यहेज्केल 26:6

अनलक शाब्दिक बाइबल

मैदानहरूमा भएका त्यसका छोरीहरू तरवारले मारिनेछन्‌, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 16:46 : 46 तेरी दिदी सामरिया थिई र त्यसका छोरीहरू उत्तरमा बस्थे, तेरी बहिनीचाहिं तेरो दक्षिणपट्टि बस्थी, अर्थात् सदोम र त्यसका छोरीहरू थिए ।
  • यहे 26:8 : 8 त्‍यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्‍यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्‍ने किल्‍ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ ।
  • यिर्मि 49:2 : 2 त्यसैले, यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म अम्मोनीहरूका बिचमा रब्बाको विरुद्धमा युद्ध-ध्वनीको लागि सङ्केतको आवाज निकाल्नेछु, यसरी यो भग्‍नावशेषको थुप्रो हुनेछ, र यसका गाउँहरूमा आगो लगाइनेछ । किनकि इस्राएललाई अधिकार गर्नेहरूलाई त्यसले अधिकार गर्नेछ,” परमप्रभु भन्‍नुहुन्छ ।
  • यहे 16:48 : 48 जस्‍तो म जीवित छु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, तँ र तेरा छोरीहरूले जति धेरै दुष्‍टता गरेका छौ त्‍यति तेरी बहिनी सदोम र त्‍यसका छोरीहरूले गरेनन् ।
  • यहे 25:5 : 5 म रब्‍बालाई ऊँटहरू चर्ने खर्क र अम्‍मोनका मानिसहरूलाई भेडाको मैदान बनाउनेछु । तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ ।
  • यहे 25:7 : 7 यसकारण, हेर, म आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ' ।
  • यहे 25:11 : 11 यसैले मोआबको विरुद्धमा न्‍याय गर्नेछु,र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।
  • यहे 25:14 : 14 मेरो मानिस इस्राएलकै हातद्वारा म एदोममाथि बदला लिनेछु, र यिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोममाथि व्‍यवहार गर्नेछन्‌, र तिनीहरूले मेरो बदला कस्‍तो रहेछ भनी जान्‍नेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।
  • यहे 25:17 : 17 किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्‍ड दिंदै म ठुलो बदला लिनेछु । यसरी तिनीहरूमाथि मैले बदला लिंदा, तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 26:7-8
    2 पदहरू
    83%

    7किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिससहित म टुरोसको विरुद्धमा ल्‍याउनेछु ।

    8त्‍यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्‍यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्‍ने किल्‍ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ ।

  • यहे 6:7-8
    2 पदहरू
    80%

    7मृतहरू तिमीहरूकै माझमा ढल्‍नेछन्, र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

    8तर तिमीहरूका बिचमा बचेकालाई म जोगाएर राख्‍नेछु, र तिमीहरू देश-देशमा तितरबितर हुँदा, त्‍यहाँ जातिहरूका बिचमा तरवारबाट उम्‍केका कोही हुनेछन् ।

  • 23तँभित्र एउटा रूढी पठाउने, र त्‍यसका गल्‍लीहरूमा रगत म बगाउनेछु । मारिनेहरू तेरो बिचमा ढल्‍नेछन् । जब चारैतिरबाट तेरो विरुद्धमा तरवारले आउनेछन्‌, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।

  • 10तिमीहरू तरवारले ढल्‍नेछौ । इस्राएलको सिमाना भित्र म तिमीहरूको न्‍याय गर्नेछु । यसरी म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

  • यहे 6:12-14
    3 पदहरू
    76%

    12टाढा हुने रूढीले मर्नेछन्, र नजिकमा हुने तरवारले ढल्‍नेछन् । छोडिएर बाँचेकाहरू अनिकालले मर्नेछन्‌ । यसरी तिनीहरूका विरुद्धमा भएको मेरो क्रोधलाई म पुरा गर्नेछु!

    13जब तिनीहरूका मूर्तिहरूका बिचमा, तिनीहरूका वेदीहरूका चारैतिर, सबै अल्‍गा-अल्‍गा ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्‍याम्‍म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि— जहाँ-जहाँ तिनीहरूले आफ्‍ना मूर्तिहरूका निम्‍ति धूप बाल्‍थे, त्‍यहाँ-त्‍यहाँ जब तिनीहरूका मारिएकाहरू लडिरहनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।

    14अनि म आफ्‍नो हातले हिर्काउनेछु र उजाड-स्‍थानदेखि दिब्‍लासम्‍मै तिनीहरूका सबै बस्‍ने ठाउँहरू अर्थात्‌ तिनीहरूको देशलाई उजाड र सुनसान बनाइदिनेछु । तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।

