अम्रिसो जलाउँछ वा आगोले पानी उमाल्छ । ओहो, तपाईंका विरोधीहरूले तपाईंको नाउँ जानेको भए त, तपाईंको उपस्थितिमा जातिहरू काम्‍ने थिए । 3 पहिले हामीले आशा नै नगरेको अचम्मका कामहरू तपाईंले गर्नुहुँदा, तपाईं तल आउनुभयो र तपाईंको उपस्थितिमा पहडाहरू कामे । 4 प्रचीन समयदेखि नै कसैले पनि सुनेको वा देखेको छैनन्, न त आँखाले तपाईंबाहेक अरू कुनै परमेश्‍वरलाई देखेको छन्, जसले आफ्‍नो आशा गर्नेहरूका निम्ति कामहरू गर्नुहुन्‍छ । 5 जे ठिक छ त्यो गर्न खुसी हुने, तपाईंका मार्गहरू मनमा याद गर्ने र तिनीहरूलाई पालन गर्नेहरूलाई सहायता गर्न तपाईं आउनुहुन्छ । हामीले पाप गर्दा तपाईं रिसाउनुभयो । तपाईंका मर्गहरूमा हामी सधैं बचाइनेछौं। 6 किनकि हामी सबै अशुद्धझैं भएका छौं र हाम्रा सबै धार्मिक कामहरू महिनावारीको कपडाझैं भएका छन् । हामी सबै पातहरू झैं ओइलाएका छौं । हावाले झैं हाम्रा अपराधहरूले हामीलाई उडाएर दलान्छन् । 7 तपाईंको नाउँ पुकार्ने कोही छैन, तपाईंलाई समात्‍ने कोसिस गर्ने कोही छैन । किनकि तपाईंले हामीबाट आफ्‍नो अनुहार लुकाउनुभएको छ र हाम्रा अधर्महरूका हातमा हामीलाई बेकम्‍मा बनाउनुभएको छ । 8 तापनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ । हामी माटो हौं । तपाईं हाम्रो कुमाले हुनुहुन्छ । अनि हामी सबै तपाईंको हातका काम हौं । 9 हे परमप्रभु, हामीसँग नरिसाउनुहोस्, न त तपाईंको मनमा हाम्रो विरुद्धमा निनुहोस् । कृपया हामी तपाईंका मानिसहरूलाई हेर्नुहोस् । 10 तपाईंका पवित्र सहरहरू उजाड-स्थान भएका छन् । सियोन उजाड-स्थान, यरूशलेम निर्जन भएको छ । 11 हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेको हाम्रो पवित्र र सुन्दर मन्दिर आगोले नष्‍ट भएको छ र ज्‍यादै प्रिय कुराहरू सबै भग्‍नावशेष भएका छन् । 12 हे परमप्रभु, तपाईं कसरी अझै पछि हट्‍नुहुन्छ? तपाईं कसरी शान्‍त बस्‍न र हामीलाई निरन्तर अपमानित हुन हुन दिनुहुन्छ?”
  • दानी 9:3-9 : 3 उपवाससहित प्रार्थना र बिन्ती गर्न, भाङ्ग्रा लगाउँदै र खरानीमा बस्‍दै परमप्रभु परमेश्‍वरको खोजी गर्न मैले आफ्‍नो अनुहार उहाँतर्फ फर्काएँ । 4 परमप्रभु आफ्‍नो परमेश्‍वरसँग मैले प्रार्थना गरें, अनि मैले हाम्रा पापहरू स्वीकारें । मैले भनें, “कृपया, हे परमप्रभु, तपाईं महान् र भययोग्य परमेश्‍वर हुनुहुन्छ, तपाईंले आफ्नो करारको पालन गर्नुहुन्छ र तपाईंलाई प्रेम गर्ने र तपाईंका आज्ञाहरू मान्‍नेलाई प्रेम गर्न तपाईं विश्‍वासयोग्य हुनुहुन्छ । 5 हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्‍टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं। 6 तपाईंका नाउँमा हाम्रा राजाहरू, अगुवाहरू, पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका तपाईंका सेवक अगमवक्ताहरूका वचन हामीले सुनेका छैनौं । 7 हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्‍न ठाउँहरूमा छरपष्‍ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्‍छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्‍वासघातको कारणले नै यस्‍तो भएको हो । 