व्यवस्थाविवरण 29:12

अनलक शाब्दिक बाइबल

आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको करारभित्र प्रवेश गर्न र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित खान लाग्‍नुभएको शपथभित्र प्रवेश गर्दै छौ

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 15:12-15 : 12 तिनीहरू आफ्‍ना सारा हृदय र आफ्‍ना सारा प्राणले परमप्रभु आफ्‍ना पुर्खाका परमेश्‍वरको खोजी गर्नलाई करार बाँधे । 13 अनि परमप्रभु इस्राएलका परमेश्‍वरलाई नखोज्‍ने जोसुकैलाई मारिनुपर्छ भन्‍ने कुरामा तिनीहरूले सहमती गरेः चाहे त्यो व्यक्ति सानो होस् वा ठूलो होस्, चाहे पुरुष होस् वा स्‍त्री होस् । 14 तिनीहरूले ठूलो सोर, चिच्‍च्‍याएर, र तुरहीहरू र नरसिङ्गा बजाउँदै परमप्रभुसँग शपथ खाए । 15 सारा यहूदा शपथमा आनन्‍दित भयो, किनकि तिनीहरूले आफ्‍ना पूरा हृदयले शपथ खाएका थिए, र तिनीहरूले आफ्‍ना सारा इच्‍छाले परमेश्‍वरलाई खोजे, र तिनीहरूले उहाँलाई पाउन सके । तिनीहरूका वरिपरि सबैतिरबाट परमप्रभुले तिनीहरूलाई शान्ति दिनुभयो ।
  • नहे 10:28-29 : 28 बाँकी मानिसहरू अर्थात् पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायकहरू, मन्दिरका सेवकहरू र छिमेकी देशका मानिसहरूबाट आ-आफूलाई अलग गरी परमेश्‍वरको व्यवस्था पालन गर्ने प्रतिज्ञा गरेका सबै पुरुष, तिनीहरूका पत्‍नीहरू, तिनीहरूका छोराछोरीहरू जससित ज्ञान र समझशक्ति थियो, 29 तिनीहरू आफ्ना दाजुभाइहरू, तिनीहरूका कुलीनहरूसित मिलेर परमेश्‍वरका दास मोशाद्वारा दिइएको परमेश्‍वरको व्यवस्थामा हिँड्न र परमप्रभु हाम्रा परमेश्‍वरका सबै आज्ञा, उहाँका आदेशसाथै विधिविधानहरू मान्‍न र पालन गर्न सरापको शपथद्वारा बाँधिए ।
  • निर्ग 19:5-6 : 5 अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ र मेरो करार पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन् । 6 तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।”
  • व्यव 5:2-3 : 2 परमप्रभु हाम्रा परमेश्‍वरले होरेबमा हामीसित करार बाँध्‍नुभयो । 3 परमप्रभुले यो करार हाम्रा पिता-पुर्खाहरूसित बाँध्‍नुभएन, आज हामी बाँचेकाहरू सबैसित बाँध्‍नुभयो ।
  • व्यव 29:14 : 14 किनकि मैले यो करार र यो शपथ आज परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु
  • यहो 24:25 : 25 यहोशूले त्यस दिन मानिसहरूसँग करार बाँधे । तिनले त्यस दिन आदेशहरू र व्यवस्थाहरू दिए ।
  • २ राजा 11:17 : 17 तब यहोयादाले तिनीहरू परमप्रभुका जाति हुनुपर्छ भनेर परमप्रभु र राजा अनि जनताको बिचमा, अनि राजा र जनताको बिचमा एउटा करार बाँधे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 29:13-15
    3 पदहरू
    86%

    13ताकि आज उहाँले तिमीहरूलाई आफ्नै जाति बनाउनुभएको होस् र उहाँले भन्‍नुभएझैँ उहाँले तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँ तिमीहरूका परमेश्‍वर होऊन् ।

    14किनकि मैले यो करार र यो शपथ आज परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु

    15यहाँ उभिनेहरूसित मात्र नभएर आज हामीसित यहाँ नहुनेहरूसित पनि बाँध्दै छु ।

  • व्यव 26:16-19
    4 पदहरू
    81%

    16आज परमप्रभु तिमीहरूका परमेश्‍वरले यी विधिविधानहरू पालन गर्न तिमीहरूलाई आज्ञा गर्दै हुनुहुन्छ । त्यसकारण, तिमीहरूका सारा ह्रदय र सारा प्राणले तिनको पालन गर र तिनलाई मान ।

    17आज तिमीहरूले घोषणा गरेका छौ, कि परमप्रभु नै तिमीहरूका परमेश्‍वर हुनुहुन्छ, र तिमीहरू उहाँका मार्गहरूमा हिँडी उहाँका विधिविधानहरू, आज्ञाहरू मान्‍ने छौ र उहाँको कुरा सुन्‍ने छौ ।

    18आज परमप्रभुले घोषणा गर्नुभएको छ, कि तिमीहरू एउटा जाति हौ जो उहाँको प्रतिज्ञामुताबिक उहाँको आफ्नै निज सम्पत्ति हो, र तिमीहरूले उहाँका सबै आज्ञा मान्‍ने छौ ।

