भजनसंग्रह 104:1

अनलक शाब्दिक बाइबल

¶ मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र ऐश्‍वर्यले विभूषित हुनुहुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 103:22 : 22 ए परमप्रभुका सबै प्राणी हो, उहाँले राज्‍य गर्ने सबै ठाउँमा उहाँको प्रशंसा गर । म आफ्‍नो सारा जीवनले परमप्रभुको प्रशंसा गर्नेछु ।
  • भजन 93:1 : 1 ¶ परमप्रभुले राज्‍य गर्नुहुन्‍छ । ऐश्‍वर्य मा उहाँ आभुषित हुनुहुन्‍छ । परमप्रभुले आफूलाई बलले पहिर्‍याउनुभएको र घेर्नुभएको छ । संसार दृढ रूपमा स्‍थापित छ । यो हल्‍लाउन सकिन्‍न ।
  • भजन 96:6 : 6 उहाँको उपस्थितिमा वैभव र ऐश्‍वर्य छन् । उहाँको पवित्रस्थानमा सामर्थ्य र सुन्दरता छन् ।
  • भजन 103:1-2 : 1 ¶ परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र मभित्र भएका सबै कुराले उहाँको पवित्र नाउँलाई म प्रशंसा दिनेछु । 2 परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र उहाँका सबै असल कामहरूलाई म सम्झिन्छु ।
  • भजन 104:35 : 35 पापीहरू पृथ्वीबाट लोप होऊन् र दुष्‍टहरू कदापि नरहून् । आफ्‍नो सारा जीवनभरि म परमप्रभुको प्रशंसा गर्छु । परमप्रभुको स्तुति होस् ।
  • भजन 145:3 : 3 परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्‌ता अथाहा छ ।
  • यशा 59:17 : 17 उहाँले धार्मिकतालाई छातीपाताको रूपमा र आफ्‍नो शिरमा मुक्‍तिको टोप लगाउनुभयो । उहाँले आफूलाई बदलाको पोशाल पहिरनुभयो र जोशलाई आवरणको रूपमा लगाउनुभयो ।
  • यिर्मि 23:24 : 24 के मैले देख्‍न नसक्‍ने गरी कोही गुप्‍त ठाउँमा लुक्‍न सक्छ र? यो परमप्रभुको घोषणा हो, र के स्वर्ग र पृथ्वीलाई म ढाक्दिनँ र? यो परमप्रभुको घोषणा हो ।
  • यिर्मि 32:17-19 : 17 “हे परमप्रभु परमेश्‍वर! हेर्नुहोस्, आफ्नो महाशक्ति र पसारिएको पाखुराद्वारा तपाईंले नै स्वर्ग र पृथ्वी सृजनुभयो । तपाईंले भन्‍नुहुने कुनै पनि कुरो गर्न तपाईंलाई कत्ति पनि कठिन हुँदैन । 18 हजारौंलाई तपाईंले करारको विश्‍वस्तता देखाउनुहुन्छ, र मानिसहरूका दोष तिनीहरूपछि तिनीहरूका छोराछोरीमाथि खन्याउनुहुन्छ । तपाईं महान् र शक्तिशाली परमेश्‍वर हुनुहुन्‍छ । सर्वशक्तिमान् परमप्रभु तपाईंको नाउँ हो । 19 तपाईं बुद्धिमा महान् र काममा शक्तिशाली हुनुहुन्छ, किनकि हरेक मानिसलाई त्यसका चाल र कामहरूको आधारमा उसलाई इनाम दिन, मानिसहरूका सबै चाल हेर्न तपाईंको दृष्‍टि खुला हुन्‍छन् ।
  • दानी 7:9 : 9 जसै मैले हेरें, सिंहासनहरू तयार पारिएका थिए, र दिनहरूभन्‍दा प्राचीनले चाहिं आफ्नो आशन ग्रहण गर्नुभयो । उहाँका वस्‍त्र हिउँझैं सेता थिए, र उहाँको शिरको कपाल शुद्ध ऊनजस्तो थियो । उहाँको सिंहासनमा आगोको ज्वाला थियो, र त्यसका चक्‍काहरू बलिरहने आगो थियो ।
  • दानी 9:4 : 4 परमप्रभु आफ्‍नो परमेश्‍वरसँग मैले प्रार्थना गरें, अनि मैले हाम्रा पापहरू स्वीकारें । मैले भनें, “कृपया, हे परमप्रभु, तपाईं महान् र भययोग्य परमेश्‍वर हुनुहुन्छ, तपाईंले आफ्नो करारको पालन गर्नुहुन्छ र तपाईंलाई प्रेम गर्ने र तपाईंका आज्ञाहरू मान्‍नेलाई प्रेम गर्न तपाईं विश्‍वासयोग्य हुनुहुन्छ ।
  • हब 1:12 : 12 “परमप्रभु मेरा परमेश्‍वर, मेरा एक मात्र पवित्र परमेश्‍वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्‍न र? हामी मर्नेछैनौँ । परमप्रभुले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको छ, र हे चट्टान, तपाईंले तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ ।
  • प्रका 1:13-20 : 13 सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो । 14 उहाँको शिर र कपाल ऊन अनि हिउँजस्तै सेता र उहाँका आँखा आगोको ज्वालाजस्तै थिए । 15 उहाँका पाउहरू भट्टीमा चम्किएका काँसाजस्ता थिए र उहाँको सोर उर्लंदो पानीको आवाजजस्तै थियो । 16 उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो । 17 जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो र भन्‍नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ । 18 म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् । 19 त्यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख । 20 मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू र सातवटा सामदान सातवटा मण्डली हुन् ।”
  • भजन 7:1 : 1 ¶ हे परमप्रभु मेरा परमेश्‍वर, म तपाईंमा शरण लिन्छु । मलाई खेद्‍ने सबैबाट मलाई बचाउनुहोस् र मलाई छुटाउनुहोस् ।
  • भजन 29:1-4 : 1 ¶ ए परमेश्‍वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ । 2 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर । 3 परमप्रभुको सोर पानीहरूमाथि सुनिन्छ । महिमाको परमेश्‍वर गर्जनुहुन्छ । परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्छ । 4 परमप्रभुको सोर शक्तिशाली छ । परमप्रभुको सोर महिमित छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 2तपाईंले आफूलाई लुगाले झैं ज्‍योतिले ढाक्‍नुहुन्छ । तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ ।

