भजनसंग्रह 28:6

अनलक शाब्दिक बाइबल

परमप्रभु धन्यको होऊन् किनभने उहाँले मेरो बिन्तिको सोर सुन्‍नुभएको छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 31:21-22 : 21 परमप्रभु धन्यको होऊन्, किनकि म घेराबन्दीको सहरमा हुँदा उहाँले मलाई आफ्‍नो अचम्‍मको करारको विश्‍वस्‍तता दर्शाउनुभयो । 22 मैले हतारमा यसो भनें, “तपाईंको दृष्‍टिबाट म हटाइएको छु,” तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्‍नुभयो ।
  • भजन 66:19-20 : 19 तर परमेश्‍वरले साँच्‍चै सुन्‍नुभएको छ । उहाँले मेरो प्रार्थनाको आवाजमा ध्यान दिनुभएको छ । 20 परमेश्‍वर धन्यको हुनुहुन्छ, जसले मेरो प्रार्थना वा उहाँको करारको विश्‍वस्‍ततालाई मबाट हटाउनुभएको छैन ।
  • भजन 69:33-34 : 33 किनकि परमप्रभुले दरिद्रको पुकारा सुनुहुन्छ र आफ्‍ना कैदीहरूलाई घृणा गर्नुहुन्‍न । 34 स्वर्ग र पृथ्वी, समुद्र र त्‍यसमा हलचल गर्ने हरेक थोकले उहाँको प्रशंसा गरून् ।
  • भजन 107:19-22 : 19 तब आफ्‍ना कष्‍टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो । 20 उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो । 21 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्! 22 तिनीहरूले धन्यवादका बलिदानहरू चढाऊन् र गीतहरूले उहाँका कामहरू घोषणा गरून् ।
  • भजन 116:1-2 : 1 ¶ म परमप्रभुलाई प्रेम गर्छु किनभने उहाँले दायको निम्ति मेरो सोर र बिन्ती सुन्‍नुहुन्छ । 2 उहाँले मेरो पुकारा सुन्‍नुभएको हुनाले, म जीवित भएसम्म म उहाँमा नै पुकारा गर्नेछु ।
  • भजन 118:5 : 5 मेरो संकष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्‍वतन्त्र गर्नुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 116:1-2
    2 पदहरू
    84%

    1¶ म परमप्रभुलाई प्रेम गर्छु किनभने उहाँले दायको निम्ति मेरो सोर र बिन्ती सुन्‍नुहुन्छ ।

    2उहाँले मेरो पुकारा सुन्‍नुभएको हुनाले, म जीवित भएसम्म म उहाँमा नै पुकारा गर्नेछु ।

  • 9दयाको निम्ति मैले गरेको निवेदन परमप्रभुले सुन्‍नुभएको छ । परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्नुभएको छ ।

  • 6मैले परमप्रभुलाई भनें, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । दयाको निम्ति मेरो पुकारा सुन्‍नुहोस् ।”

  • 7परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ । मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो । यसकारण मेरो हृदय साह्रै आनन्‍दित हुन्‍छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु ।

  • 21म तपाईंलाई धन्यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ ।

  • 8हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें र मेरा परमप्रभुबाट कृपा खोजें ।

  • भजन 31:21-22
    2 पदहरू
    78%

    21परमप्रभु धन्यको होऊन्, किनकि म घेराबन्दीको सहरमा हुँदा उहाँले मलाई आफ्‍नो अचम्‍मको करारको विश्‍वस्‍तता दर्शाउनुभयो ।

    22मैले हतारमा यसो भनें, “तपाईंको दृष्‍टिबाट म हटाइएको छु,” तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्‍नुभयो ।

  • भजन 66:19-20
    2 पदहरू
    78%

    19तर परमेश्‍वरले साँच्‍चै सुन्‍नुभएको छ । उहाँले मेरो प्रार्थनाको आवाजमा ध्यान दिनुभएको छ ।

    20परमेश्‍वर धन्यको हुनुहुन्छ, जसले मेरो प्रार्थना वा उहाँको करारको विश्‍वस्‍ततालाई मबाट हटाउनुभएको छैन ।

  • 6हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस् । मेरो बिन्‍तीको सोर सुन्‍नुहोस् ।

  • 2हे परमप्रभु, मेरो सोर सुन्‍नुहोस् । दयाको निम्ति मेरो बिन्‍ती सुन्‍नलाई तपाईंका कानहरू सचेत होऊन् ।

  • 7हे परमप्रभु, मैले पुकारा गर्दा मेरो सोर सुन्‍नुहोस् । ममाथि दया गर्नुहोस् र मलाई जवाफ दिनुहोस् ।

  • 1¶ आफ्‍नो सोर निकालेर सहायताको निम्ति म परमप्रभुमा पुकारा गर्छु । आफ्‍नो सोर निकालेर परमप्रभुको कृपाको निम्ति म बिन्ती गर्छु ।

  • भजन 30:1-2
    2 पदहरू
    77%

    1¶ हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्‍दित हुन दिनुभएको छैन ।

    2हे परमप्रभु मेरो परमेश्‍वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।

  • 6हे परमेश्‍वर, म तपाईंमा पुकार्छु, किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ । आफ्‍नो कान मतिर फर्काउनुहोस् र म बोल्दा सुन्‍नुहोस् ।