8 हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् । 9 दया र क्षमा परमप्रभु हाम्रा परमेश्‍वरका हुन्, किनकि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौं । 10 आफ्‍ना सेवक अगमवक्ताहरूद्वारा परमप्रभुले हामीलाई दिनुभएका उहाँका व्यवस्थामा हिंड्नलाई हामीले उहाँको वचन मानेका छैनौं । 11 तपाईंको वचन पालन गर्नलाई इन्‍कार गरेर सबै इस्राएलले तपाईंको व्यवस्थाको विरुद्धमा अपराध गरेका छन्। परमेश्‍वरका सेवक मोशाका व्यवस्थामा लेखिएका सराप र प्रतिज्ञा हामीमाथि खनिएका छन्, किनकि हामीले उहाँको विरुद्ध पाप गरेका छौं। 12 परमप्रभुले हामीमाथि ठुलो विपत्ति ल्याउनुभएर उहाँले हामी र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू पुरा गर्नुभएको छ । किनभने यरूशलेमलाई जे गरिएको छ सारा स्वर्गमुनि त्यस्तो कहिल्यै गरिएको छैन । 13 मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्‍वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्‍म बिन्ती गरेका छैनौं । 14 यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं । 15 अब हे परमप्रभु हाम्रा परमेश्‍वर, शक्तिशाली हातले तपाईंले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र आजको दिनसम्म तपाईंले आफ्नो नामको ख्याति कायम राख्‍नुभएको छ । तापनि हामीले अझै पाप गर्‍यौं, र हामीले दुष्‍ट काम गरेका छौं । 16 हे परमप्रभु, तपाईंका सबै धार्मिक कामहरूका कारणले, तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट तपाईंको रिस र क्रोध हटोस् । हाम्रा पापहरू र हाम्रा पुर्खाहरूका अपराधहरूका कारणले, यरूशलेम र हाम्रा वरिपरि भएका तपाईंका मानिस सबै घृणाका पात्र भएका छन् । 17 अब हे हाम्रा परमेश्‍वर, तपाईंको दासको प्रार्थना र कृपाको निम्ति गरिएको उसको निवेदन सुन्‍नुहोस् । हे परमप्रभु, तपाईंको खातिर, उजाड भएको तपाईंको पवित्र स्थानमा आफ्नो अनुहार चम्काउनुहोस् । 18 मेरा परमेश्‍वर, आफ्ना कान खोल्‍नुहोस् र सुन्‍नुहोस् । आफ्ना आँखा खोल्‍नुहोस् र हेर्नुहोस् । हामी तहस-नहस पारिएका छौं। तपाईंको नामद्वारा पुकारिने त्‍यो सहरलाई हेर्नुहोस् । हाम्रो धार्मिकताको कारणले होइन, तर तपाईंको महान् कृपाको कारणले तपाईंबाट सहायता पाउनलाई हामी बिन्ती गर्छौं । 19 हे परमप्रभु सुन्‍नुहोस्! हे परमप्रभु क्षमा गर्नुहोस्! हे परमप्रभु ध्यान दिनुहोस् र काम गर्नुहोस् । हे मेरा परमेश्‍वर, तपाईंको आफ्नै निम्‍ति ढिला नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिस तपाईंकै नाउँले बोलाइन्‍छन् ।”
  • योना 3:10 : 10 तिनीहरूले जे गरे त्‍यो परमेश्‍वरले देख्‍नुभयो । यसरी तिनीहरू आफ्ना दुष्‍ट मार्गहरूबाट फर्के । यसैले परमेश्‍वरले तिनीहरूलाई दिन्‍छु भन्‍नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 6:24-27
    4 पदहरू
    93%

