भजनसंग्रह 19:1
¶ आकाशले परमेश्वरको महिमा घोषणा गर्छ र आकाशहरूले उहाँका हातका कामहरूको घोषणा गर्छन् ।
¶ आकाशले परमेश्वरको महिमा घोषणा गर्छ र आकाशहरूले उहाँका हातका कामहरूको घोषणा गर्छन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2दिनदिनै भाषण दिन्छ । त्यसले हरेक रात ज्ञान प्रकट गर्छ ।
3त्यहाँ कुनै बोली वा शब्दको आवाज सुनिंदैन। तिनीहरूका आवाज सुनिंएको हुँदैन ।
4तापनि तिनका शब्दहरू सारा पृथ्वीभरि जान्छन् र तिनीहरूका भाषण संसारको अन्तसम्म नै पुग्छ । तिनीहरूका माझमा सूर्यको निम्ति उहाँले पाल टाँग्नुभएको छ ।
6आकाशले उहाँको न्यायको घोषणा गर्छ र सबै जातिले उहाँको महिमा देख्छन् ।
14परमेश्वरले भन्नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन् ।
15पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन् ।” तब त्यस्तै भयो ।
16परमेश्वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न । उहाँले ताराहरू पनि बनाउनुभयो ।
17पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न
18परमेश्वरले ती आकाशमा राख्नुभयो । परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो ।
3जब म माथि तपाईंको आकाशलाई हेर्छु, जुन तपाईंका औंलाहरूले बनाए, चन्द्र र ताराहरू जसलाई तिनका ठाउँमा तपाईंले राख्नुभएको छ,
19यो परमेश्वरबारे अज्ञात भएको कुरा तिनीहरूलाई दृश्य भएको हुनाले हो । किनभने परमेश्वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ ।
20किनकि संसारको उत्पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्ट रूपमा दृश्य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन ।
12तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो ।
10“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् ।
24जातिहरूका बिचमा उहाँका महिमाको घोषणा गर, सारा जातिहरूका बिचमा उहाँका अचम्मका कामहरूको वर्णन गर ।
6परमप्रभुको वचनले आकाशको सृष्टि भयो र सबै ताराहरू उहाँको मुखको सासले बनिएका थिए ।
1¶ हे हाम्रा परमप्रभु परमेश्वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।
19बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो ।
6परमेश्वरले भन्नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा विभाजन गरोस् ।”
7परमेश्वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीलाई विभाजन गर्नुभयो । तब त्यस्तै भयो ।
8परमेश्वरले त्यस क्षेत्रलाई “आकाश” भन्नुभयो । साँझ पर्यो र बिहान भयो - दोस्रो दिन ।
3उहाँको महिमा जातिहरूका माझमा, उहाँका अचम्मका कामहरू सबै जातिहरूका माझमा घोषणा गर ।
25प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् ।
6आकाशले उहाँको धार्मिकताको घोषणा गर्नेछ, किनकि परमेश्वर स्वयम् न्यायकर्ता हुनुहुन्छ । सेला
31परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्नो सृष्टिमा आनन्दित हुनुभएको होस् ।
15उहाँले आफ्नै शक्तिले पृथ्वी बनाउनुभएको छ । उहाँले आफ्नै बुद्धिले संसारलाई त्यसको ठाउँमा राख्नुभयो । उहाँले आफ्नो समझशक्तिद्वारा उहाँले आकाशलाई तान्नुभयो ।
6एक छेउमा सूर्य उदाउँछ र आकाश पार गरेर अर्को छेउमा पुग्छ । त्यसको तातोबाट कुनै कुरा पनि उम्कँदैन ।
5उहाँलाई जसले बुद्धिद्वारा आकाश बनाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
2तपाईंले आफूलाई लुगाले झैं ज्योतिले ढाक्नुहुन्छ । तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ ।
1¶ परमप्रभुको प्रशंसा गर । परमेश्वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।
11स्वर्ग तपाईंको र पृथ्वी पनि तपाईंकै हो । संसार र त्यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो ।
8जो आफैले आकाशलाई तन्काउनुहुन्छ, र समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ,
1¶ आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो ।
12के परमेश्वर स्वर्गको उच्चमा हुनुहुन्न र? आकाशका ताराहरूको उच्चता हेर्नुहोस्, ती कति उच्चमा छन्!
16स्वर्ग परमप्रभुकै हो । तर पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ ।
9परमप्रभुको हातले नै यसो गरेको हो भनेर, यी सबैमध्ये कुनचाहिं प्राणीले जान्दैन र?
3हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर । ए सबै चम्किने तारा हो, उहाँको प्रशंसा गर ।
4ए सर्वोच्च स्वर्ग र आकाशमाथिका पानी हो, उहाँको प्रशंसा गर ।
24हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो । पृथ्वी तपाईंको कामहरूले भरिन्छ ।
1¶ सर्वशक्तिमान्, परमप्रभु परमेश्वर बोल्नुभएको छ, र पृथ्वीलाई सूर्योदयदेखि सूर्यास्तसम्म बलाउनुभएको छ ।
19उहाँले चन्द्रमालाई ऋतु चिनाउनलाई तोक्नुभयो । सुर्यले आफ्नो अस्ताउने समय जान्दछ ।
13आफ्नो सासले उहाँले आकाशलाई सफा पार्नुभयो । वेगले भाग्दै गरेको सर्पलाई उहाँका हातले छेड्नुभयो ।
1¶ परमप्रभुको प्रशंसा गर । ए स्वर्गमा हुनेहरू हो, परमप्रभुको प्रशंसा गर । ए उच्च स्थानहरूमा हुनेहरू हो, उहाँको प्रशंसा गर ।
11आकाश खुसी होस् र पृथ्वी आनन्दित होस् । समुद्र गर्जिओस् र त्यसलाई भर्नेचाहिं आनन्दले कराओस् ।
10उहाँले महान् र अगम्य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।
4परमप्रभु सबै जातिभन्दा उच्च हुनुहुन्छ र उहाँको महिमा आकाशसम्म पुग्छ ।
2उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ ।
4परमप्रभु परमेश्वरले आकाश र पृथ्वीलाई सृष्टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो ।
24उहाँका कामहरूको प्रशंसा गर्न नबिर्सिनुहोस् जसको बारेमा मानिसहरूले गाएका छन् ।
3उहाँको काम ऐश्वर्यशाली र महिमित छ । उहाँको धार्मिकता सदासर्वदा रहन्छ ।