भजनसंग्रह 135:19
हे इस्राएलका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । हे हारूनका सन्तानहरू, परमप्रभुको प्रशंसा गर ।
हे इस्राएलका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । हे हारूनका सन्तानहरू, परमप्रभुको प्रशंसा गर ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
20हे लेवीका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको आदर गर्छौ, परमप्रभुको प्रशंसा गर ।
21सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
9ए इस्राएल परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।
10ए हारूनका घराना, परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।
11तिमीहरू जसले परमप्रभुलाई आदर गर्छौ उहाँमा भरोसा गर । उहाँ तिमीहरूका सहायता र ढाल हुनुहुन्छ ।
12परमप्रभुले हामीलाई ध्यान दिनुहुन्छ र हामीलाई आशिष् दिनुहुन्छ । उहाँले इस्राएलका घरानालाई आशिष् दिनुहुनेछ । उहाँले हारूनका घरानालाई आशिष् दिनुहुनेछ ।
13उहाँलाई आदर गर्नेहरू, जवान र वृद्ध दुवैलाई उहाँले आशिष् दिनुहुनेछ ।
1¶ हे परमप्रभुका सबै सेवक हो, आओ, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको मन्दिरमा राति सेवा गर्छौ ।
2पवित्र स्थानतिर आफ्ना हात उचाल र परमप्रभुको प्रशंसा गर ।
3परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
3हारूनको घरानाले भनोस्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।”
1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर ।
2तिमीहरू जो परमप्रभुको मन्दिरमा, हाम्रा परमेश्वरको मन्दिरको चोकहरूमा खडा हुन्छौ ।
3परमप्रभुको प्रशंसा गर, किनकि उहाँ असल हुनुहुन्छ । उहाँको नाउँको स्तुति गाओ, किनकि यसो गर्नु सुखाद कुरा हो ।
23“हारून र त्यसका छोराहरूलाई भन् । 'तिमीहरूले इस्राएलका मानिसहरूलाई यसरी आशिष् दिनुपर्छ । तिमीहरूले तिनीहरूलाई यसो भन्नुपर्छ,
24'परप्रभुले तिमीहरूलाई आशिष् दिनुभएको होस् र रक्षा गर्नुभएको होस् ।
26परमप्रभुको नाउँमा आउने धन्यको हो । तिमीलाई परमप्रभुको मन्दिरबाट हामी आशीर्वाद दिनेछौं ।
15परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
36परमप्रभु इस्राएलका परमेश्वरको, सदासर्वदै प्रशंसा होस् । सबै मानिसहरूले “आमेन” भने र परमप्रभुको स्तुति गरे ।”
27तपाईंको दासको घराना तपाईंको सामु सदा निरन्तर रहोस् भनी आशिष् दिने इच्छा तपाईंलाई भयो । तपाईं परमप्रभुले त्यसलाई आशिष् दिनुभएको छ, र त्यो सदाको निम्ति आशिषित हुनेछ ।”
1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको आज्ञा पालन गर्ने, अनि उहाँका आज्ञाहरूमा प्रशन्न हुने मानिस धन्यको हो ।
1¶ परमप्रभुको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर ।
2परमप्रभुको नाउँ अहिले र सदासर्वदा धन्यको होस् ।
26सभाहरूमा परमेश्वरको प्रशंसा गर । तिमीहरू जो इस्राएलको मूलका हौ, परमप्रभुको स्तुति गर ।
4तपाईंका मन्दिरमा बस्नेहरू धन्यका हुन् । तिनीहरूले निरन्तर तपाईंको प्रशंसा गर्छन् । सेला
14तब राजा फर्केर उभिरहेका इस्राएलका सारा समुदायलाई आशिष् दिए ।
