भजनसंग्रह 104:24

अनलक शाब्दिक बाइबल

हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो । पृथ्वी तपाईंको कामहरूले भरिन्‍छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 40:5 : 5 हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंले गर्नुभएका अचम्‍मका कामहरू धेरै छन् र हाम्रो बारेमा भएका तपाईंका विचारहरू गन्‍न सकिंदैनन् । मैले तिनीहरूका बारेमा घोषणा गरें र बताएँ भने, तिनीहरू गन्‍न सक्‍नेभन्दा धेरै हुन्‍छन् ।
  • यिर्मि 10:12 : 12 तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो ।
  • रोमी 11:33 : 33 ओहो! परमेश्‍वरका बुद्धि र ज्ञान दुवै कति गहन! उहाँका न्यायहरू कति अगम्य र उहाँका मार्गहरू खोज्‍न नै नसकिने छन्!
  • एफिसी 1:8 : 8 पुरा बुद्धि र समझको पूर्णतामा उहाँले यस अनुग्रहचाहिँ प्रश‍स्त मात्रामा हामीलाई दिनुभएको थियो ।
  • एफिसी 3:10 : 10 परिणाम स्वरूप, अब मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्‍वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाउनेछन् ।
  • भजन 107:31 : 31 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
  • भजन 136:5 : 5 उहाँलाई जसले बुद्धिद्वारा आकाश बनाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
  • नीति 8:22-36 : 22 परमप्रभुले मलाई सुरुमा अर्थात् उहाँका सुरुका कार्यहरूभन्दा पहिले नै सृष्‍टि गर्नुभयो । 23 पृथ्वीको आरम्भदेखि नै युगौँ पहिले मलाई बनाइएको थियो । 24 महासागरहरू हुनुभन्दा पहिले नै, पानीले भरिपूर्ण खोला-नालाहरू हुनुभन्दा पहिले नै मलाई जन्म दिइयो । 25 पहाडहरू स्थापित गरिनुअगि, डाँडाहरू बनाइनुअगि म जन्मेको थिएँ । 26 परमप्रभुले पृथ्वी वा जमिनहरू वा संसारको पहिलो धुलो बनाउनुअगि म जन्मेको थिएँ । 27 उहाँले आकाशहरू स्थापित गर्नुहुँदा, महासागरको सतहमा घेरा लगाउनुहुँदा म त्यहाँ थिएँ । 28 उहाँले माथि बादलहरू स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा म त्यहाँ थिएँ । 29 उहाँको आज्ञाविना पानी आफ्नो सिमानाभन्दा बाहिर नजाओस् भन्‍नाका लागि उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा र सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ । 30 एउटा सिपालु कारीगरझैँ म उहाँको छेउमा थिएँ । दिनप्रति दिन म उहाँको आनन्द भएँ र सधैँभरि उहाँको सामु आनन्दित हुन्थेँ । 31 म उहाँको सारा संसारमा रमाउँदै थिएँ, र मानव-जातिका छोराहरूमा मेरो आनन्द थियो । 32 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, किनकि मेरा मार्गहरूमा हिँड्ने आशिषित् हुने छन् । 33 मेरो निर्देशनलाई सुनेर बुद्धिमान् होओ । यसलाई बेवास्ता नगर । 34 मेरो कुरा सुन्‍ने जन आशिषित् हुने छ । मेरा ढोकाहरूको चौकोसनेर प्रतीक्षा गर्दै उसले हरेक दिन मेरा ढोकाहरूमा हेर्ने छ । 35 किनकि मलाई भेट्ने जोसुकैले पनि जीवन पाउँछ, र उसले परमप्रभुको निगाह पाउने छ । 36 तर असफल हुनेले चाहिँ आफ्नै जीवनमा हानि ल्याउँछ । मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छ ।”
  • भजन 50:10-12 : 10 किनकि वनका हरेक पशु मेरै हुन् र हजारौं पहाडका गाइवस्तु मेरै हुन् । 11 पर्वतहरूका सबै चरालाई म चिन्छु र मैदानका जङ्गली पशुहरू मेरै हुन् । 12 म भोकाएको भए पनि, मैले तिमीहरूलाई भन्‍ने थिएनँ । किनकि संसार मेरै हो र यसमा भएका हरेक कुरा मेरै हुन् ।
  • उत्प 1:31 : 31 परमेश्‍वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो । त्यो ज्यादै असल थियो । साँझ पर्‍यो र बिहान भयो - छैटौँ दिन ।
  • नहे 9:6 : 6 तपाईं मात्र परमप्रभु हुनुहुन्छ । तपाईंले स्वर्ग, सर्वोच्‍च आकाश, त्यहाँका सबै आकाशीय पिण्ड अनि पृथ्वी र यसमा भएका थोक थोक, समुद्रहरू र तिनमा भएका सबै थोक बनाउनुभयो । तपाईंले नै ती सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका समुदायले तपाईंको आराधना गर्छन् ।
  • अय्यू 5:9 : 9 महान् अनि अगम्‍य कुराहरू गर्नुहुने, अनगिन्ती उदेकका कामहरू गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
  • भजन 8:3 : 3 जब म माथि तपाईंको आकाशलाई हेर्छु, जुन तपाईंका औंलाहरूले बनाए, चन्द्र र ताराहरू जसलाई तिनका ठाउँमा तपाईंले राख्‍नुभएको छ,
  • भजन 24:1 : 1 ¶ पृथ्वी र त्‍यसको पूर्णता, संसार र त्‍यसमा बसोवास गर्ने सबै परमप्रभुका हुन् ।
  • भजन 65:11 : 11 तपाईंले वर्षलाई आफ्‍नो भलाईको मुकुट लगाइदिनुहुन्छ र तपाईंका गाडाहरू प्रशस्‍तताले भरिएर पोखिन्छन् ।
  • उत्प 1:11-12 : 11 परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस् ।” तब त्यस्तै भयो । 12 पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहरू र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्‍यो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।
  • उत्प 1:24-25 : 24 परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वीका जङ्गली जनावरहरू उत्पन्‍न गरोस् ।” तब त्यस्तै भयो । 25 परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।
  • नीति 3:19-20 : 19 बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो । 20 उहाँको ज्ञानद्वारा गहिरा-गहिरा सागरहरू फुटेर निस्के, र बादलले तलतिर शीत झारे ।
  • १ तिमो 6:17 : 17 यस संसारका धनीहरूलाई भन, यस संसारका धनमा गर्व नगर्न भन, र अनिश्‍चित सम्पत्तिमा आशा नगर्न भन । बरु तिनीहरूले परमेश्‍वरमा आशा राखून् । उहाँले हामीलाई सबै साँचो सम्पत्तिहरू हाम्रा आनन्दका लागि दिनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 104:25-28
    4 पदहरू
    81%

