अय्यूब 36:24

अनलक शाब्दिक बाइबल

उहाँका कामहरूको प्रशंसा गर्न नबिर्सिनुहोस् जसको बारेमा मानिसहरूले गाएका छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 72:18 : 18 परमप्रभु परमेश्‍वर, इस्राएलको परमेश्‍वर धन्यको होऊन्, जसले मात्र अचम्‍मका कामहरू गर्नुहुन्छ ।
  • भजन 34:3 : 3 मसँगै परमप्रभुको प्रशंसा गर, हामी एकसाथ मिलेर उहाँको नाउँलाई उच्‍च पारौं ।
  • लू 1:46 : 46 मरियमले भनिन्, “मेरो प्राण परमभुमा आनन्दित छ ।
  • प्रका 15:3 : 3 तिनीहरूले परमेश्‍वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका कामहरू महान् र आश्‍चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् ।
  • भजन 59:16 : 16 तर म तपाईंको सामर्थ्यको स्तुति गाउनेछु र बिहान म तपाईंको अटल प्रेमको स्तुति गाउनेछु । किनकि मेरो संकष्‍टको समय तपाईं मेरो उच्‍च धरहरा र शरणस्थान हुनुभएको छ ।
  • व्यव 4:19 : 19 पुरै आकाशमुनि सबै जातिलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुभएका सूर्य, चन्द्रमा वा ताराहरूसाथै सबै आकाशीय पिण्डहरू देखेर तिनको पुजा आराधना गर्न आफ्ना आँखा माथि नउठाओ ।
  • अय्यू 12:13-25 : 13 परमेश्‍वरसित बुद्धि र शक्ति छन् । उहाँसित सल्लाह र समझशक्ति छन् । 14 हेर्नुहोस्, उहाँले तोड्नुहुन्‍छ, त्‍यसलाई फेरि निर्माण गर्न सकिँदैन । उहाँले कसैलाई कैद गर्नुहुन्‍छ भने, त्यहाँ छुटकारा हुँदैन । 15 हेर्नुहोस्, उहाँले पानीलाई रोक्‍नुभयो भने, ती सुक्छन् । अनि उहाँले त्यसलाई पठाउनुहुन्‍छ भने, तिनले जमिनलाई डुबाउँछ । 16 उहाँसित ताकत र बुद्धि छन् । धोका दिने र धोका खानेहरू दुवै मानिसहरू उहाँको शक्तिमा हुन्‍छन् । 17 उहाँले सल्लाहकारहरूलाई शोकमा पारेर नाङ्गै खुट्टा हिंडाउनुहुन्छ । उहाँले न्यायाधीशहरूलाई मूर्ख बनाउनुहुन्छ । 18 उहाँले राजाहरूको उच्‍च अधिकार खोस्‍नुहुन्‍छ । उहाँले तिनीहरूको कम्मरमा पटुका बेर्नुहुन्छ । 19 उहाँले पुजारीहरूलाई शोकमा नाङ्गै खुट्टा हिंडाउनुहुन्छ, र शक्तिशाली मानिसहरूलाई फाल्‍नुहुन्छ । 20 उहाँले भरोसायोग्य बोलीलाई हटाउनुहुन्छ, र समझशक्तिलाई धर्म-गुरुहरूबाट टाढा पुर्‍याउनुहुन्छ । 21 उहाँले राजकुमारहरूमाथि निन्दा खन्याउनुहुन्छ, र बलिया मानिसहरूको पेटी फुकाल्‍नुहुन्छ । 22 उहाँले अन्धकारका गहिरा कुराहरू प्रकट गर्नुहुन्छ, र अँध्‍यारो छायामा ज्योति ल्याउनुहुन्छ । 23 उहाँले जातिहरूलाई बलियो पार्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई नष्‍ट गर्नुहुन्छ । उहाँले जातिहरूलाई बिस्तार गर्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई कैदी बनाएर लैजानुहुन्छ । 24 उहाँले पृथ्वीका मानिसहरूका अगुवाहरूबाट समझशक्ति हटाउनुहुन्छ । उहाँले तिनीहरूलाई उजाड-स्थानमा भौंतारिन लगाउनुहुन्छ जहाँ कुनै बाटो हुँदैन । 25 उज्यालोविना अन्धकारमा तिनीहरू छामेर हिंड्छन् । उहाँले तिनीहरूलाई मातेको मान्छैझै धर्मराउने बनाउनुहुन्छ ।
  • अय्यू 26:5-9 : 5 मरेकाहरू, पानीमुनि भएकाहरू र त्यहाँ बास गर्नेहरू, सबैलाई त्रसित पारिएको छ । 6 परमेश्‍वरको सामु चिहान उदाङ्गो छ । विनाश आफै पनि उहाँबाट लुक्‍न सक्‍दैन । 7 उत्तरी आकाशलाई उहाँले खुल्‍ला अन्तरिक्षमा तन्‍काउनुहुन्छ, अनि पृथ्वीलाई उहाँले शून्यतामा झुण्ड्याउनुहुन्छ । 8 उहाँले पानीलाई आफ्‍नो बाक्‍लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन् । 9 उहाँले चन्द्रमाको सतहलाई ढाक्‍नुहुन्छ, र आफ्ना बादलहरू त्‍यसमाथि फैलाउनुहुन्छ । 10 उज्यालो र अँध्यारोको बिचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सिमारेखा बनाउनुभएको छ । 11 उहाँको हप्कीमा स्वर्गका खम्बाहरू हल्लिन्छन् र छक्‍क पर्छन् । 12 आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो । आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो । 13 आफ्नो सासले उहाँले आकाशलाई सफा पार्नुभयो । वेगले भाग्‍दै गरेको सर्पलाई उहाँका हातले छेड्नुभयो । 14 हेर्नुहोस्, यी त उहाँको शक्तिको किनाराहरू मात्र हुन् । हामीले उहाँको बारेमा एउटा मधुर सोर मात्रै सुन्छौँ । उहाँको शक्तिको गर्जनलाई कसले बुझ्न सक्छ र?”
  • भजन 19:1-4 : 1 ¶ आकाशले परमेश्‍वरको महिमा घोषणा गर्छ र आकाशहरूले उहाँका हातका कामहरूको घोषणा गर्छन् । 2 दिनदिनै भाषण दिन्‍छ । त्‍यसले हरेक रात ज्ञान प्रकट गर्छ । 3 त्‍यहाँ कुनै बोली वा शब्दको आवाज सुनिंदैन। तिनीहरूका आवाज सुनिंएको हुँदैन । 4 तापनि तिनका शब्दहरू सारा पृथ्वीभरि जान्छन् र तिनीहरूका भाषण संसारको अन्तसम्म नै पुग्छ । तिनीहरूका माझमा सूर्यको निम्ति उहाँले पाल टाँग्‍नुभएको छ ।
  • भजन 28:5 : 5 किनभने तिनीहरूले परमप्रभुको कामहरू वा उहाँका हातका कामहरू बुझ्दैनन्, उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ र तिनीहरूलाई कहिल्यै पुनः निर्माण गर्नुहुनेछैनन् ।
  • भजन 86:8-9 : 8 हे परमप्रभु, देवतामध्ये कसैको पनि तपाईंसँग तुलना हुँदैन । तपाईंका कामहरूझैं कामहरू भएकै छैनन् । 9 हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जाति आउनेछन् र तपाईंको सामु घोप्टो पर्नेछन् । तिनीहरूले तपाईंको नाउँको आदर गर्नेछन् । 10 किनकि तपाईं महान् हुनुहुन्छ र अचम्‍मका कुराहरू गर्नुहुन्छ । तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ ।
  • भजन 92:4-5 : 4 किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ । तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु । 5 हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू धेरै गहन छन् ।
  • भजन 104:24 : 24 हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो । पृथ्वी तपाईंको कामहरूले भरिन्‍छ ।
  • भजन 107:8 : 8 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
  • भजन 107:15 : 15 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
  • भजन 111:2-4 : 2 परमप्रभुका कामहरू महान् छन् । तिनको इच्‍छा गर्ने सबैले उत्सुकतासाथ आसा गर्छन् । 3 उहाँको काम ऐश्‍वर्यशाली र महिमित छ । उहाँको धार्मिकता सदासर्वदा रहन्छ । 4 उहाँले अचम्मका कामहरू गर्नुहुन्छ, जसको सम्झना हुनेछ । परमप्रभु अनुग्रही र कृपालु हुनुहुन्छ ।
  • भजन 111:8 : 8 विश्‍वासयोग्‍य र उचित किसिमले पालन गर्न ती सदाको निम्ति स्थापित गरिएका छन् ।
  • भजन 138:5 : 5 वास्तवमा, तिनीहरूले परमप्रभुका कामहरूका बारेमा गीतहरू गाउनेछन्, किनकि परमप्रभुको महिमा महान् छ ।
  • भजन 145:10-12 : 10 हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै कुराले तपाईंलाई धन्यवाद दिनेछन् । तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंलाई धन्‍यको भन्‍नेछन् । 11 तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको राज्यको महिमाको बारेमा भन्‍नेछन् र तिनीहरूले तपाईंको शक्तिको बारेमा बोल्‍नेछन् । 12 तिनीहरूले मानवजातिलाई परमेश्‍वरको शक्तिशाली कामहरू र उहाँको राज्यको महिमित वैभव प्रकट गर्नेछन् ।
  • यिर्मि 10:12 : 12 तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो ।
  • दानी 4:3 : 3 उहाँका चिन्हहरू कति महान् छन्, र उहाँका आश्‍चर्य कामहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्‍तको राज्‍य हो, र उहाँको प्रभुत्व पुस्ता-पुस्तासम्म रहन्छ ।
  • दानी 4:37 : 37 अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्‍छन् । आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्‍नुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 25सबै मानिसले ती कामहरू हेरेका छन्, तर तिनीहरूले ती कामहरू टाढाबाट मात्र देख्छन् ।

  • अय्यू 36:22-23
    2 पदहरू
    75%

    22हेर्नुहोस्, परमेश्‍वर आफ्नो शक्तिमा उचालिनुभएको छ । उहाँजस्तै शिक्षक को छ र?

