भजनसंग्रह 18:3

अनलक शाब्दिक बाइबल

म परमप्रभुलाई पुकारा गर्छु जो प्रशंसायोग्य हुनुहुन्छ र म आफ्‍ना शत्रुहरूबाट बाँच्‍नेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 22:4 : 4 म परमप्रभुमा पुकारा गर्ने छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म आफ्‍ना शत्रुहरूबाट बचाइने छु ।
  • भजन 5:2-3 : 2 हे मेरो राजा र मेरो परमेश्‍वर, मेरो पुकाराको सोर सुन्‍नुहोस्, किनकि मैले प्रार्थना गर्ने तपाईंसँग नै हो । 3 हे परमप्रभु, बिहान तपाईंले मेरो रोदन सुन्‍नुहुन्छ । बिहानै म आफ्‍नो बिन्‍ती तपाईंकहाँ ल्याउनेछु र आसा गरेर पर्खिनेछु ।
  • भजन 28:1-2 : 1 ¶ हे परमप्रभु, तपाईंमा नै म पुकारा गर्छु । हे मेरो चट्टान, मलाई बेवास्‍ता नगर्नुहोस् । तपाईंले मलाई जवाफ दिनुभएन भने, चिहानमा जानेहरूसँग म सहभागी हुनेछु । 2 तपाईंबाट सहायताको निम्ति मैले पुकारा गर्दा, तपाईंको महापवित्र स्थानतिर मैले आफ्‍ना हातहरू उचाल्दा मेरो बिन्तिको सोर सुन्‍नुहोस् ।
  • भजन 50:15 : 15 कष्‍टको समय मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।”
  • भजन 55:16 : 16 मेरो बारेमा, म परमेश्‍वरलाई पुकार्छु र पमरप्रभुले मलाई बचाउनुहुनेछ ।
  • भजन 91:15 : 15 जब त्यसले मलाई पुकारा गर्छ, तब म त्यसलाई जवाफ दिनेछु । म कष्‍टमा त्योसँग हुनेछु । म त्यसलाई विजय दिनेछु र त्यसको आदर गर्नेछु ।
  • भजन 96:4 : 4 किनकि परमप्रभु महान् हुनुहुन्छ र उहाँको ठुलो प्रशंसा हुनुपर्छ । अरू सबै देवताभन्दा बढी उहाँकै भय मान्‍नुपर्छ ।
  • भजन 145:3 : 3 परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्‌ता अथाहा छ ।
  • लू 1:71 : 71 उहाँले हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुहुनेछ ।
  • रोमी 8:31-39 : 31 त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र? 32 जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्‍नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैँमा दिनुहुन्‍न र? 33 परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने? धर्मी तुल्याउनुहुने त परमेश्‍वर नै हुनुहुन्छ । 34 दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ? हाम्रो निम्ति मर्नुहुने त ख्रीष्‍ट नै हुनुहुन्छ, अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो । उहाँले आदरको स्थानमा रहेर परमेश्‍वरसँग शासन गर्दै हुनुहुन्छ, र हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ । 35 हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्‍नेछ? सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले? 36 जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौँ । हामीलाई मारिने भेडाहरूझैँ ठानियो ।” 37 यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ । 38 किनकि म विश्‍वस्त भएको छु, कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न शासकहरूले, न वर्तमानका कुराहरूले, न आउने कुराहरूले, 39 न उचाइले, न गहिराइले, न सृष्‍टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ ।
  • फिलि 4:6-7 : 6 कुनै कुरामा चिन्तित नहोओ । बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्‍वरमा जाहेर होऊन् । 7 र हाम्रा सबै समझभन्दा उच्‍च परमेश्‍वरको शान्तिले ख्रीष्‍ट येशूमा तिमीहरूका हृदय र विचारहरूलाई रक्षा गर्नेछ ।
  • भजन 62:8 : 8 ए मानिसहरू हो, सबै समय उहाँमा भरोसा गर । उहाँमा आफ्नो हृदय पोखाओ । परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्छ । सेला
  • नहे 9:5 : 5 तब लेवीहरू, येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “खडा भएर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा चढाओ ।” तिनीहरूले तपाईंको महिमित नाउँलाई धन्यको भनून्, र यो नाउँ हरेक आशिष् र प्रशंसाभन्दा माथि उचालिएको होस् ।
  • भजन 48:1 : 1 ¶ परमप्रभु महान् हुनुहुन्छ र‍ हाम्रा परमेश्‍वरको सहर उहाँको पवित्र पर्वतमा ज्‍यादै धेरै प्रशंसा हुनुपर्छ ।
  • भजन 65:1-2 : 1 ¶ हे सियोनका परमेश्‍वर, हाम्रो प्रशंसाले तपाईंको आसा गर्छ । हाम्रा भाकलहरू तपाईंकहाँ पूरा हुनेछन् । 2 तपाईंले प्रार्थना सुन्‍नुहुन्छ । सबै मानिसहरू तपाईंकहाँ आउनेछन् ।
  • भजन 76:4 : 4 पर्वतहरूमाथि तपाईंले आफ्‍ना शिकारहरू मारेर ओर्लनुहुँदा तपाईं चम्‍किनुहुन्‍छ र आफ्‍नो माहिमा प्रकट गर्नुहुन्छ ।
  • प्रका 4:11 : 11 “हाम्रा परमप्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्‍टि भए ।”
  • प्रका 5:12-14 : 12 तिनीहरूले चर्को सोरमा यसो भने, “शक्‍ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्‍त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ ।” 13 स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्‍टि गरिएका हरेक थोकले यसो भनेको मैले सुनेँ, “उहाँ जो सिंहासनमा विराजमान हुनुहुने र थुमालाई, प्रशंसा, आदर, महिमा र राज्य गर्ने शक्‍ति सदासर्वदा होस् ।” 14 ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।
  • प्रेरि 2:21 : 21 यस्तो हुनेछ कि परमेश्‍वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 22:2-5
    4 पदहरू
    95%