    25त्यहाँ गहिरो र फराकिलो, साना र ठुला दुवै असंख्या प्राणीले भरिएको समुद्र छ ।

    26पानी जहाजहरू त्यहाँ यात्रा गर्छन् र लिव्यातन पनि त्यहाँ छ, जसलाई तपाईंले समुद्रमा खेल्नलाई बनाउनुभयो ।

    27यी सबैले समयमा आफ्‍नो खाना पाउनलाई तपाईंतिर हेर्छन् ।

    28तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन् । तपाईंले आफ्नो हात खोल्नुहुँदा, तिनीहरू सन्‍तुष्‍ट हुन्छन् ।

  • भजन 92:4-5
    2 पदहरू
    79%

    4किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ । तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु ।

    5हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू धेरै गहन छन् ।

  • 5हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंले गर्नुभएका अचम्‍मका कामहरू धेरै छन् र हाम्रो बारेमा भएका तपाईंका विचारहरू गन्‍न सकिंदैनन् । मैले तिनीहरूका बारेमा घोषणा गरें र बताएँ भने, तिनीहरू गन्‍न सक्‍नेभन्दा धेरै हुन्‍छन् ।

  • 23यसबिच मानिसहरू आ-आफ्ना काममा बाहिर जान्छन् र साँझसम्म नै परिश्रम गर्छन् ।

  • 13आकाशमा भएको पानीका आफ्‍ना भण्डारहरूबाट उहाँले पहाडहरूलाई पानीले भिजाउनुहुन्छ । पृथ्वी उहाँको श्रमको फलले पूर्ण छ ।

  • भजन 8:6-9
    4 पदहरू
    74%

    6तपाईंका हातका कामहरूमाथि शासन गर्ने तपाईंले त्यसलाई बनाउनुभएको छ । सबै कुरा तपाईंले त्यसको पाउमुनि राख्‍नुभएको छः

    7सबै भेडा र गोरु अनि मैदानका पशुहरू,

    8आकाशका चराहरू र समुद्रहरूका माछाहरू, समुद्रका धारहरूमा हिंड्‍ने हरेक कुरा ।

    9हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीमा कति महिमित छ!

  • 1¶ मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र ऐश्‍वर्यले विभूषित हुनुहुन्छ ।

  • भजन 104:30-31
    2 पदहरू
    74%

    30तपाईंले तपाईंको आत्मा पठाउनुहुँदा तिनीहरू सृष्‍टि हुन्छन् र तपाईंले गाउँलाई नयाँ तुल्याउनुहुन्छ ।

    31परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्‍नो सृष्‍टिमा आनन्दित हुनुभएको होस् ।

  • 2परमप्रभुका कामहरू महान् छन् । तिनको इच्‍छा गर्ने सबैले उत्सुकतासाथ आसा गर्छन् ।

  • 10हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै कुराले तपाईंलाई धन्यवाद दिनेछन् । तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंलाई धन्‍यको भन्‍नेछन् ।