    23उहाँको चालको विषयमा कसले उहाँलाई कदापि निर्देशन दिएको छ र? कसले उहाँलाई कदापि यसो भन्‍न सक्छ र, 'तपाईंले अधर्मको काम गर्नुभएको छ?'

  • 12उहाँले गर्नुभएका अचम्‍मका कामहरू, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर,

  • 17मानिस के हो र तपाईंले उसको ख्याल राख्‍नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने,

  • 5उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्‍चर्य कामहरू र उहाँको मुखका आदेशहरूलाई याद गर,

  • 14हे अय्यूब, यो कुरा सुन्‍नुहोस् । रोक्‍नुहोस् र परमेश्‍वरका उदेकका कामहरूका बारेमा सोच्नुहोस् ।

  • 16तपाईंको सेवकले तपाईंको काम देखोस् र हाम्रा छोराछोरीले तपाईंको ऐश्‍वर्य देखून् ।

  • 9सबै मानिसहरूले भय मान्‍नेछन् र परमेश्‍वरका कामहरू घोषणा गर्नेछन् । उहाँले जे गर्नुभएको छ, त्‍यसको बारेमा तिनीहरूले बुद्धिमान् भएर विचार गर्छन् ।

  • भजन 111:3-4
    2 पदहरू
    73%

    3उहाँको काम ऐश्‍वर्यशाली र महिमित छ । उहाँको धार्मिकता सदासर्वदा रहन्छ ।

    4उहाँले अचम्मका कामहरू गर्नुहुन्छ, जसको सम्झना हुनेछ । परमप्रभु अनुग्रही र कृपालु हुनुहुन्छ ।

  • 6तिनीहरूले तपाईंका भयानक कामहरूका शक्तिको बारेमा भन्‍नेछन् र म तपाईंको महान‌्‌ताको घोषणा गर्नेछु ।

  • 19तपाईं बुद्धिमा महान् र काममा शक्तिशाली हुनुहुन्छ, किनकि हरेक मानिसलाई त्यसका चाल र कामहरूको आधारमा उसलाई इनाम दिन, मानिसहरूका सबै चाल हेर्न तपाईंको दृष्‍टि खुला हुन्‍छन् ।

  • 7उहाँले हरेक मानिसको हातलाई काम गर्नबाट रोक्‍नुहुन्छ, ताकि आफूले बनाउनुभएका सारा मानिसले उहाँका कामहरू देख्‍न सकून् ।

  • 8ए विद्रोहीहरू, यी कुराहरूका बारेमा विचार गर । तिनलाई कदापि बेवास्त नगर ।

  • 11किनकि उहाँले व्यक्तिको कामअनुसारको प्रतिफल दिनुहुन्छ । उहाँले हरेक मानिसलाई उसका आफ्नै चालअनुसारको इनाम दिनुहुन्छ ।

  • 21किनकि परमेश्‍वरको दृष्‍टि मानिसको चालमा हुन्‍छ । उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ ।

  • अय्यू 35:5-6
    2 पदहरू
    71%

    5माथि आकाशमा हेर्नुहोस् र विचार गर्नुहोस् । आकाशलाई हेर्नुहोस्, जुन तपाईंभन्दा माथि छ ।

    6तपाईंले पाप गर्नुभयो भने, परमेश्‍वरको के नोक्‍सान हुन्छ र? तपाईंका अपराधहरूको थुप्रो लाग्‍यो भने, तपाईंले उहाँलाई के गर्नुहुन्छ र?

  • 3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?

  • भजन 8:3-4
    2 पदहरू
    71%

    3जब म माथि तपाईंको आकाशलाई हेर्छु, जुन तपाईंका औंलाहरूले बनाए, चन्द्र र ताराहरू जसलाई तिनका ठाउँमा तपाईंले राख्‍नुभएको छ,

    4मानवजातिको के महत्त्व छ कि तपाईंले तिनीहरूलाई हेर्नुहुन्छ, वा मानिसजातिको कि तपाईंले तिनीहरूको वास्‍ता दिनुहुन्छ?