    19अनि उहाँले सृजना गर्नुभएका सबै जातिभन्दा तिमीहरूलाई उच्‍चमा राख्‍नु हुनेछ, र तिमीहरूले प्रशंसा, ख्याति र आदर पाउने छौ । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ उहाँको निम्ति अलग गरिएका जाति हुने छौ ।”

  • व्यव 29:9-11
    3 पदहरू
    79%

    9त्यसकारण, तिमीहरूले गर्ने हरेक कुरामा तिमीहरूको उन्‍नति होस् भनेर यस करारका वचनहरू पालग गर र मान ।

    10आज तिमीहरूका नायक, कुल, धर्म-गुरु, अधिकृत र इस्राएलका सबै मानिस परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खडा छौ ।

    11तिमीहरूका छोराछोरीहरू, पत्‍नीहरू, तिमीहरूको छाउनीमा भएका परदेशी, दाउरे र पनेरे सबै उहाँको सामु खडा छौ ।

  • 9परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गरी उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले प्रतिज्ञा गरेअनुसार परमप्रभुले तिमीहरूलाई आफ्नो लागि अलग गर्नुभएको जातिको रूपमा स्थापित गर्नुहुने छ ।

  • 20परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँको कुरा पालन गर्न र उहाँमा टाँसिनका लागि यसलाई मान्‍नू । किनकि उहाँ नै तिमीहरूको जीवन र तिमीहरूको दीर्घायु हुनुहुन्छ । परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक, याकूबसित प्रतिज्ञा गर्नुभएको यो देशमा तिमीहरू बाँच्न सक भन्‍नलाई यो आज्ञा मान्‍नू ।

  • 10त्यसकारण, आज मैले तिमीहरूलाई दिएका आज्ञा र विधिहरूसाथै परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा पालन गर ।”

  • 12तँ गइरहेको देशका बासिन्दाहरूसित कुनै किसिमको करार नबाँध्‍न सावधन बस् नत्रता तिनीहरू तिमीहरूका बिचमा पासो बन्‍नेछन् ।

  • 20परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान । उहाँको आराधना गर । उहाँमै टाँसिरहो, र उहाँको नाउँमा मात्र शपथ खाओ ।

  • 12तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार र विश्‍वसनियता उहाँले पुरा गर्नुहुने छ ।

  • 1¶ होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्‍नुभएको करारबाहेक मोआब देशमा परमप्रभुले मोशामार्फत इस्राएलीहरूलाई दिनुभएका वचनहरू यी नै हुन् ।

  • 8बरु, तिमीहरूले आजको दिनसम्म गरेझैँ तिमीहरूका परमप्रभु परमश्‍वरमा नै रहिरहो ।

  • 3ती दिनमा सेवा गर्ने पुजारीकहाँ गएर यसो भन्‍नू, 'परमप्रभु तपाईंका परमेश्‍वरले हामीलाई दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगेको छु भनी म उहाँको अगि स्वीकार गर्दछु ।'

  • व्यव 5:2-3
    2 पदहरू
    75%

    2परमप्रभु हाम्रा परमेश्‍वरले होरेबमा हामीसित करार बाँध्‍नुभयो ।

    3परमप्रभुले यो करार हाम्रा पिता-पुर्खाहरूसित बाँध्‍नुभएन, आज हामी बाँचेकाहरू सबैसित बाँध्‍नुभयो ।

  • 16तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गहरूमा हिँड्न र उहाँका आज्ञाहरूसाथै उहाँका निर्देशनहरू, विधिविधानहरू पालन गर्न आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आदेशहरू पालन गर्‍यौ भने तिमीहरू बाँच्ने छौ र तिमीहरूको वृद्धि हुने छ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू प्रवेश गर्न लागेका देशमा तिमीहरूलाई आशिष् दिनुहुने छ ।

  • 38र मैले तिमीहरूसित बाँधेको करार तिमीहरूले बिर्सनेछेनौ, न त तिमीहरूले अन्य देवताहरूको आदर गर्नेछौ ।

  • 18तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद गर्नू किनकि उहाँले नै तिमीहरूलाई सम्पत्ति थुपार्ने शक्ति दिनुहुन्छ । उहाँले नै तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार स्थापित गर्नुहुन्छ जुन आजको दिनसम्म छ ।

  • 27परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरूले आशिष् पाउने छौ,

  • 10अब इस्राएलका परमप्रभु परमेश्‍वरसँग एउटा करार गर्ने कुरा मेरो हृदयमा छ, ताकि उहाँको प्रचण्‍ड क्रोध हामीहरूबाट हटोस् ।

  • 28मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै वचनलाई ध्यान दिएर पालन गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूले जे ठिक र असल छ त्यही गर्दा तिमीहरू र तिमीहरूका छोराछोरीहरूको सदैव भलो होस् ।

  • 32तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्‍नू ।

  • 26तर तिमीहरूसित भएका थोकहरू र भाकलका भेटीहरू जुन परमप्रभुका हुन्, ती लिएर परमप्रभुले छान्‍नुहुने ठाउँमा जाओ ।