  • 22ए परमप्रभुका सबै प्राणी हो, उहाँले राज्‍य गर्ने सबै ठाउँमा उहाँको प्रशंसा गर । म आफ्‍नो सारा जीवनले परमप्रभुको प्रशंसा गर्नेछु ।

  • 1¶ पृथ्वी र त्‍यसको पूर्णता, संसार र त्‍यसमा बसोवास गर्ने सबै परमप्रभुका हुन् ।

  • 24यिनीहरूले समुद्रमा परमप्रभुका कामहरू र उहाँका चमत्कारहरू देखे ।

  • 14म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्‍म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ ।

  • 25प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् ।

  • 4उहाँले अचम्मका कामहरू गर्नुहुन्छ, जसको सम्झना हुनेछ । परमप्रभु अनुग्रही र कृपालु हुनुहुन्छ ।

  • 15उहाँले आफ्नै शक्तिले पृथ्वी बनाउनुभएको छ । उहाँले आफ्नै बुद्धिले संसारलाई त्‍यसको ठाउँमा राख्‍नुभयो । उहाँले आफ्नो समझशक्तिद्वारा उहाँले आकाशलाई तान्‍नुभयो ।

  • 9परमप्रभुको हातले नै यसो गरेको हो भनेर, यी सबैमध्ये कुनचाहिं प्राणीले जान्दैन र?

  • 1¶ आकाशले परमेश्‍वरको महिमा घोषणा गर्छ र आकाशहरूले उहाँका हातका कामहरूको घोषणा गर्छन् ।

  • 12तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो ।

  • 5हाम्रा परमप्रभु महान्‌ र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्‍न गर्न सकिंदैन ।

  • 24पृथ्वीमा चारवटा कुरा साना छन्, र पनि तिनीहरू अत्यन्तै बुद्धिमान् छन्:

  • 10“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् ।

  • 3जब म माथि तपाईंको आकाशलाई हेर्छु, जुन तपाईंका औंलाहरूले बनाए, चन्द्र र ताराहरू जसलाई तिनका ठाउँमा तपाईंले राख्‍नुभएको छ,

  • 24उहाँका कामहरूको प्रशंसा गर्न नबिर्सिनुहोस् जसको बारेमा मानिसहरूले गाएका छन् ।

  • 4एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।

  • 64हे परमप्रभु, पृथ्वी तपाईंको करारको विश्‍वस्‍तताले भरिपूर्ण छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् । टेथ

  • 1¶ हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।

  • 6परमप्रभुले जे इच्छा गर्नुहुन्छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै महासागरका गहिराइमा उहाँले त्‍यही गर्नुहुन्छ ।

  • 26माथि आकाशमा हेर! यी सबै ताराहरूलाई कसले सृजेका हुन्? उहाँले ती बनाउनलाई उहाँले नै नेतृत्व गर्नुहुन्छ र ती सबैको नाउँ काढेर बोलाउनुहुन्छ । उहाँको शक्तिको माहन्‌ता र उहाँको सामर्थ्यको शक्तिद्वारा एउटा पनि हराएका छैनन् ।

  • 24जातिहरूका बिचमा उहाँका महिमाको घोषणा गर, सारा जातिहरूका बिचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर ।

  • 19तपाईं बुद्धिमा महान् र काममा शक्तिशाली हुनुहुन्छ, किनकि हरेक मानिसलाई त्यसका चाल र कामहरूको आधारमा उसलाई इनाम दिन, मानिसहरूका सबै चाल हेर्न तपाईंको दृष्‍टि खुला हुन्‍छन् ।

  • 6तपाईंको धार्मिकता परमेश्‍वरको पर्वतजस्‍तो छ । तपाईंका न्यायहरू गहिरा सागरजस्ता छन् । हे परमप्रभु, तपाईंले मानवजाति र पशुहरू दुवैको सुरक्षा गर्नुहुन्छ ।

  • 14तपाईंले मानिसलाई समुद्रका माछाझैँ बनाउनुहुन्छ, घस्रने जीवहरूझैँ जसको कुनै शासक छैन ।

  • 11स्वर्ग तपाईंको र पृथ्वी पनि तपाईंकै हो । संसार र त्‍यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो ।

  • 15परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।

  • 6परमप्रभुले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा सबैलाई बनाउनुभयो । उहाँले सदासर्वदा सत्यता हे्र्नुहुन्छ ।

  • 10जङ्गली पशुहरू र पाल्तु पशुहरू, घस्रने प्राणीहरू र चराहरू हो ।

  • 20तपाईंले रातको अँध्यारो बनाउनुहुन्छ, जब वनका सबै पशुहरू बाहिर निस्‍किन्‍छन् ।

  • 11“हाम्रा परमप्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्‍टि भए ।”

  • 24'हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्ना दासलाई तपाईंको महान्‌ता र तपाईंको शक्तिशाली हात देखाउन थाल्नुभएको छ किनकि स्वर्ग र पृथ्वीमा त्यस्तो कुनचाहिँ देव छ जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू गर्न सक्छ?

  • 10उहाँले महान् र अगम्‍य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।