भजनसंग्रह 103:1

अनलक शाब्दिक बाइबल

¶ परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र मभित्र भएका सबै कुराले उहाँको पवित्र नाउँलाई म प्रशंसा दिनेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 63:5 : 5 हाडको गुदी र चिल्‍लो खाना मैले खाएको जस्तै हुनेछ । आनन्दित ओठहरूले मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ ।
  • भजन 57:7-9 : 7 हे परमेश्‍वर, मेरो मन स्थिर छ, मेरो मन स्थिर छ । म गाउनेछु, हो, म प्रशंसाका गीत गाउनेछु । 8 हे मेरो आदरको हृदय, जाग् । हे वीणा र सारङ्गी जाग । बिहान सबेरै म जगाउनेछु । 9 हे परमप्रभु, म तपाईंलाई मानिसहरूको माझमा धन्यवाद दिनेछु । जातिहरूका माझमा म तपाईंको प्रशंसा गर्नेछु । 10 किनकि स्वर्गसम्मै पुग्‍ने तपाईंको अचूक प्रेम माहन् छ । र तपाईंको विश्‍वस्‍तता बादलहरूसम्मै पुग्छन् । 11 हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस् ।
  • भजन 146:1-2 : 1 ¶ परमप्रभुको प्रशंसा गर । हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर् । 2 मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । म रहेसम्म परमप्रभुको प्रशंसा म गर्नेछु ।
  • १ कोरि 14:15 : 15 मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु । म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु ।
  • भजन 103:22-104:1 : 22 ए परमप्रभुका सबै प्राणी हो, उहाँले राज्‍य गर्ने सबै ठाउँमा उहाँको प्रशंसा गर । म आफ्‍नो सारा जीवनले परमप्रभुको प्रशंसा गर्नेछु । 1 ¶ मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र ऐश्‍वर्यले विभूषित हुनुहुन्छ ।
  • भजन 111:1 : 1 ¶ परमप्रभुको प्रशंसा गर । म सोझाहरूको सभामा, तिनीहरूको भेलामा आफ्‍नो सारा हृदयले परमप्रभुलाई धन्‍यवाद चढाउनेछु ।
  • भजन 138:1 : 1 ¶ आफ्‍नो सारा हृदयले म तपाईंलाई धन्यवाद दिनेछु । देवताहरूका सामु म तपाईंको प्रशंसाका गीतहरू गउनेछु ।
  • यूह 4:24 : 24 परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ ।”
  • भजन 47:7 : 7 किन परमेश्‍वर सारा पृथ्वीमा राजा हुनुहुन्छ । समझले प्रशंसा गाओ ।
  • भजन 86:12-13 : 12 हे परमप्रभु मेरो परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु । म सधैं तपाईंको नाउँलाई महिमित पार्नेछु । 13 किनकि मप्रति तपाईंको करारको विश्‍वस्‍तता महान् छ । तपाईंले मेरो जीवनलाई चिहानको गहिराइबाट बचाउनुभएको छ ।
  • भजन 99:3 : 3 तिनीहरूले तपाईंको महान् र भयङ्कर नाउँको स्तुति गरून् । उहाँ पवित्र हुनुहुन्छ ।
  • यशा 6:3 : 3 प्रत्‍येकले अर्कोलाई बोलाउँथे र यसो भन्थे, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ! सारा पृथ्वी उहाँको महिमाले भरिएको छ ।”
  • मर 12:30-33 : 30 तिमीले आफ्ना परमप्रभु परमेश्‍वरलाई आफ्ना सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्‍तिले प्रेम गर्नुपर्दछ ।’ 31 दोस्रो आज्ञा यो हो, ‘आफ्नो छिमेकीलाई आफुलाई जस्तै प्रेम गर्नुपर्छ ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन ।” 32 शास्‍त्रीले भने, “हे असल गुरुज्यू! परमेश्‍वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्‍नुभएको छ । 33 उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्‍तिले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू होमबलि र बलिदानहरूभन्दा पनि महान् हो ।”
  • लू 1:46-47 : 46 मरियमले भनिन्, “मेरो प्राण परमभुमा आनन्दित छ । 47 र मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्दित हुँदछ ।
  • फिलि 1:9 : 9 र मैले यस्तो भन्दै प्रार्थना गरिरहेको छु, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस् ।
  • कलस्सी 3:16 : 16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस् । सारा बुद्धिले एक अर्कालाई भजन, गीत र आत्मिक गानहरूले शिक्षा र अर्ती देओ । तिमीहरूका हृदयमा परमेश्‍वरका निम्ति धन्यवादका गीतहरू गाओ ।
  • प्रका 4:8 : 8 चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 103:2-3
    2 पदहरू
    91%