    2तिनले प्रार्थना गरे, “परमप्रभु मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ ।

    3परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ । म उहाँमा शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो मुक्‍तिको सिङ्, मेरो किल्ला र शरणस्थान हुनुहुन्छ, जसले मलाई हिंसाबाट बचाउनुहुन्छ ।

    4म परमप्रभुमा पुकारा गर्ने छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म आफ्‍ना शत्रुहरूबाट बचाइने छु ।

    5किनकि मृत्युका छालहरूले मलाई घेरे, विनाशको पानीको बाढीले मलाई व्याकुल बनायो ।

  • भजन 18:1-2
    2 पदहरू
    82%

    1¶ हे परमप्रभु, मेरो बल, म तपाईंलाई प्रेम गर्छु ।

    2परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्‍वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्‍छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ ।

  • 16मेरो बारेमा, म परमेश्‍वरलाई पुकार्छु र पमरप्रभुले मलाई बचाउनुहुनेछ ।

  • 9हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस् । लुक्‍नलाई म तपाईंकहाँ भागेर आउँछु ।

  • 17मेरो बलियो शत्रुबाट, मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति अति बलिया थिए ।

  • 1¶ परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ । म कोसँग डराउनु? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्छ । म कोसँग त्रसित हुनु?

  • 6मेरो कष्‍टमा, मैले परमप्रभुमा पुकारा गरें । मैले सहायताको निम्ति मेरो परमेश्‍वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो । सहायताको निम्ति मेरो पुकारा उहाँको उपस्थितिमा गयो । यो उहाँको कानहरूभित्र गयो ।

  • भजन 18:48-49
    2 पदहरू
    76%

    48मेरा शत्रहरूबाट म मुक्‍त पारिएको छु । वास्तवमा, मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि तपाईंले मलाई उठाउनुभयो । हिंस्रक मानिसहरूबाट तपाईंले मलाई बचाउनुभयो ।

    49यसकारण, हे परमप्रभु, म तपाईंलाई जातिहरूको माझमा धन्यवाद दिनेछु । तपाईंको नाउँमा प्रशंसा म गाउनेछु ।

  • 18मेरो शक्तिशाली शत्रुहरूबाट र मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति धेरै बलियो थिए ।

  • 46परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो उद्धारका परमेश्‍वरलाई उच्‍च पारियोस् ।

  • 7परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ । मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो । यसकारण मेरो हृदय साह्रै आनन्‍दित हुन्‍छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु ।

  • 14परमप्रभु मेरो बल र आनन्द हुनुहुन्छ, अनि मलाई बचाउने उहाँ नै हुनुहुन्छ ।

  • 21म तपाईंलाई धन्यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ ।

  • 6तब मेरो चारैतिर भएका मेरा शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ र उहाँको पालमा आनन्दका बलिहरू म चढाउनेछु । परमप्रभुको निम्ति म गीत रच्‍नेछु र गाउनेछु ।

  • 1¶ हे मेरा परमेश्‍वर, मलाई मेरा शत्रुहरूबाट बचाउनुहोस् । मेरो विरुद्धमा उठ्नेहरूदेखि मलाई उच्‍चमा राख्‍नुहोस् ।

  • 6मैले परमप्रभुलाई भनें, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । दयाको निम्ति मेरो पुकारा सुन्‍नुहोस् ।”

  • 2तपाईं मेरो करारको विश्‍वस्‍तता र मेरो किल्‍ला हुनुहुन्‍छ । मेरो अग्लो धरहरा जसले मलाई बचाउनुहुन्‍छ । मेरो ढाल र एक मात्र जसमा म शरण लिन्‍छु । एक मात्र जसले जातिहरूलाई मेरो अधीनमा पार्नुहुन्छ ।

  • 1¶ हे परमप्रभु मेरा परमेश्‍वर, म तपाईंमा शरण लिन्छु । मलाई खेद्‍ने सबैबाट मलाई बचाउनुहोस् र मलाई छुटाउनुहोस् ।

  • 3उहाँ स्वर्गबाट सहायता पठाउनुहुनेछ र मलाई बचाउनुहुनेछ । मलाई कुल्चनेहरूसँग उहाँ क्रुद्ध हुनुहुन्छ । सेला परमेश्‍वरले मलाई उहाँको दया र विश्‍वस्‍तता पठाउनुहुनेछ ।

  • 1¶ हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्‍दित हुन दिनुभएको छैन ।

  • 4तब मैले परमप्रभुको नाउँको पुकारा गरें: “हे परमप्रभु, कृपया, मेरो जीवन बचाउनुहोस् ।”

  • 4परमप्रभुमा म आफ्‍नो सोर उचाल्‍छु र आफ्नो पवित्र पहाडबाट उहाँले मलाई जवाफ दिनुहुन्छ । सेला

  • २ शमू 22:49-50
    2 पदहरू
    74%

    49मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ । वास्तवमा, तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि उचाल्नुभयो । तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ ।

    50यसकराण, हे परमप्रभु, म तपाईंलाई जतिहरूको माझमा धन्यवाद दिन्छु । म तपाईंको नाउँको प्रशंसा गाउने छु ।

  • 47परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो मुक्‍तिको चट्टान परमेश्‍वर उच्‍च पारिनुभएको होस् ।

  • 5मेरो संकष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्‍वतन्त्र गर्नुभयो ।

  • 2हेर, परमेश्‍वर मेरो मुक्‍ति हुनुहुन्छ । म भरोसा गर्नेछु र डराउनेछैन, किन परमप्रभु नै, हो परमप्रभु नै मेरो बल र गीत हुनुहुन्छ । उहाँ मेरो मुक्‍ति हुनुभएको छ ।”

  • 2म परमप्रभुको बारेमा भन्छु, “उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरो परमेश्‍वर जसमा म भरोसा गर्छु ।”

  • 13मुक्‍तिको कचौरा म उठाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु ।

  • 8हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें र मेरा परमप्रभुबाट कृपा खोजें ।

  • 3जब म डराउँछु, तब म आफ्‍नो भरोसा तपाईंमा राख्छु ।

  • 3मेरो निम्ति चट्टान हुनुहोस् जहाँ म सधैं जान सकूँ । तपाईंले मलाई बचाउन आज्ञा दिनुभएको छ, किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ ।

  • 28तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद दिनेछु । तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । म तपाईंलाई उच्‍च पार्नेछु ।

  • 9तब मैले तपाईंलाई पुकारा गरेको दिनमा मेरा शत्रुहरू फर्केर जानेछन् । परमेश्‍वर मेरो पक्षमा हुनुहुन्छ भनी यसैबाट म जान्‍नेछु ।

  • 2परमप्रभु मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरा उद्धार हुनुभएको छ । उहाँ मेरा परमेश्‍वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु । उहाँ मेरा पिता-पुर्खाका परमेश्‍वर हुनुहुन्छ र म उहाँलाई उचाल्छु ।

  • 3फौजले मेरो विरुद्ध शिविर हाले तापनि, मेरो हृदय डराउने छैन । मेरो विरुद्धमा युद्ध भए तापनि म दृढ रहनेछु ।

  • 14हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु । मलाई छुटकारा दिनुहोस्, र मैले छुटकारा पाउनेछु । किनकि तपाईं नै मेरो प्रशंसाको गीत हुनुहुन्छ ।

  • भजन 31:14-15
    2 पदहरू
    73%

    14तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु । म भन्छु, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ ।”

    15मेरा समयहरू तपाईंका हातमा छन् । मेरा शत्रुहरू र मलाई खेद्‍नेहरूका हातबाट मलाई बचाउनुहोस् ।

  • 9हे परमप्रभु, राजालाई बचानुहोस् । हामीले पुकारा गर्दा हामीलाई मदत गर्नुहोस् ।

  • 1¶ हे परमप्रभु, मेरो उद्धारको परमेश्‍वर, दिनरात म तपाईंको सामु पुकारा गर्छु ।

  • 7मेरो कष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । मैले आफ्‍नो परमेश्‍वरमा पुकारा गरें । उहाँले आफ्‍नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो र सहायताको निम्‍ति मेरो पुकारा उहाँको कानमा पुग्यो ।

  • 2उहाँले मेरो पुकारा सुन्‍नुभएको हुनाले, म जीवित भएसम्म म उहाँमा नै पुकारा गर्नेछु ।

  • 1¶ मेरो संकष्‍टमा मैले परमप्रभुमा पुकारा गरें र उहाँले मलाई जवाफ दिनुभयो ।

  • 5तर मैले तपाईंको करारको विश्‍वस्‍ततामा भरोसा गरेको छु । तपाईंको उद्धारमा मेरो हृदय आनन्‍दित हुन्‍छ ।