  • 9तब तिनीहरूले जे गरेका हुन्‍छन्, अनि तिनीहरूका अपराध र तिनीहरूका घमण्ड, उहाँले तिनीहरूलाई प्रकट गर्नुहुन्छ ।

  • 12हेर्नुहोस्, तपाईंहरू सबैले यो आफैले देख्‍नुभएको छ । तब तपाईंहरूले यी सबै निरर्थक कुरा किन बोल्नुभएको हो त?

  • 16के बादलहरू कसरी तैरन्छन् भनी तपाईं बुझ्नुहुन्छ, जुन ज्ञानमा सिद्ध परमेश्‍वरको उदेकको काम हो?

  • 19परमेश्‍वरले अगुवाहरूको पक्ष लिनुहुन्‍न, र गरिबहरूलाई भन्दा बढी मान धनीहरूलाई गर्नुहुन्‍न, किनकि तिनीहरू सबै उहाँका हातका काम हुन् ।

  • 12तपाईंका सबै कामहरूका बारेमा म विचार गर्नेछु र तिनमा विचार गर्नेछु ।

  • 13परमेश्‍वरका कामहरूलाई विचार गर्: उहाँले बाङ्गो बनाउनुभएकोलाई कसले सिधा पार्न सक्छ?

  • 9परमप्रभुको हातले नै यसो गरेको हो भनेर, यी सबैमध्ये कुनचाहिं प्राणीले जान्दैन र?

  • 24हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो । पृथ्वी तपाईंको कामहरूले भरिन्‍छ ।

  • 1¶ आकाशले परमेश्‍वरको महिमा घोषणा गर्छ र आकाशहरूले उहाँका हातका कामहरूको घोषणा गर्छन् ।

  • अय्यू 10:3-4
    2 पदहरू
    70%

    3आफ्ना हातको कामलाई तुच्छ ठान्‍नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्‍काउनुहुन्‍छ?

    4के तपाईंका मासुका आँखा छन्? के मानिसले झैं तपाईं देख्‍नुहुन्छ?

  • 6जसले तल आकाश र पृथ्वीमा हे्र्नुहुन्छ?

  • 5हेर्नुहोस्, तपाईंले मेरो समय मेरो हातको बित्ताभरिको मात्र बनाउनुभएको छ र मेरो जीवनकाल तपाईंको सामु केही पनि होइन । निश्‍चय नै, हरेक मानिस एक सास मात्र हो । सेला

  • 34हरेक अहङ्कारी कुरालाई त्यसले हेर्छ । घमण्‍डका सबै छोराहरूमध्‍ये त्यो त राजा नै हो ।”

  • 5आओ र परमेश्‍वरका कामहरू हेर । मानवजातिका सन्तानहरूका निम्ति उहाँले गर्नुभएका कामहरूमा उहाँ भयवह हुनुहुन्छ ।

  • 2उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ ।

  • 18आकाशलाई उहाँले झैं तपाईंले फैलाउन सक्‍नुहुन्छ— आकाश, जुन धातु पगालेर बनाइएको ऐनाजत्तिकै कडा हुन्छ?

  • 9उहाँको निम्‍ति गाओ, उहाँको स्‍तुति गाओ, उहाँका सबै अचम्मका कार्यहरूको बयान गर ।

  • 4यो सत्यता तपाईंलाई प्राचीन समयदेखि नै थाहा छैन र, जति बेला परमेश्‍वरले मानिसलाई पृथ्वीमा राख्‍नुभयोः

  • 29के आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यो राजाहरूका सामु खडा हुने छ । त्यो सर्वसाधारणको सामु खडा हुने छैन ।

  • 24जातिहरूका बिचमा उहाँका महिमाको घोषणा गर, सारा जातिहरूका बिचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर ।

  • 14तपाईं भन्‍नुहुन्‍छ, तपाईंले उहाँलाई देक्‍नुहुन्‍न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला!

  • 6आकाशले उहाँको न्यायको घोषणा गर्छ र सबै जातिले उहाँको महिमा देख्छन् ।

  • 31परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्‍नो सृष्‍टिमा आनन्दित हुनुभएको होस् ।

  • 22तापनि परमेश्‍वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ । उहाँ खडा हुनुहुन्छ, तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्‍न ।

  • 12तिनीहरूले मानवजातिलाई परमेश्‍वरको शक्तिशाली कामहरू र उहाँको राज्यको महिमित वैभव प्रकट गर्नेछन् ।

  • 24त्यसकारण मानिसहरू उहाँदेखि डराउँछन् । आफ्नै मनले बुद्धिमान् सम्‍झनेहरूलाई उहाँले ध्यान दिनुहुन्‍न ।”

  • 24किनकि उहाँले पृथ्वीको पल्‍लो कुनामा हेर्नुहुन्छ, सबै आकाशमण्‍डलको मुनि हेर्नुहुन्छ ।