  • भजन 103:1-2
    2 पदहरू
    82%

    1¶ परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र मभित्र भएका सबै कुराले उहाँको पवित्र नाउँलाई म प्रशंसा दिनेछु ।

    2परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र उहाँका सबै असल कामहरूलाई म सम्झिन्छु ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर् ।

  • 22ए परमप्रभुका सबै प्राणी हो, उहाँले राज्‍य गर्ने सबै ठाउँमा उहाँको प्रशंसा गर । म आफ्‍नो सारा जीवनले परमप्रभुको प्रशंसा गर्नेछु ।

  • 1¶ हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।

  • भजन 150:1-2
    2 पदहरू
    75%

    1¶ परमप्रभुको प्रशंसा गर । परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।

    2उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर । उहाँको आश्‍चर्यको महान्‌ताको निम्ति उहाँको प्रशंसा गर ।

  • 1¶ परमप्रभुले राज्‍य गर्नुहुन्‍छ । ऐश्‍वर्य मा उहाँ आभुषित हुनुहुन्‍छ । परमप्रभुले आफूलाई बलले पहिर्‍याउनुभएको र घेर्नुभएको छ । संसार दृढ रूपमा स्‍थापित छ । यो हल्‍लाउन सकिन्‍न ।

  • भजन 113:4-5
    2 पदहरू
    74%

    4परमप्रभु सबै जातिभन्दा उच्‍च हुनुहुन्‍छ र उहाँको महिमा आकाशसम्‍म पुग्‍छ ।

    5परमप्रभु हाम्रा परमेश्‍वरझैं को छ र, जसको आफ्‍नो आसन उच्‍चमा छ,

  • 5हे परमेश्‍वर, स्वर्गभन्दा माथि उच्‍च हुनुहोस् र सारा पृथ्वीभरि तपाईंको महिलाई उच्‍च पारियोस् ।

  • 31परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्‍नो सृष्‍टिमा आनन्दित हुनुभएको होस् ।

  • 24हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो । पृथ्वी तपाईंको कामहरूले भरिन्‍छ ।

  • 10अब महिमा र इज्‍जतले आफैलाई सुसज्‍जित पार । आदर र ऐश्‍वर्यले आफैलाई सुसोभित पार ।

  • भजन 145:3-4
    2 पदहरू
    74%

    3परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्‌ता अथाहा छ ।

    4एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।

  • भजन 29:1-2
    2 पदहरू
    74%

    1¶ ए परमेश्‍वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ ।

    2परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर ।

  • 5तपाईंको विजयको कारणले तिनको गौरव महान् छ । तपाईंले तिनलाई वैभव र ऐश्‍वर्य दिनुभएको छ ।

  • 11हे परमप्रभु, महान्‌ता, शक्ति, महिमा, विजय र ऐश्‍वर्य तपाईंकै हुन् । किनकि आकाश र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌ । हे परमप्रभु, राज्‍य तपाईंकै हो, र तपाईं नै सबैभन्दा माथिको शासकको रूपमा उच्‍च पारिनुभएको छ ।

  • 9हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीमा कति महिमित छ!

  • 1¶ परमप्रभुको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर ।

  • 28तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद दिनेछु । तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । म तपाईंलाई उच्‍च पार्नेछु ।

  • 1¶ हे मेरो परमेश्‍वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्‍यको भन्‍नेछु ।

  • 2म परमप्रभुलाई भन्छु, “तपाईं मेरो परमप्रभु हुनुहुन्छ; तपाईंबाहेक मेरो असल कुरा केही छैन ।

  • 4किनकि परमप्रभु महान् हुनुहुन्छ र उहाँको ठुलो प्रशंसा हुनुपर्छ । अरू सबै देवताभन्दा बढी उहाँकै भय मान्‍नुपर्छ ।

  • 10हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै कुराले तपाईंलाई धन्यवाद दिनेछन् । तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंलाई धन्‍यको भन्‍नेछन् ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । ए स्वर्गमा हुनेहरू हो, परमप्रभुको प्रशंसा गर । ए उच्‍च स्थानहरूमा हुनेहरू हो, उहाँको प्रशंसा गर ।

  • 35पापीहरू पृथ्वीबाट लोप होऊन् र दुष्‍टहरू कदापि नरहून् । आफ्‍नो सारा जीवनभरि म परमप्रभुको प्रशंसा गर्छु । परमप्रभुको स्तुति होस् ।

  • 1¶ हे परमप्रभु, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । तपाईंलाई म उच्‍च पार्नेछु, तपाईंको नाउँको म प्रशंसा गर्नेछु । किनकि धेरै अघि योजना बनाइएका कुराहरू, सुन्‍दर कुराहरू तपाईंले पुर्ण विश्‍वस्‍ततासाथ गर्नुभएको छ ।

  • 2उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ ।

  • 4धन्यवाद दिंदै उहाँको ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस । उहाँलाई धन्यवाद देओ र उहाँको नाउँको स्तुति गर ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर ।

  • 5हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस् ।

  • 4पर्वतहरूमाथि तपाईंले आफ्‍ना शिकारहरू मारेर ओर्लनुहुँदा तपाईं चम्‍किनुहुन्‍छ र आफ्‍नो माहिमा प्रकट गर्नुहुन्छ ।

  • 12त्यसैले मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ र चूप लाग्‍ने छैन । हे परमप्रभु मेरो परमेश्‍वर, सदासर्वदा म तपाईंलाई दन्यवाद दिनेछु ।

  • 7मेरो प्राण आफ्‍नो विश्रामको ठाउँमा फर्कन सक्छ, किनकि परमप्रभु मेरो निम्ति असल हुनुभएको छ ।

  • 1¶ हे सर्वोच्‍च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो,

  • 11हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस् ।

  • 2परमप्रभुको शक्तिशाली कामहरू कसले वर्णन गर्न सक्छ वा उहाँ सबै प्रशंसाननिय कामहरू कसले घोषणा गर्न सक्छ र?

  • 19हे परमेश्‍वर, तपाईंको धार्मिकता धेरै उच्‍च छ । हे परमेश्‍वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र?

  • 6सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस् । परमप्रभुको प्रशंसा गर ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्‍वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ ।

  • 3किनकि परमप्रभु महान् परमेश्‍वर हुनुहुन्छ र सबै देवहरूभन्दा माथिका महान् राजा हुनुहुन्छ ।

  • 1¶ हे परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र तपाईंले मलाई चिन्‍नुहुन्छ ।

  • 19परमप्रभुले स्वर्गमा आफ्‍नो सिंहासन स्थापित गर्नुभएको छ र उहाँको राज्यले हरेकमाथि शासन गर्छ ।

  • 1¶ परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्‍वरको स्‍तुति गाउनु असल कुरा हो । यो सुखद हुन्‍छ र प्रशंसा उचित छ ।

  • 27उहाँको उपस्‍थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌ ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको आज्ञा पालन गर्ने, अनि उहाँका आज्ञाहरूमा प्रशन्‍न हुने मानिस धन्यको हो ।