  • 12तिनीहरू आफ्‍ना सारा हृदय र आफ्‍ना सारा प्राणले परमप्रभु आफ्‍ना पुर्खाका परमेश्‍वरको खोजी गर्नलाई करार बाँधे ।

  • 13परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू; उहाँको मात्र आराधना गर्नू र उहाँको नाउँमा शपथ खानू ।

  • 9आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ ।

  • 28हुनुहुन्छ?” त्यसपछि तिनीहरूले भने, “हामीले प्रस्टै देख्‍यौँ कि परमप्रभु तपाईंसँग हुनुहुन्‍छ । यसैले हाम्रा बिचमा, अर्थात्‌ तपाईं र हाम्रा बिचमा एउटा सम्‍झौता होस्‌ भन्‍ने हामीले निर्णय गर्‍यौँ,

  • 8तिमीहरू फर्केर परमप्रभुको आवाज सुन्‍ने छौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्ने छौ ।

  • 13परमप्रभुका आज्ञा र विधिविधानहरू पालन गर जुन तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु ।

  • 10परमप्रभुले भन्‍नुभयो, “हेर्, मैले करार बाँध्‍न लागेको छु । तेरा सबै मानिसका सामु म यस्ता आश्‍चर्यका कामहरू गर्नेछु जुन सारा पृथ्वीमा कुनै पनि जातिमा गरिएको छैन । तिमीहरूका बिचमा भएका सबै मानिसले मेरा कार्यहरू देख्‍नेछन् किनकि तँसित मैले गर्न खोजिरहेको कुरो डरलाग्दो छ ।

  • 1¶ आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा पालन गर्न उहाँको कुरा होसियारीपूर्वक सुन्यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पृथ्वीका सबै जातिभन्दा उच्‍च बनाउनुहुने छ ।

  • 11परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूसित शपथ खानुभएझैँ उहाँले तिमीहरूलाई कनानीहरूको देशमा पुर्‍याई त्यो देश तिमीहरूलाई दिनुहुँदा

  • 2र तिमीहरूका सारा हृदय र प्राणले आज मैले तिमीहरू र तिमीहरूका सन्तानलाई आज्ञा गरेका यी सबै वचनलाई पालन गरेर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ फर्कंदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको निर्वासनलाई उल्ट्याइदिनुहुने छ र तिमीहरूलाई टिठ्याउनुहुने छ ।

  • 35अनि तिनीहरूसित परमप्रभुले करार बाँध्‍नुभयो र तिनीहरूलाई आज्ञा दिनुभयो, “तिमीहरूले अन्य देवताहरूको भय मान्‍ने छैनौ, न तिनीहरूको सामु निहुरिनेछौ, न तिनीहरूकको पुजा गर्नेछौ न त तिनीहरूलाई बलि चढाउनेछौ ।

  • 18आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्न र परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुनेकाले उहाँले यसो गर्नुहुने छ ।

  • 27तर हामीपछिका हाम्रा पुस्ताहरूका निम्ति हामीहरू र तिमीहरूबिच साक्षी हुनलाई, ताकि हामीले हाम्रा होमबलिहरू र हाम्रा मेलबलिसहित हामीले परमप्रभुको सेवा गर्न सकौँ, ताकि तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई, “परमप्रभुमा तिमीहरूको कुनै हिस्सा छैन” भनी आउँदो समयमा कहिल्यै नभनून् ।'

  • 18तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक र असल छ, त्यही गर्नू ताकि तिमीहरूको भलो होस् र परमप्रभुले तिमीहरूका पुर्खाहरूसित शपथ खानुभएको देशमा गएर यसको अधिकार गर्न सक,

  • 1¶ आज मैले तिमीहरूलाई दिने सबै आज्ञा मान्‍नू ताकि तिमीहरू बाँच्न सक र वृद्धि हुन सक अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा गएर त्यसलाई अधिकार गर्न सक ।

  • 32आज मैले तिमीहरूका सामु राखिदिएका सबै विधिविधान पालन गर्नू ।

  • 27परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी कुराहरू लेख् किनकि यी वचनअनुसार नै मैले तँ र इस्राएलसित करार बाँधेको छु ।”

  • 2परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा जान जब तिमीहरूले यर्दन नदी पार गर्ने छौ तब त्यस दिन तिमीहरूले ठुला-ठुला ढुङ्गाहरू खडा गरेर तिनलाई कमेरोले पोत्‍नू ।

  • 12तर यदि तिमीहरू तिमीहरूमाझ बाँकी रहेका यी जातिहरूसँग लाग्यौ र पछि हट्यौ भने वा यदि तिमीहरूले तिनीहरूसँग अन्तर-जातीय विवाह गर्‍यौ भने वा यदि तिमीहरू उनीहरूसँगै आयौ र उनीहरू तिमीहरूसँग सबै आए भने,

  • 25परमप्रभुले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले यो आराधनाको कामलाई मान्‍नू ।

  • 23सावधान बस ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित बाँध्‍नुभएको करार तिमीहरूले नभुल र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निषेध गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाओ ।