२ शमूएल 22:7
मेरो कष्टमा मैले परमप्रभुलाई पुकारा गरें । मैले आफ्नो परमेश्वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्नुभयो र सहायताको निम्ति मेरो पुकारा उहाँको कानमा पुग्यो ।
मेरो कष्टमा मैले परमप्रभुलाई पुकारा गरें । मैले आफ्नो परमेश्वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्नुभयो र सहायताको निम्ति मेरो पुकारा उहाँको कानमा पुग्यो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6मेरो कष्टमा, मैले परमप्रभुमा पुकारा गरें । मैले सहायताको निम्ति मेरो परमेश्वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्नुभयो । सहायताको निम्ति मेरो पुकारा उहाँको उपस्थितिमा गयो । यो उहाँको कानहरूभित्र गयो ।
7तब पृथ्वी हल्लियो र काम्यो । पहाडहरूका जगहरू पनि कामे र हल्लिए किनभने परमेश्वर रिसाउनुभयो ।
1¶ मेरो संकष्टमा मैले परमप्रभुमा पुकारा गरें र उहाँले मलाई जवाफ दिनुभयो ।
1¶ म आफ्नो आवाजले परमेश्वरमा पुकारा गर्नेछु । म आफ्नो आवाजले परमेश्वरमा पुकारा गर्नेछु, र मेरो परमश्वरले सुन्नुहुनेछ ।
2मेरो कष्टको दिनमा मैले परमप्रभुलाई खोजें । राति मैले आफ्नो हात फैलाएँ र तिनीहरू थाकेनन् । मेरो प्राणले सान्त्वना पाउन इन्कार गर्यो ।
7जब मेरो प्राणले मभित्रै मुर्छा खायो, तब मैले परमप्रभुलाई याद गरें, अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरमा आयो ।
4परमप्रभुमा म आफ्नो सोर उचाल्छु र आफ्नो पवित्र पहाडबाट उहाँले मलाई जवाफ दिनुहुन्छ । सेला
1¶ आफ्नो सोर निकालेर सहायताको निम्ति म परमप्रभुमा पुकारा गर्छु । आफ्नो सोर निकालेर परमप्रभुको कृपाको निम्ति म बिन्ती गर्छु ।
8हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें र मेरा परमप्रभुबाट कृपा खोजें ।
7हे परमप्रभु, मैले पुकारा गर्दा मेरो सोर सुन्नुहोस् । ममाथि दया गर्नुहोस् र मलाई जवाफ दिनुहोस् ।
1¶ हे परमप्रभु, तपाईंमा म पुकारा गरिरहेको छु । मकहाँ चाँडो आउनुहोस् । मैले तपाईंलाई पुकारा गर्दा मेरो पुकार सुन्नुहोस् ।
1¶ हे परमप्रभु, मेरो प्रार्थन सुन्नुहोस् । तपाईंलाई मेरो पुकारा सुन्नुहोस् ।
1¶ हे परमेश्वर, मेरो पुकारा सुन्नुहोस् । मेरो प्रार्थनामा ध्यान दिनुहोस् ।
2मेरो हृदय शिथिल हुँदा म पृथ्वीको अन्तिम छेउबाट तपाईंलाई पुकारा गर्नेछु । मभन्दा उच्च चट्टानतिर मलाई लानुहोस् ।
1¶ धैर्य भएर मैले परमप्रभुमा आसा गरें । उहाँले मलाई हेर्नुभयो र मेरो पुकारा सुन्नुभयो ।
5मेरो संकष्टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्वतन्त्र गर्नुभयो ।
6हे परमेश्वर, म तपाईंमा पुकार्छु, किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ । आफ्नो कान मतिर फर्काउनुहोस् र म बोल्दा सुन्नुहोस् ।
22मैले हतारमा यसो भनें, “तपाईंको दृष्टिबाट म हटाइएको छु,” तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्नुभयो ।
1¶ हे परमप्रभु, गहिराइबाट तपाईंमा म पुकारा गर्छु ।
2हे परमप्रभु, मेरो सोर सुन्नुहोस् । दयाको निम्ति मेरो बिन्ती सुन्नलाई तपाईंका कानहरू सचेत होऊन् ।
2हे मेरो राजा र मेरो परमेश्वर, मेरो पुकाराको सोर सुन्नुहोस्, किनकि मैले प्रार्थना गर्ने तपाईंसँग नै हो ।
1¶ हे मेरा धार्मिकताका परमेश्वर, मैले पुकारा गर्दा मलाइ जवाफ दिनुहोस् । म घेरामा पर्दा मलाई आश्रय दिनुहोस् । ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस् ।
1¶ हे परमप्रभु, मेरो उद्धारको परमेश्वर, दिनरात म तपाईंको सामु पुकारा गर्छु ।
2मेरो प्रार्थना सुन्नहोस् । मेरो पुकरामा ध्यान दिनुहोस् ।
6मैले परमप्रभुलाई भनें, “तपाईं मेरो परमेश्वर हुनुहुन्छ । दयाको निम्ति मेरो पुकारा सुन्नुहोस् ।”
2तिनले भने, “मेरो सङ्कष्टको बारेमा मैले परमप्रभुलाई पुकारें र उहाँले मलाई जवाज दिनुभयो । चिहानको गर्भबाट मैले सहायताको निम्ति पुकारें! तपाईंले मेरो सोर सुन्नुभयो ।
2हे परमप्रभु मेरो परमेश्वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।
55हे परमप्रभु, खाडलको गहिराइबाट मैले तपाईंको नाउँ पुकारेँ ।
56“मैले मदतको लागि पुकार्दा तपाईंका कान बन्द नगर्नुहोस्” भनी मैले भन्दा तपाईंको मेरो सोर सुन्नुभयो ।
1¶ हे परमप्रभु, तपाईंमा नै म पुकारा गर्छु । हे मेरो चट्टान, मलाई बेवास्ता नगर्नुहोस् । तपाईंले मलाई जवाफ दिनुभएन भने, चिहानमा जानेहरूसँग म सहभागी हुनेछु ।
2तपाईंबाट सहायताको निम्ति मैले पुकारा गर्दा, तपाईंको महापवित्र स्थानतिर मैले आफ्ना हातहरू उचाल्दा मेरो बिन्तिको सोर सुन्नुहोस् ।
4तब मैले परमप्रभुको नाउँको पुकारा गरें: “हे परमप्रभु, कृपया, मेरो जीवन बचाउनुहोस् ।”
1¶ म परमप्रभुलाई प्रेम गर्छु किनभने उहाँले दायको निम्ति मेरो सोर र बिन्ती सुन्नुहुन्छ ।
2उहाँले मेरो पुकारा सुन्नुभएको हुनाले, म जीवित भएसम्म म उहाँमा नै पुकारा गर्नेछु ।
2हे मेरा परमेश्वर, दिनको समयमा म पुकारा गर्छु, तर तपाईंले जवाफ दिनुहुन्न र रातको समयमा पनि म शान्त छैन ।
4म परमप्रभुमा पुकारा गर्ने छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म आफ्ना शत्रुहरूबाट बचाइने छु ।
16मेरो बारेमा, म परमेश्वरलाई पुकार्छु र पमरप्रभुले मलाई बचाउनुहुनेछ ।
17साँझ, बिहान र मध्यन्हमा म गुनासो गर्छु र विलाप गर्छु । उहाँले मेरो आवाज सुन्नुहुनेछ ।
7कष्टको दिनमा म तपाईंलाई पुकारा गर्नेछु, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ ।
8त्यसपछि पृथ्वी काम्यो र हल्लियो । स्वर्गका जगहरू कामे र हल्लिए, किनभने परमेश्वर रिसाउनुभएको थियो ।
6परमप्रभु धन्यको होऊन् किनभने उहाँले मेरो बिन्तिको सोर सुन्नुभएको छ ।
9दयाको निम्ति मैले गरेको निवेदन परमप्रभुले सुन्नुभएको छ । परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्नुभएको छ ।
6यो थिचोमिचोमा परेको मानिसले पुकारा गर्यो र परमप्रभुले त्यसको पुकारा सुन्नुभयो, र त्यसका सबै दुःखबाट त्यसलाई बचाउनुभयो ।
5हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें । मैले भनें, “तपाईं नै मेरो शरण, जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ ।
6मेरो पुकारा सुन्नुहोस्, किनकि मलाई धेरै तल झारिएको छ । मेरो सतावट गर्नेहरूबाट मलाई बचाउनुहोस्, किनकि तिनीहरू मभन्दा बलिया छन् ।
3म परमप्रभुलाई पुकारा गर्छु जो प्रशंसायोग्य हुनुहुन्छ र म आफ्ना शत्रुहरूबाट बाँच्नेछु ।
17धर्मीहरूले पुकारा गर्छन्, र परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै कष्टबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्छ ।
17मैले आफ्नो मुखले उहाँमा पुकारा गरें र मेरो जिब्रोले उहाँको प्रशंसा गर्यो ।
2मलाई ध्यान दिनुहोस् र मलाई जवाफ दिनुहोस् । मेरो कष्टमा मलाई विश्रम हुँदैन ।
2हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस् । मेरो मुखका शब्दहरूमा कान थाप्नुहोस् ।