7अनि एफ्राइम योद्धाझैँ हुनेछ, र तिनीहरूका हृदय मद्यले झैँ आनन्दित हुनेछ । तिनीहरूका छोराछोरीहरूले यो देखेर आनन्द मनाउनेछन् । तिनीहरूका हृदय ममा आनन्दित हुनेछन्!
8म तिनीहरूलाई सुस्केराले बोलाउनेछु र तिनीहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई बचाउनेछु, र तिनीहरू पहिलेको झैँ महान् हुनेछन्!
9मैले तिनीहरूलाई मानिसहरूका बिचमा छरेँ, तर तिनीहरूले मलाई टाढा-टाढाका देशहरूमा सम्झनेछन्, यसैकारण तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्नेछन् र फर्कनेछन् ।
10किनकि म तिनीहरूलाई मिश्र देशबाट पुनर्स्थापित गर्नेछु र तिनीहरूलाई अश्शूर देशबाट भेला गराउनेछु । गिलाद र लेबनानमा तिनीहरूका निम्ति ठाउँ बाँकी नरहेसम्म म तिनीहरूलाई त्यहाँ लानेछु ।