    2परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र उहाँका सबै असल कामहरूलाई म सम्झिन्छु ।

    3उहाँले तिम्रा सबै पाप क्षमा गर्नुहुन्छ । उहाँले तिम्रा सबै रोग निको पार्नुहुन्छ ।

  • भजन 103:19-22
    4 पदहरू
    87%

    19परमप्रभुले स्वर्गमा आफ्‍नो सिंहासन स्थापित गर्नुभएको छ र उहाँको राज्यले हरेकमाथि शासन गर्छ ।

    20ए परमप्रभुका दूतहरू हो, शक्तिशाली वीरहरू र उहाँको वचन पालन गर्नेहरू, अनि उहाँको वचनको आवाज पालन गर्नेहरूले समेत उहाँको प्रशंसा गर ।

    21ए परमप्रभुका सबै फौज हो, तिमीहरू उहाँका सेवकहरू जसले उहाँको इच्छा पुरा गर्छौ, उहाँको प्रशंसा गर ।

    22ए परमप्रभुका सबै प्राणी हो, उहाँले राज्‍य गर्ने सबै ठाउँमा उहाँको प्रशंसा गर । म आफ्‍नो सारा जीवनले परमप्रभुको प्रशंसा गर्नेछु ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर् ।

  • 1¶ मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र ऐश्‍वर्यले विभूषित हुनुहुन्छ ।

  • भजन 113:1-3
    3 पदहरू
    75%

    1¶ परमप्रभुको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर ।

    2परमप्रभुको नाउँ अहिले र सदासर्वदा धन्यको होस् ।

    3सूर्य उदायदेखि त्‍यो नअस्‍ताएसम्म नै, परमप्रभुको नाउँको प्रशंसा हुनुपर्छ ।

  • 12परमप्रभुले मेरो निम्‍ति गर्नुभएको सबै भलाइको साटो म कसरी चुक्‍ता गर्न सक्छ र?

  • 1¶ परमप्रभुको प्रशंसा गर । म सोझाहरूको सभामा, तिनीहरूको भेलामा आफ्‍नो सारा हृदयले परमप्रभुलाई धन्‍यवाद चढाउनेछु ।

  • भजन 34:1-3
    3 पदहरू
    74%

    1¶ हरबखत म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा सधैं मेरो मुखमा हुनेछ ।

    2म परमप्रभुको प्रशंसा गर्नेछु । थिचोमिचोमा परेकाहरूले सुनून् र आनन्‍दित होऊन् ।

    3मसँगै परमप्रभुको प्रशंसा गर, हामी एकसाथ मिलेर उहाँको नाउँलाई उच्‍च पारौं ।

  • 4धन्यवाद दिंदै उहाँको ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस । उहाँलाई धन्यवाद देओ र उहाँको नाउँको स्तुति गर ।

  • भजन 150:1-2
    2 पदहरू
    73%

    1¶ परमप्रभुको प्रशंसा गर । परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।

    2उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर । उहाँको आश्‍चर्यको महान्‌ताको निम्ति उहाँको प्रशंसा गर ।

  • 10हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै कुराले तपाईंलाई धन्यवाद दिनेछन् । तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंलाई धन्‍यको भन्‍नेछन् ।

  • 6सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस् । परमप्रभुको प्रशंसा गर ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर ।

  • 35पापीहरू पृथ्वीबाट लोप होऊन् र दुष्‍टहरू कदापि नरहून् । आफ्‍नो सारा जीवनभरि म परमप्रभुको प्रशंसा गर्छु । परमप्रभुको स्तुति होस् ।