19परमप्रभुको मन्दिरका चोकहरूमा, यरूशलेमको बिचमा म पुरा गर्नेछु । परमप्रभुको प्रशंसा गर ।
48इस्राएलका परमप्रभु परमेश्वरको अनादिदेखि अनन्तसम्म स्तुति होस् । सबै मानिसहरूले भने, “आमेन ।” परमप्रभुको प्रशंसा होस् ।
3त्यसपछि इस्राएलका सारा समुदाय खडा भइरहँदा, राजा तिनीहरूतिर फर्के र तिनीहरूलाई आशीर्वाद दिए ।
4तिनले भने, “परमप्रभु इस्राएलका परमेश्वरलाई प्रशंसा होस्, जसले मेरा बुबा दाऊदसँग बोल्नुभयो र आफ्ना हातले यसो भन्दै प्रतिज्ञा पूरा गर्नुभएको छ,
29अब उप्रान्त, आफ्नो सेवकको घरानालाई आशिष् दिन प्रशन्न हुनुहोस्, ताकि तपाईंको सामु यो सदा रहिरहोस् । किनकि हे परमप्रभु, तपाईंले यी कुराहरू भन्नुभएको छ र तपाईंको आशिष्ले तपाईंको सेवकको घरानाले सदा आशिष् पाउने छ ।
10दाऊदले सबै सभाको उपस्थितिमा परमप्रभुलाई धन्यवाद दिए । तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्वर, सदासर्वदा तपाईंको प्रशंसा होस् ।
4हो, परमप्रभुलाई आदर गर्ने मानिस साँच्चै आशिषित् हुनेछ ।
5परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन् । आफ्नो जीवनभरि तिमीले यरूशलेमको सम्वृद्धि देख्न सक्नेछौ ।
5तब लेवीहरू, येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “खडा भएर परमप्रभु तिमीहरूका परमेश्वरलाई सदासर्वदा प्रशंसा चढाओ ।” तिनीहरूले तपाईंको महिमित नाउँलाई धन्यको भनून्, र यो नाउँ हरेक आशिष् र प्रशंसाभन्दा माथि उचालिएको होस् ।
18तर हामी परमप्रभुलाई अहिले र सदासर्वदा धन्यवाद दिनेछौं । परमप्रभुको प्रशंसा गर ।
1¶ हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन ।
13अनन्तदेखि अनन्तसम्म नै परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस् । आमेन र आमेन ।
12त्यो जाति धन्यको हो जसको परमेश्वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नै उत्तराधिकारको रूपमा उहाँले चुन्नुभएको छ ।
4हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन ।
18परमप्रभु परमेश्वर, इस्राएलको परमेश्वर धन्यको होऊन्, जसले मात्र अचम्मका कामहरू गर्नुहुन्छ ।
23तिमी जसले परमप्रभुको भय मान्छौ, उहाँको प्रशंसा गर । तिमी सबै याकूबका सन्तानहरू हो, उहाँको आदर गर । ए इस्राएलका सारा सन्तान हो, उहाँको भयमा खडा होओ ।
3तापनि तपाईं पवित्र हुनुहुन्छ । इस्राएलको प्रशंसामा तपाईं राजाझैं विराजमान हुनुहुन्छ ।
12हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्वरको प्रशंसा गर् ।
1¶ परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र मभित्र भएका सबै कुराले उहाँको पवित्र नाउँलाई म प्रशंसा दिनेछु ।
1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ ।
12हे सर्वशक्तिमान् परमप्रभु, त्यो मानिस धन्यको हो, जसले तपाईंमा भरोसा गर्छ ।
9तपाईंका पुजारीहरूले इमानदारीताको वस्त्र लगाऊन् । तपाईंका विश्वासयोग्य जनहरू आनन्दले कराऊन् ।
6परमप्रभु धन्यको होऊन् किनभने उहाँले मेरो बिन्तिको सोर सुन्नुभएको छ ।
1¶ परमप्रभुको प्रशंसा गर । म सोझाहरूको सभामा, तिनीहरूको भेलामा आफ्नो सारा हृदयले परमप्रभुलाई धन्यवाद चढाउनेछु ।