    24जब तपाईंका मानिस इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारणले तिनीहरू आफ्‍ना शत्रुहरूद्वारा पराजित हुन्‍छन्, अनि तिनीहरूले तपाईंको नाउँ लिंदै यस मन्‍दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्‍छन् भने—

    25तब तपाईंले स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् । तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्‍याउनुहोस्‌ ।

    26जब तपाईंका मानिसले तपाईंको विरुद्धमा पाप गरेको कारणले आकाश बन्‍द भएर पानी परेको छैन— अनि तिनीहरूले यस ठाउँतर्फ फर्केर तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारणले तपाईंको नाउँ स्‍वीकार गर्छन् र आफ्‍ना पाप त्‍यागेर यस मन्दिरमा तपाईंको अगाडि प्रार्थना गर्छन् भने—

    27तब तपाईंले तिनीहरू हिंड्‍नुपर्ने असल मार्गमा तिनीहरूलाई डोर्‍याउनुहुँदा, स्‍वर्गमा सुन्‍नुहोस्, र आफ्‍ना सेवकहरू र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस्‌ । तपाईंका मानिसहरूलाई तपईंले उत्तराधिकारको रूपमा दिनुभएको देशमा झरी पठाउनुहोस् ।

  • १ राजा 8:34-36
    3 पदहरू
    88%

    34तब स्वर्गमा सुन्नुहोस् र तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् । तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस् ।

    35मानिसहरूले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्द भई वृष्टि रोकिँदा तिनीहरूले यस ठाउँतर्फ फर्केर प्रार्थना गरी तपाईंको नाउँ पुकारे र तिनीहरूलाई कष्ट आउँदा तिनीहरूका पापबाट फर्के भने

    36स्वर्गमा सुन्नुहोस् र तपाईंका दासहरूसाथै तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् अनि तिनीहरू कसरी चल्नुपर्ने हो भनी तिनीहरूलाई असल तरिका सिकाउनुहोस् । सम्पत्तिको रूपमा तपाईंले आफ्नो जातिलाई दिनुभएको तपाईंको देशमा वृष्टि ल्याइदिनुहोस् ।

  • १ राजा 8:28-32
    5 पदहरू
    84%

    28तरै पनि हे परमप्रभु मेरा परमेश्वर, तपाईंका दासको यस प्रार्थना र बिन्तीलाई आदर गरिदिनुहोस् । आज तपाईंका दासले तपाईंको सामु टक्र्याउने प्रार्थना र पुकारालाई सुनिदिनुहोस् ।

    29रातदिन यस मन्दिरतर्फ तपाईंका आँखा खुला रहोस् जुन ठाउँको बारेमा तपाईंले भन्नुभएको छ, 'त्यहाँ मेरो नाउँ र उपस्थिति रहने छ' ताकि तपाईंका दासले यस ठाउँतर्फ चढाएका प्रार्थनाहरू तपाईंले सुन्नुभएको होस् ।

    30त्यसैले हामीले यस ठाउँतर्फ फर्केर प्रार्थना गर्दा तपाईंका दास र तपाईंको जाति इस्राएलको बिन्तीलाई सुनिदिनुहोस् । हो, तपाईं बसोबास गर्नुहुने ठाउँ अर्थात् स्वर्गबाट सुन्नुहोस् । तपाईंले सुन्नुभएपछि क्षमा दिनुहोस् ।

    31कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गरी त्यसलाई शपथ खान लगाइयो र त्यसले यस मन्दिरभित्रको वेदीको सामु आई शपथ खायो भने

    32स्वर्गबाट सुनेर जवाफ दिनुहोस् । दोषीहरूलाई दण्डाज्ञा दिँदै तिनीहरूले गरेको खराबी तिनीहरूकै शिरमाथि खन्याउँदै आफ्ना दासहरूको न्याय गर्नुहोस् । निर्दोषहरूलाई दोषी नठहराउनुहोस् र तिनीहरूको धार्मिकताअनुसार तिनीहरूको प्रतिफल दिनुहोस् ।

  • १ राजा 8:42-50
    9 पदहरू
    82%

    42किनकि त्यसले तपाईंको महान् नाउँ, तपाईंको शक्तिशाली हात र तपाईंको फैलाइएको पाखुराको बारेमा सुनेको छ– र यस मन्दिरतर्फ हेरेर प्रार्थना चढाएको छ भने

    43तब स्वर्गबाट सुन्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ अनि त्यस परदेशीले मागेको कुरा दिनुहोस् । तपाईंले आफ्नो जाति इस्राएललाई गरेजस्तै पृथ्वीका सबै जातिले तपाईंको नाउँलाई जानी तपाईंदेखि डराऊन् भन्ने हेतुले यसो गर्नुहोस् । मैले बनाएको यो घरमा तपाईंको नाउँ राखिएको छ भनी तिनीहरूले जान्न सकून् भनेर यसो गर्नुहोस् ।

    44तपाईंले जुनसुकै बाटो भएर पठाउनुभए तापनि तपाईंको जाति शत्रुको विरुद्धमा लड्न बाहिर गएको छ, र हे परमप्रभु, तिनीहरूले तपाईंले चुन्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको मन्दिरतर्फ हेरेर तपाईंमा प्रार्थना चढाएका छन् भने

    45स्वर्गमा तिनीहरूका प्रार्थना र बिन्ती सुनेर तिनीहरूलाई मदत गर्नुहोस् ।

    46पाप नगर्ने कोही नभएकोले तिनीहरूले तपाईंको विरुद्धमा पाप गरेका छन्, र तपाईं तिनीहरूसित रिसाउनुभई तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभएको छ र शत्रुहरूले तिनीहरूलाई तिनीहरूको देशबाट धेरै टाढाको देशमा निर्वासनमा लगेका छन्,

    47र तिनीहरू निर्वासित भएर अर्कै देशमा लगिएका रहेछन् भनी तिनीहरूले थाहा पाएपछि तिनीहरूले पश्चात्ताप गरेर तिनीहरूलाई निर्वासित गर्नेहरूको देशबाट तिनीहरूले तपाईंको निगाह खोजेका छन् र तिनीहरूले 'हामीले बाटो बिराई पाप गरेका छौँ, हामीले दुष्टतापूर्वक व्यवहार गरेका छौँ'

    48भनेर भनेमा र तिनीहरूलाई निर्वासित बनाएर लैजानेहरू अर्थात् तिनीहरूका शत्रुहरूको देशमा तिनीहरूका सारा ह्रदय र सारा प्राणले तिनीहरू तपाईंकहाँ फर्के भने र तिनीहरूले तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको तपाईंको देश र तपाईंले छान्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको यस मन्दिरतर्फ हेरी तपाईंलाई प्रार्थना चढाए भने,

    49तब तपाईंको वासस्थान स्वर्गबाट मदतको लागि तिनीहरूले चढाएको प्रार्थना र अनुरोध सुन्नुहोस् । यसरी तिनीहरूसितको सम्बन्ध पुनर्स्थापित हुने छ ।

    50तपाईंको विरुद्धमा पाप गरेका तपाईंको जातिलाई क्षमा दिनुहोस्, र तिनीहरूले तपाईंको विरुद्धमा गरेका सबै अधर्म क्षमा गरिदिनुहोस् अनि तिनीहरूका विजेताहरूका सामु तिनीहरूलाई दया देखाउनुहोस् र तिनीहरूका विजेताहरूलाई पनि तिनीहरूमाथि दया देखाउन लगाइदिनुहोस् ।

  • २ इति 6:29-40
    12 पदहरू
    82%

    29अनि कुनै एक जना व्यक्ति वा सारा इस्राएलका मानिसहरूले विपत्ति वा दुःखलाई आफ्‍नो हृदयमा जानेर यस मन्‍दिरतिर आफ्‍ना हात फैलाउँछन् ।

    30तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस्‌ । क्षमा गर्नुहोस्‌ र हरेक व्यक्तिलाई उसका सबै चाल अनुसार प्रतिफल दिनुहोस् । तपाईंलाई त्यसको हृदय थाहा हुन्‍छ, किनभने तपाईंले मात्र मानिसजातिका हृदयहरू जान्‍नुहुन्छ ।

    31यसो गर्नुहोस् ताकि तिनीहरूले तपाईंको डर मानून्‌ जसले गर्दा तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरू सारा समयभरि तपाईंका मार्गमा हिंड्‍न सकून् ।

    32विदेशीहरू जो तपाईंका मानिस इस्राएलका तर तपाईंको महान्‌ नाउँ, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलेको हातका कारणले—आउँछ र यस मन्‍दिरतिर फर्केर त्‍यसले प्रार्थना गर्छ भने,

    33तब कृपया तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् र त्‍यो विदेशीले मागेका सबै कुरा गरिदिनुहोस्, ताकि तपाईंको मानिस इस्राएलले गरेझैं पृथ्‍वीका सबै मानिसले तपाईंको नाउँलाई जानून् र तपाईंको भय मानून्, र मैले बनाएको यस मन्‍दिर तपाईंकै नाउँले बोलाइन्छ भनी तिनीहरूले जानून्‌ ।

    34जब तपाईंले पठाउनुभएको ठाउँमा तपाईंका मानिसहरू आफ्‍ना कुनै शत्रुहरूसँग लडाइँ गर्न जान्‍छन् र तपाईंले चुन्‍नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्‍ति बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले प्रार्थना गर्छन् ।

    35तब तपाईंले तिनीहरूको प्रार्थना र बिन्‍ती स्‍वर्गबाट सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ ।

    36जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्‌— किनकि पाप नगर्ने एक जना पनि छैन— र तिनीहरूसँग तपाईं रिसाउनुहुन्‍छ र तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्‍पिनुहुन्‍छ, ताकि शत्रुहरूले तिनीहरूलाई लान्‍छन् र तिनीहरूलाई आफ्‍नो देशमा, टाढा वा नजिक कैद गरेर लान्‍छन् ।

    37तब तिनीहरू कैदमा परेको देशमा तिनीहरूले त्‍यो कुरा महसुस गर्छन् र तिनीहरूले पश्‍चात्ताप गर्छन् र आफ्‍नो कैदको देशमा तपाईंको कृपाको खोजी गर्छन् । तिनीहरूले यसो भन्‍छन्, ‘हामीले भ्रष्‍ट किसिमले काम गर्‍यौं र पाप गर्‍यौं । हामीले दुष्‍ट किसिमले व्‍यवहार गर्‍यौं ।’

    38जब तिनीहरूलाई उनीहरूले कैद गरेर लगेको देशमा तिनीहरूले आफ्‍ना सारा हृदय र आफ्‍ना सारा प्राणले तपाईंतिर फर्किन्‍छन् र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशतिर र तपाईंले चुन्‍नुभएको यो सहरतिर र तपाईंका नाउँको निम्‍ति मैले बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गर्छन् ।

    39तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट तिनीहरूको प्रार्थना र तिनीहरूका बिन्‍ती सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ । तपाईंको विरुद्धमा पाप गरेका तपाईंका मानिसलाई क्षमा गरिदिनुहोस्‌ ।

    40अब हे मेरा परमेश्‍वर, यस ठाउँमा चढाइएका प्रार्थनाहरूमा आफ्‍ना आँखा खोल्‍नुहोस्, र आफ्‍ना कान थाप्‍नुहोस् ।

  • १ राजा 8:38-39
    2 पदहरू
    81%

    38कुनै एक व्यक्ति वा तपाईंको सारा जाति इस्राएलले हरेकले आफ्नो ह्रदयको दुःख सम्झेर आफ्नो हात यस मन्दिरतिर उचाली प्रार्थना र बिन्ती चढायो भने

    39स्वर्गबाट सुन्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ, तिनीहरूलाई क्षमा दिनुहोस् र हरेकले गरेअनुसार त्यसको प्रतिफल दिनुहोस् । किनकि तपाईंले मात्र सारा मानव-जातिका ह्रदय जान्नुहुन्छ ।

  • २ इति 6:19-22
    4 पदहरू
    80%

    19तापनि हे परमप्रभु मेरा परमेश्‍वर, आफ्‍नो सेवकको यो प्रार्थना र पुकारालाई कदर गर्नुहोस् । तपाईंका सेवकले तपाईंको सामु गर्ने रोदन र प्रार्थना सुन्‍नुहोस् ।