  • 7मेरो प्राण आफ्‍नो विश्रामको ठाउँमा फर्कन सक्छ, किनकि परमप्रभु मेरो निम्ति असल हुनुभएको छ ।

  • 21मेरो मुखले परमप्रभुको प्रशंसा गर्नेछ । सबै मानवजातिले उहाँको पवित्र नाउँलाई सदासर्वदा धन्‍यको भनून् ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्‍वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ ।

  • भजन 105:1-3
    3 पदहरू
    72%

    1¶ परमप्रभुलाई धन्यवाद देओ । उहाँको नाउँमा पुकारा गर । उहाँका कामहरू जातिहरूका माझमा प्रकट गर ।

    2उहाँको निम्ति गाओ । उहाँको स्‍तुति गाओ । उहाँका सबै अचम्मका कामहरूका बारेमा भन ।

    3उहाँको पवित्र नाउँमा गर्व गर । परमप्रभुको खोजी गर्नेहरूका हृदय आनन्‍दित होस् ।

  • 1¶ हे सारा पृथ्वी, आनन्दसाथ परमप्रभुको जयजयकार गर ।

  • 1¶ हे मेरो परमेश्‍वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्‍यको भन्‍नेछु ।

  • 21सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।

  • 3परमप्रभुको प्रशंसा गर, किनकि उहाँ असल हुनुहुन्छ । उहाँको नाउँको स्‍तुति गाओ, किनकि यसो गर्नु सुखाद कुरा हो ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको आज्ञा पालन गर्ने, अनि उहाँका आज्ञाहरूमा प्रशन्‍न हुने मानिस धन्यको हो ।

  • 1¶ हे सर्वोच्‍च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो,

  • 1¶ हे परमप्रभु, म तपाईंलाई आफ्‍नो सारा हृदयले धन्यवाद दिनेछु । तपाईंका सबै अचम्‍मका कामहरूको वयान म गर्नेछु ।

  • भजन 134:2-3
    2 पदहरू
    71%

    2पवित्र स्थानतिर आफ्‍ना हात उचाल र परमप्रभुको प्रशंसा गर ।

    3परमप्रभुले तिमीलाई सियोनबाट आशिष्‌ ‌‌देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।

  • 19हे इस्राएलका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । हे हारूनका सन्तानहरू, परमप्रभुको प्रशंसा गर ।

  • 1¶ परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्‍वरको स्‍तुति गाउनु असल कुरा हो । यो सुखद हुन्‍छ र प्रशंसा उचित छ ।

  • 2म परमप्रभुलाई भन्छु, “तपाईं मेरो परमप्रभु हुनुहुन्छ; तपाईंबाहेक मेरो असल कुरा केही छैन ।

  • 1¶ हे परमेश्‍वर, मेरो हृदय स्थिर छ । म गाउनेछु, हो, मेरो हृदयको खुससाथ म स्‍तुति गाउनेछु ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

  • 48इस्राएलका परमप्रभु परमेश्‍वरको अनादिदेखि अनन्तसम्म स्तुति होस् । सबै मानिसहरूले भने, “आमेन ।” परमप्रभुको प्रशंसा होस् ।

  • 12हे परमप्रभु मेरो परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु । म सधैं तपाईंको नाउँलाई महिमित पार्नेछु ।

  • 6परमप्रभु धन्यको होऊन् किनभने उहाँले मेरो बिन्तिको सोर सुन्‍नुभएको छ ।

  • 1¶ ए सबै जातिहरूका मानिस हो, परमप्रभुको प्रशंसा गर । ए सबै मानिसहरू हो, उहाँलाई उच्‍च पार ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । ए स्वर्गमा हुनेहरू हो, परमप्रभुको प्रशंसा गर । ए उच्‍च स्थानहरूमा हुनेहरू हो, उहाँको प्रशंसा गर ।

  • 33आफ्‍नो सारा जीवनभरि म परमप्रभुको निम्ति गीत गाउनेछु । म बाँचुन्‍जेल आफ्‍नो परमेश्‍वरको स्‍तुति गाउनेछु ।

  • 1¶ हे परमप्रभु, म आफ्‍नो जीवन तपाईंमा उचाल्छु ।