  • 10यसरी तिनीहरूले जान्‍नेछन्, कि म नै परमप्रभु हुँ । यही कारणले म तिनीहरूमाथि हानि ल्‍याउँछु भनी मैले भनें ।

  • यहे 23:46-47
    2 पदहरू
    75%

    46यसैले परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म तिनीहरूका विरुद्धमा एउटा भीड खडा गर्नेछु र तिनीहरूलाई त्रास र लूटमा सुम्‍पिदिनेछु ।

    47तब त्यो भीडले तिनीहरूलाई ढुङ्गाले हान्‍नेछन्, र उनीहरूका तरवारले तिनीहरूलाई खत्तम पार्नेछन् । तिनीहरूका छोराछोरीलाई उनीहरूले मार्नेछन्‌ र तिनीहरूका घरहरू जलाउनेछन्‌ ।

  • 7यसकारण, हेर, म आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ' ।

  • 5त्‍यो समुद्रको बिचमा जालहरू सुकाउने ठाउँ हुनेछ, किनभने मैले नै यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— र त्‍यो जातिहरूका निम्‍ति लूटको माल हुनेछ ।

  • 20मानिसहरू बसेका सहरहरू उजाड हुनेछन्, र देश उजाड-स्‍थान हुनेछ । तब म नै परमप्रभु हुँ भी तिमीहरूले जान्‍नेछौ ।’”

  • 4तेरा सहरहरूलाई म भग्‍नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

  • 21‘इस्राएलको घरानालाई यसो भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, म आफ्‍नो पवित्रस्‍थान—तिमीहरूका शक्तिको गर्व, तिमीहरूका आँखाको खुसी, र तिमीहरूका प्राणको इच्छालाई अपवित्र तुल्‍याउनेछु, र तिमीहरूले छोडिराखेका तिमीहरूका छोराछोरी तरवारले मारिनेछन्‌ ।

  • 30त्यसैले त्यसका युवाहरू सहरका चोकहरूमा ढल्‍नेछन्, र त्यस दिन त्यसका योद्धाहरू नष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।”

  • 16त्यहाँ विलाप हुनेछ । जातिका छोरीहरूले त्यसमाथि विलाप गर्नेछन् । मिश्रदेश र त्यसका सारा भीडमाथि तिनीहरूले विलाप गर्नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”

  • 22त्यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूलाई दण्ड दिनै लागेको छु । तिनीहरूका हट्टाकट्टा युवाहरू तरवारले मारिनेछन् । तिनीहरूका छोराहरू र छोरीहरू अनिकालद्वारा मर्नेछन् ।

  • यहे 35:8-9
    2 पदहरू
    74%

    8मारिएकाहरूले म त्यसका पर्वतहरूलाई भरिदिनेछु । तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू र बेसीहरू र तेरा सबै खोलाहरूमा ढल्‍नेछन् ।

    9तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

  • 26त्यसकारण त्यस दिन त्‍यसका युवाहरू सार्वजनिक ठाउँहरूमा ढल्नेछन्, र सबै योद्धा नष्‍ट हुनेछन्, यो सर्वशक्तिमान् यो परमप्रभुको घोषणा हो ।”

  • 10तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे, त्यसलाई तरवारले मारे र अरू स्‍त्रीहरूका माझमा त्यो कुख्‍यात भई । यसरी तिनीहरूले त्यसलाई दण्ड दिए ।

  • 21उसका शरणार्थी फौज सबै तरवारले मारिनेछन्, र बाँचेकाहरू चारैतिर तितरबितर हुनेछन्‌ । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । यो हुनेछ भनी मैले घोषणा गरेको हुँ ।

  • 15परमप्रभु परमेश्‍वर टुरोस सहरलाई यसो भन्‍नुहुन्‍छ, 'जब तेरो बिचमा डरलाग्दो मारकाट हुन्‍छ, तब ढलेहरूका सोर र घाइतेहरूले सुस्‍केराले के टापुहरू काम्‍नेछैनन्‌ र?

  • 17किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्‍ड दिंदै म ठुलो बदला लिनेछु । यसरी तिनीहरूमाथि मैले बदला लिंदा, तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

  • 11किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ ।

  • 3किनकि यस ठाउँमा जन्मने छोराहरू र छोरीहरू, तिनीहरूलाई जन्माउने आमाहरू र तिनीहरूलाई यस देशमा जन्मने पार्ने बाबुलाई परमप्रभु यसो भन्‍नुहुन्छ,

  • 29यसैले तिनीहरूले गरेका सबै घृणित कामका कारणले मैले देशलाई उजाड र बेकामको तुल्याएपछि तिनीहरूले म परमप्रभु हुँ भन्‍ने जान्‍नेछन् ।

  • 7उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌ ।

  • 27राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्‍नेछन्‌ । तिनीहरूका आफ्‍नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्‍याय गर्नेछु ।