    20यस मन्‍दिर, अर्थात्, तपाईंले आफ्नो नाम राख्‍ने प्रतिज्ञा गर्नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुला रहोस् । तपाईंको सेवकले यस ठाउँतिर फर्केर गरेको प्रार्थना तपाईंले सुन्‍नुहोस्‌ ।

    21यसैले आफ्ना सेवक र तपाईंका मानिस इस्राएलले यो ठाउँतिर फर्केर प्रार्थना गर्दा ती बिन्‍तीहरू सुन्‍नुहोस्‌ । हो, त्‍यो ठाउँबाट, तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् । अनि तपाईंले सुन्‍नुहुँदा क्षमा गर्नुहोस्‌ ।

    22कुनै मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा पाप गर्छ र शपथ खान पर्‍यो भने, र त्‍यो शपथ यस मन्‍दिरभित्र तपाईंका वेदीको सामुन्‍ने खान्‍छ भने,

  • २ इति 20:8-9
    2 पदहरू
    77%

    8तिनीहरू यसमा बसे र यसमा यसो भनेर एउटा पवित्र स्थान बनाए,

    9‘हामीमाथि विपत्ति—तरवार, न्याय, वा रोग,वा अनिकाल आउँछ भने— हामी यस मन्‍दिरको अगि र तपाईंको अगि खडा हुने छौं (किनकी तपाईंको नाउँ यस मन्दिरमा छ), र हाम्रो कष्‍टमा हामी तपाईंसित पुकारा गर्ने छौं, र तपाईंले हाम्रा बिन्‍ती सुन्‍नुहुने छ र हामीलाई बचाउनुहुने छ ।'

  • 6अब तपाईंका दासहरू अर्थात् इस्राएलका मानिसहरूका निम्ति तपाईंका दास मैले दिनप्रतिदिन गर्ने मेरो प्रार्थना सुन्‍नुहोस्, र तपाईंका आँखा खोल्नुहोस् । तपाईंको विरुद्धमा हामी सबै इस्राएलीले गरेका पाप म स्वीकार गर्दै छु । म र मेरा पिताको घराना दुवैले पाप गरेका छन् ।

  • 52तपाईंका दास र तपाईंको जाति इस्राएलले जुनसुकै बेला तपाईंलाई पुकारा गर्दा तिनीहरूको कुरा सुन्न तपाईंका आँखा खुला रहून् ।

  • २ इति 7:14-15
    2 पदहरू
    76%

    14तब मेरो आफ्‍नै नाउँ दिइएको मेरा मानिसहरूले आफैलाई नम्र पार्छन्, प्रार्थना गर्छन्, मेरो मुहारको खोजी गर्छन् र आफ्‍ना दुष्‍ट चालहरूबाट फर्किन्‍छ्न् भने, म स्‍वर्गबाट सुन्‍नेछु, तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूका देशलाई निको पार्नेछु ।

    15यस ठाउँमा गरिएका प्रार्थनातिर अब मेरा आँखा खुला हुनेछन् र मेरा कानले सुन्‍नेछन्‌ ।

  • 20जब म बोलिरहेको, प्रार्थना गरिरहेको र आफू अनि आफ्‍ना मानिस इस्राएलका पाप स्‍विकार गरिरहेको थिएँ, र परमेश्‍वरको पवित्र पर्वत निम्‍ति परमप्रभु मेरा परमेश्‍वरको सामु मेरा बिन्‍तीहरू राख्दै थिएँ—

  • 8हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् ।

  • 20हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।

  • 15अब हे परमप्रभु हाम्रा परमेश्‍वर, शक्तिशाली हातले तपाईंले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र आजको दिनसम्म तपाईंले आफ्नो नामको ख्याति कायम राख्‍नुभएको छ । तापनि हामीले अझै पाप गर्‍यौं, र हामीले दुष्‍ट काम गरेका छौं ।

  • 40तर यदि तिनीहरूले आफ्ना र आफ्ना पुर्खाहरूका पाप, मप्रति विश्‍वासहीन भएर गरेका विद्रोह, र मेरो विरुद्धको हिँडाइलाई स्वीकारे भने-