  • 10हे परमप्रभु, सुन्‍नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् ।

  • 1¶ मेरो संकष्‍टमा मैले परमप्रभुमा पुकारा गरें र उहाँले मलाई जवाफ दिनुभयो ।

  • 28तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद दिनेछु । तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । म तपाईंलाई उच्‍च पार्नेछु ।

  • 6मेरो कष्‍टमा, मैले परमप्रभुमा पुकारा गरें । मैले सहायताको निम्ति मेरो परमेश्‍वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो । सहायताको निम्ति मेरो पुकारा उहाँको उपस्थितिमा गयो । यो उहाँको कानहरूभित्र गयो ।

  • 2तपाईंबाट सहायताको निम्ति मैले पुकारा गर्दा, तपाईंको महापवित्र स्थानतिर मैले आफ्‍ना हातहरू उचाल्दा मेरो बिन्तिको सोर सुन्‍नुहोस् ।

  • 6यो थिचोमिचोमा परेको मानिसले पुकारा गर्‍यो र परमप्रभुले त्यसको पुकारा सुन्‍नुभयो, र त्यसका सबै दुःखबाट त्‍यसलाई बचाउनुभयो ।

  • 4तिनले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरा बुबा दाऊदसँग बोल्‍नुभयो र आफ्‍ना हातले यसो भन्दै प्रतिज्ञा पूरा गर्नुभएको छ,

  • 4परमप्रभुमा म आफ्‍नो सोर उचाल्‍छु र आफ्नो पवित्र पहाडबाट उहाँले मलाई जवाफ दिनुहुन्छ । सेला

  • 2परमप्रभुको नाउँ अहिले र सदासर्वदा धन्यको होस् ।

  • 8हे मानिसहरू हो, परमेश्‍वरलाई धन्‍यको भन । उहाँको प्रशंसाको आवाज सुनियोस् ।

  • 1¶ हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस् । मेरो बिन्ती सुन्‍नुहोस् । तपाईंको विश्‍वस्‍तता र धार्मिकताको कारणले मलाई जवाफ दिनुहोस् ।

  • 6परमप्रभुको निम्ति गाउनेछु किनभने उहाँले मलाई धेरै उदार भएर व्यवहार गर्नुभएको छ ।

  • 1¶ हे परमप्रभु, मेरो प्रार्थन सुन्‍नुहोस् । तपाईंलाई मेरो पुकारा सुन्‍नुहोस् ।

  • 46परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो उद्धारका परमेश्‍वरलाई उच्‍च पारियोस् ।

  • 7तपाईंको करारको विश्‍वस्‍ततामा म खुसी र आनन्‍दित हुनेछु, किनकि तपाईंले मेरो कष्‍ट देख्‍नुभयो । मेरो प्राणको कष्‍ट तपाईंले थाहा पाउनुभयो ।

  • 21सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।

  • 47परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो मुक्‍तिको चट्टान परमेश्‍वर उच्‍च पारिनुभएको होस् ।

  • 2हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस् । मेरो मुखका शब्दहरूमा कान थाप्‍नुहोस् ।

  • 5परमप्रभु कृपालु र निष्‍पक्ष हुनुहुन्छ । हाम्रो परमेश्‍वर करुणामय हुनुहुन्छ ।

  • 14परमप्रभु मेरो बल र आनन्द हुनुहुन्छ, अनि मलाई बचाउने उहाँ नै हुनुहुन्छ ।

  • 1¶ धैर्य भएर मैले परमप्रभुमा आसा गरें । उहाँले मलाई हेर्नुभयो र मेरो पुकारा सुन्‍नुभयो ।

  • 17धर्मीहरूले पुकारा गर्छन्, र परमप्रभुले सुन्‍नुहुन्छ र तिनीहरूका सबै कष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्छ ।

  • 7मेरो कष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । मैले आफ्‍नो परमेश्‍वरमा पुकारा गरें । उहाँले आफ्‍नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो र सहायताको निम्‍ति मेरो पुकारा उहाँको कानमा पुग्यो ।

  • 2हे मेरो राजा र मेरो परमेश्‍वर, मेरो पुकाराको सोर सुन्‍नुहोस्, किनकि मैले प्रार्थना गर्ने तपाईंसँग नै हो ।

  • 2परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्‍वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्‍छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ ।

  • 1¶ परमप्रभु मेरा चट्टानको स्‍तुति होस्, जसले युद्ध गर्न मेरा हातहरूलाई र लडन्‍त गर्न मेरा औंलाहरूलाई तालिम दिनुहुन्छ ।

  • 8हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस् । हे याकूबका परमेश्‍वर, म के भन्‍दैछु सो सुन्‍नुहोस् । सेला

  • 1¶ हे परमेश्‍वर, मेरो पुकारा सुन्‍नुहोस् । मेरो प्रार्थनामा ध्यान दिनुहोस् ।

  • 2तिनले प्रार्थना गरे, “परमप्रभु मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ ।

  • 15हे परमप्रभु, निश्‍चय नै, म तपाईंको आसा गर्छु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंले जवाफ दिनुहुनेछ ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर् ।

  • 9हे परमप्रभु, राजालाई बचानुहोस् । हामीले पुकारा गर्दा हामीलाई मदत गर्नुहोस् ।