  • 9सात जना सन्तान जन्माउने आमा उजाड हुनेछे । त्‍यसले उफ् उफ् गर्नेछे । दिन छँदै त्यसको घाम अस्ताउनेछ । त्यो लज्‍जित र अपमानित हुनेछे, किनकि बाँकी रहेकाहरूलाई म तिनीहरूका शत्रुहरूको उपस्थितिमा तरवारलाई दिनेछु, यो परमप्रभुको घोषणा हो ।”

  • 8तिमीहरू तरवारदेखि डराएका छौ । यसैले तिमीहरूका विरुद्धमा म तरवार ल्‍याउँदैछु । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 37तिनीहरूका घोडाहरू, तिनीहरूका रथहरू र बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार छ, यसैले तिनीहरू स्‍त्रीहरूझैं हुनेछन् । त्यसका भण्डारहरूमा तरवार आउँदैछ, र ती लुटिनेछन् ।

  • 17यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तेरी पत्‍नी सहरमा वेश्‍या हुनेछे, तेरा छोराहरू र तेरा छोरीहरू तरवारद्वारा मारिनेछन्, तेरो देश नापिनेछ र विभाजन गरिनेछ, तँ एउटा अशुद्ध देशमा मर्नेछस्, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट निर्वासनमा जानेछ ।’”

  • 72%

    26टाढाबाट त्यसलाई आक्रमण गर । त्यसका अन्‍नका ढुकुटीहरू खुला गर, र त्यसलाई अन्‍नको थुप्रोझैं थुपार । त्यसलाई विनाशको लागि अलग गर । त्यसको बाँकी रहेको एउटैलाई पनि नछोड ।

    27त्यसका सबै साँढेहरूलाई मार । तिनीहरूलाई काटिने ठाउँमा पठाओ । तिनीहरूलाई धिक्‍का छ! किनकि तिनीहरूका दिन— तिनीहरूका दण्डको समय आएको छ ।

  • 3यसो भन्, “ए इस्राएलका पर्वतहरू हो, परमप्रभु परमेश्‍वरको यो वचन सुन । पर्वतहरू र डाँडाहरू, खोल्‍साहरू र बेसीहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर, तिमीहरूका विरुद्धमा म तरवार ल्‍याउँदैछु, र तिमीहरूका अल्‍गा-अल्‍गा ठाउँहरूलाई म नाश गर्नेछु ।

  • 20त्यसैले हे स्‍त्रीहरू हो, परमप्रभुको वचन सुन । उहाँको मुखबाट निस्कने सन्देशमा ध्यान देओ । तब आ-आफ्ना छोरीहरूलाई शोकको गीत र हरेक छिमेकी स्‍त्रीलाई मृत्‍यु संस्‍कारको गीत सिकाओ ।

  • 17अथवा मैले त्‍यस देशको विरुद्धमा तरवार ल्‍याएँ र यसो भनें, 'ए तरवार, देशभरि जा र त्‍यहाँबाट मानिसहरू र जनावरहरू दुवैलाई काट् ।'

  • 12तिनीहरूका घरहरू, खेतहरू र पत्‍नीहरू एकसाथ अरूलाई दिइनेछ । किनकि म आफ्‍नै हातले यस देशका बासिन्दाहरूलाई आक्रमण गर्नेछु, यो परमप्रभुको घोषणा हो ।

  • 8यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, तेरो विरुद्धमा म तरवार ल्‍याउनेछु । तेरा मानिसहरू र पशुहरू दुवैलाई म खत्तम गर्नेछु ।

  • 19म मिश्रदेशलाई दण्‍डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

  • 20तरवारद्वारा मारिएकाहरूका बिचमा तिनीहरू मर्नेछन् । तरवार थुतिएको छ! त्यो तरवारलाई दिइएको छ । तिनीहरूले त्यसलाई र त्यसका भिडलाई कब्‍जा गर्नेछन् ।

  • 16तर म तिनीहरूमध्‍येका थोरैलाई तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्‍यहाँका जातिहरूका बिचमा आफ्‍ना घिनलाग्‍दा व्‍यवहारहरूका लेखा तिनीहरूले राख्‍नेछन्, यसरी म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।”

  • 11यसैले मोआबको विरुद्धमा न्‍याय गर्नेछु,र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।

  • यहे 39:5-6
    2 पदहरू
    72%

    5यो परमप्रभु परमेश्‍वरको घोषणा हो, तँ खुला मैदानमा मर्नेछस्, किनकि म आफैंले यो घोषणा गर्छु ।

    6तब म मगोग र किनारहरूमा सुरक्षित बसेकाहरूमाथि आगो पठाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।

  • 25तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन् ।