निर्गमन 34:10
परमप्रभुले भन्नुभयो, “हेर्, मैले करार बाँध्न लागेको छु । तेरा सबै मानिसका सामु म यस्ता आश्चर्यका कामहरू गर्नेछु जुन सारा पृथ्वीमा कुनै पनि जातिमा गरिएको छैन । तिमीहरूका बिचमा भएका सबै मानिसले मेरा कार्यहरू देख्नेछन् किनकि तँसित मैले गर्न खोजिरहेको कुरो डरलाग्दो छ ।